Category Archives: अनुभूति

अनुभूति : प्रेमको हत्या

~श्री कृष्ण श्रेष्ठ ‘साँखु’~ कुरा थियो ०५४ साल मंसिरकोः– म साथीहरुसित एकदिन चाँगुनारायणमा घुम्न गएको थिएँ । घुम्ने क्रममा कत्तिको नजर ममा र मेरो नजर कत्ति मानिसमा यसको केहि लेखाजोखा नै छैन । तर यत्तिकैमा मेरो नजर एउटी युवतीको नजरमा … Continue reading

Posted in अनुभूति | Tagged | Leave a comment

अनुभूति : बेलायतमा कोरोना अनुभव र पुनर्जीवन

~भीम राई~ ‘यदि ज्ञान बाँड्न सकिंदैन भने त्यो महत्वहीन हुन्छन् ।’ भौतिकशास्त्री मिचीको काकुको उक्त्त भनाइले मलाई जिन्दगीमा यदाकदा घचघच्याइ रहेको हुन्थ्यो । आफ्नो जीवन कालमा मानिसले जे अध्यान एबम अनुभव गरेका हुन्छन् ति सबै बाँड्न सकेभने समाजले राम्रो फाइदा … Continue reading

Posted in अनुभूति | Tagged | Leave a comment

संस्मरण : बमको छर्रा बोकी मरुभूमितिर

~अनुपम ‘नवोदित’~ एउटा सुन्दर सपना बोकेर ‘जनयुद्ध’को बाटोमा हिँडेको पनि वर्षाैं बितेछ । जिन्दगीको किशोरवयमा मुक्ति र मृत्युको शपथ खाएको पनि हिजै जस्तै लाग्छ । ती आँधीमय दिन सम्झिँदा आज पनि हृदयको एउटा कुनामा पिलो झैँ दुख्छ । मानसपटलमा ती दृश्य क्यामेराको रिल … Continue reading

Posted in अनुभूति, संस्मरण | Tagged | Leave a comment

अनुभूति : मनको डायरीबाट

~अम्बर गुरुङ~ प्यारो भाइ, बन्धनयुक्त सरकारी चाकरी (नोकरी) बाट उन्मुक्ति लिएर स्वतन्त्ररूपले सिर्जना गर्ने अठोटले तपाईंको व्यक्तित्वको विशेषता फुकाल्छ । हाम्रो आफ्नै अस्तित्वको निम्ति हामीले धेरैथोक गर्नु छ । अब तपाईंले निर्धक्क केही गर्न सक्नुहुन्छ भन्ने आशा र विश्वासले मलाई … Continue reading

Posted in अनुभूति | Tagged | Leave a comment

अनुभूति : डल्लेखोलाको रचनागर्भ

~परशु प्रधान~ लगभग १६ वर्षपछि मैले यसपालि आफ्नो कथा ‘डल्ले खोला’ पढेँ । म एकैपटक विगतमा पुगेँ अर्थात् पूर्वाञ्चलको यौटा पहाडी जिल्ला खोटाङ पुगेँ । मैले खोटाङ्ग छाड्दा जन्मिएका बच्चाले यस वर्ष एस.एल.सी दिन लागे । पञ्चायती व्यवस्था समाप्त भई … Continue reading

Posted in अनुभूति | Tagged | Leave a comment

अनुभूति : एउटा ईर्ष्या यस्तो पनि

~प्रकाशमणि दहाल~ “ऊ कपन बगलामुखी आइपुग्यो !” अनायास चहकिएको बालस्वरसँगै मेरो नजर घुम्यो र बस रोकिँदा म ढोकामा पुगिहालेँ । आज पनि म पहिलो भएँ भित्र पस्नेमा र सामुन्ने चालकपछाडिको सिट खाली भेटेर बसिहालेँ । त्यसो त मलाई भेटेसम्म चालकका समानान्तरको फ्रन्टसिट … Continue reading

Posted in अनुभूति | Tagged | Leave a comment