Category Archives: नेपाली काव्य

Poetry

कविता : हाम्रो भाग्यदाता

~मोहन सिटौला~ नेपाल मेरो, सवको पियारो फारी धेरै दुख अघी बढेको आयो नयाँ काल षड्यन्त्र तोडी स्वतन्त्र—विकाश मितेरी जोडी समाज होस् उत्तम स्थान मानको समान सम्मान र न्याय, धर्मको पियारमा चल्दछ पुर्ण कर्म नै

Posted in कविता | Tagged | Leave a comment

कविता : स्कुलको मृत्यु

~जीवनस्पर्शी~ आज स्कुल मरेको छ यो अचेत अचेत लम्पसार छ फगत फलामे गेटदेखी सुनसान लाइब्रेरीसम्म । स्कुल ज्ञान निर्माण गर्दैन लम्पसार छ अक्षरहरुको सेतो पानामा स्कुल नया बाटो पहिल्याउदैन

Posted in कविता | Tagged | Leave a comment

कविता : बिसे र घाँसीकाे बिलाैना

~गुरुप्रसाद कुमाल ‘बुलबुल’~ तिम्रो आँखा भएर के गर्नु पृथ्वीनारायणलाई मात्रै बडामहाराज देख्याै, बिसे नगर्चीलाई देखेनाै । कलम, तिम्रो हातमा भएर के गर्नु भानुभक्तलाई मात्रै महान देख्याै, घाँसीलाई चिनेनाै ।

Posted in कविता | Tagged | Leave a comment

कविता : मनको अनुरोध

~लक्ष्मी बिष्ट~ नरोज साथीभाई मलाई, नखोज आफन्तजन बिन्ति चढाउछु, यो भुनवेश्वरमा नतताऊ मलाई बगरसरी हँु म, केबल बालुवाको थुप्रो यो संसारिक प्रलोभनले नछोप मलाई निस्वार्थ, मनले श्रदा बोकेर निस्केको बेला

Posted in कविता | Tagged | Leave a comment

कविता : रुवाउछ

~रीता सञ्जेल~ सृष्टिको सृजना रहस्य केही त छ जन्म किन अन्त्यसँग जोडिएछ दुनियाँ त आज रमिता न हेर्ने रहेछ थाहा छ मृत्यु ढिलोचाडो अकाट्य छ कारण अकाट्य केही कमजोरी बनिदिन्छ । बिस्तारै भुलिदिने बहाना चल्छ कोहिको आखामा पानी पर्छ

Posted in कविता | Tagged | 1 Comment

कविता : मेरा सहर

~श्रीकृष्ण श्रेष्ठ~ मेरो देश नेपाल, काठमाडौं मेरो सहर के छैन यहाॅ, हरेक छ जुन हेर्न लाग्दो हो रहर प्रकृति धाक्दै रमाउने मानवको ठूलो लहर छ देशको मुटु भनि चर्चित, काठमाडौं मेरो सहर छ। यहाँ घर बिनाको लावारिस् मान्छे छ

Posted in कविता | Tagged | Leave a comment

गजल : घाम हेरे घाम राम्रो

~उद्धव सिलवाल~ जून हेरे जून राम्रो घाम हेरे घाम राम्रो सीतालाई वन छोड्ने कठै हाम्रो राम राम्रो त्याग भन्दा अरु ठूलो आविस्कार भएछ कि ? अर्कालाई अफ्ठेरोमा पार्ने मात्रै काम राम्रो

Posted in गजल | Tagged | Leave a comment

कविता : सञ्चेतना

~वासुदेव पाण्डे~ छ फाटो हामीमा कलुष छ सधैँ हुन्छ झगडा सिमाना मिच्दै गो दिनदिन छिमेकी छ तगडा । छ नेता कुर्सीमा फगत उसको दृष्टि धनमा र चिन्ता चासो क्यै मुलुक हितको छैन मनमा ।। नपुग्दा सत्तामा मुलुक हितको गर्जन ठुलो … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : सहिद र समय

~आविष्कार कला~ कोतपर्वले जग हालेको शासनका लागि मात्रै होइन इतिहास देखिको थिचोमिचो १९०३ भन्दा पुर्वको असमानता अमानवीयता र अपराधको राज्य

Posted in कविता | Tagged | Leave a comment

गजल : परदेश लागें बाध्यताले

~कमला दाहाल~ घर घडेरी बन्धक राखी परदेश लागें बाध्यताले देवी देउराली भाकी प्रदेश लागें बाध्यताले यसो गरें उसो गरें हात लाग्यो मात्रै शुन्य बिकल्पै रहेन बाकि परदेश लागें बाध्यताले

Posted in गजल | Tagged | Leave a comment

कविता : सपनाको आतङ्क

~अर्जुन दाहाल “अपवाद”~ धेरै भयो अनिँदोमा रात वितेको सपनाहरुसँगको भेट पातालिएर गएको अनि चिसो आच्छ्यानसंग सुतेको । खै कसरी हो

Posted in कविता | Tagged | Leave a comment

कविता : झरि पर्ने आशामा

~महेश्वर नेपाल~ खडेरी परेकोत्योगाउँका असंख्य तृषित्अनुहारहरु आकाशगंगा तिर हेर्दै झरि पर्ने आशामा छटपटाई रहेछन यहि खडेरीका कारण मृग तृषित देहहरु

Posted in कविता | Tagged | Leave a comment

कविता : भ्यालेन्टाएन डेको अन्धो प्रेम

~जीवनस्पर्शी~ रोज डेको रातो गुलाफले लजाएर रातो भए प्रपोज डेको प्रेम प्रस्तावले पग्लिएर पागल भए

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो गाउँ, मेरो थातथलो

~टंक कार्की~ म यात्रामा थिएँ धेरै डाँडा काटी सकेको थिएँ मेरो गाउँ, मेरो थातथलो अझै टाढा थियो धेरै टाढा थियो बसन्तपुर पारी तीनजुरे नाघेर खोजीमा निसकेको म लखतरान थिएँ तै पनि म बसन्तपुरको बीचो–बीच गुराँसको बागमा आइपुगेको थिएँ गोधुलीको बेला

Posted in कविता | Tagged | Leave a comment

कविता : मिस्टर भ्रष्टाचारी

~खगेन्द्र न्यौपाने~ जग्गा जमिन धरो थेन खुर्सानीको बारी अहिले भने डल्लु कपन नैकाप सल्लाघारी महिनैपिच्छे विदेश भ्रमण चिल्लो छ सवारी मेरो पनि नमस्कार है मिस्टर भ्रष्टाचारी । हिजोसम्म नामर्द छ भन्थे ज्वाईं छुसी

Posted in कविता | Tagged | Leave a comment

कविता : बिना सालिकका नायकहरू

~प्रदीप ज्ञवाली~ निहुरेर अलिकति खसाइदेउ ए आकाश ! नबिटुलिएका शीतका थोपाहरू ताराको टल्किने जर्री बादलको श्यामश्वेत पछ्यौरी र रेसुङ्गाको शिरमाथि पोतिएका अलिकति गोधुली रङ्गहरू म बनाउँदैछु अक्षर कुँदेर यौटा सालिकस

Posted in कविता | Tagged | Leave a comment

गजल : हात समाएर के हुन्छ ?

~सन्तोष दहाल~ हालत हेर देशको प्रिय,हात समाएर के हुन्छ ? अहिले खाने दूध छैन,दहि जमाएर के हुन्छ ? प्रिती प्रिती,माया प्रिती यो त सबले गरेकै छन देशको निम्ति एक मुठी रगत बगाएर के हुन्छ ?

Posted in गजल | Tagged | Leave a comment

राकेश कार्कीका तीन मुक्तक

~राकेश कार्की राष्ट्रपति एमाले भन्छ हामी गल्हत्याउछौँ काँग्रेस भन्छ सुम्सुमाइ रत्याउछौँ एमाओवादी र साना दल भन्छन् कसोरी अडिन्छ हेरूँ हामी बत्याउछौँ ।

Posted in मुक्तक | Tagged | Leave a comment

कविता : संविधान लेखिदैन ….

~कल्पना खरेल यी नेताहरुको छाँट राम्रो देखिंदैन ! यसपाली पनि संविधान लेखिंदैन ! पटक पटक संविधान गर्भमै तुईन्छ, हर्कत इतिहासमा कहिल्यै मेटिंदैन ! नेतामा इन्मान्दारी कहिल्यै भेटिंदैन !

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : छक्का सत्ता र अट्ठाको फरक

~चट्याङ मास्टर~ महँगी किन बढेको हो ? हातमा सत्ता छ भने अन्तर्राष्टिय स्तरमै भाउ बढेर हो हातमा अट्ठा छ भने नेता र कर्मचारीले घपलाबाजी गरेरै हो । देश विकास किन नभएको हो ? हातमा सत्ता छ भने अट्ठाले काम गर्नै … Continue reading

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

गजल : प्यारो सहेलिले पनि

~कृष्ण कुसुम~ छोडि जाँदा आफ्नै प्यारो सहेलिले पनि आँशु भेल बगाउँदैछ परेलिले पनि फूललाई जतिसुकै कोमल मन तिमी मलाई घोच्यो बेली अनी चमेलीले पनि

Posted in गजल | Tagged | Leave a comment

कविता : नयाँ नेपालमा

~सविता शर्मा~ नेपालमा मानव–अधिकार सधैँ–सधैँ कुण्ठित रह्यो दानव–अधिकारवादीहरूबाट चुरे पहाडको यति दोहन हुँदैछ कि कालान्तरमा सगरमाथाको देश नेपाल

Posted in कविता | Tagged | Leave a comment

गजल : दलाल जति भगाइ दिन्छु

~राम गैरे ‘पाल्पाली’~ आँधीहुरी चलाएर दलाल जति भगाइ दिन्छु खोज्दै जाली तमसुक, त्रिशुलीमा बगाइ दिन्छु सुन्दर, शान्त देश मेरो संसारमा चम्केको छ

Posted in गजल | Tagged | Leave a comment

कविता : अलाप

~मीन राना~ यहाँ ठगिएकाहरूको सूची हेर्ने हो भने पढे लेखेकाहरू पनि बढी नै ठगिएका छन् बेचेर राष्ट्रको स्वाभिमान उर्बर मगजहरूलाई एक्कामा टाँगिएको छ

Posted in कविता | Tagged | Leave a comment

गजल : चिसो हुँदाखेरी

~हीरारत्न श्रीशा~ पहाड काप्छ तराईमा चिसो हुँदाखेरी हिमाल बग्छ पहाड तराई दुःखी रूँदाखेरी हामी सबै नेपाली हौँ भाषा,बसाई फरक

Posted in गजल | Tagged | Leave a comment

छोक : संविधान

~यकिना अगाध~ यो देशको संविधान ? साइनबोर्ड मन्दिरको

Posted in कविता | Tagged | Leave a comment

कविता : मानव

~दीपक कुमार ज्ञवाली~ ऋतुराज वसन्त बयष्कतामा पदार्पण उद्बेगमा अबिछीन्न विचरण कटाक्षीत अपल्वीत बृक्षहरु बाँझोपनको विरहले लोलाय झैं सर्माय झैं मुर्झाय झैं आफ्ना नमुजुरायका लतीकाहरुलाई

Posted in कविता | Tagged | Leave a comment

कविता : नकावधारी मान्छे

~रमेश भट्टराई ‘सहृदयी’~ तिमीले मलाई सोचे जति….. भगवान्को सुमीरण गर्‍या भए तिम्रो मोक्षको ढोका खुल्थ्यो सायद म तिम्रो शुभ चिन्तक तिमी मनभित्र कुँडिन्छौ पोखिएका क्रोधी नजर नकाव र मान्छेमा अलमल्ल भयो

Posted in कविता | Tagged | Leave a comment

कविता : ज्यूँदो लास रहेछ छोरी मान्छे

~लक्ष्मी बिष्ट~ कस्तो बुझ्नै नसकिने, छोरीले घर स्वर्ग बनाउँछे रे आमाको कोखबाटै, मरेतुल्य जन्मेकी छोरी मान्छे । सुन्दा अनौठो लाग्छ, शान्ति, खुसी, गिता र लक्ष्मी रे

Posted in कविता | Tagged | Leave a comment

कविता : जिउँदाको आगो आफैंभित्र हुन्छ….

~ज्ञानेन्द्र खतिवडा~ शेली र देवकोटाले मुर्दा प्रमिथसलाई आगो चोर्न पठाए… के शेली र देवकोटा पनि मुर्दा नै थिए ! आफुलाई चाहिने आगो आफैं बाल्न सक्दैनथे,,,? म त गर्भमा छँदा नै आगोसितै हुर्किएँ

Posted in कविता | Tagged | Leave a comment

कविता : एउटा पुजारीको आत्मव्यथा

~मातृका पोखरेल~ म प्रत्येक बिहान शहीदलाई पूजा गर्न शहीदगेट जान्छु तर शहीदभन्दा माथि ढसमस्स बसेको मलाई श्रद्धा नलागेको एउटा निर्लज्ज शालिक शहीदभन्दा पहिले आफ्नो घाँटीमा माला थाप्छ म शहीदगेटको एउटा पीडित पुजारी ।

Posted in कविता | Tagged | Leave a comment

कविता : हे पैसा तँ कति शक्तिशाली ?

~प्रल्हाद बुढाथोकी~ मै हुँ भन्नेलाई तँ थुक चटाउन सक्छस् नैतिक अनैतिक सबै भेद मेटाउन सक्छस् इमान र बलिदानको तँ बजार लगाउन सक्छस् मौका परे देशकै सीमा हटाउन सक्छस् हे पैसा तँ कति शक्तिशाली ? न्यायको चिहान त कति खनिस खनिस

Posted in कविता | Tagged | Leave a comment