Tag Archives: नेपाली कविता

कविता : कहाँ पुग्छन होला यी वाटाहरु?

~सुनील बाबु श्रेष्ठ~ लमतन्न पसारिएका यी वाटाहरु मेरै घरको आँगन हुँदै अगाडी कहाँसम्म पुग्छन होला? अनि यी वाटाहरु हुँदै हरेक बिहानी उषाहरु झर्नुअघि नै सयौ सपनाका गरुँगो भारीहरु बोकेर खै कताको गन्तव्यतिर हिडेका हुन् उर्लदो नदीका बहाव झै हुलका हुल … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : हजुरबा

~सकुन्तला जोशी~ पहाडमा दुःखको खुब असिना छेल्दै फाटेको टोपीले पसिना पुछ्दै हिउँद लाग्यो, पल्लो बारीमा गोठ सारीरा’ होलान् हजुरबा हजुरबा सधैं

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो बूढी औँला

~रुपा जोशी~ आज मात्तिएको छ यो औँला मेरो देब्रे बूढी औँला गाढा पोटासे रङ्गले टाटेपाटे बनेको छ नङ्ग तर त्यही पोताइमा रमेको छ मेरो बूढी औँला

Posted in कविता | Tagged | Leave a comment

कविता : क्षितिजमा अस्ताउन लागेका रहेछन्

~इश्वरवल्लभ~ सृष्टि सुरु भएपछि यता धेरिसुकै अरु पनि भै सकेका रहेछन् रंगले भिजेका अनुहार पाखालिइसकेछन् तैपनि न मैले मौरीका गॅुडहरु नै देखें, न त गुम्बजहरु नै देखें, त्यसैले म भन्न थालिरहेको छु अचेल,

Posted in कविता | Tagged | Leave a comment

कविता : म निर्वस्त्र : शान्ति केमा थापुँ ?

~नर्मदेश्वर प्रधान~ शान्ति अगाडि राखेर तिनीहरूले भने, ‘राम्ररी थाप्नू खस्ला… … ।’ शान्ति अगाडि राखेर तिनीहरूले भने ‘लुकाउनू चोरी होला… … ।’

Posted in कविता | Tagged | Leave a comment

कविता : अमर गुलाबहरु

~प्रेम राई परिक्षित~ अनगिन्ती पीडाहरुको घेराभित्र सुरक्षित तिमी लाखौं प्रेमील मनहरुको स्पर्श सङ्गै आफ्नो अस्तित्व

Posted in कविता | Tagged | Leave a comment

कविता : मलाई ‘प्रजातन्त्र’ चाहिँदैन

~डा. मधु “माधुर्य”~ देश ‘प्रजातन्त्र’ भनेर रोईरहेछ म पनि त्यो बिजोग देखेरै रोईरहेछु र मलाई प्रजातन्त्र चाहिँदैन शहीदका अलपत्र सपना छोप्न एकसरो कात्रो भए पुग्छ अब टुहुराका भोका पेट र नाङ्गो आङ छेक्न अलिकाति फाँडो र टालो भए पुग्छ

Posted in कविता | Tagged | Leave a comment

कविता : मन रिसाएको बेला

~पल हिरा~ मन रिसाएको बेला मनहरु तल माथी गर्दै छटकेको भात झैँ छटकिन्छ हो मनहरु उताउली गाई झैँ भड्किन्छ

Posted in कविता | Tagged | Leave a comment

कविता : डोभर वीच

~देवेन्द्र खेरेस~ इङलीस च्यानलको काखमा ढोभरवीच दिशाहिन हावाको गतिले पानीको छालहरू तर्काइरहन्छ घरि एता.. घरि उता… वैंसको नग्नताहरू समरमा ग्लामर शो वीन्टर नछिप्पिदै आत्माहत्या हुन्छ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : ढल्मल ढल्मल गरी

~भिमदर्शन रोका~ ढल्मल ढल्मल गरी सेता सेता बादलसरी मलाई आकाशतिर जान नदेऊ मेरो आफ्नै धरती छाडी ।

Posted in कविता | Tagged | Leave a comment

कविता : म मरिसक्या छैन

~निर्मलमणि अधिकारी ‘आयोदधौम्य’~ म मरिसक्या छैन छोएर हेर म मरिसकेको छैन यी मेरा आँखाले अझै हेर्दै छन् नासिकाको घ्राणशक्ति विलुप्त छैन

Posted in कविता | Tagged | Leave a comment

कविता : जिन्दगी नै रित्यार त्यागिदेउ

~पल हिरा~ पत्थर नै होस् तिम्रो मुटु मेरो प्रेम गल्ने छैन अथाह नै होस तिम्रो सामु मेरो माया ढल्ने छैन चुलिएर फुटोस ज्वालामुखी,

Posted in कविता | Tagged | Leave a comment

कविता : बीज

~सञ्जय बान्तवा~ यो चित्रमा एक वृक्षले भन्यो – हे ईश्वर! मलाई एउटा मात्र एउटा, प्रत्येक समयमा बीज देऊ म आफ्नो फेदमा धरतीलाई रोमाञ्च दिनेछु।

Posted in कविता | Tagged | Leave a comment

कविता : बाढीको आँखा

~उर्मिला कोईराला ‘आँसु’~ खाटभरि किताब फिँजाएर बसेथेँ दाइले भन्नुभो -किताब थन्क्या र घाँस काट्न हिँड पढाइभन्दा काम ठूलो ठानेँ र हिँडे मलाई फूल खुब मन पर्छ आँगनको डिलभरी फूल सारेँ भाइले सबै उखेलिदियो केटाकेटी यस्तै हो भनेर सहेँ

Posted in कविता | Tagged | Leave a comment

कविता : शहर

~दाजु गुरुङ~ शहर न तिमी जस्तो छ न म जस्तो छ तिमीलाई कसरी भनूँ, शहर कस्तो छ ? बैसले उन्मुक्त कुनै षोडसी टपमा नुहाउनु बसेजस्तो छ शहर ललाटमा वर्षेको पानीका वुँदहरु उन्नत अवयहरुलाई घात गर्दै नाभिस्थलबाट जलासयमा समाहित हुँदा

Posted in कविता | Tagged | Leave a comment

कविता : मान्छे र कविता

~तीर्थ गुरुङ~ पहिल्यै, निकट भूतमै कविताको ढोका ढक्ढक्याइसकेको हो । भावनाको संघारमै पदाक्षर गरेको हो । कृतिम बुद्धिले । र मलाई लघुमानव जस्तो बनाइदिएकै हो । हो, जब ‘डीप ब्लू’सँग पराजित भएको थियो

Posted in कविता | Tagged | Leave a comment

कविता : जलारी गुढी माझीदाइ

~सुजन बुढाथोकी ‘कान्छा’~ गाउँमा दिनभरी गुजारा गर्दा पनि केही फजुल खर्चहरु नगर्दा पनि आफ्नै पेशाबाट जिवननिर्वाह नभएर नाइट ड्युटी गर्न सहर आइरहेको कुनै गरिब अनुहार हो यो बेसाहारा र बेरोजगार पात्रको एउटा अति निम्नस्तरको बिचारा जलारी माझीदाइको

Posted in कविता | Tagged | Leave a comment

कविता : को आउँछ मेरो गीत खोस्न ?

~भिमदर्शन रोका~ को आउँछ मेरो गीत खोस्न ? एक्लै सफरमा मेरो मीत खोस्न, सीमा नै टपिसकेको छु मैले, को आउँछ मेरो जीत खोस्न ? को आउँछ मेरो गीत खोस्न ? एक्लै सफरमा मेरो मीत खोस्न ।

Posted in कविता | Tagged | Leave a comment

कविता : यो सन्सारकै सबैभन्दा ठूलो आगो !

~सुजन बुढाथोकी ‘कान्छा’~ मेरो यो दिलको द्ववारमा दन्किरहेको ज्वार अनि यी अनुहारका गालाहरुमा जलिरहेका ज्वालाहरु दवाउन बर्सौदेखी यी नदिनालाहरुहुँदै कालापानीको किनारमा बलिरहेको अनि सिमानाको सङ्गघारमा सल्किरहेको आगो निभाउन र भ्रस्टचारि भाइरसको बिस्तारलाइ ताला लगाउन

Posted in कविता | Tagged | Leave a comment

कविता : हे भानुभक्त! नेपाली साहित्यमा फेरि फर्केर आऊ!

~राजन कोइराला~ हे भानुभक्त! नेपाली साहित्यमा फेरि फर्केर आऊ! खस्किंदै गएको नेपाली भाषा र संस्कृतिलाई जोगाऊ!! तिम्रो पालामा जस्तो रामायणको भाषानुवाद हुदैन अचेल विदेशी भाषाका पुस्तकले प्राथमिकता पाउँछ विद्यालयमा यहाँ राष्ट्रिय जनावर बाघ अनि राष्ट्रिय फुल कमल भनेर सिकाइन्छ जहाँ

Posted in कविता | Tagged | Leave a comment

कविता : जीवनचक्र !

~तारा साम्पाङ राई~ थाङ्नाको पोकोभित्र गुटमुटिएर स्वतन्त्र कोक्रोमा हल्लिरहेको दिनहरू हातखुट्टा टेकेर खेलौना ज्यानलाई घिसार्दै बुलबुल र्यालका फोकाहरू निकाल्ने ती क्षण, ती दिनहरू बालपनमै छोडिएछ । आमाको न्यानो काखमा, एकमज्जाले तेर्छिदै

Posted in कविता | Tagged | Leave a comment

कविता : ओ सरकार !

~डी के वाइबा~ ओ सरकार ! तिमीले विस्फोटक हतियारका रुपमा देखेको कोदालो तिम्रै कृषी विभागले वितरण गरेको हो तिमीले देखेको आर्चरी तिम्रै खेल विभागले वितरण गरेको हो तिमीले देखेको हँसिया, मार्तोल र आरी तिम्रै श्रम विभागले वितरण गरेको हो

Posted in कविता | Tagged | Leave a comment

कविता : पीडा

~विष्णु खरेल~ देश रोइ रहयो अविरल साउने झरी झै म किंकर्तव्यविमुढ न देशको आंसु पुछन नै सके न सान्त्वना दिन नै सकें

Posted in कविता | Tagged | Leave a comment

कविता : विज्ञापन

~डा.मधु माधुर्य~ नखुर्मुरुन्जेल वीरताको भूमिकामा कहालीलाग्दो भीरको बाटो हिंडेर युग-युगान्तर समयलाई/ संसारलाई तर्साइरहेका छौं केहि फुटाइरहेका छौं / टुटाईरहेका छौं कसैको अनुरोधमा

Posted in कविता | Tagged | Leave a comment

कविता : शब्दहरू

~नवराज सुब्बा~ समान रुपमा हामीले बोल्ने बुझने भाषा अनि एउटै अर्थ लाग्ने शब्दहरु जब माकुराहरु जाल बुन्छन् ब्याकरण र शास्त्र कोर्छन् पंडितहरु तब शब्दार्थ तन्काइन्छन् चेप्टाइन्छन्

Posted in कविता | Tagged | Leave a comment

कविता : म र मेरो जीवन

~गोपाल अश्क~ मैले त पिएर हेरेँ, तिमीले पनि पिएर हेर विषले भरिएको जीवन तिमीले पनि जिएर हेर । मेरो जीवन जीवन नभई भइहाल्यो एउटा सजाय मर्न भयो पनि कठिन है छैन जिउन कुनै उपाय

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो ढाडमा अहिले मैले कंचनजंघा बोकेको छैन

~इश्वरवल्लभ~ मेरो ढाडमा अहिले मैले कंचनजंघा बोकेको छैन धूपीका उकाली ओरालीहरू चियाका बुट्टाका भार पनि छैनन् म स्वतन्त्र छु, ती बाँझा बालुवा जस्ता मेरा खालि पनमा

Posted in कविता | Tagged | Leave a comment

कविता : कुज्जवर्तिनी विप्रलव्धा

~लेखनाथ पौड्याल~ कोरी केश सफा गरी, फुल जडी टेढा झिकी कुन्तल लाई लालि कपोल, ओठहरुमा आँखाविपे गाजल । औठी हारहरु डटी चहकिला पोशाक सारा चुनी आई कुन्जविपे अली छिन बसी बोली नयाँ कामिनी ।।१।। फेला पर्न गये म धूर्तजनका, सङ्केत-बेला … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : जङ्गलको कुरा

~मनप्रसाद सुब्बा~ तिम्रो रिमोट सेन्सिङ स्याटलाइट कत्तिको संवेदनशील छ हँ ? यो जङ्गलको सास फेराइ सुनेनौ? त्यसो भए मेरो कथा, मेरो शास्त्र पनि सुनेनौ । भुइँमा फैलिँदै पर पर पुगेका यी लहराहरूमा कान थापेर सुन त – मेरो रगत कुदिरहेको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : चन्द्रागिरी अबकोल्टे फेर

~निमानन्द रिजाल~ चन्द्रागिरी कठोर छ । रातलाई लम्बाई रहे छ । समताका सपनालाई चकनाचुर पार्दै । आफना महलहरु गनीरहे छ र जनता होइन, मुठीभर लठैतहरुमा रमिरहे छ । यसै संगै चन्द्रा गिरी पनि लठी रहे छ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : कवितामा पहाड (दुई)

~भीष्म उप्रेती~ मेरो घर पहाडमा छ पहाडकै ढुङ्गा फुटार गाह्रो लगाएको पहाडकै रातो माटोले टालेको कमेराको रङ र ढुङ्गाकै छानो मेरो घर सानो तर पहाडजस्तै छ । पहाडजस्तै दु:ख पनि छ यहाँ

Posted in कविता | Tagged | Leave a comment

कविता : लिँडे पुच्छर

~गणेश शर्मा~ साहित्यले बाटो बिराउँदै गयो, प्रज्ञा लिँडेपुच्छर मात्र पो भयो । जोडी करान्जली दुवार वीच, चाकडी मात्र हुन गो उदेक ।। विद्धानको विद्धता कता गयो ? मगन्तकोे झोली र थैली झैं भयो ।

Posted in कविता | Tagged | Leave a comment