Category Archives: पौराणिक कथा

पौराणिक कथा / Historical Story

पौराणिक कथा : अन्धो शिष्य

~उमाशङ्कर द्विवेदी~ ऋषि अयोदधौम्यको अर्को शिष्यको नाम उपमन्यु थियो । आचार्यले उपमन्युलाई गाईवस्तुको हेरचाहको जिम्मा दिएका थिए । उपमन्यु दिउँसभरि गाई चराएर बेलुकापख ऋषिको आश्रममा फर्की आई गुरुलाई नमस्कार गर्‍यो । आचार्यले सोधे–बाबू, तिमी निकै मोटोघाटो तथा बलवान देखिइरहेका छौ … Continue reading →

Posted in पौराणिक कथा | Tagged , | Leave a comment

पौराणिक कथा : भारुण्ड चरा

~उमाशङ्कर द्विवेदी~ कुनै पोखरीमा एउटा भारुण्ड चरा निवास गर्दथ्यो । उसको भुँडी एउटै भए पनि मुख दुईवटा थियो । एक दिन समुद्रको किनारमा डुलिरहँदा उसले एउटा अमृततुल्य फल फेला पार्‍यो जुन समुद्रको लहरले किनारामा ल्याइ पुर्‍याएको थियो । त्यस फललाई … Continue reading →

Posted in पौराणिक कथा | Tagged , | Leave a comment

पौराणिक कथा : शेषनागलाई वरप्राप्ति

~उमाशङ्कर द्विवेदी~ कद्रूका नाग पुत्रहरूमध्ये शेषनाग नाम गरेका एउटा नाग थिए । उनले भाइहरूको दुष्टता तथा किचलोको कारण आमा र अन्य दाइभाइसित विरक्त भएर कठिन तपस्या गर्न थाले । उनी केवल हावा पिएर तपस्याको पूर्ण पालना गर्दथे । उनी आफ्नो … Continue reading →

Posted in पौराणिक कथा | Tagged , | Leave a comment

पौराणिक कथा : सरण्यू र सूर्य

~जंगबहादुर शाह~ सूर्यपत्नी सरण्यूको उल्लेख ऋग्वेदको मण्डल १०, सूक्त १७ को मन्त्र २ मा मात्र पाइन्छ भने यसै वेदका दसवटा सूक्त यस्ता छन् जसमा सूर्यको मात्र प्रसिद्धि छ। दयानन्द–प्रभावित यस लेखकले वेदको मन्त्र भागलाई मात्र वेद माने पनि अधिकांशतः लोकले … Continue reading →

Posted in पौराणिक कथा | Tagged , | Leave a comment

पौराणिक कथा : उपदेश

~पासाङ गोपर्मा~ साधक पिण्डोल र राजा उदयन थलचर, नभचर र जलचरका हिस्रक पशुपक्षीको आˆनो उदर पूर्तिका निमित्त क्षेत्र निर्धारण गरे झै मानिसको एउटा समूहले क्षेत्र निर्धारण गरेको छ सय इशा पूर्वको कौशाम्वी । आज भारतवर्ष वा इण्डियाको नामबाट चिनिने मुलुकको … Continue reading →

Posted in पौराणिक कथा | Tagged , | 1 Comment

पौराणिक कथा : महांकाल भैरब

~सुशिल ताम्राकार~ पहिले पहिले धेरै पहिले, लिच्छबी कालको कुराहो यो। उपत्यकामा खडेरी परेछ, धेरै याम सम्म। पनी न पर्ने घाम टन्न। पानी पार्ने उपाय अनेक् गरे। धेरै गण्यमान्य अनि तान्त्रिकहरु सरसल्लाह हुदां तान्त्रिकका पनि तान्त्रिक जामन: गुभाजुको नेत्रित्वमा ठुलो यज्ञ … Continue reading →

Posted in पौराणिक कथा | Tagged , | Leave a comment

पौराणिक कथा : अभिशप्त सौन्दर्य

~केशव अधिकारी~ महाभारत युद्धका नायक पात्र पाँच पाण्डवहरूकी साझा धर्मपत्नी द्रौपदी त्यसभन्दा अगाडि अर्थात् पूर्वजन्ममा अत्य न्तै सुन्दरी नारीको रूपमा दक्षप्रजापतिकी छोरी केतकीको नामले चिनिन्थिन्। उनको आफ्नो अपूर्व सौन्दर्य र सच्चरित्रताका सामु स्वर्ग, मत्र्य, पाताल तीनै लोकमा आफूजत्तिकै सुन्दर र … Continue reading →

Posted in पौराणिक कथा | Tagged , | Leave a comment

ऐतिहासिक लोककथा : रानी शैलेश्वरी

~रत्न काफ्ले~ (गर्हौंकोट राज्य र भिरकोट राज्य बिच लडाईंको ऐतिहासिक कथा) ! उनको मादक सौन्दर्यताले बैरीतर्फका सैनिकहरुलाई समेत लठ्याई राखेको थियो । जसरी भर्भराउँदो ज्वालामा पुतलीहरु हामफालेर देहत्याग गर्छन् त्यसरीनै भिरकोटे सैनिकहरु रानीको अनुपम सौन्दर्यको रसपान गर्दै र काटिंदै गए … Continue reading →

Posted in पौराणिक कथा, लोककथा / दन्त्यकथा | Tagged , | Leave a comment

पौराणिक कथा : कदर्य

~टिका मिलन~ कुनै समयमा अवन्ति नाम गरेको देशमा एक जना कदर्य नाम गरेका ब्राह्मण बस्तथे । उनी धेरै धनी थिए । उनको धेरै जग्गा जमिन हुनका साथै प्रसस्तै अन्न बाली उत्पादन हुन्थ्यो । उनका घरमा धेरै नोकर चाकर तथा हली … Continue reading →

Posted in नेपाली कथा, पौराणिक कथा | Tagged | Leave a comment

पौराणिक कथा : करुणामय

~बिजु सुवेदी ‘विजय’~ सधैंजसो राजाले आफ्नी सानी छोरीलाई धेरै रोएर दुःख दिएको बेला स्यालसँग बिहे गरिदिन्छु भनेपछि छोरी चुप लाग्थिन् । फेरि फकाएर फकाउनै नसकेर हैरान भएपछि तँलाई स्यालसँग बिहे गर्छु भनेपछि चुप लाग्थिन् र खुशी हुन्थिन् । एकदिन राजकुमारीको … Continue reading →

Posted in नेपाली कथा, पौराणिक कथा | Tagged | Leave a comment

पौराणिक कथा : कालभैरब

~बिजु सुवेदी ‘विजय’~ धेरैजसो व्यक्तिलाई थाहा नहुन सक्छ कि काठमाण्डौंको हनुमानढोकामा अवस्थित कालभैरबको मूर्ति अलिकति हँसिलो हुनुको रहस्य केहो भनेर । यसबारे जिज्ञासा जो कोहीलाई पनि हुनु स्वाभाविक हो । कालभैरव त वीररसले भरिपूर्ण हुनुपर्ने । तर किन अलिकति हाँसेको … Continue reading →

Posted in नेपाली कथा, पौराणिक कथा | Tagged | Leave a comment

पौराणिक कथा : गोपी कृष्णको

~बिजु सुवेदी ‘विजय’~ गोपीको कृष्ण हो कि कृष्णको गोपी हो कि अथवा गोपी कृष्ण एउटै होकि ? जे छ आजको यो रासलीलामा छ । अहिले पनि कृष्णभक्तहरू परमभक्त देखिन्छन् किनकि यो पनि यो लीलाकै दर्शनसँग सम्बन्धित छ ।

Posted in नेपाली कथा, पौराणिक कथा | Tagged | Leave a comment

पौराणिक कथा : दधीचिको त्याग र इन्द्रलाई ब्रह्महत्या

~सदानन्द अभागी~ (यो कथा श्रीमद्भागवतमा आधरित छ) हामीले कहीं त्यागको कुरा गर्नु पर्यो भने दधीचिको नाम लिन्छौं । दधीचिले के त्यस्तो महान त्याग गरेका थिए, किन गर्नु परेको थियो र कस्को लागि गर्नु परेको थियो त्यो त्यागसम्म आउँदा के के … Continue reading →

Posted in पौराणिक कथा | Tagged | Leave a comment

पौराणिक कथा : दिव्य माछा

~बिजु सुवेदी ‘विजय’~ असन चोकमा एउटा दिव्य ढुङ्गाको माछा छ । त्यहाँ सबैले पूजा गर्छन्, जान्छन् । बच्चाहरू त्यहाँ खेलिरहेका थिए । नातिले सोध्यो :- यो ढुङ्गाको माछालाई किन पूजा गरेको ? त्यत्तिकैमा हजूरबुबाले भन्नुभयो -“हे भुराहरू तिमीहरूलाई के थाहा … Continue reading →

Posted in नेपाली कथा, पौराणिक कथा | Tagged | Leave a comment

पौराणिक कथा : द्रोण र द्रुपदको बालप्रेम र….

~रुद्र पौड्याल~ आफू भोकै रहे पनि बालक अश्वात्थामालाई खुवाउन आमा द्रोणी कर्तव्य ठान्छिन्। घरमा केही अन्नको व्यवस्था भए पनि बालकले रूचीको वस्तु प्रायः कमै रहने गर्छ। तीन जगकाे परिवार भए पनि अभावले सताइ रहने द्रोणको झोपड़ी आज छोरा अश्वत्थामाको कोलाहलले … Continue reading →

Posted in नेपाली कथा, पौराणिक कथा | Tagged | Leave a comment

अनूदित पौराणिक कथा : धूर्त मठाधीश

~बिजु सुवेदी ‘विजय’~ गङ्गा किनारमा माकंदिता नामको नगर अवस्थित छ । त्यहाँ एउटा मठमा एउटा मौनव्रतधारी साधु बस्दथ्यो । उसले बोलेको कसैलाई पनि थाहा थिएन । त्यस नगरका सबैले उक्त साधुलाई अत्यन्तै आदर-सम्मान गर्दथे । उसको मौनव्रतको जताततै चर्चा-परिचर्चा थियो … Continue reading →

Posted in अनूदित कथा, पौराणिक कथा | Tagged | Leave a comment

पौराणिक कथा : महाभारत युद्धपछिका व्यास

~डा. अरुणा उप्रेती~ मैले भविष्यमा हेर्दा जे देखेको थिएँ त्यही भयो । युद्धभूमिमा हेर्दा म लासैलासको पहाड देखिरहेछु रगतको नदी देखिरहेछु, यहाँको हावामा विष पाइरहेछु, ऋषि भएर कसैप्रति-स्नेह नराख्दा नराख्दै पनि मेरो मन विचलित भएको ? मानवसंहारको दृष्यले मनलाई दुखी … Continue reading →

Posted in नेपाली कथा, पौराणिक कथा | Tagged | Leave a comment

पौराणिक कथा : महाभारतका धृतराष्ट्रः नयाँ दृष्टि

~डा. अरुणा उप्रेती~ आज मैले सुनेँ मेरा सम्पूर्ण सन्तानहरू मृत्युको मुखमा पुगे । सञ्जयले यो कुरा सुनाउँदै उनको स्वर काँपिरहेको थियो । शव्दहरू स्पष्ट थिएनन् तर, सत्य त बदल्न सकिदैनथ्ये । मैले यो कुरा सहे पनि गान्धारीले कसरी सहलिन् ? … Continue reading →

Posted in नेपाली कथा, पौराणिक कथा | Tagged | Leave a comment

पौराणिक कथा : मुकुट

~बिबेक दुलाल क्षेत्री~ एउटा गाउँ अथवा शहर अझ भनौँ देशको कुनै भुभागमा चार जना बलवान पुरुषहरू बस्थे । पहिलोसित बुद्धि थियो । दोश्रोसित बल थियो । तेस्रोसित बल र बुद्धिलाई सदुपयोग गर्ने क्षमता थियो । चौथोसित यी तीन जना लगायत … Continue reading →

Posted in नेपाली कथा, पौराणिक कथा | Tagged | Leave a comment

अनूदित कथा : याउ र सन् बीचको कथा

~चिनीयाँ लोककथा~  चीनको लामो सामन्ती समाजमा सम्राट मरेपछि उसको छोरो फेरि सम्राट बन्दथ्यो। तर चीनको पौराणिक कथाअनुसार, शुरुका तीनजना सम्राट याउ, सन् र यु बीच त्यस्तो कुनै सम्बन्ध थिएन— यिनीहरु बीच कुनै नि हिसाबले पारीवारिक सम्बन्ध थिएन।

Posted in अनूदित कथा, पौराणिक कथा | Tagged | Leave a comment

पौराणिक कथा : विशाल किराँत प्रदेशको दुर्दान्त शिकारी शासक

~रमेश विकल~ एकदिन किराँत प्रदेशको घना जङ्गलमा एउटा गौर वर्णको अत्यन्त तेजिलो सुन्दर युवकलाई विचरण गरिरहेको देखियो । शिकारी भेषमा देखिएको यो युवक त्यस भेगमा नौलो थियो । त्यसैले मानिसहरू खास गरी युवायुवतीहरू उसप्रति आकषिर्त भए तर उसको प्रखर तेज, … Continue reading →

Posted in नेपाली कथा, पौराणिक कथा | Tagged | Leave a comment