Category Archives: नेपाली गद्य

नेपाली गद्य / Nepali Prose

लघुकथा : उद्धार

~बाबुराम खपाङ्गी~ विनाशकारी भूकम्पको सुरुवातसँगै म बेहोश भएँ । होश खुल्दा कम्मरमुनिको पूरै भाग पर्खालले किचेको अबस्थामा मैले आफूलाई पाएँ । ठूलो कोलाहल मच्चिरहेको थियो । घरहरू एउटै पनि सद्दे थिएनन् । लाशहरू यत्रतत्र छरिएका थिए । जीवित मान्छेहरू अनियन्त्रित … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : क्यामेरा म्यान

~बबिता बस्नेत~ चकमन्न रातको मौनतालाई चिर्दै श्रीमतीले प्रश्न गरी, “अहिले म यति राती घर आएर तपाईंजस्तै टोलाएर बसेकी भए, तपाईं के भन्नुहुन्थ्यो – के अर्थ लगाउनुहुन्थ्यो -,” प्रश्नले ऊ झसङ्ग भयो । “केही होइन, भोलि बिहान चा“डै हि“ड्नु छ, कार्यक्रमस्थलको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : राजकुमारी सम्पदा

~बबिता बस्नेत~ बगैंचामा लास… लौ न, बगैंचामा स्वास्नीमान्छेको लास… एकाएक माली चिच्याएपछि दरबारभरि सनसनी फैलियो। अनुहार घोप्टो परेकोले तत्काल चिन्न कसैले सकेन। मानिसहरू जम्मा हुँदै गएपछि भीडबाट कसैले भन्यो― सम्पदा सरकार! लौन सरकारलाई के भयो?

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : हाम्रो आन्दोलन जारी छ ……!

~बबिता बस्नेत~ ऊ… त्यही हो उसको घर तर अहिले घरमा मान्छे छन् कि छैनन् म यसै भन्न सक्दिनँ । एक अधवैँशेले बाँसको झ्याङनेरीबाट हातले इसारा गर्दै एउटा फुसको छानो भएको सानो झुपडी देखाइदिएपछि जेठ महिनाको त्यो मध्यगर्मीमा पसिना पुछ्दै हामी … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : क्षतिपूर्ति

~बबिता बस्नेत~ “हामी देशमा आमूल परिवर्तन ल्याउन चाहन्छौं, नयाँ नेपाल बनाउनबाट हामीलाई कसैले रोक्न सक्दैन।” कमरेडको मुस्कानले भरिपूर्ण मुहार देखेपछि ऊ हतारहतार टेलिभिजन बन्द गर्दै बत्ती निभाएर ‘छ्यानमा पल्टी र व्यङ्ग्यको शैलीमा कमरेडको बोली दोहोर्‍याई― परिवर्तन!

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : विघटित सपना

~आत्माराम शर्मा~ उसले बलिन्द्रधारा आँसु झार्यो । धेरैको मुखबाट मैले सुनेको थिएँ- ‘मनको पीडा पखाल्न मानिसलाई रून दिनुपर्छ । मनमा थेगि्रएर रहेका वेदना र उकुसमुकुस आँसुले पखाल्छ । आफ्नो आँसुले आफ्नै पीडालाई पखालेपछि मान्छेको मन हलुङ्गो हुन्छ ।’

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : तथास्तु

~अशेष मल्ल~ रातको बाह्र बजेको थियो । कोठामा म थिए स्वास्नी थिई ।बिरामी र सोचिरहेको थिए अप्रेसनका लागि जुटाउनु पर्ने पाच लाख रुपिया कहाबाट ल्याउने ।एकाएक प्रकट भए भगवान् कोठामा । झस्किए । के भयो । के यो सत्य त … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : तीन बिम्बहरु

~अजय दिक्षित ~ “ठूलोकान्छा, यसपालि त सतबीज छर्न पशुपतिनाथ लगिदे न है !” हजुरआमाले दोस्रोपटक नातिलाई पुकारिन् । हजुरआमाले कुरो गरेको बुझेपछि मोबाइल बन्द गर्दै ठूलोकान्छाले सोध्यो, “के भन्या आमा ?” “सतबीज छर्न लग्दे भन्या !” “ए भइहाल्छ नि, अघिल्लो दिन … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : खडे संसद

~अच्युरमन अधिकारी ~ खडे सांसद झगडे सांसद निकै नै बहादुर हुँ भन्दछ ऊ । उसलाई त न आश नत्रास । यसभन्दा अघि पनि उसलाई मन्त्रीपदमा लान कसैले मानेन । खुबी छैन त्यस व्यक्तिको, त्यति मात्र होइन सोमत पनि छैन । … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : अकल्पनिय निमन्त्रणा

~आचार्य प्रभा~ सरोज र प्रकाश डाइनिङ्ग टेबुलमा राखिएका परिकारहरु बडो स्वादले भोजन गरिरहेका हुन्छन् । प्रकाशले एकथरिको मासुको परिकार सरोजको अगाडि सार्दै भन्छन् “यो परेवाको मासु चाख त मेरी श्रीमतिले बडो मीठो गरि पकाएकि छिन् । ”

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : आमा बन्न नसक्नुको पिडा

~आचार्य प्रभा~ सीमा एक्लै कोठामा झोक्र्याएर बसिरहेकी थिई। अनायस अर्को कोठाको हाँसो र कोलाहलले झस्किइ अनि जुरुक्क उठेर नियाली । उसको लोग्ने छोराछोरीहरूसँग बच्चा झैँ जिस्किएर खेलिरहेका थिए। मानौ ऊ पनि दस, बाह्र बर्षको बालक हो र ऊ आफ्नो सन्तुष्टी … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : स्वार्थी चाहाना

~आचार्य प्रभा~ कान्छी छोरीको विवाह हुन नसकेकोमा उनी असाध्यै चिन्तित थिइन् । हुन पनि त हो, उमेर पुगिसक्दा समेत कुनै केटोले फर्केर नहेर्नु, माग्नसम्म न आउनु कुनै पनि आमाको लागि चिन्ताको बिषय नै बन्छ । एकदिन उनी दलानमा बसेर छोरीसँग … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : दुखेको रात

~अभिमन्यु निरवी~ पहाडको बाटो, हिँड्दाहिँड्दै झ्मक्क भयो। आकाशमा जून पनि खुलिसकेको थिएन। चिसो हावासँगै झयाउँकिरीको एकोहोरो आवाजले वातावरण गुञ्जायमान थियो। निकै उकालो चढिसकेपछि पर एउटा गाउँ देखियो। सन्तुष्टिको लामो सास फेरेर म त्यतैतिर हिँडें। गाउँ नजिकै पुग्दा विस्तारै मानिसहरूको आवाज

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : साँघु

~अभिमन्यु निरवी~ विवाहको दिन ऊ निराश देखिएकी थिई । गरगहना, रातो सारी, झिलमिल सितारा जडिएको घुम्टो ओढेर पनि ऊ खुलेकी थिइन । के के नपुगे जस्तो, कताकता के बिगि्रए जस्तो विवाहको वातावरण खल्लो खल्लो थियो उसको लागि । मनमा केवल … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : वहाँ कुन अफिसको?

~पदम भण्डारी~ यात्राको क्रममा एकदिन जीप रिजर्भ गरेर नेपालगञ्ज देखि सुर्खेतको यात्रा आरम्भ गरें । कोहलपुर पुगेपछि एकजना सभासदले फोन गरे । संयोगनै मान्नुपर्छ सभासद महोदय पनि सुर्खेत जानको कोहलपुरमै रहेछन् । हामीले एउटै जीपमा यात्रा गऱ्यौं । मैले पनि … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : चर्या तिन आमाका

~राशि पाण्डे~ एक उनी गत तिन महिनादेखि थलापरेकी थिइन् । जिउ सुकेर हाड छाला मात्र थियो । तर आँखा चहकिला रबोली प्रस्ट । माघकोे महिना, औँसीको चिसो रात । आकाशमा डम्म बादल लागेर पानी पर्लापर्ला जस्तोमौसम । वास्तवमा उनी मृत्युशय्यामा थिइन् । उनी आफ्नो विगतमा पुगिन्

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : दिल्लीकट लाहुरे

~राशि पाण्डे~ होटलमा खाना खाइरहेकी छु । एउटा लामो फल्याकमा दुईतिरबाट काठको किल्लाले अड््याएर टेबुल जस्तोबनाइएको छ । टुकीको मधुरो उज्यालामा मानिसका अनुहारहरू धूमिल देखिएका छन् । साझाको चामलह्वास्स गन्हाउँछ । म नरुचाइ नरुचाइ पेटसम्म भर्ने जुक्ति गरिरहेकी हुन्छु  । कोठाभरि सल्लाको धुवाँ,रक्सीको गन्ध र गफका चोक्टाहरू सगबगाइरहेका छन् ।

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बलात्कारी वटवृक्ष

~राशि पाण्डे~ धेरै दिनपछि षोडशी माइत जान हिँडेकी थिई । लोग्ने लाहुर गएको पनि छ वर्ष भइसकेको थियो । घरमासासूससुरा बाहेक अरू कोही थिएनन् । मध्यान्हको करिब दुई बजेको होला ? ठाडो उकालो । उनलाई थकाइलाग्यो । ऊ सुस्ताउन लागी ।  चौतारीमा बसेर, बिसाउन लागी । झ््याम्म परेको बरको रूख । हाँगाबाट निस्केका वायवीय जराहरू हात्तीका सुँढ समान यतायता झुलिरहेका। सरर्र बतास चल्यो । उसको भित्रसम्म शीतलताले छायो ।

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सिङ्गथाजी

~राशि पाण्डे~ अनि नीमा चरचरी बाझ्न लागी । फोहर फोहर शब्दले सराप्न थाली । धेरै दिनदेखि गुम्स्याएरराखेको रिस आज पोखियो । उसका पीडाहरू, आक्रोशहरू गाली भएर निस्किन लागे । मिङमरले होटलमा चासो लिन छाडिसकेको थियो । ऊ दिनभरि रक्सीमा टिल्ल … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : आइमाई गिद्ध

~राशि पाण्डे~ सम्पूर्ण व्यथालाई अाँखामा समेटेर प्रसववेदनाले भैँसी उठबस गरिरहेको छ । केटाकेटीहरू भैँसीलाईचारैतिरबाट घेरेर रमिता हेरिरहेका छन् । घरभरि खुसी छाएको छ । के ब्याउने हो ? घरधनीबुढी कुँडो पकाउँदै गुनिरहेकी छिन् । पाडो पाई भने त के काम … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : देउकी

~राशि पाण्डे~ हिँडाइको क्रममा जब तपाईंं कुनै अक्करको चुचुरोमा पुगेर एकछिन सुस्ताउँदै आफूले हिँडेकापाइतालाका डोबहरू पछ््याउनु हुन्छ, आफ्नो वरपरका दृश्यहरूमा विहङ्गम दृष्टिपात गर्नुहुन्छ । कहालीलागेर आउँछ, अत्यास लागेर आउँछ, त्यस्तो बाटो कसरी हिँड्न सकियो होला ? पाइलाका गोरेटाहरूमाउकाली ओह्राली आइ नै रहन्छन्, भिर टाकुरा, फाँटहरू परी नै रहन्छन्, तर जीवनको गोरेटामा त उकालीमात्र छ, चढाइ मात्र छ । गन्तव्य कहाँ छ ? थाहा छैन, केवल अनिश्चित दिशातर्फ हिँड्नु छ, मात्र हिँड्नु ।हामी सबै व्यस्त छौँ अदृश्य टाकुराको चढाइमा, क्षितिजमा धुमलिएको बिन्दुतिर ……..

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : आनी

~राशि पाण्डे~ – ताशी देलेह१ ? –  खे राङ कुसुडेपो यिन पे२, खोलापारिबाट ठुलो आवाजमा मानिसहरू कराइरहेका थिए । – ल्या यिन ३ !” खोलावारिबाट रुन्चे जवाफ आइरहेको थियो । “खेला छेपा–गी४, ल्होछारको बेला तातोपानीमा लाग्ने परम्परागत जात्रामा विशेषरूपमा आनी, … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

नैतिक कथा : बोल्ने कला

~दिलिप आचार्य ~ बोल्न जान्ने तर के बोल्दा के प्रभाव पर्छ भन्ने पत्तो नपाउने एकजना महाशयले आफ्नो घरमा रात्रि भोजको आयोजना गरेका रहेछन्। तर भोज शुरु हुने बेला सम्म पनि सबै पाहुनहरु उपस्थित भईसकेका रहेनछन् । ५० जना पाहुनाहरु आउनु पर्नेमा जम्मा … Continue reading

Posted in नैतिक कथा | Tagged | Leave a comment

लघुकथा : पेशा

~दिलिप आचार्य ~ आज बिहानैदेखी उ केहि चिन्तित देखिन्थ्यो , उसको अनुहारबाटै उसका मनका तरंग र मस्तिष्कमा तनावको लहर चलिरहेको अनुमान लगाउन सकिन्थ्यो । अत्यधिक चिन्ताका कारण ऊ निदाउन सकेको थिएन । आज बिहान मात्रै उसले

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : ई-श्राध्द

~दिलिप आचार्य ~ २०९६ सालको बैशाख महिना, काठमाण्डौको कुनै यौटा घरको कौशीमा एकजना शुद्ध वस्त्र धारण गरेका व्यक्ति आफ्नो वरीपरी पूजा सामाग्री र नैव्यद्य आदि राखी श्राध्दको तयारी गर्दै थीए। आवश्यक सबै सामाग्री र तयारी देखीएपनि त्यँहा पुरेत बाजेको भने उपस्थीती … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : रक्सीको आदर्श

~दिलिप आचार्य ~ रातको समय, कम प्रकाश, बढि धूबाँ र विदेशी संगीतले भरीएको ‘बार’ को त्यो सानो कोठामा तीनजना भलादमीहरु देश बिकासको वारेमा ‘गहन चिन्तन्’ गर्दै थिए । जती जती बोतल रीतीन्थ्यो त्यती त्यती उनीहरुको राष्ट्र प्रेमका भावनाहरु पनि उजागार हुदैं … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

सूत्रकथा : यहाँ यस्तै हुन्छ

~दिलिप आचार्य ~ एक यौटा भेडा पानीमा हामफाल्दा सय वटा भेडा पछि पछि हामफाल्ने कथा बिद्यार्थीलाई पढाएर शिक्षक कक्षाकोठा बाट बाहिर निस्केका मात्रै थिए । बाहिर बाटोमा

Posted in लघुकथा | Tagged | Leave a comment

सूत्रकथा : तीन सुत्र कथा

~दिलिप आचार्य ~ एक मदिरा र नशालु पदार्थको रोकथामको लागि स्वदेशी ज्ञाताहरुको आयोजन र विदेशी दाताहरुको प्रायोजनमा एक दिने कार्यशाला गोष्ठि भयो । वुद्धिजीवी र गन्यमान्य व्यक्तिहरुले नशालु पदार्थको कूलतले समाजमा पारेको नकारात्मक प्रभाब वारे गहिरो चिन्ता व्यक्त गरे र समाधानको … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : आँपको रूख

~दीपक जडित~ ‘मैले उसलाई भुँडी बोकाउनै नहुने……’ हठात् दिमागमा यो कुरा उब्ज्यो जब म त्यो आँपको रुख भए ठाउँमा पुगेथें । र यसैगरि उब्ज्यो । म यो कुरालाई सम्झँदा अलि ढँगले पनि सम्झन सक्थें । सोच्न सक्थें कि; ‘मैले उसलाई … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : मूर्छीत संस्कार

~दिलिप आचार्य~ त्यो गाँउमा बर्षौं देखि एकजना जमिनदारको राज चलेको थियो । थिचोमिचो को हद यत्ति सम्म थियो कि गाँउका हरेक चोक चोकमा जमिनदारका शालिक बनेका थिए र घर घरमा जमिनदारको तस्विर टाँगीएकै हुनु पथ्र्यो । गाँउमा जमिनदारको बोली नै कानून … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : बिदा

~सुधीर ख्वबि~ आज शनिबार,अफिस बिदा। घर जाने हतारोमा चिया नै नपिई ऊ डेराबाट निस्क्यो। दायाँ बायाँ कतै न हेरिकन सरासर बसपार्कतिर लाग्यो। उसको मन मष्तिष्क घरको सम्झनाले निथ्रुक्क हुँदै आइरहेको छ।

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : सम्झौता

~विश्वम्भर चन्चल~ एकदिन उनले मलाई भेटेर सुनाइन् “मलाई छोरो पाउने इच्छा छ, तिमी पूरा गराइदिन्छौ ?” अप्रत्याशित उनको यस कुराले म अवाक् भएँ र ट्वाल्ट्वाल्ती उनको अनुहारलाई हेरिरहेँ। के हेरिरहेको ? उनले अनुहारको हाँसो लुकाउँदै सोधिन्, ममा छोरो पाउने गराइदिन … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment