Category Archives: कविता

Nepali Poems

कविता : म सपनाको रङ च्यातिदिन्छु

~नरेश शाक्य~ म सपनाको रङ च्यातिदिन्छु रक्तरञ्जित हुदै सपना भुइमा पछारिन्छ अथाह बेदनाले कराउदै म विजयीभावले मुस्कुराउछु परपीडकजस्तै । युगबाहकहरूले आदिमकालदेखि नै सपनाको रङ कोर्दै आएका छन् एउटा सुन्दर र सुखद भविष्यको परिकल्पना र हामी बाध्य छौ

Posted in कविता | Tagged | Leave a comment

कविता : भुकम्प

~प्रकाश सुनुवार ‘निराकार’~ हरेक साँझ विहान यहाँ भुकम्प आउंछ÷जान्छ खाना खाने वेलामा आउंछ पसलमा तरकारी किन्दा जान्छ आधा खाली पेट एटलासमा संधै भुकम्पको प्रभाब छ छोराछोरीको स्कुलको शुल्क तिर्दा भुकम्प जान्छ अस्पतालमा भर्ना हुंदा भुकम्प जान्छ फरक एत्ति हो त्यतिखेर

Posted in कविता | Tagged | Leave a comment

कविता : किन मुस्कान

~लक्ष्मी प्रसाद देवकोटा~ क. किन ? वयसी ! भन यस जनपथमा, चोछर्यौ, चिनेझैं, मृदु मुसकान ? ख. पल्लव अधर सरस लम्याउँछ, कुन स्वपनाको मधुर उडान ? दिनको मुटु पनि डुब्दछ जलमा, प्यार गरेझैं हिम–चूलीसँग, सुम्पी, जलेको प्राण ! मेरो पनि … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : तराजु

~राम श्रेष्ठ~ कसैको बन्छु भनेर कहाँ हुदो रैछ र..। यो त सब भाग्यको कुरा पो रैछ नि..।। कसैलाई आफ्नो बनाउन आफु कसैको हुने हो र..।।। माया जोखिने तराजु त होइन, निश्चय नै साईनो हो..।।।। खुशी बाडे बढ्दै जन्छ, दु:ख बाडे … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : आमा

~कुन्दन काफ्ले~ आमा ममताकी खानी तिमी हौ । दिने यो जीवन, जवानी तिमी हौ । सुनौलो इतिहाँस कहानी तिमी हौ । काली, दूर्गा, माँ भवानी तिमी हौ । हे जीवन दाता, जननी हे माता । तिमी हौ विद्या, तिमी नै … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : कामना गर्ने कुरा

~भिम बहादुर थापा~ महत्वका छेऊनेर बहन्छु सम्भावना भएकैलाई म भन्छु नयाँ वर्ष प्रत्येक नयाँ पलमा यो बोली देव-वाणी होस् यो कामना शाश्वत, जादुमयी पुगोस्

Posted in कविता | Tagged | Leave a comment

कविता : अपेक्षित जागरण जनताको

~प्रकाश प्रधान~ राष्ट्रिय रङ्मञ्चको नयाँ पर्दामा सहमति समावेशी सहयोगी सामञ्जस्य आदि इत्यादिको खोजी त्यहाँ हुँदैछ जहाँ मन मस्तिष्क र मनसायको मेल असम्भव जस्तै सावित हुँदैछ अब दलित स्वार्थन्धता र ध्रुवीकरणले समीकरणको सैद्धान्तिक नारा कहाँ पुग्यो कहाँ यो असम्भव प्रयासले कसलाई … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : राजीको नाममा

~धुस्वां सायमि~ तिम्रो आगमनको सूचना जब मेरो घरसम्म पुर्‍याउँछ हावाले मेरो आँगन तिमीलाई अभिवादन गर्न एक्लोपनको उदासी भुलेर फक्रिन्छ र, मलाई यो पनि थाहा छ – जब-जब म सोच्दछु तिमीसम्म आउन

Posted in कविता | Tagged | Leave a comment

कविता : खल्लिवल्लि

~थरि कयाबा~ जिवनकेा नयाँ विहानि ल्याउन भनि डुल्छु सानु रियाधकेा गल्लिगल्लि, तिम्रेा याद साँचि छाति भरि गर्दै सानु दुख कष्ट खल्लिवल्लि ।।१।। कहिले तारिक मल्लिक फाहाद ,कहिले तारिक मल्लिक अब्दुल अजिज इन्जिन संगै दैाडिन्छु म थकाइ मार्न कुर्छु सानु जुमा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : गोठाले दिनको संझनामा

~रामचन्द्र कार्की~ गाईबाख्राको पछिपछि, ढाडखोलाको पानी पिउदै, ऐसेलु र कटुस खान्थ्यौ. च्यातिएको भोटो सिउदै । पल्लो घरकी गंगा बैनि, गोठालाकी असल साथी, छिइन् अचेल कुन संसारमा, आज सपनीमा आथी । माथिल्ला घरको कृष्णे पनि, अरव तिर पसेपछि, तल्लो घर नि … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : जुनकिरीहरु

~प्रकाश सुनुवार ‘निराकार’~ एकहुल जुनकिरीहरु आगो वोकेर निभ्न लागेका बस्तीहरुलाई उज्यालो वनाउन एक झोला रातो किताबहरु वोकेर बोक्सीको आरोपमा जिउंदै जलाइएका पिडादायी कथाहरु च्यात्ने हिम्मतहरु बोकेर पहाडहरुमा पुगे स्कुलहरु खोले धिब्री जुनकिरीहरु स्कुल आए÷ पढे

Posted in कविता | Tagged | Leave a comment

कविता : बैरी नठान आमा

~आचार्य प्रभा~ बैरी नठान आमा मलाई म त तिम्रै सन्तान हुँ नि छाती तिम्रो पीडाले चर्किए मै मल्हम बन्न सक्छु नि — जन्मियौ हामी तिम्रै कोखबाट सन्तान थरी थरी , सजायौ सपना मिठो तिमीले हाम्रै भर पर्छु भनी—

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रश्नकाे पिरामिड

~मसान उपासक~ अत्यासकाे सत्याग्रह सकिएकाे साझ मलामि बाेलाउन हिडे जसरि यी कागहरु छतमा किन कराउछन् हँ ?? प्रेमिले दिएकाे रुमाल हराएपछि सल्लाघारिमा एक्लै रुने भन हाै लुङ्बा मान्छे हाे कि छायाकाे अाकृति ??

Posted in कविता | Tagged | Leave a comment

कविता : माघको खुलेको बिहानको जप

~लक्ष्मी प्रसाद देवकोटा~ क. क्या खुल्यो बिहान आज ! नीलिमाले फाली सकल घुम्टो जाली ! ख. वाल्मीकिको हृदयतुल्य व्योम निर्मलायो ! अभिराम क्या यो ! रात प्रातः आयो ! क्रौञ्चरुधिर थोर बेर नभमा छिर्बिरायो ! दिविमा जन्म ली दयाले ! … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : तिम्रै प्रतीक्षा

~अरुणबहादुर खत्री “नदी”~ तिमी आउँछ्यौ भनेर दृढतापूर्वक म प्रतीक्षामा बसिरहेछु तिमी आउने बाटो चियाएर आँखा बिछयाएर बसिरहेछु तर तिमी आउन सकिनौ न कुनै खबर न कुनै सन्देश पठायौ कैयौँ महिना, वर्षहरू बित्दै गए जीवनका कैयौँ मोडहरू पार भइसके

Posted in कविता | Tagged | Leave a comment

कविता : थिचेजस्तै अग्ला–अग्ला पहाडले

~निर्मोही व्यास~ खासै प्रसन्नता दिन्नन् मलाई चाडबाडले उल्टै, लाग्छ थिचेजस्तै अग्ला–अग्ला पहाडले 0 विधर्मी हैन, प्यारो छ मलाई निज संस्कृृति किन्तु विकृतिले मेरो बिग्रेको छ मनःस्थिति

Posted in कविता | Tagged | Leave a comment

कविता : झ्याल,बगर र कथाहरू

~सुवास खनाल~ जबजब झ्यालमा पर्दाहरू हट्छ न्तब त देखिन्छ डाइनिङ्ग टेबलमा खान तयार गरेर राखिएको मासुका टुक्राहरूजस्तो एकटुक्रा आकाश एकटुक्रा जमिन एकटुक्रा सडक एकटुक्रा बगर र सडकमा लापर्वाह सुतिरहेको रक्सीले मातेको मान्छे

Posted in कविता | Tagged | Leave a comment

कविता : मृत्यु र म

~उर्मिला थपलिया~ कृत्रिम सपनाहरूलाई तिलाञ्जलि दिँदै मृत्युलाई आफ्नै घरमा बसेर कुरिरहेँ सयौँ पत्रहरू पठाएँ ऊ आउँदै आएन म मृत्युलाई आफ्नो बनाउन चाहन्थँे म मृत्युलाई आलिंगन गर्न चाहन्थेँ उसलाई भेटेर उसैमा लीन हुन चाहन्थँे तर

Posted in कविता | Tagged | Leave a comment

कविता : साँढेको साम्राज्यमा भक्लु मुसहर

~मणिराज सिंह~ जीवनसित जोतेर खेत र बारीका पाटाहरू बाढीको चपेटामा परेर समयसितै खिइदै गए मनका हरियालीहरू हिलाम्य पारेर पानीले आफ्नै अनुहार लथालिङ्ग बनाएको देखेर भक्लु मुसहर इन्तु न चिन्तु भएको छ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : शून्य समय

~राज आशातीत~ नाम दियौ तिमिले! एक,दुई,चार,छ,दस अनि बार्ह .. तर कहिले पो अंटायो र उ तिम्रा क्याल्कुलेटरहरुमा!? खाली खोपडी, बेमौसमी … सिरीष झैं झरेर बांकी, डांठहरु! संगै

Posted in कविता | Tagged | Leave a comment

कविता : कुन्नी के तन्त्र ?

~आषिश श्रेष्ठ~ तुईनको छैन है भर, नदी तर्न छ है कर नयाँ नेपाल दु:ख पुरानै, सुख बिरानै नयाँ नेपाल आशु शिरानै, मुटु चिहानै चुइएको छ है झुप्डी, म्याद सकिएको आउछ ओखति ब्टाला नाच्छन बढाका थपडि छिनी कलम्, दिए फलाम

Posted in कविता | Tagged | Leave a comment

कविता : उसको हाँसो

~जीवन शर्मा~ मेरो कपाल फूल्न थालेको देखेर उ हर्षित भएको होला ? मैले चपाउने धारिला दाँतहरू फुस्केको देखेर अझ खुशी भएको होला अनि मैले टेक्दै हिंड्ने वैशाखी भाँचिन थालेको देखेर दुईचार फन्का नाँचेको पनि होला ?

Posted in कविता | Tagged | Leave a comment

कविता : जवानीको मात

~सुबेश घिमिरे~ तिमी त त्यसै-त्यसै निश्छल, निश्कपट अनि निश्कलंक थियौ । मरो जीवन इतिहासमा मेरो प्रेमको प्रथम पूजा थियौ; अर्चना थियौ ! निश्छल अनुहारमा हृदयको अनन्त गहिराईबाट उब्जिएको खुशी हाँसोको रुपमा कुँदिदा

Posted in कविता | Tagged | Leave a comment

कविता : चौतारो

~अकेला यात्री~ गाउँमा भर्खरै बनिएको छ नयाँ चौतारो मसँग कसैलाई सोध्ने साहस छैन कि यो चौतारो कसको भनेर । किन किन मलाई यस्तै लागिरहेछ त्यो मेरै दौँतरीको चौतारो हो भेला भएर साँझमा जोसँग हामी समानताको कुरा गथ्र्यौँ त्यो मेरी प्रेयसीको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मैले चिनेन कि

~पुरुषोत्तम सुवेदी~ हरि हरि मैले चिनेन कि – ठेट नेपाली होइनौ कि – —– पैसा पाय देसै बेच्ने – नेता भए जनतै भुल्ने हरि हरि मैले चिनेन कि देशका नेता होइनौ कि——- कसो गर्दा के हुने हो केही थाहा छैन … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : किन…?

~कुन्दन काफ्ले~ म रुँदा खेरी तिमी हाँस्ने गर्छौ । अपुरो प्रिती किन गाँस्ने गर्छौ । कमजोर मन यो किन भाँच्ने गर्छौ । चबाई कुरा किन ढाँट्ने गर्छौ । रसाई आँखा किन ताक्ने गर्छौ । खसाई आँशू किन झाँक्ने गर्छौ ।

Posted in कविता | Tagged | Leave a comment

छोक : हँ ?

~कृष्ण वस्ती~ स्वाभिमानी हिमालको झुकेको छ, शिर । पानी होइन पँधेरामा बगेको छ ,पीर ।।

Posted in कविता | Tagged | Leave a comment

कविता : रंग र सभ्यता

~अनिल नेम्बाङ~ पहेँलो सभ्यताः चुहिने आकाश गर्लम्म ओढ्छ भोकमा माटो खान्छ तिर्खामा नदि पिउँछ दिनमा सुर्य ताप्छ साँझमा झ्याउँकिरी सुन्छ अँध्यारोमा जूनको पुल्ठो सल्काएर हेर्छ तारापुञ्जको चलचित्र अनि घुर्छ आनन्दको निन्द्रा।

Posted in कविता | Tagged | Leave a comment

छोक : सङ्कल्प हाम्रो फलोस्

~लक्ष्मी प्रसाद देवकोटा~ संसारै घुमियो भएर विषयी मीठो विषै पो पिएँ, लेख्थें धेर वितर्क तर्क मनमा उल्टो भई पो जिएँ, आयो धेर तनै प्रलय भो आगो जल्यो लौ जलोस्,

Posted in कविता | Tagged | Leave a comment

कविता : बाटो सोध्दै यतैकतै

~आर.एम्. डंगोल~ बाटो सोध्दै छु यतैकतै बाटो पछ्याउँदै पछ्याउँदै हिँडिएछ यहाँसम्म यहाँसम्म आइपुग्दा आफ्नै जस्तो नलाग्ने स्वभावले पछ्याइरहेको छ मलाई ।

Posted in कविता | Tagged | Leave a comment

कविता : रक्सीको मात

~प्रणिका कोयु~ रक्सीको मात? मिठो हुन्छ तिम्रो माया जस्तै आफ्नोपनमा रत्ताउने रक्सीको मात? तितो हुन्छ तिम्रो तिरस्कार जस्तै चुपचाप निल्नु पर्ने

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो देश कतै भेटिएन

~सागर कार्की~ बिचरी माईली काकी- महाकालीको किनारमा जिन्दगी खोज्दैछिन् अझै । भन्छीन्, यो माटो होईन मेरो छोरा-बुहारीको अस्तु हो । मेरो नातीको दुई भित्ते ज्यान अनि मेरी नातीनीको काँचो बोली

Posted in कविता | Tagged | Leave a comment