Category Archives: नेपाली काव्य

Poetry

कविता : सोल्टिनी

~प्रकाश थाम्सुहाङ~ सोल्टिनी ! गएर हेर्नु है नबिर्सी गाउँको फलैचाँमा हेर्नु एकैछिन उभिएर हाम्रो मायाको निसानी बरपिपल उम्री सुरक्षित छ अझै । सम्झना आउँछ अझै पनि-

Posted in कविता | Tagged | Leave a comment

कविता : रूपान्तरण

~हरि मञ्जुश्री~ आफ्नो सामाजिक मान्यतालाई रूपान्तरण गर्न उनीहरूले माया गरे र बिहे गरे बिहे गरे र फेरि माया गरे त्यो जीवन पनि नीरस लाग्यो उनीहरूलाई र जीवनमा आमूल परिवर्तन ल्याउन उनीहरूले सशस्त्र क्रान्ति गरिरहने रहर गरे क्रान्तिबाटै शान्ति र आनन्द … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : कठघरामा उभिएर

~नवराज सुब्बा~ हो ! हो ! हो ! म सत्य सत्य बोल्दैछु आमाको परिभाषा म केवल आमा बुझ्दछु जोड्दछु नाता नानाथरि तर कदापि तोड्दिन यो नाता कतिञ्जेल केरिरहन्छौ ! हिरासतमुक्त गरिदेऊ मलाई अन्यौलबाट, रिक्तता, तिक्तताबाट मुक्त गरिदेऊ । भन, ती … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : आवाज

~विमला तुम्खेवा~ कविता सडकमा रगताम्य भएर उभिएको बेला मलाई जिन्दगीको गीत गाउन मन लागेको छ अझ यस बखत म संवेदनाको बत्ती बालेर चिहाइरहेछु तिमी आउने साँगुरा गल्लीहरू । मलाई भन्न मन लागेको छ

Posted in कविता | Tagged | Leave a comment

गजल : अब चाँही पिउँछु हजूर !

~आशांक उपाध्याय~ पिउने बानी छदै छैन, अब चाँही पिउँछु हजूर ! आजबाट यो जिंदगी, प्याला संगै जिउँछु हजूर !! नसोचेको काण्ड भयो, जिन्दगीको दोबाटोमा ! दोबाटो मै अड्डा थापी, मात्तिएर हिन्छु हजूर !!

Posted in गजल | Tagged | Leave a comment

कविता : एउटा प्रेमपत्र

~वासु शशी~ तिमीकहाँ आउने कुराको रूखको टुप्पोमा चढेर एउटा बाँदरजस्तै मेरो मन टुक्रुक्क बसिरहेछ परपरसम्म चियाएर । मेरा हातहरू छन्— मबाट उम्केर तिमीलाई छुन आउन चाहन्छन् छाउराले घर फर्केका मालिकको खुट्टा चाटेझैँ गरेर । अवश्य मेरो मन र हातको— मबाट … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : दीन नलागोस्

~प्रकाश लामिछाने~ लागे लागोस् रिन बरु, दीन नलागोस्, आफ्नै कर्म आफैलाई हीन नलागोस् । आत्मीय छन् मेरा निम्ति सजीव निर्जीव सबैथोक, छिःछिः दुरदुर भन्नेगरी घिन नलागोस् ।

Posted in गजल | Tagged | Leave a comment

कविता : जून

~सैलेन्द्र साकार~ मैले उसलाई भेँटे खेलिरहेको पिङमा भाँचिएको रूखमा अल्झिरहेको अनुहार चम्किलो पैसाजस्तो घाँस गुमाएको हिउँको थुप्रोमा

Posted in कविता | Tagged | Leave a comment

कविता : हामीले आकाश मागेको होइनौँ

~नरदेन रुम्बा~ हामीले आकाश मागेका होइनौँ हामीले वतास मागेका होइनौँ थोपा-थोपा हाम्रो रगत खसेको माटो मागेको हामीले छातीले पेलेर ढुङ्गाहरू माटाहरू बनाको माटो मागेको

Posted in कविता | Tagged | Leave a comment

कविता : उ इश्वर फूटाइरहन्छे

~सीमा आभास~ पहिलो पटक कुन कालिगढले उदास बनेर भगवान कुँदयो होला ? कुन भक्तले कुन मितिमा कुन फूल चढायो होला र कस्ले राख्यो होला मन्दिरमा चुपचाप बस्न सिकाएर, यो निर्वासित भगवान कहिलेसम्म

Posted in कविता | Tagged | Leave a comment

गजल : विदेशीनेको लहर भेटिन्छ

~यज्ञराज खनाल~ यहाँ मातृभूमि त्यागि दिनप्रतिदिन विदेशीनेको लहर भेटिन्छ मेलापाखा गर्नै त्यो विरे नि आजभोलि गाऊँ छोडि शहर भेटिन्छ रुँदै छोरा कुर्दै एक्लै बुढेसकाल कटाइरहेकि बुढि आमा

Posted in गजल | Tagged | Leave a comment

कविता : प्रेम

~हिमाल सरोवर~ तिमिलाई आकाशको जून मन पर्छ, तिमी ताराहरुसँग प्रेम गर्छौ, म तिम्रो निम्ति, जूनतारा टिपेर ल्याउन सक्दिनँ , तिमी यसलाई धोका भन्छौ, तिमिलाई वसन्त मन पर्छ, तिमि फूललाई प्रेम गर्छौ,

Posted in कविता | Tagged | Leave a comment

कविता : मन पहिरो

~मीन द्वन्दी~ को देख्न सक्छ मनमा पहिरो गएको छ जिन्दगी पहिरो भएको छ । भत्केको कहालीलाग्दो बिपनामा बाँचेर आफूमा नव–निमार्णको सपना साँचेर नव–युद्धको उद्‍घाटन गर्दा–नगर्दै अन्तर्मनमा धाँजा फाटेर

Posted in कविता | Tagged | Leave a comment

गजल : भत्ता घटायो

~छविलाल खड्का~ बजेट आयो, भत्ता घटायो न हाँसो आयो, न आँशु आयो । हात्ती आयो, हात्ती आयो भन्दै

Posted in गजल | Tagged | Leave a comment

कविता : मरेको मजदूर सूर्यबहादुरलाई सलाम

~सुजन बुढाथोकी ‘कान्छा’~ तराइका ती बाझो जमिनहरूमा, मध्यान्न दिनको टन्टलापुर घाममा ठेला उठेका हल्केलाहरुले हलो समाएर काम गरिरहेकै बखत भोको पेट बोकेर मरिरहेका किसानहरू झैँ गरेर सडक किनारमा लमतन्न परेर मरिरहेको त्यो मजदुर को हो ?

Posted in कविता | Tagged | Leave a comment

कविता : यो देशमा सरकार छ

~यकिना अगाध~ मानिसहरु मन्दिर गुम्बा गिर्जाघर मस्जिदमा छन् । उनीहरु भनिरहेका छन्–

Posted in कविता | Tagged | Leave a comment

गजल : संधियारको सीमा मिचेर

~सरोज फुयाल~ उता इतिहास लेखियो रे संधियारको सीमा मिचेर । यता ईतिहास लेखियो रे सिमानाको तस्बिर खिचेर । घर मुलीले घर खेत सँधियार लाई नै बेचिदिए पछि आज सन्तान हिँडेको छ दुवै हातमा कचौरा लिएर ।

Posted in गजल | Tagged | Leave a comment

कविता : गिद्देनजर

~आनन्द पौड्याल~ बन्दा बन्दीको समय उपयोग गरिरहँदा, हृदयमा सिधै शंशयको स्पर्श हुँदै जाँदा दुई शब्दले मानसिक डुबुल्की मार्दा साहासिक दृष्यको परिकल्पना बोध गर्दै करुण भाव र सम्वेदना भित्र रोमलिँदै प्रतिरोधात्मक शक्ति र क्षमता बढाउने भन्दै

Posted in कविता | Tagged | Leave a comment

गजल : अझै बाँचेको छु

~हेम जङ्ग कार्की~ तिम्रा मन्दमधुर बाक्यले त अझै बाँचेको छु । तिम्रै छायाँ सम्झेर विना बोझै बाचेको छु । कुनै दुःख पर्दा तिम्रो सुमधुर मुस्कान सम्झी, जीवनको घुम्ती मोडसंग सोझै बाँचेको छु ।

Posted in गजल | Tagged | Leave a comment

कविता : आउँदै छु आमा

~टोप बहादुर राई~ आउँदै छु आमा वर्षौ पछिको यसपाली त आउँदै छु आफ्नो गाउँ, घर र वस्तिहरुको सम्झनामा फर्कि आउँदै छु । वर्षौ झरेका ति तिम्रा आशुहरु सायद यसपाली त रोकिए होलान, भाग वण्डामा बिद्रोही बनेका ति दाजुभाईहरु सायद यसपाली … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : सर्सराउन थालें अचेल

~अन्जु अञ्जली~ मुस्कानका ती लहर सँगै सर्सराउन थालें अचेल ढुकढुकीमा तिम्रै नाउ फर्फराउन थालें अचेल आफैलाई बिर्सीएर संझिएको मान्छे तिमी तिम्रै यादका घाउ भरि चर्चराउन थाले अचेल

Posted in गजल | Tagged | Leave a comment

कविता : अन्तिम सम्बोधन

~मनु आभास~ सक्छौ भने फिर्ता पठाइदेऊ तिम्रो नाममा सम्बोधन गरी लेखिपठाएको पहिलो प्रेमपत्र । जहाँ लेखिएको थिएन, सहरको कुनै प्रसिद्ध कविको प्रेममय कविताको चर्चित कवितांश । सिनेमाको नामुद नायकको ‘रेडिमेड डाईलग । तिम्रो लागि खुर्पे जून टिपेर शिरमा सिउरिदिने कुरा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : सुकुम्बासी बस्ती

~रुपिन्द्र प्रभावी ‘कटु’~ झट्कारेर जीवन– गति ओर्लिरहेको जोवन साक्षी राखेर पड्काउँदै तोप गोला सुकुम्बासी बस्ती खोजिरहेछ जिन्दगी मात्रै जिजीविषा बोकेर । गाँस त काबुमा रहेन खुल्ला आकासमुुनिको बास पनि उजाड बनाउने शस्त्रास्त्रको दुरुपयोग उम्लिन्छ मानौं, यो मुलुककै नागरिक होइनन् उनीहरु

Posted in कविता | Tagged | Leave a comment

गीति कविता : माया गाढा लाग्छ

~प्रकाश रोदुङ~ टाढा भएरपो हो कि तिम्रो माया गाढा लाग्छ नजिक पाएर पो हो कि तिम्रो स्पर्श छाडा लाग्छ एकान्तमा खाएको कसम मैदानमा नारा लाग्छ मैदानमा पाएको साथ एकान्तमा भार लाग्छ

Posted in गीति कविता | Tagged | Leave a comment

कविता : गाउँदा गाउँदै कुनै सप्तकमा हराइरहेको आवाज हुँ म

~डा.मधु माधुर्य~ समयको कालखण्डमा स्पेसको अन्तरकुनाहरूमा खोज्दै छु आफैलाई कुनै “फ्रीक्वेन्सी” मा स्वरहरुको तरंगमा … हिजो गाउँमा बजिरहेको थिएँ

Posted in कविता | Tagged | Leave a comment

कविता : घामका आकाशहरु

~इश्वरवल्लभ~ केहि घामहरुले जहाँ बाँडिएका छन् पर्खालहरु त्यहाँ मैले गीत गाउन खोजेको छु त्यो पहिलो उषाको स्पर्शजस्तो बालकालको आँखाको स्पर्शजस्तो मैले हेर्न खोजेको हुँ , अब त विरानो पनि भए होलान् , मेरा आकांक्षाहरु तैपनि सम्याउन खोजेको हुँ जहाँ बास … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : भाइरस

~पल हिरा~ शरीर भित्र भाइरस मन भित्र भाइरस देश भित्र भाइरस जता ततै भाइरसले खान भो एन्टी भाइरस लाई नटेर्ने भो एन्टी भाइरस भन्दा भाइरस बलियो भो यो भाइरसतन्त्र भूखण्ड हुन्

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : उम्लिएको छ हाम्रो खुन

~रिजाल किरण~ छन्द : अनुष्टुप उम्लेको दूध झै पो छ पोखेला क्षणमा कहि ठूला ठूला गफै मात्र भयो यहाँ सधै बढी त्यो आँखा मात्र पल्टाइ तुक्का उकानको भर काटेको अङ्ग आमाको जोडिन्छ भन्नु के छर ।।

Posted in छन्द कविता | Tagged | Leave a comment

कविता : तिरस्कार

~सुदर्शन थिङ्ग~ तिरस्कार नै के गर्नु तिमिलाई मन दुखेको बेला पुरस्कार नै के दिउ तिमिलाई आँशु खसेको बेला उपकार नै गरि देउ मलाई चोट खाएको बेला आत्मालाई नै चुडाई दिनु मेरो मन दुखेको बेला सपनीमा नआई दिनु तिमि होस हराएको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : वातावरण

~लक्ष्मण प्रसाद खतिवडा~ स्वच्छ राखौं वातावरण स्वच्छ राखौं घर आफै अघि नसरे कस्ले गर्दिन्छ र । स्वच्छ रहे वातावरण हामी बाँच्न सक्छौं वातावरण विनास भए संकटमा पर्छौं ।। फोहोरमैला धेरै भए प्रदुषण हुन्छ दम, खोकी जस्ता रोगले हामीलाई छुन्छ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : तिमी भएर पो के भो र ?

~देबेन्द्र बस्याल~ तिमी जाउ झिमिक्कै साँझ परिसक्यो अब त जानेवेला भो तिमी सदाको निम्ती जाउ तिमीले समयसंग मजाक गर्यौ उनीहरूसंग गहिरो संगतनै गरेनौ तिमि भएर पनि के भोर नभए पनि के नै हुन्छ र !

Posted in कविता | Tagged | Leave a comment

कविता : उत्तर साेंच कसम

~डा. विदुर चालिसे~ अनेक प्रश्नहरू उठ्दै बस्दै गर्दा अाइरहेथे हिमालयका छेउछाउ याचकझैं झाेला बाेकेर मेरासामु अनन्त भाेकाे हृदयकाे मानिस ! टाट पल्टिएका विचारहरू गुन्गुनाउँदै उत्तर खाेजिरहेका अाँखा अनि मनहरू उडिरहे थे बतासका छालहरू समाएर !

Posted in कविता | Tagged | Leave a comment