Category Archives: नेपाली काव्य

Poetry

कविता : जन्माइदेउ युगपुरुष

~मनुषा राई~ आज सबेरै मेरो निजी कोठामा आफ्नै बिछ्यौनामा सुतिरहेको रातमा तन्नेरी भएर आयो मेरो कलम जिस्कायो मलाई मेरो तन्नेरी भएर ऊ मसँग चल्न थाल्छ ओ मनु उठ !

Posted in कविता | Tagged | Leave a comment

कविता : टुहुरा मान्छेहरु आफन्तको खोजिमा

~आहुती~ १, एउटा टुहुरो मान्छे यो भर्खरै हातगोडा पलाएकोरआँखा सिमसार जस्तै रसाएको चुटुक्क अनुहार लिएर , अन्धकार भविश्य बोकेर तिमीलाई हेरिरहने सानो मान्छे पढेकाहरुले मलाई अनाथ भन्छन ÷ नपढेकाहरु भातेभुते भन्छन् म पनि कुनै आईमाईको सानो पेटमा सल्बलाएथेँ हुँला म … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : चाँदनी हराएको त्यो रात

~सुमित्रा थुलुङ ‘अश्रुधारा’~ उनले भनिन् दिज्यु मैले खोज्दैछु चाँदनी त्यो पनि मध्य दिनमा नजवाफ बनिरहेँ म उफ कति दर्दमय खोजाइ उनलाई शितल दिने चाँदनी अब भेटन सकिन्न माटो संगै बिलाइ सकेकी छिन

Posted in कविता | Tagged | Leave a comment

कविता : भूमिपुत्रका लागि

~सोनाम सोल्टी~ उत्साहको ढोल ठटाउँदै ढोलेहरु सोइसोइला खेल्दै आउ उमङ्गको झ्याम्टा बजाउदै सिलिमेहरु बञ्छर नाच्दै आउ । सोइ ढोले सोइ, अर्को ढोले खोइ र ? एनी लै लै हौ बरि लै लै । ०००० इन्द्रेणी सपना युवा मनमा सजाएर

Posted in कविता | Tagged | Leave a comment

गजल : उठाऊ शिर नेपाली

~नविन सङ्घर्ष~ देशको सीमा छेक्न उठाऊ शिर नेपाली मर्नु परे लडी मरौं वीर नेपाली । पटक – पटक स्वाभिमानमा,अति गर्ने छिमेकीलाई, गिंड्न अब भाला, खुँडा भिर नेपाली

Posted in गजल | Tagged | Leave a comment

कविता : जोगिनुपर्छ काठमाडौँमा

~नाकारा ~ सागसँग विष पाक्छ गोलभेडासँग जिवाणु अचार बन्छ प्याजको पत्रपत्रमा पिरो गन्ध जाग्छ जोगिनुपर्छ काठमाडौँमा ! सडकमा प्राणघातक धुवाँ र धुलो उड्छ गल्लिगल्लिमा बौलाहा कुकुर डुल्छ चोकचोकमा सन्काहा गोलि पड्किन्छ जोगिनुपर्छ काठमाडौँमा ! घरभित्र घाम निस्सासिन्छ

Posted in कविता | Tagged | Leave a comment

कविता : सभ्यताको बाह्रखरी

~मुक्तान थेबा~ तिमीले मेटाउन नसकेको बाँकी केही त अवश्य छुटेकै छ मित्र !खोरको माउ तान्न आउने बाघको गर्दन छप्काउने बाघसिङ आँखेको– खुकुरी छ मसँग । खुसुखुसु करेसाको पिँडालु चोर्न आउने वनसुँगुरको भाले ढाल्न आप्पाले दर्जन थाप्ने गरेको– जोरनाले छ मसँग … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : जोगिनुपर्छ ज्योती मगर !

~एम सि सुमित~ ज्योती मगर ! बनाएर तिमिलाइ आइसकृम कसले चाटिरहेछ ल्यापल्याप छुँदै डोब लाग्ने तिम्रो भर्जिन छाला र निर्दोश मुस्कान । यो हिमाली पाखामा खोरिया फाँडेर आवाद गर्ने तिम्रै हात हो हिँउखोलाको चिसो पानीमा जाँ

Posted in कविता | Tagged | Leave a comment

गीति कविता : गीतैमा रोएं

~दिलिप योन्जन~ गीतैमा रोएं, बेदना धुन, झन पिर भासिगो बिरह बढ्दा, ढुखेको छाती, आँसुले भिजिगो। घामको जलन, घामैलाई होला, जूनलाई के थाहा तरेली पोल्दा, परेली भिज्छ, आँसुलाई के थाहा

Posted in गीति कविता | Tagged | Leave a comment

दिपक अभिमन्यूका दुई छेस्काहरु

~दिपक अभिमन्यू~ 1. खै किन हो अतितको यादले पिरोलेको छ मनलाई! बितेका अनेक कुराले हरपल बिथोलेको छ मनलाई!! हुनत कुन सम्झन लायक अतित हो र सम्झीउँ म!

Posted in छेस्का | Tagged | Leave a comment

कविता : एकताको नयाँ घर

~उत्सव चौलागाई~ भत्किँदै छ त्यो पुरानो घर लागे धमिरा र खोइरो भुइँचालोका पराकम्पनहरूमा पनि बेतोड भाग्नुपर्ने, निदाल, खम्बा र दलिनहरु धर्मराउन थाले चिरपटहरु कुहिए भ्वाङ पर्यो बार्दली बुइँगल, कोठाहरु भए प्वालै प्वाल । पुरानो घरको भविष्य नभएपछि, घोषणा भयो नयाँ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : नारी

~साधना लामिछाने~ तिमी कतै सुरक्षित हुन सकेनौ तिम्रो निर्दोष अनुहारहरुमा एसिड फ्याकिन्छन् मर्द भन्नेहरुको ठुलै जमातहरु तिम्रो अस्तित्वमाथि खेलवाड गर्छन् तरपनि तिमी लाचार भएर बस्छौ आखिर कतिसम्म सहन्छौ ? निर्धक्क भएर तिमी कतै हिँड्न सकेनौ

Posted in कविता | Tagged | Leave a comment

कविता : यो देशको निर्माता को ?

~प्रदीप लोहागुण~ किसानलाल माझीले बाँझो खेत खन्दा यो देश समृद्ध हुन्छ, हुँदैन उसलाई थाहा छैन तर ऊ पुस्तैनी खनिरहेछ यो देशको बाँझो खेत । कान्सीराम आप्टेले चिनी मिलमा उखु पेल्दा यो देशको मुद्रास्फीतिमा सुधार हुन्छ, हुँदैन उसलाई थाहा छैन तर … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : कवि कसलाई भन्ने

~अनुष्कर पुष्कर गुरुङ~ भावनामा डुबेर शब्दको हार बनाउने भावनात्मक मानवलाई कि कवित्व भएको मानवलाई ! कवि कसलाई भन्ने सिाजको बिसंगतीलाई कलमका काला मसिहरुलाई सेता पन्नामा नचाउने कलाकारलाई कि समाज सेवकलाई कवि कसलाई भन्ने !

Posted in कविता | Tagged | Leave a comment

कविता : कमरेड तिम्रो भाउ, कति लगायो?

~नरबहादुर घिमिरे~ कमरेड, तिम्रो भाउ कति लगायो उसले र तिमीले तिम्रो चेतना किलोको भाउमा सुम्पियौं? भन कमरेड भन… रक्त क्रान्तिका कुराहरु फुकेर तिमी बुर्जुवाको भक्त बन्यौ? भन कमरेड भन.. तिमीले हाम्रो गाउँको भाउ कति सोचेका छौं ? हाम्रो समाजको, हाम्रो … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : बाटो

~बिष्णु भण्डारी~ यात्रााको मोडनिरै बाटो सकिएको छ र मलाई कोर्नु छ नयाँ बाटो । हिंड्नु छैन मलाई पुरातन रेशमी डहरहरु पछयाएर तेन्जिङका पदचापहरु भेट्नु छैन मलाई निर्जिव सम्बेदनाका शिखरहरु । यि त पुराना बिम्ब हुन

Posted in कविता | Tagged | Leave a comment

कविता : पुरानो झण्डा

~वलराम तिमल्सिना~ जव देख्छु फहराएको यो राष्ट्रिय झण्डा ! अनिष्टको आशङ्काले मनै हुन्छ ठण्डा ! मेरो देश यही झण्डा फहराउँदै बेचियो यही झण्डा फहराउँदै लुटियो यही झण्डा बोक्नेले हो – सत्र सालमा प्रजातन्त्र मार हानेको यही झण्डा बोक्नेले हो –

Posted in कविता | Tagged | Leave a comment

कविता : मलाई मेरो राज्य चाहिएको छ

~दीपक कुमार ज्ञवाली~ मलाई मेरो राज्य चाहीएको छ म राज्य बिहीन भै बस्न सक्दिन मलाई मेरो सिमाना चाहिन्छ मलाइ मेरो चौघेरा चाहिन्छ म मेरो चौघेरा र सिमाना बिना बस्न सक्दिन किनकि तिम्रो लालदरवारमा पनि सिमाना छ, चौघेरा छ तिम्रो चौघेराको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : तिम्रै हुन्थें होला !!

~हरी गौतम~ सादा जीवन फिल्मी भए, म’नी तिम्रै हुन्थें होला !! हाम्रो जोडी छुटाउनेलाई नमज्जाले धुन्थें होला !! सानो संसार सजाउनलाई तिम्रो अनी भनी मेरो साचों भन्छु तिम्रै लागी सारा खुशी चुन्थें होला !!

Posted in गजल | Tagged | Leave a comment

कविता : मोटरहरु

~सिमान्त लामिछाने~ खोला एकैनासले एकैतिर बगिरहेछ फुल पनि हेरीरहेछु कोपिला हुँदै लम्किरहेछन् झुप्पो हुन त्यस्तै दौडिरहेछन् साना साना बोटहरु रुख हुनलाई हरेक क्षण एउटा बेग्लै सौन्दर्य छ यिनमा मिठो झंकार छ कुनै लाग्छ हराउँ यिनमा आफुलाई

Posted in कविता | Tagged | Leave a comment

कविता : जता–ततै दण्डहिनता

~कुन्दन काफ्ले~ दण्डहिनता जताततै फैलिएर गएको छ । राष्ट्रछवी दिनानुदिन मैलिएर गएको छ । आसंकाले नेपाली मन वैलिएर गएको छ । न्यायको चाहि केस कालो कैलिएर गएको छ । कहिले हुन्छ विकास र कसले दिन्छ निकास खै

Posted in कविता | Tagged | Leave a comment

कविता : मर्‍यादा

~प्रकाश सुनुवार ‘निराकार’~ रंगीन शहरको कथा अलग छ स्वार्थी हुंदै गएको छ यो शहर मान्छेहरु उज्यालोमा पनि लाल्टीन बालेर हिंडेका छन् आफुलाई वाहेक अरु कसैलाई देख्तैनन् उज्यालोलाई अँध्यारो पारेर आफ्नो मर्‍यादा मर्दन गरेर अरुलाई समेत मारिरहेका हुन्छन्

Posted in कविता | Tagged | Leave a comment

कविता : दसगजा

~मणिराज सिंह~ मेरो खेतको आली मुन्तिर मेरो स्वाभिमानको प्रतीक शिर ठाडो पारी निर्भिक उभिरहेको दसगजा हिजो मात्रै वर्षात्मा भिजेर हो कि शत्रुले खोस्रेर हो गर्ल्याम्म गुर्लुम ढलेको सपना देखेँ मैले ।

Posted in कविता | Tagged | Leave a comment

कविता : मौन टेलिफोन

~हरि अधिकारी~ मौनव्रत लिन बाध्य मेरो टेलिफोन निःशब्द छ र छ अशान्त पनि, रिसले होस हराएको लाटो मान्छेले झैँ चिथोर्न खोज्छ मभन्दा निर्धो छ, सक्दैन, मनभित्रको हाहाकारलाई घाँटीमै दबाएर अस्फुट स्वरमा रोइरहेकी बलात्कृत किशोरीझैँ शब्दहीन झोक्राइरहन्छ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : नत तिमी नत म!

~पदम गौतम~ नत कहिल्यै तिमी झुक्यौ नत म कहिल्यै माथि उठे सपना सपनामानै सिमित रह्यो यथार्थ कसैले बुझेनौ। धेरै-धेरै जिन्दगीका पालुवाहरू

Posted in कविता | Tagged | Leave a comment

कविता : कमरेडलाई प्रश्न

~किरण दहाल~ सपनामा आउँछन् माक्र्स र, सुनाउँछन् मलाई द्वन्द्ववादका सिद्धान्त सुनाउँछन् स्वप्न कथा– कसरी स्थापना हुन्छ सर्बहाराको अधिनायकत्व ? के–के हुन्छ त्यहाँभित्र ? जुन कथा तपाईले सुनाउनुहुन्थ्यो पहिले–पहिले कमरेड !

Posted in कविता | Tagged | Leave a comment

कविता : निःशब्द पेटी

~मञ्जु काँचुली~ उसको सानो सीमा कसले भत्काएको छ र ? फोहोरको थुप्रो, सडकको पाटी खोलाकिनारको पेटी डेन्ड्राइटका ट्युब थोत्रा लुगा–कपडाका झोला साथ कहिले नछोड्ने भुतुल्ले कपाल नधोएका कत्ले लुगा, ननुहाएको बोक्रे शरीर

Posted in कविता | Tagged | Leave a comment

कविता : सगरमाथा नाङ्गै देखिन्छ

~विक्रम सुब्बा~ कुनै छलकपटको चीसो योजना थाल्न हो कि या कुनै झुप्रोहरूको छातीमा सर्दी हाल्न हो? शान्तिको कुनै ओस्याईलो गीत गाउन हो कि या कुनै गुराँसको कलकलाउँदो थुँगा अँठ्याउन हो? आफ्ना केही सुकिला भारदार हिमालहरू लस्करै राखेर सगरमाथा कुनै गोप्य … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : झलक् देखिन्छ त्यो मुख्मा

~गोपीनाथ लोहनी~ अहो ! कस्तो सिताराको झलक् देखिन्छ त्यो मुख्मा, सदा-काल हेर्न क्या तागत् रवाफ् यस्तै छ त्यो मुख्मा ।। सुनी वाणी मधुर् तिन्को यही पर्ने छ भान् मन्मा मृतक्लाई जियाऊने सुधा खानी छ त्यो मुख्मा ।।

Posted in गजल | Tagged | Leave a comment

छोक : नयाँ बुद्ध

~सैलेन्द्र साकार~ टुहुरा राहुलहरु खोजी रहेछन नयाँ बुद्ध हरु देश बिर्सेंका हरुले , हरायकाहरुले देस खोजे जस्तै आमा को गर्ब्भमा बास पाउन नसकेका

Posted in कविता | Tagged | Leave a comment

कविता : विन्दु

~धर्मराज थापा~ ए मेरी रानी ! निर्मल पानी ! जुनमा टल्केकी ! अन्कौं रंग लिएर तिमी झलल झल्केकी ! कसरी झर्‍यो कसरी बस्यौ कर्कले पातमा, हृदय मेरो तानेर लिन्छ्यौ जुनेली रातमा । शीतल हावा सिरीरी चल्छ पातमा खेलेर, तिमीले झिक्छ्यौ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : देश र ब्यूटीपार्लरकी सुन्दरी

~श्यामल~ अब कहाँ जाने? केश बनाइसकिएको छ र दलिसकिएको छ अनुहारमा क्रिम कपडामा छरिएको छ सेन्ट र ऐनामा सयौँ पल्ट जुधेका छन् आफ्नै आँखाहरु श्रृङ्गार सकिएको छ सुन्दरी, अब कहाँ जाने? सडकमा

Posted in कविता | Tagged | Leave a comment