Category Archives: नेपाली काव्य

Poetry

कविता : मानुषी

~पारिजात~ तिमी र म एउटै होइनौं एक–अर्काका पूरक मात्र हौं त्यसैले तिमी मेरा थुप्रै अनुभूतिहरुका भागीदार हुनसक्दैनौ म तिम्रो मृतदेहसँग जिउँदै मर्नसक्छु म तिमीहरुको सामूहिक बलात्कार खपेर बाँच्न सक्छु

Posted in कविता | Tagged | Leave a comment

गजल : मीठो माया हुन्छ

~आचार्य प्रभा~ तिम्रो इर्ष्या मेरोलागी अझ मीठो माया हुन्छ तिम्रो डाहा मेरो लागि मनै छुने साथ हुन्छ …… जब रिसले मुख मोड्छौ झनै मनले तिमीलाई खोज्छ जब शंका तिमीले गर्छौ अझै माया पाए झैँ लाग्छ …….

Posted in गजल | Tagged | Leave a comment

गजल : लुकि-लुकी भेट्छन !

~एकु घिमिरे~ भेट्नुहुन्न त्यसलाई भन्छन्,लुकि-लुकी भेट्छन ! निहुरिन छोड्यौं भन्छन्,झुकि-झुकी भेट्छन। टाढा हुँदा बिरोध गर्छन्,नजिक हुँदा पाउ पर्छन ! मर्यदाक्रम बिर्सिएर ढुकि-ढुकी भेट्छन।

Posted in गजल | Tagged | Leave a comment

गजल : कोशिस गरें !

~सजना गुरुङ~ आशाको संघारमा चोटहरु भेट्दा बेहुली मनलाई सम्झाई हाँस्ने कोशिस गरें ! धोका थियो सिन्दुरको साइनो मेरो तै पनि नविन नाता गाँस्ने कोशिस गरें ! प्रेमहिन, आत्मियता हिन मुलाहिजी र मिथ्या थियो बैबाहिक सम्बन्ध, माइती, घरको इज्जत धान्न कर्तव्यको … Continue reading

Posted in गजल | Tagged | Leave a comment

कविता : अब के गर्ने होला?

~दिनेश अधिकारी~ ऊ अन्धो थियो सडकको पेटीछेउमा बसेर दिनभरि भजन गाइरहन्थ्यो आउँदा-जाँदा म उसलाई देख्थेँ ऊ- सायद आफ्नो आँखाहरुमा एकछत्त अँध्यारो हेरिरहन्थ्यो कुनै एक दिन

Posted in कविता | Tagged | Leave a comment

कविता : हतारको हाताभित्र

~दिनेश अधिकारी~ झण्डा हल्लाएर कसैले लाग्छ, रेल छुट्न लागेको सङ्केत दिइरहेछ र, मान्छेहरु त्यसलाई समात्ने हतारमा छन् भर्खरै कसैले लाग्छ, सिङ्गै सहर भुइँचालोग्रस्त हुँदै गरेको खबर सुनाएको छ र, मान्छेहरु भयभीत भागिरहेछन् अथवा- लाग्छ, यहाँ यत्तिखेर

Posted in कविता | Tagged | Leave a comment

कविता : हट् घोडा हट् !

~दिनेश अधिकारी~ ममाथि पिठ्यूँमा बसेर हात उठाऊदै यत्तिखेर– मेरो सानो छोरो तोते बोलीमा ‘हत् घोरा हत्’ भनिरहेछ र, चार हात-खुट्टाहरु टेकेर म, घोडा भाँतीमा घोप्टिएको छु

Posted in कविता | Tagged | Leave a comment

कविता : सिपाही

~दिनेश अधिकारी~ पर्ख ! अहिल्यै हातका खनखनाउँदा चुराहरु नफोर बच्चा-मुख आमा-छातीमा टाँसिनुको भाँतिमा चुल्ठीमा अल्झेको लालीगुराँस तिम्रो यौवनलाई असाध्यै सुहाएको छ सिन्दूर पखालेर-

Posted in कविता | Tagged | Leave a comment

कविता : सम्बन्ध

~दिनेश अधिकारी~ औपचारिक रुपमा सम्बन्ध बिच्छेद पछि तिमीसँगको मेरो सम्बन्ध झनै प्रगाढ भएर आएको छ हामी जव सँगै थियौ- सबै उस्तै र एकनास थियो उही आकाश, उही परिवेश

Posted in कविता | Tagged | Leave a comment

कविता : शासक र तर्क

~दिनेश अधिकारी~ उ भनिरहेथ्योः अनुशासनहीनताको पनि एउटा हद हुन्छ म यो देशको शासक पो हूँ त मेरो अनुमति विना नै खोलामा लहरहरु उठिरहेछन् आफु खुसी फक्रिरहेछन् कोपिलाहरु बिना हिचकिचाहट नाँचिरहेछन् हाँगा/हाँगामा फूलका पातहरु,

Posted in कविता | Tagged | Leave a comment

कविता : विभाजित मृत्यु

~दिनेश अधिकारी~ देख्नेहरुका लागि ऊ मर्‍यो र उसँगै- उसका जवाफदेही र जिम्मेवारीहरु मरे असफलता र पीडाहरु मरे यात्रा र थकानहरु मरे रोग र औषधिहरु मरे

Posted in कविता | Tagged | Leave a comment

कविता : विकासोन्मुख देशको मान्छे

~दिनेश अधिकारी~ अनुहारमा – ‘क्षय’ को आफ्नै एक्सरे टाँसेर निरन्तर जिन्दगीसँग युद्ध बोल्दै पोल्टाभरि ठेसका बालीहरु थापेर आफैँलाई आफ्नो टाङमुनि छिराएर – चटकेले जस्तो वा, बोक्न नसकेर भारी जेब्राक्रसको हाराहारीमा डङ्ग्रङ्ग बीच सडकमा लडेको कसैलाई देखियो भने

Posted in कविता | Tagged | Leave a comment

कविता : रामदुलारीको प्रश्न

~दिनेश अधिकारी~ बाबुजी ! म पटक्कै इच्छुक थिइन बिहेको लागि मेरो उमेर गनेर आफूखुसी तिमीले नै मेरो लागि दुलाहा खोज्यौ तिलक तय गर्यौा बिहेको निर्णय गर्यौज सँगी-साथीहरू इतरिनु त थियो नै

Posted in कविता | Tagged | Leave a comment

कविता : मान्छे : आस्थाको अभिब्यक्ति

~दिनेश अधिकारी~ -यो सुन हो लिन्छौ? -लिन्नँ। -खेतमा धान उब्जाउन सकिन्छ केही नगर्दा- खेतमा घर बनाउन पनि सकिन्छ केही नगर्दा- बेचेरै पनि खेतसँग सम्पन्नता साट्न सकिन्छ

Posted in कविता | Tagged | Leave a comment

कविता : भाउजू र सुनका दाँतहरू

~दिनेश अधिकारी~ अनुहारमा भन्दा तपाई श्रृङ्गारका प्रसाधनहरुमा आकर्षक देखिनुहन्छ ब्यवहारमा जस्तोसुकै भए पनि पहिरनमा तपाई सभ्य नै ठहरिनुहुन्छ मान्छे हुनुको नाता जोडेर कसैले बोलेको सायद तपाईलाई सह्य हुँदैन र, यसरी हेरिरहनु भएको छ मतिर बोल्दा- लाग्छ, तपाईको ओठको लाली बिग्रन्छ

Posted in कविता | Tagged | Leave a comment

कविता : फूल

~दिनेश अधिकारी~ फूल-सुन्दर छ सुकोमल छ सम्मोहक छ फूल-सबैका लागि प्रिय छ फूल- गाउँमा छ

Posted in कविता | Tagged | Leave a comment

कविता : निःशब्द अभिब्यक्ति

~दिनेश अधिकारी~ पच्चीसबर्षे लाऊँ-लाऊँ र खाऊँ-खाऊँको उमेरमै ऊ पनि मरी ठीक एक वर्षअगाडि उसको लोग्ने मरेको थियो ! सिरानीमा उसको निजी भनिने टिनको एउटा बाकस थियो खोलेर हेर्दा

Posted in कविता | Tagged | Leave a comment

कविता : धर्तीको गीत

~दिनेश अधिकारी~ जसको गालाबाट धेरैपल्ट बतासले गुराँसको लाली चोरेर लगेको छ जसको छातीमा याम/बेयाम बाढीले ताडव-नृत्य नाच्ने गरेको छ जसको स्यूँदो पुछिदिएर समय/असमय बर्सातले उसलाई विरूप प्रस्तुत गर्ने गरेको छ

Posted in कविता | Tagged | Leave a comment

कविता : तिमी को हौ?

~दिनेश अधिकारी~ उज्यालोमा फूलहरु फुल्छन् चरा चिरबिराउँछन् सुकाउँछन् किसानहरु खेतमा धानका निहिनहरु र, भत्केका पुलपुलेसाहरु बनाउँछन् गृहिणीहरु- कुनाकाप्चाका कसिङ्गर बढार्छन्

Posted in कविता | Tagged | Leave a comment

कविता : ट्रक ड्राइभर

~दिनेश अधिकारी~ स्टाफ होटल खोलेर बाटोमा भात बेच्ने ठूली, साहिली वा कान्छीलाई जत्ति पनि समय दिन भ्याएको छैन आफ्नी स्वास्नीलाई यो सत्य हो ! बाटैमा नुहाएको छु, बाटैमा खाएको छु आजको बास कहाँ पर्छ भन्नेसम्मको

Posted in कविता | Tagged | Leave a comment

कविता : जुम्ला

~दिनेश अधिकारी~ पहाडैपहाडको बीचमा अर्घौतो आकारको बिनानिकासको पोखरी भएर बसेको छ जुम्ला। दौराको बाहुला र फेरले बिरामी सिँगान पुछ्दापुछ्दै नाकभरि कटकटिएर आफ्नै सासमा गनाएको छ जुम्ला।

Posted in कविता | Tagged | Leave a comment

कविता : चेतनाको पीडा

~दिनेश अधिकारी~ १. ए नवजात शिशु ! तिम्रो नाममा मलाई एउटा शोकगीत गाउन मन लागेको छ २. भातका सिताहरु बटुल्नुबाहेक जिन्दगीमा- अर्थोक केही गर्न नसकेपछि घाइते भएको छ आफैँबाट आफ्नो मन र, मस्तिष्कभरि- चेतनाको पीडा

Posted in कविता | Tagged | Leave a comment

कविता : गाउँमाथि एउटा कविता

~दिनेश अधिकारी~ सेताम्य कपाल फुलेकी बूढीका थोता दाँतहरु झैँ टक्रक्क- यता एउटा टक्रक्क- उता एउटा र यदाकदा अङ्गुरका झुप्पाहरुकै भाँतिमा धेरै पराले र थोरै ढुङ्गे छानाको टोपी लगाएर एकै ठाउँमा गुजमुजिएका केही घरहरु छन् घरभित्र- अन्धविश्वासलाई विश्वास मानेर उग्राइरहेका केही … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : खुशी

~दिनेश अधिकारी~ बल्लतल्ल नौ महिनापछि बाकसमा बन्द भएर अरबबाट उसको लास आइपुगेको छ र, लास आइपुगेको कुराले उत्सवजस्तो उसकी स्वास्नी र छोराछोरीसँगै आफन्तहरुका बीचमा खुशीयाली छाएको छ !

Posted in कविता | Tagged | Leave a comment

कविता : इतिहास

~दिनेश अधिकारी~ अर्को विकल्प छैन र, आफू बसिरहेको ठाउँमा कसैले हस्तक्षेप जमायो भने मान्छेले कि त माटोमै मिल्न राजी हुनुपर्छ कि त उसकै टाउकोमा आफ्नो खुट्टा राख्नुपर्छ इतिहासको नाममा यही एउटा ज्ञान सर्वत्र छाएको छ

Posted in कविता | Tagged | Leave a comment

कविता : बनावटी प्रिया

~कल्पना किरण~ जति आउछ, त्यति मात्रै बोल प्रिय, नत्र हरेक शब्दहरुका अर्थ म केलाउने छु, प्रत्येक गलत शब्दमा तिम्रो अबमुल्यन हुनेछ तर बास्तबिकता, तिम्रो बेबकुफिमा नै मेरो प्रेम अड्केको छ ! मुहारमा लेपन धेरै नलगाउ प्रिय मेरो नजर केवल फुस्रो … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : मान्नु पर्छ त्यो पनि

~निर्मला अवस्थी~ सधै साथ कहाँ हुन्छ मान्नु पर्छ त्यो पनि संसारको रीत यस्तै जान्नु पर्छ त्यो पनि।। एक्लै आउने एक्लै जाने संगै कोही हुन्न रे प्रकृतिको नियम यस्तै धान्नु पर्छ त्यो पनि।।

Posted in गजल | Tagged | Leave a comment

गजल : विवश लाज ढाक्दो छ मेरो देश

~भिम बहादुर थापा~ दिन् दुगुना रात् चौगुना, विवश लाज ढाक्दो छ मेरो देश विश्वास् मरेर जन् माथि, भगवान् भाक्दो छ मेरो देश ** कलङ्क कैयन् भरेर, आमाको छाती चर्काएपछि अचाक्ली व्याथा बोकेर, भत्भती पाक्दो छ मेरो देश

Posted in गजल | Tagged | Leave a comment

गजल : आफूलाई भरिरहें

~नवराज लम्साल~ गिलासहरू रित्याएर आफूलाई भरिरहें त्यै मोरीलाई सम्झिएर आँखाबाट झरिरहें पाइलैपिच्छे खतरा छ, पाइलैपिच्छे मृत्यु भेट्छु एकै पल्ट बाँच्नलाई धेरै पल्ट मरिरहें

Posted in गजल | Tagged | Leave a comment

गजल : यता गाउँतिर

~चंकी श्रेष्ठ ‘अभय’~ खाली छन् है प्रगतिका पाना यता गाउँतिर चुहेका छन् हिजोजस्तै छाना यता गाउँतिर बगेका छन् यति धेरै पसिना र रगत तर सुनिदैन जिन्दगीको गाना यता गाउँतिर

Posted in गजल | Tagged | Leave a comment

कविता : मतभेद

~विमल निभा~ केही वस्तुहरुसँग मेरो गम्भीर मतभेद छ माथि आकाशमा अल्छी मानि–मानिकन हिँडिरहेको चन्द्रमासँग मेरो कुरा मिल्दैन म रातसँग सहमत छैनँ बगरेको चुपी,

Posted in कविता | Tagged | Leave a comment

कविता : चढ्नु छ एउटा अजङ्गको पहाड

~ढक बहादुर बस्नेत ‘आकाश’~ विस्तारै विस्तारै अ“ध्यारो अत्याचारबाट उज्यालो न्यायतिर वामे र्सर्दै गरेको शरणार्थी समयलाई विषाक्त विचारको कोर्रर्ाा हिर्काउ“दै बेइमान परिवेशको धुमिल छाया“मा किशोर उज्यालोको हत्या गर्नेहरुसंग म विजयको बा“सुरी बजाउन सक्तिन

Posted in कविता | Tagged | Leave a comment