Category Archives: कविता

Nepali Poems

कविता : प्रेम : त्यसको बहुआयामिक रूप

~केदारमान व्यथित~ कहिल्यै पनि धमिरा नलाग्ने, जरामा पनि प्राप्त नहुने, निरन्तर मानसिक पुष्प भने फक्रिरहने कल्पद्रुम हो प्रेम । एक शब्द पनि नबोली मौनबाटै नरनारीका मनमा आफ्नो अस्तित्वको आभास उत्पन्न गर्न सक्नु प्रेमको विशेषता हो । प्रेमलाई विश्व-जीवनदर्शनकै रूपमा प्रतिष्ठा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : शून्य समय ,मान्छेहरू र बस्ती

~सुवास खनाल~ भयले चड्कन हानेको अनुहार बोकेर जब ओरालो झर्न लागे मान्छेहरू सपनातिरको बस्तीहरूबाट र हिँडिरहे चुपचाप अँध्यारो फैलिरहेको निर्जन जङ्गलको मुख ताकेर त्यसपछि किनकिन मेरो बोली नै रोक्किएजस्तो भैरहेछ किनकिन मेरो सास तलको तल हुन खोजेजस्तो लाग्दैछ

Posted in कविता | Tagged | Leave a comment

कविता : हेब्बी बड्डे

~नवराज पराजुली~ छोरा! सिमेन्टको सेतो खाली बोरा बोकेर धानको सिला खोज्न जाँदा तिमी पाइलैपिच्छे भेट्थ्यौ नरुवाको घाँटीमा सुनको सिक्री बनेर निदाइरहेका धानका पहेँला बालाहरु त्यसरी नै पाइलैपिच्छे भेटिरहनु तिमीले जिन्दगीको खेतमा खोजेका सपनाका सिलाहरु हेब्बी बड्डे मेरो छोरा! बिहेको भोलिपल्टै … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : असार १५

~प्रकाश सुनुवार ‘निराकार’~ असारे गीत गाउनु पर्ने हो खेतका आलीहरुसंग खेल्नुपर्ने हो हलो जोत्नुपर्ने हो खेतका आलीहरु सम्याउनु पर्ने हो अनि खेतालाहरु हिलाम्मे हुनुपर्ने हो आज असार १५ । खेतहरुमा अहिले खेतीपाती गरिंदैन खेतमा अन्नबाली रोपिंदैन

Posted in कविता | Tagged | Leave a comment

कविता : वसन्त

~शम्भुप्रसाद ढुङ्गेल~ आंधीलाई चलाई अलि अलि अहिले आउँदो भो वसन्त झोंका ख्वाई उठायो घन गगनमहाँ गर्जिगर्जी अनन्त । सारा भो बन्द खिडकी चमचम विजुली चम्किचम्की करायो प्यारी टाढा हुनाले चररर मन भै आज मेरा डरायो ।।१।। कालो आकाश सेतो विजुलि … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : सम्झना-१

~पदम गौतम~ गुड्दै गरेको रेलले छाड्दै जान्छ टाढा देखिने बस्तीहरू उड्दै गरेको जहाजबाट धमिला देखिन्छन् शहरका दृश्यसमेत बिस्तारै हराउँदै जान्छन् सबै सबै र, अदृश्य हुन्छन् आँखाबाट। तिम्रो सम्झनाले झरेको आँसु खाटा बनेर बस्छ भित्री मनमा

Posted in कविता | Tagged | Leave a comment

कविता : काठमान्डौको आँखामा

~रुमानी राई~ तिमी त नाथे कबि न हौ ! एउटा झर्झराउँदो घाम काठमान्डौको आकासमा मलिन उदाउँछ र,बेखबर अस्ताउँछ ! सुदूर पूर्व

Posted in कविता | Tagged | Leave a comment

कविता : बुद्धि-विनोद प्रश्न

~लेखनाथ पौडेल~ कहाँ थियो वास, अघी म को थिएँ, कसो हुँदा यो पिंजरा लिंदो भएँ । कहाँ छ जानू कुन साथ लीकन, तँलाई मालुम् छ कि यो कुरा भन ? १ कदापि कत्ती नलगाइ ठक्कर, ग्रहादिलाई दिनहुँ निरन्तर, घुमाउने को छ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : जिन्दगी

~भिम बहादुर थापा~ यसको कारण होइन म कारक होइनौ तिमी, यसको म ज्ञाता होइन तिमी विज्ञ छैनौ, जहाँ- म जिम्मेवार छैन भने तिमी दोषी होइनौ भने, बिन्दास बाँच यो अविरल जिन्दगी बित्न देऊ

Posted in कविता | Tagged | Leave a comment

कविता : मजाक जिन्दगी !

~राज आशातीत~ जम्मा जिन्दगी यत्ती त रहेछ! ताता स्वासहरुको स्पर्श, तिघ्राका कापमा बांचेको स्वार्थ, तिम्रो खुशी मेरो बोझ हुनेछ … मेरो रहर तिम्रो कुण्ठा हुनेछ …. यो सहर,

Posted in कविता | Tagged | Leave a comment

कविता : दशैँ समाचार

~घनश्याम पथिक~ सप्तमीको दिन अक्षता र फूलपाती घर भित्र्याएर देवीको थानमा चढाउँदै गर्दा आकाश रुन थाल्यो सम्झेँ- दशैँ दशा त बन्दै छैन! र तिम्रो समाचार पढेँ -सुनसान बन्दै राजाधानी।

Posted in कविता | Tagged | Leave a comment

कविता : जाग जाग

~धरणीधर कोइराला~ जाग जाग अब जागन जाग । लाग उन्नतिविषे अब लाग ।। घोर नींद अब ता परित्याग । भो भयो अति सुत्यौ अब जागे ।। दाजुभाइहरु हो ! उठ जाग । लाग उन्नतिविषे अब लाग ।। धोउ धोउ मनको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मान्छे र घाम

~उपेन्द्र सुब्बा~ अंकुसेले तानी झारेर घोर्ले भिर तल लडाइपठाऊँ जस्तो यो घाम ओई घाम, अलिक चाँडो हिँड्! मलाई तेरो रापले भत्भती पोल्यो। बिहान उदायो बेलुका अस्तायो रातभर हरायो तेरो जस्तो सरल जीवन मेरो कहाँ छ र?

Posted in कविता | Tagged | Leave a comment

कविता : जब कलमले अक्षर बोल्छ

~रुमन न्यौपाने ‘अमन्त’~ सफलताहरु नक्षत्रमा टलपलाई रहँदा । म धर्तिमा एउटा त्यस्तो उचाई देख्छु । जहाँ भुभागहरु अत्यन्त समथर छन् । जहाँ गहीराईहरु बेमिसाल छन् । पिडा÷भोगाईका अनुप्रस्थ माध्यम भएर ह्ृदयमा ठोकीँदा शब्दहरुले,

Posted in कविता | Tagged | Leave a comment

कविता : कुखुरो

~लक्ष्मी प्रसाद देवकोटा~ रातले रोइरहिथिन् लाखन जलदाना, मैले कनिका जस्ता मानी टिपी निलेँ ती नाना ! पुछेँ गगनको छाती— बालेँ दीप प्रभाती ! तारानलको अन्तर ज्वलनले म भएँ रातो—

Posted in कविता | Tagged | Leave a comment

कविता : याद

~रवि प्राञ्जल~ तिमिले सम्झ भनेकि थिएनौ न मैले नबिर्सने बाचा गरेको थिए बिना कारण , बिना सर्त तिमिलाइ सम्झी रहनु आदत बनेकोछ जब म तिमिलाइ नसम्झिने प्रयत्न गर्छु ठिक त्यही समय देखि दुनियाको हरेक चिज मेरो विरुद्धमा जुट्छन जस्तो कि … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : समान अन्तर

~उपेन्द्र सुब्बा~ बाउले नपढेर दुख पाए मैले पढेर दुख पाएँ । गाउँमा- बाउ हलो जोतिराछन् म सहरमा टाउको जोतिराछु ।

Posted in कविता | Tagged | Leave a comment

कविता : झरी

~प्रवीण खालिङ~ छाता भुलेछु तिमीसितै ओतिन्छु तिमी आधा भिज म आधा नभिजेको आधा आधा एक हुन्छ यो झरीले कति मन छुन्छ। बाँच्नलाई निहुँ चाहिन्छ त्यसैले झरीमा छाता भुल्छु

Posted in कविता | Tagged | Leave a comment

कविता : तीन समस्यापूर्ति

~कृष्णप्रसाद पराजुली~ राम्रो लाग्छ नदी सुसाउँछ जहाँ शोभिन्छ छायाँ पनि आशा जाग्छ प्रभात-सान्ध्य क्षणमा सन्देश भर्छन् ध्वनि त्यो बेला किन हो स्वयं लय भई चम्कन्छ रे लोचनी बढ्दै छन् रसछन्दमा कविहरू लाग्दा मीठो मोहनी रातै नीद भयो, भयो फरक के … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : बिमती

~दीपकजङ्ग हमाल~ ठोक बन्दुक छातीमा, पड्काउ तोपका गोला काट हज्जारौंका शिर, बगाउ रगत्को खोला भात्काउ आस्थाको मन्दिर, चुँड सम्बन्धको तार पुर मानवअता माटोमा, बोक बिद्वेसको भार

Posted in कविता | Tagged | Leave a comment

कविता : विद्द्वेषले बिद्धंश गराउने समाज

~दीपक कुमार ज्ञवाली~ बस्छु यहाँ तप गरेर । स्वच्छताको श्रोत बृक्ष वर । हर हर प्रवाह शितल । भएकोछ हृदय प्रफुल्ल । कञ्चन श्वाश हुन्छ प्रबाह । मेटीन्छ रीस राग द्वेश । श्रद्धा नहोला तपस्वी देखि । बसेको त हैन … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : जिन्दगीको मूल्य

~भेषराज रिजाल~ कोरा कागजको अभिलेख छ जिन्सी श्रेस्तामा दाखिला छ बिना दाखिला यो जिन्दगी कसिङ्गरमा मिल्किरहेछ डेबिट क्रेडिटमा सन्तुलित भई हरहिसाबको मूल्य छ बिना मूल्यको सस्तो जिन्दगी मिन्हासरि भइरहेछ । करोडौँ अरबौँ हिनामिनाको अडिट रिपोर्टमा बेरुजु छ जीवनकै दुरुपयोग मुटुका … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : स्वयंवर र भट्टीका साँझ

~त्रिभुवनचन्द्र वाग्ले~ जग्गेमा माडघुम्न बस्दा गतरातको बासी सितन झुसिलो डकार डुक्रन्छ सगर्व हिजो रात भट्टीमा सितन थप्ने साहुनीलाई भनेको थिएँ– “तिम्रो सितन क्या चाम्रो ! मध्यरातसम्म पनि चुरोटको धुँवा

Posted in कविता | Tagged | Leave a comment

कविता : लु..अव नयाँ यात्राको सुरुआत गरौ यहिवाट

~टंक सम्वाहाम्फे~ लु..अव नयाँ यात्राको सुरुआत गरौ यहिवाट यो वाटो खुलेको आजै हो हिजोसम्म हामीले निर्वाध हिड्न पाउँने यो वाटोलाई मिचिएको थियो क्रुरताले रोपीएको थियो संगीनले छोपीएको थियो हिंसाले त्यसैले चाहेर पनि

Posted in कविता | Tagged | Leave a comment

कविता : दशैं

~चेरेहामसो क्याबा~ कसैलाई शुभकामनाको डोको लिएर कसैलाई ऋणैऋणको पोको लिएर कसैलाई उमंगको सौगात लिएर कसैलाई ब्याजमाथि स्याजको भारी बोकाएर कसैको लागि मीठो खाना कसैको लागि नयाँ नाना बनेर, शरदमासमा

Posted in कविता | Tagged | Leave a comment

कविता : पेटको व्यथा

~आषिश श्रेष्ठ~ निन्द्रा नपुग्दै जोडीएका परेलीहरु विस्तारै उघारेर झ्यालबाट हेरे पसलका सटरहरु बन्द बाटोमा गाडी बन्द एक छिन हेरीरहेँ यस्तै रमिताहरु सायद मेरा आँखा बन्द नभएर होला ।। धेरै बेर सोचेर बसेँ किन बन्द गरिन्छ ? पसल र सडकहरु मात्र … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : झराइ

~भिमसेन थापा मगर~ वसन्त रितु कलकलाउदो पालुवा फुल्नै लाग्दा आगन माथि डिलका, सुन्तलाको कोपिला रातभरीको असिनाले म हिंड्ने बिहान आगनभरी झरेको देख्दा

Posted in कविता | Tagged | Leave a comment

कविता : भोग्नु पीडा भोगेपछि

~ललिता ‘दोषी’~ भोग्नु पीडा भोगेपछि तिम्रो मायाको अर्थ के ? मुटु जल्नु जलेपछि तिमी फर्कनुको अर्थ के ? भैगो जाऊ टाढा कतै आँखाहरूमा नछाऊ सुकिसकेका परेलीलाई

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो कविता पर्वाहा गर्दैन तिम्रो

~विमल निभा~ कुनै पनि बेला ममाथि राजद्रोहको मुद्दा चल्न सक्छ काला गँड्यौलाहरु पिछा गरिरहेछन् मेरो अन्तर्राष्ट्रिय कालाबजारीको कुहिएको आलु र प्रधानमन्त्रीको ताजा भाषण

Posted in कविता | Tagged | Leave a comment

कविता : चे ग्वेभारा तिम्रो हत्यामा

~बिमल गुरुङ~ खुसाएका छन्, चे ! तिम्रो हत्यामा पृथ्वीका ईश्वरहरु खुसाएका छन् । तिम्रो हत्यामा नेविन र निक्सनका कोमल पत्नीहरु खुसाएका छन् । खुसाएका छन् तिम्रो हत्यामा निक्सनका चटारिएका नक्कली छोरीहरु खुसाएका छन् । मरे पनि तिमी करोडौं करोडौं दासहरुले … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : तिमी

~कुन्दन काफ्ले~ तिमी फूल बनेर फूल, तर वास्ना भर्न नभूल । तिमी जून बनेर खुल तर ज्योत्सना छर्न नभूल । तिमी दियो बनेर वल तर ज्योति फैलाई नगल ।

Posted in कविता | Tagged | Leave a comment

कविता : खै ! के भएको हो यो समयलाई

~दिनेश अधिकारी~ म ग्राहक छु त्यस अखबारको त्यसैले हिजो जस्तै आज पिन ढोकाअगाडि छोडेर गएको छ वितरकले त्यसको नयाँ अंक र भुइँबाट त्यसलाई टिप्नुपर्ने एउटा परिस्थितिको बीचमा म घोरिएको छु अखबार मेरा अगाडि छ

Posted in कविता | Tagged | Leave a comment