Category Archives: बाल कथा

बाल कथा;children’s story

बाल कथा : छेपारोको फुल

~विनय कसजु~ “ए नफुटाल् भन्दा भन्दै सरुले छेपाराको फुल फुटाइहाल्यो । सरुका बा बारीमा तरकारी रोप्न कुटाले माटो खुकुलो पार्दै थिए । सरु छेउमा बसेर सानो कोदाली चलाउँदै थियो । खन्दा खन्दै एक ठाउँमा रुखकटहरका बियाँ जस्ता सेता फुलहरु १५-२० … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

बाल कथा : मायालु अनुहार

~श्रीराम राई~ आज प्यारो छोरा नम्छिहाङको जन्मदिन । एक मन कताकता रमाउँछ । अर्को मन कताकता दुख्छ पनि । स्नेही छोरा नम्छिहाङ मामाघरमै बसेर पढ्छन्। मन लाग्दा माया गरेर बोक्न पाउँदिनँ म।

Posted in बाल कथा | Tagged | Leave a comment

बाल कथा : बाँदरहरूको श्राद्ध

~कमल कोइराला~ भर्खरैमात्र वर्षा ऋतु सकिएको थियो। धर्तीमा शरद ऋतुका संकेतहरू देखिन थालिसकेका थिए। पशुपतिनाथ मन्दिरपारिको वनभित्रका प्रत्येक रूखमा शरद नाचिरहेको थियो। वनभित्रका सम्पूर्ण वन्यजन्तु शरदोत्सव मनाइरहेका थिए। वर्षाको बाढीले धमिलिएको बागमती बिस्तारै कञ्चन बन्दै थियो। पशुपति क्षेत्रमा प्रशस्त बाँदर … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

बाल कथा : बिरालोको घाँटीमा घण्टी कसले बाँध्यो ?

~विनय कसजु~ लुकी मुसा दराजभित्र बसेर टेलिभिजन हेर्दै थियो । बैठक कोठामा सरेदेखि लुकीलाई धेरै कुरामा सजिलो भएको थियो । बैठकमा आएका पाहुनाले खाएर छोडेको वा खसालेको खानेकुराले उसको पेट भरिन्थ्यो भने विरालोबाट जोगिन पनि सजिलो थियो । बैठक कोठामा … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

बाल कथा : बाघको सत्कार

~विनय कसजु~ चितवनको जंगलमा बस्ने एकसिंगे गैँडा बाघसँग सँधै तर्केर हिडथ्यो । तर एक दिन बाघले उसलाई भोज खान निम्तो गर्दा गैँडा छक्कै पर्‍यो । बाघले गैँडालाई जहान परिवारसहित भोज खान बोलाएको थियो । गैँडाले जाने कि नजाने निधो गर्नसकेन … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

बाल कथा : जीवन चक्र

~विनय कसजु~ खोलाका माछाहरु भटाभट मर्न थालेका थिए । माछासँगै भ्यागुता, गँगटा र पानीमा बस्ने अरु जीवहरु पनि मर्दै थिए । चंखे भ्यागुताका आमाबामात्रै होइन उसका दौँतरीहरु पनि मरिसकेका थिए । एकदिन दिउँसो चंखे दिक्क भएर खोलाको बगरमा घुम्दैथियो । … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

बाल कथा : टेलिभिजनमा छिमेकी चन्द्रमाका मान्छे

~बिजय चालिसे~ “ओहो, त्यो त सिनेमा नभएर साँच्चिकैको घटना पो रहेछ !” बिहान सबेरै बाबासँग बसेर दूध खान लाग्दा अखबारमा देखिएको एउटा चित्र र समाचार देखेर इशान छक्कै प¥यो । समाचारमा एउटा अनौठो जीवले हिजो राति पृथ्वीका सबै टेलिभिजनमा देखिएर … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

बाल कथा : आफ्नो आफ्नो डम्फू

~विनय कसजु~ खोलापरि हरियो कलकलाउँदो घाँस उम्रेको देखेर एउटा बोकालाई लोभ लाग्यो । तर ऊ खोला तरेर परि जान सक्तैनथ्यो । उसले एउटा उपाय सोच्यो । खोलाको तिरैमा एउटा सुरिलो रुख थियो । रुख मुन्तिर मुसाको परिवार बस्थ्यो । बोकाले … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

बाल कथा : कृतज्ञता

~विनय कसजु~ खोलाको दर्ुइ किनारामा आँपका दुइटा बोट थिए । आँप फल्ने मौसममा दुबै बोटमा लटरम्म आँप फल्थ्यो । बोटमा आँप हुँदासम्म विहानदेखि साँझसम्म केटकेटी, तन्नेरी र बूढाबूढीहरु पनि बोटमुनि झुम्मिरहन्थे । कोही झोला बोकेर रुख चढथे र पाकेको नपाकेको … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

बाल कथा : बत्तीको कथा

~बिजय चालिसे~ ”ल हेर यिनीहरूत बत्ती समेत नबालेर अँध्यारैमा पो खेलिरहेका रहेछन् ! स्कुलको पाठ सक्यौ कि सकेनौ नि, इशान ?” हजुरबाले कोठामा विजुली बत्ती बाल्दै भन्नु भयो । इशान सानी बहिनी इषितासँग कोठामा खेल्दै थियो । इषिता सानै भएकीले … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

बाल कथा : कान्छाको मोटर

~विनय कसजु~ मोटर नै नपुग्ने गाउँमा सरुले अचम्मको मोटर देख्यो । घाँटीमा दाम्लो बाँधेर बोका डोर्‍याएझैँ एउटा केटोले मोटर डोर्‍याइरहेको थियो । रुखको हाँगालाई चारैतिरबाट ताछेर बसको जस्तो लाम्चो जिऊ बनाएर त्यसमा मसीले झ्याल ढोकाको आकार कोरिएको थियो । अगाडितिर … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

बाल कथा : कछुवाको संसार

~विनय कसजु~ कछुवा गुफामा बस्थ्यो । सबैको कुरा सुन्थ्यो । तर धेरै बोल्दैनथ्यो । उ तपस्वीले झैं धेरै दिनसम्म केही नखाई बस्न सक्थ्यो । उसलाई अरु जनावरहरुले दार्शनिक मामा भन्थे । एक दिन उसले बाटामा प्याजको एउटा ठूलो डल्लो भेट्टायो … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

बाल कथा : मङ्गलबासीको हमला

~बिजय चालिसे~ इस्वी सनको अप्रिल १, २००७ । इशान र इषिता हजूरबा, हजुरआमा, बाबा र आमासँगै बसेर बिहानको कौला खाँदै टेलिभिजनमा हेरिरहेका थिए । रमाइलो कार्यक्रम बीचैमा रोकिएर अकस्मात समाचार आउन थाल्यो । के ग¥यो यो, समाचार आउने बेला त … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

बाल कथा : सागर र ब्याँग

~विनय कसजु~ आकाश कालो बादलले ढाकेको थियो । बेलाबेलामा बादल गर्जन्थ्यो र विजुली पनि चम्कन्थ्यो । पंधेराका भ्यागुताहरु अंध्यारो ओढार र कुनाकाप्चाबाट निस्केर पोखरीको डिलमा बसेर ठूलोठूलो स्वरले बात मारिरहेका थिए । उनीहरु धेरै पानी पर्यो भने संसार जलले ढाकिन्छ … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

बाल कथा : गौरवको प्रतिभा

~यमुना पराजुली~ गौरव कक्षा ६ मा पढ्छन्। उनलाई पढाइमा खासै रुचि छैन। उनलाई गीत गाउन खुब मन पर्छ। कक्षामा उनी प्राय: अन्तिमतिर बस्छन्। उनको रोल नम्बर पनि पुच्छारमै हुन्छ। त्यही भएर केही साथी त उनलाई अन्तिमे भनेर पनि जिस्काउ पछि … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

बाल कथा : अटेरी घडीहरु

~विनय कसजु~ राती बाह्र बजे बूढो पेण्डुलम घडीलाई बाह्र पटक ट्वांग ट्वांग घंटी बजाउन निक्कै गाह्रो पथ्र्यो । जाडोमा त झन उसको घण्टीको आवाज दमको रोगीले ध्यारध्यार गरेजस्तै सुनिन्थ्यो । घरपटीले उसको त्यो दिक्कलाग्दो आवाज सुनेको भए उसलाई उहिले नै … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

बाल कथा : रमाइलो तीज

~गङ्गा कर्माचार्य पौडेल~ ‘तीजको रहर आयो बरिल,’ चौतारीमा छम छमी नाच्छु बरीलै…’ उषा गीत गुन गुनाउँदै घरी भित्र घरी बाहिर गरेको देखी आमाले सोधिन् ‘छोरी निकै खुसी देखिन्छ्यौ नि ? हिजोको दरले राम्रै काम गरे जस्तो छ कि कसो ?’ … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

बाल कथा : जर्मनीको दाँते

~विनय कसजु~ निमाको घरको बुइँगलमा उनका पुराना खेलौनाहरू थुपारिएका थिए । ती खेलौनाहरूमध्ये एउटा खेलौना अनौठो खालको थियो । बास्तवमा त्यो खेलौना हो कि होइन भन्ने निधो पाठकहरूले नै गर्नुहुनेछ । निमाका बुबा राजदूत भएर जर्मनीमा बसेको बेलामा निमा पनि … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

बाल कथा : डोल्माको बाच्छो

~यम बाँस्तोला~ डोल्माको चौंरीगाईले निक्कै राम्रो झाली बाच्छो पाएको थियो। डोल्माको परिवार गर्मी समयमा लेकमा बस्थे र जाडोको समयमा उनीहरू गाउँतिर झर्थे। लेकको गोठदेखि माथि सबै खुल्ला नागी थियो। बिहानै चौंरी र भेडाहरू फुकाएर डोल्मा माथि डाँडासम्म पुर्‍याउँथिन् र आफू … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

बाल कथा : माइक्रोबसमा् सोनाम

~शान्ति वाइवा~ ‘लौ लगनखेल …. लगनखेल …. लगनखेल १’ खलासी सोनामले माइक्रोबसको ढोकैमा ढ्याप–ढ्याम हाने। वरिपरिकाहरूले उसैलाई हेरिरहेका थिए। ओठ निचोर्दा दूध आउलाजस्तो सोनामको अबोध अनुहार देखेर यात्रुहरू पनि छक्कै परे। सोनामका मसिना र नरम औंलाहरू पनि रातै बनेका थिए। … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

Children’s Story : The White Crow

~Binay Kasajoo~ It was a hot summer day. Luse, a crow, was resting on the branch of a dense tree. He was about to fall asleep when he felt some liquid falling on his body. His body became drenched with … Continue reading →

Posted in Story, बाल कथा | Tagged | Leave a comment

बाल कथा : सहरको घुमघाम

~बिजय चालिसे~ तारेभिरको डाँडामा एउटा गाउँ थियो । त्यही गाउँको एउटा झुपडीमा आइते तामाङको परिबार बस्थ्यो । घरमा आइतेका बज्यै, बाबु–आमा र दुईजना दिदी थिए । आमा बा र दिदीहरू पहिले शिवपुरीको बनबाट दाउरा काट्दै बेचेर घरव्यवहार चलाउँथे । आइते … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

बाल कथा : झयापुल्लेको बिजोग

~विनय कसजु~ झयापुल्ले भालुको कपाल लामो भएर आँखै ढाकिएको थियो । त्यसमाथि जुम्रा परेर रातदिन कपाल कन्याइ रहन्थ्यो । ऊ राती आरामसँग सुत्न पनि सक्तैनथ्यो । उसका आमा, बा र तीन वटी दिदीहरुले उसलाई कपाल काट्न् धेरै पटक भन्दा पनि … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

बाल कथा : होचा मानिससँगको भेट

~बिजय चालिसे~ आज स्कुल विदा भएकोले सोमु र मिङमा दुईजना मात्रै घुम्न निस्किए । मुक्तिनाथभन्दा केही माथिको उनीहरूको गाउँ असाध्यै रमाइलो गाउँ यियो– हातैले हिमाल छोइएलाजस्तै हिमालको नजिक । छेउमैं एउटा अग्लो डाँडो थियो हिमालकै फेदजस्तै देखिने । डाँडोमा धेरेज्स्तो … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

बाल कथा : कासाङ

~बिजय चालिसे~ “आज पसलको सामान नल्याइ नहुने, आजै पाहुना पनि धेरै आउँछन् । के पोे गर्ने होला !” आमा छिमेकी बजुलाई आफ्नो समस्या सुनाउँदै हुनुन्थ्यो । “त्यै त के गरी भ्याउँछ्यौ एक्लैले” विहानको घाम ताप्दै तर्कारी केलाउन सघाइरहनुभएकी बजुले भन्नुभयो … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

बाल कथा : आकाशको अँध्यारो गुफाभित्र

~बिजय चालिसे~ ईशान बाबासँगै मङ्गल ग्रहको यात्रा गर्दै थियो । उनीहरू पृथ्वीबाट उडेको आज छैटौं दिन थियो । यानको कम्प्युटरबाट अरु यात्रुजस्तै ऊ पनि आफ्नो यान उडिरहेको अन्तरिक्षका दृश्य हेरिरहेको थियो । यानका चारैतिर आँखाले नभ्याउने आकाश फैलिएको थियो । … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

बाल कथा : मेरो साथीलाई नकुट

~प्रतीक प्रधान~ सुप्रीतिको कक्षामा सबै विद्यार्थी गफ गरिरहेका थिए। तेस्रो घन्टीमा अरूपा मिस नआउनुभएकाले उनीहरू आपसमा मस्त थिए। कोही डेस्कमा सुतेझंै गरेर अर्को साथीको गफ सुनिरहेका थिए भने कोही आमिर खानको नयाँ सिनेमा पिकेको कहानी सुनाउँदै थिए। यत्तिकैमा सबैको ध्यान … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

बाल कथा : मुस्ताङका मीतज्यू

~बिजय चालिसे~ “आमा,बाबा, म सोमुसँग पुरानो मुस्ताङ हेर्न जाउँ है ।” मुक्तिनाथको थकाइ मेटिएपछि अभिनवले बाबासँग मायालाग्दो पारामा भनेको थियो । “पख् मेरो फुर्सत छैन । भरपर्दो मानिस फेला परेमा पठाइ दिउँला । यहाँबाट धेरै टाढा पर्छ,पुरानो मुस्ताङ”बाबाको कुरा सुनेर … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

बाल कथा : भो मलाई साइकल चाहिँदैन !

~बिजय चालिसे~ “आमा, मलाई नया साइकल नभै हुँदैन । राजिबसँग कस्तो राम्रो साइकल छ, खेलौना छन् आफ्नो भने केही छैन । साइकल नल्याइदिए म त स्कुलै जान्न के !” जय जिद्दी गर्दैथियो । “होइन, कहाँ पाउने साइकल किन्ने पैसा ?

Posted in बाल कथा | Tagged | Leave a comment

बाल कथा : अनीताको अठोट

~बिजय चालिसे~ अनीतालाई चित्र बनाउन असाध्यै शोख रहर थियो । छिमेकी काकाले बनाउनुभएका चित्र हेरेर आफू पनि त्यस्तै बनाउन चाहन्थी । काका कलाकार भएकोले सधैं चित्र बनाइरहनुहुनथ्यो । उहाँलाइृ भेट्न भनी टाढा टाढाबाट मानिसहरू आउँथे । त्यो देख्दा त झनै … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

बाल कथा : राजनले बम भेटयो

~बिजय चालिसे~ “आजको ताजा खबर….पढ्नोस् आजको ताजा खबर” राजन एकहातम अखबारको ठेली बेकेर अर्को हातले अखबार हल्लाउँदै करायो । कहिले ऊ अखबर पढ्नुहोस् भन्दै ग्राहक तान्न खोज्थ्यो, कहिले कुनै समाचारको घतलाग्दो शीर्षक पढेर सुनाउँथ्यो । राजन गरिब बाबुको छोरो थियो … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

बाल कथा : पराइ ग्रहका साथी

~बिजय चालिसे~ “पक्कै बाबाआमा आउनुभयो होला !” क्रिङ्….क्रिङ…गर्दै मूल ढोकाबाहिर राखेको घण्टीको आवाज सुनेपछि ईशानले सोच्यो । बाबाआमा केहीबेर बजार गर्न भनी जानुभएको र दाजु–दिदी बनभोजमा गएकाले ऊ घरमा एक्लै थियो । शनिवार छुट्टी दिउँसो घरमैं चित्रबनाएर र साँझपख साथीहरूसँग … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment