Category Archives: कविता

Nepali Poems

कविता : खगेन्द्र संग्रौलाको काँध

~विनोदविक्रम केसी~ यो देशको ठूलो लेखक बुढेसकालमा किन उठ्छ बिहान चार बजे किन बागी मजदुरी गर्छ किबोर्डमा र, पहरो फोर्छ अखबारमा? इतिहासले सुम्पेको के त्यस्तो अभिभारा छ उसको काँधमा? देशमा अचेल बदनाम छ

Posted in कविता | Tagged | 1 Comment

कविता : विनाशकारी होइन कल्याणकारी हुनुपर्छ

~प्रमोद स्नेही~ अब तैँले अरुको आलोचना खेप्ने होइन, सबैको समर्थन जुटाउनु पर्छ सदभाव बटुल्नु पर्छ हो, तेरो निधारमा लागेको कलंकको टीका आजैबाट तैँले मेट्नुपर्छ । तेरो केन्द्रविन्दु गरिबको झुपडीमा होइन

Posted in कविता | Tagged | Leave a comment

कविता : एक्लो जीवन

~खिमानन्द पोखरेल~ एक्लो जीवनमा बाँच्नेहरूको निराशालाई हेरेँ मलिन अनुहारका परेलीहरूलाई हेरेँ परेलीभित्र छरिएका प्रतिविम्बित आकृतिहरूलाई हेरेँ आकृतिभित्र छरिएका छायाँहरूलाई हेरेँ

Posted in कविता | Tagged | Leave a comment

कविता : न सम्झुँ भन्छु तिमीलाई

~हरिभक्त कटुवाल~ न सम्झुँ भन्छु तिमीलाई नसम्झी बस्न के सक्थें? नहेरूँ भन्छु तिमीलाई नहेरी बस्न के सक्थें? कि तिम्रो सम्झना उस्तो कि मेरो छाती नै उस्तो कहालिन्छ जव छाती

Posted in कविता | Tagged | Leave a comment

कविता : हिराका मोल भएका कवाडहरु

~गुरुप्रसाद कुमाल ‘बुलबुल’~ दुनियाँले कवाड भनेर फ्याक्ने गरेका कवाडहरु, हो, त्यही कवाड बडुल्ने म कवाडी हुँ । ती मूल्यहीन भनेर फ्याक्ने गरेका, कवाडहरुको मूल्य खोजिरहेछु, त्यसैले त म कवाडी भएँ । जुन चिज आज तिमीले, कवाडको मूल्यमा बेचिरहेछौ, त्यो चि … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : चिन्तनको पिनास

~सुवास खनाल~ यो भयानक हुँदोरहेछ चिन्तनको पिनास पिनास लागेपछि प्रिय हुँदोरहेछ –एकै किसिमको मात्र गन्ध भुलिँदोरहेछ – दुश्मनले पनि कहिलेकाहीँ गाउन सक्छ सुमधुर गीत वैरी मानिनेको आँगनमा पनि हुर्किन्छ भन्ने –विचारको सयपत्री

Posted in कविता | Tagged | Leave a comment

कविता : म प्रेमको भवसागर – फेवा ताल हुँ !

~ध्रुबकुमार सापकोटा~ म सागर हैन मेरो कुनै छाल छैन मेरो कुनै तरंग छैन मेरा निम्ती के औँशी के चाँदनी रात मेरो छातीमा ज्वारभाटा उठदैन म सधैं एक नास -एउटै धुनमा लम्पसार छु तर म सुन्दर छु त्यसैले त तिमी

Posted in कविता | Tagged | Leave a comment

कविता : गीत गाउन नजान्नेहरु

~लेखनाथ छेत्री~ गीत गाउनलाई उनीहरुसँग आँसुले खिया परेका धमिलो आँखाहरु छैनन् । नभए, बाँझो समय चपाएर थोते भैसकेका गिजाहरु छैनन् उनीहरुसँग । तर अचम्म!

Posted in कविता | Tagged | Leave a comment

कविता : मौन आग्रह

~अनुकुल प्रकाश~ मनको आँखा खोली पढ मेरो सजिव चित्र, भेट्टाउछौ कि?आफ्नो बच्पन् मेरो विम्बभित्र!! बाँकी भाका तिम्रा जीवन-ब्रीत्त गर्छु पुरा, खालि-खाली अवोध मन्मा भर ज्ञानी कुरा!!

Posted in कविता | Tagged | Leave a comment

कविता : जुक्ति रेखा, सम्बोधन र जोड़िने टुक्रा

~मनोज बोगटी~ जुक्ति रेखा, सम्बोधन र जोड़िने टुक्रा कसले हो मेरो टुप्पीमा बसेर मेरो आँखामा तीर राख्छ र हिँड़ भन्छ। मलाई मात्र के सबलाई भन्छ। आफ्नै शीरको खुइलिएको भरोसा छ्‌याप्पै भिज्छ कमारो पसीनाले। मेरो मात्र के सबको भिज्छ।

Posted in कविता | Tagged | Leave a comment

कविता : श्रद्धान्जली शिवलाई

~आचार्य प्रभा~ हे शिव! तिमी कुन हत्तारमा थियौ त्यसैले जिन्दगीको अन्तिम घडीलाई निम्त्यायौ हावाको बेग झै रफ्तारमा बहनु पर्ने के त्यस्तो बाध्यता थियो ? तिमी मीठो अभिष्ट पालेर बिदेसिएका थियौ शायद — अमीट आकाङ्क्षा बोकेर

Posted in कविता | Tagged | Leave a comment

कविता : सत्ता

~दिनेश अधिकारी~ जसरी पनि जालन्धरलाई मार्नैपर्ने उद्देश्यमा समर्पित छ विष्णु र, उसका लागि ठूलो चुनौती बृन्दाको निष्ठा भएको छ । शक्तिले नसकेपछि षड्यन्त्रमा ओर्लन्छ देउता पनि विष्णु

Posted in कविता | Tagged | Leave a comment

कविता : नयाँ नेपाल

~शुभ श्री~ साथी हो हेर देउरालीमा बिकास पलाउदै छ आज एका बिहानै देखी यहाँ मान्छेहरुको चहलपहल छ वेल्दिङको झिल्का सँगै केही अनुहारहरु अथक प्रयासमा एउता सन्केत कोर्दै छन।

Posted in कविता | Tagged | Leave a comment

कविता : जोखीम

~नोवल निरौला~ तिर्न रिन लागेका, बस्न आफ्नै घरमा पढाउन वालवच्चा, चलाउन जिवनमा लागेथें म विदेश, कमाउन भनेर वोकेका ति सपना, पुर्याउन भनेर गार्हो भयो खाडिमा, मरुभुमी गन्हायो पड्क्यो वम ईराकमा, छाति मेरो चर्कियो

Posted in कविता | Tagged | Leave a comment

कविता : मलाई खाम चाहियो…

~नाइलु क्याबचा~ सुखको नाममा अर्काको दास्वत्तो बोकेको हैन दु:खै भए पनि मलाई स्वाभिमानी काम चहियो, परिवर्तनको नाममा टुक्रा टुक्रा परेको हैन मज्बुद बिसाल मलाई सिङो नेपाल नाम चहियो । राडी र पाखिमा कती आनन्द छ

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो भय

~प्रकाश प्रधान~ त्यत्रो बलिदान, उपादान र अभयदानपछि त्यत्रो हर्षोल्लास समारोहबीच सबै मिली बालेको दिव्यज्योति फहराएको विजय पताका त्यो महायज्ञको पुर्वाङ्गमा नै साङ्गे नहुँदै निभ्ने ढल्ने त होइन कतै भन्ने डरले मलाई किन हो अचेल सताइरहन्छ यो डरबिना कारणको नहोला दैनिकी … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : पगरी पागल

~कुन्दन काफ्ले~ रोगी भएँ मानसिक, हेला कति गर्दछौ । म पनि त मान्छे नै हुँँ, आँखा कति तर्दछौ । दृष्टि तिम्रो बुझाई हो, पागल भनी जो भन्दछ । भेदभाव र घृणाले, मान्छे पागल बन्दछ । कुण्ठाहरुले मन मेरो त भित्र … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : बन्दुक

~बिमल गुरुङ~ बन्दुक के हो, अच्या … म थुक्छु लाखौं लाख थुक बेकार छ तिमीहरुको बन्दुक बन्दुक … ?! आच्या … बज्र ! ओईरेऊ !

Posted in कविता | Tagged | Leave a comment

कविता : सालिक र देश

~निश्चल काउचा~ चकमन्न अध्याँरोमा चित्-चित् एकोहोरो छेपारोको कराई हाम्रो बज्यै भन्नु हुन्थ्यो जव रातमा छेपारोलाई जाडो हुन्छ बिहान भयो भने म घर बनाउछु भन्दै कराउछ रे जव बिहान हुन्छ न्यानो घाम लाग्छ चेपारो पारिलो घाममा भुसुक्क निदाउछ फेरी उही कथा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : अभियान

~टंक सम्वाहाम्फे~ हामी अहिले अभियानमा छौ कसैलाई थाहा होला कसैलाई थाहा नहोला के कस्तो अभियानमा छु होला भनेर तर उ अभियानमा सम्मिलित भैसकेको हुन्छ वास्तवमा अभियान संकल्पको यात्रा हो विश्वासकोगोरेटो हो कसैले नगरेको हुन सक्छ संकल्प कसैले नवुझेको हुनसक्छ दायित्व

Posted in कविता | Tagged | Leave a comment

कविता : हुन नसक्ने कुरा

~प्रणिका कोयु~ सादा कागजमा तिम्रो नाम लेखें धेरै चोटी मायाले लेखें रीसमा लेखें खुशि-दु:खमा लेखें आशा-निराशा दुवैमा लेखें लेखिरहें यसरी मैले धेरैचोटी सादा कागजमा तिम्रो नाम! आकाशका सबै रंग घामका सबै ताप

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रणय अनुराग

~हुसैन खाँ~ रमाएछ आँखा नयाँ कल्पनामा रसाएछ छाती नयाँ भावनामा । सधैँ याद आयौ तिमी सम्झनामा दिलै यो लगाई बसेँ साधनामा ।। मनै भो विभोरै ऋतूराज आए र नाङ्गा रुखैले नयाँ वस्त्र पाए । हँसाई–नचाई गरे मारुनीझैँ

Posted in कविता | Tagged | Leave a comment

कविता : हाँसेर बाँच हाँसेर मर….

~दिलिप योन्जन~ खुशीमा बाँच हजारौ हजार शतब्दी समानता र स्वतन्त्रमा अन्याय र रुढिबादको बिरोधमा उन्नति र प्रगतिको किरण छर्दै बाँच्न त बाँच सधै हाँसेर स्वार्थमा ढेश डुबाएर नबाँच

Posted in कविता | Tagged | Leave a comment

कविता : लाल ख्वामित्

~निभा शाह~ लाल ख्वामित महाराजकी जय होस्, ख्वामित ! लाल ख्वामित ! तिमीलाई देवता बनाउन थुप्रै लाल ‘सीता’हरू जले

Posted in कविता | Tagged | Leave a comment

कविता : विजय

~डा. सरोज धिताल~ होला त भनी मैले तिम्रो कुरा सुनेँ मेरो हीरो ! मिल्काएँ आफ्ना आग्रहहरू र, तिमीले दिएको झेला भिरेँ । झेलामा एउटा कलम थियो र, थियो एउटा बन्दुक तिमीले भन्यौ “कलमलाई हतियार बनाउ र, संहार गर

Posted in कविता | Tagged | Leave a comment

कविता : स्वदेशलाई सन्देश…

~सोम खनाल~ शीखरै फुल्ने त्यो मेरो नेपाल, गुराँश थुंगाको कस्तुरी डुल्ने ती डाडा पाखा, चप्लेटी ढुंगाको स्म्रीती मीठो आतैमा बोकी छोडेर आको छु मुटुमा रोपी देशको माया गोडेर आको छु । थाहा छ मलाई के फुल्छ सधै पाहाडी पाखामा बिरह … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : म बिक्री भएको छैन

~महेश रेग्मी~ म क्षत्रि्रस्त जीवन लिएर हिँडिरहेको छु सिंहदरबारको बाटो काठमाडौं मलाई धोका दिइरहेको छ काठमाडौं मेरो हुन सकिरहेको छैन काठमाडौं मलाई कहीँ सिफारिस गर्दैन मलाई मार्न खोज्छ बाँच्न दिँदैन मैले उसलाई जीवनका अङ्गहरू बुझाएको छु तर म उसको छेउ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : अभिषाप

~बसन्त मोहन अधिकारी~ लोभी, पापी, निर्दही, निर्मोही ! रुप, रङ्ग उडाएर चुस्न सम्म चुस्यौ । बदनाम गराएर उपभोग गर्यौ । त्यतिले नपुगेर

Posted in कविता | Tagged | Leave a comment

कविता : अरुलाई भुल्न थाले

~बिजयकुमार श्रेष्ठ~ विद्याकी खानी तिमी सबैलाई सुबुद्धिको ज्ञान दिने सुबुद्धि दिएका थियौ तिमीले कहाँ गए विधा लिने । गुरुलाई मान्न छाडे विधा बिना नै गुरु बन्न थाले आफनो औकात हेर्नु छैन विश्व हाक्छु भन्न थाले ।

Posted in कविता | Tagged | Leave a comment

कविता : सतिसाल

~पुरुषोत्तम सुवेदी~ ठूलो वरको रूखको टुप्पोमा काटिएको टाउको आन्द्राभुँडी, कलेजो र करङका लाप्सा ट्वाक्ट्वाक् ठुङ्दै, स्वाद लिँदै समयको बूढो गिद्ध मुक्तियुद्धको पराजयको

Posted in कविता | Tagged | Leave a comment

कविता : अविराम लयः जस्तै जिन्दगी

~साम्ब ढकाल~ मत्स्यन्द्र दाइ हो रहेछ जिन्दगी त अविराम लय नै हो रहेछ । यो कसैगरी कतै जोडिएकै छ नटुटाइकन आमाको काखमा घुँक्कघुँक्क आँसुको गीत हरेक लडाइँमा हारको माला

Posted in कविता | Tagged | Leave a comment

कविता : सिपाहीको पत्नी

~शुष्मा रुपाबुङ~ स्वर्णिम अक्षरहरुमा धेरै कुँदिए सिपाहीका कथाहरु वीरत्वको कथा आँट र साहसको कथा धैर्यता र सहनशीलताको कथा त्याग र तपस्याको कथा एउटा अमर इतिहास रचेर लेखकको ताज पहिरिए अनि बेचिरहे सिपाहीका कथाहरु र नेपथ्यमा बने थुप्रै ब्यापारीहरु किन्नेहरु चुकचुकाउँदै … Continue reading

Posted in कविता | Tagged | Leave a comment