Category Archives: लघुकथा

लघुकथा / Micro Story

लघुकथा : घुम्ने कुर्सी

~कृष्ण बज्गाईं~ कुरा धेरै अगाडिको हो । कुर्सीमा बस्ने शक्तिशाली टाउकाहरुले आफूसंग असहमत बिचार राख्ने र समाजमा आतङ्क फैलाउँने टाउकाहरुलाई कसै गर्दा पनि तह लगाउँन सकेनन् । अनि ती टाउकाहरु अराजक हुन् भन्दै ढोल पिटाए । समाजको अमनचयन शान्ति-सुरक्षा आदिमा … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : अवशेष वस्ती

~किशोर पहाडी~ पूरावस्ती चारैतिर अस्तव्यस्त भएर थुप्रिएको थियो । नीलो हाफ ज्याकेट लगाएका केही मान्छेहरू त्यो अवशेष वस्तीम छिरेका थिए । चारैतिर शून्यता थियो कोलाहल पूर्ण भूकम्पपछिको शून्यता । नीलो ज्इाकेट लगाएका मान्छेहरू त्यो भूकम्पले आक्रान्त वस्तीमा शान्त मुद्रामा थिए … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : आवाज मोबाइलको

~किशोर पहाडी~ महानगरको मध्यभागमा रहेको एउटा सानो हल । हलमा देशका केही रङ्गकर्मीहरू भेला भएका थिए । ज्यादै गम्भीर विषयमा उनीहरूको व्याख्यान चलिरहेको थियो- “नयाँ नेपालमा रङ्गकर्मीहरूको भूमिका” । सुरेखाजी बोल्दै हुनुहुन्थ्यो- “…अब देश गणतन्त्रात्मक भइसकेपछि रङ्गकर्मीहरूले पनि आफूलाई सोहीअनुहरूप … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : लोकतान्त्रिक वस

~कपिल लामिछाने~ किसन काका एफ.एम. सुन्दै थिए । जिल्लाका हरेक गाउँमा लोकतान्त्रिक वस चलाइने कार्यक्रम रहेको समाचार सुनेर उनी खुसीले बुरुक्क उफ्रे । उनले भेटे जतिलाई ‘खुस खबरी’ सुनाए । – ए सुन्यौ हाम्रो गाउँमा लोकतान्त्रिक बस चल्ने भयो रे … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : लोभ

~होमशंकर बास्तोला~ नदीको छेउबाट भँगालो आएको थियो । ऊ भँगालो तरेर नदी र भँगालोको बीचमा बसेर सोचिरहेको थियो- ‘नदीमा बाढी आयो भने म कता भाग्ने ? नदीको कति मीठो सुसेली! ईश्वरले अहिले मलाई पखेटा हालिदिए नदीपारि पुगेर फेरि यतै र्फकन्थेँ … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : उ मुस्कुराई रहेको थियो

~हरिहर दहाल ~ गाउँ भरी नै सम्मानित थियो उ|सामाजिक संघ-संस्था तथा स्थानिय सार्वजनिक महत्वका कुनै पनि कार्यक्रमहरुमा बिना उसको उपस्थिती कार्यक्रमनै खल्लो महसुस हुन्थ्यो|बिभिन्न संघ सस्था को सस्थापक अध्यक्ष,सल्लाहाकार समितिको संयोजक,आजिबन सदस्य,मानार्थ अध्यक्ष जस्ता अनगिन्ती गरिमामय जिम्मेवारि तथा संलग्नताका कारण … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : समाजसेवा

~हरिहर दहाल~ ऊ नम्रतामा विश्वाश गर्छ। सबैलाई झुकेर नमस्कार गर्नु उसको बानी हो। समयले भ्याएसम्म र क्षमताले पुगेसम्म मानबिय आपद-बिपदका अबसरमा चन्दा दिन्छ। सकेजति सबैलाई सहयोगको हात बढाउछ। कसैलाई हुन्न र गर्दिन नभन्नु उसको कमजोरी हो। भ्याए र सकेजति गर्छ … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : माइक र मिलिन्दा

~हरिहर दाहाल~ माइक प्राय ११ बजे नै लन्चका लागि आउने गर्छ र उ सधै पहिलो ग्राहक हुन चाहन्छ र आज पनि उ सधैंझै सबैभन्दा पहिला नै आयो। मैले उसलाइ रेस्टुरेन्टमा लन्च गर्न आउने क्रममा केहि नेपाली शब्दहरु ” नमस्ते,तपाँइलाई कस्तो … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : असहमती

~हरीहर दाहाल~ बैठक ठीक १० बजे शुरु भयो।प्राबासी समाजका प्रतिष्ठित भद्र पुरुष तथा महिलाहरुको सहभागीता रहेको त्यस सम्मानित उपस्थितीले प्रबासमा रहेका नेपालीहरुलाई सँगठित गर्न एउटा छाता संगठन नभै नहुने कुरामा जोड दिए। यस अपरिहार्य आवश्यकतालाई थाँती नराख्न अनुरोध गरियो।तुरुन्त संस्थाको … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : ओखती

~हरी प्रसाद भण्डारी ~ गाउँमा स्वास्थ्यउपचार टोली खटिएको थियो र गाउँलेहरु शिविरमा जम्मा भएर उपचार गराइरहेका थिए । त्यस्तैमा पल्लो गाउँमा एक परिवारका सातैजना सिकिस्त बिरामी छन् रे र शिविरसम्म आउन पनि सक्दैनन् रे भन्ने खबर शिविरमा आयो । ‘उनीहरु … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : प्रवृत्ति

~हरिप्रसाद भण्डारी~ सहरको केही पर एकान्त स्थानमा एउटा मन्दिर थियो । मन्दिर वरिपरि सानासाना कुटीहरू थिए । कुटीमा योगी, सन्न्यासी तथा पूजारीहरू बस्थे । नजिकै बाक्लो बस्ती भएको हुँदा नियमितरूपमा भक्तजनहरू मन्दिरमा दर्शन गर्न र घुम्न आउँथे । मन्दिर परिसरको … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : दृश्य

~रामकुमार बस्नेत~ नेपालनाथका छोराहरू सगोलमा बस्न नसक्ने भएपछि बाबुसँग अंशबण्डा गरिदिन भने । पढेका र बढेका छोराले आ-आफ्नै गृहस्थी चलाउन भनेर नेपालनाथले पनि आफूले दुःखले कमाएको एउटा घर छोराहरूको नाममा जति पुग्छ खुसीकासाथ सबैलाई बराबर बण्डा गरिदिए । बाबुबाट अंशको … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : चकित जनता

~राजेश खनाल~ पहिलो दलका नेताः हामीले कति महान् कार्य गर्दै आएका थियौँ तर हाम्रो त्यो कार्यलाई देखी सहेन्न र हामी तल ओर्लनु पर्‍यो । तर धन्दा नमान्नुस्, हाम्रा ती विरोधीहरूलाई नेपाली जनताले देखाउनेछन् । दोस्रो दलका नेताः करिब साढे दुई … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : हतियार

~डा. ऋषिराज बराल~ पार्टीमा शुद्धीकरण र फौजीकरणको अभियान चलेको थियो । सबै क्षेत्रका कार्यकर्ताहरू जनमुक्ति सेनामा जाने निर्णय भएको थियो । मोर्चाबाट सेनामा जानेहरूको सूची, पद र कामको विवरणको जानकारी पनि गराइएको थियो । लामो अवधिसम्म सांस्कृतिक मोर्चाको विभिन्न पदमा … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

घोडचढी

~डा. ऋषिराज बराल~ नयाँ सरकार बनेपछि गाउँ पुग्ने इच्छा, उत्सुकता र आवश्यकताबोध गरेर एक जना पत्रकार सहरबाट गाउँतिर लाग्यो । गाडीबाट झरेपछि उसले एक जना गाउँलेलाई पनि साथमा लियो । दिनभरिको हिँडाइपछि गोधुलीमा ऊ एउटा भञ्झ्याङ अर्थात् नेटोमा पुग्यो । … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : निषेधको राजनीति

~डा. रवीन्द्र समीर~ सानो चिटिक्कपरेको सुन्दरघर, घरको वरिपरी सप्तरंगी बगैचा, चिसो झरना, अद्वितीय प्राकृतिक एवं गौरवशाली इतिहास…अवर्णनीय परिवार थियो, त्यो । एकले अर्कालाई सहयोग, सम्मान, माया, सहिष्णुता तथा एकताको थुङ्गाले बुनेको सहअस्तित्वको माला साँच्चै उदाहरणीय थियो । छिमेकीहरूमध्ये

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : बुबा र बुबाहरु

~डा. रवीन्द्र समीर~ ‘बाबु ! उँहा तिमो बाबा होइसिन्छ ।’ उसले आर्श्चर्य मान्दै गोरो तथा लजालु युवकको खुट्टामा ढोगिदियो । * * * ‘बच्चु ! तिमो पिता आउनुभयो ।’ रातिको पिल्पिले बत्तीमा गहुँगोरो तथा प्रौढ देखिने व्यक्तिको खस्रो काखमा ऊ … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : ढुङ्गाको देवता

~डा. रवीन्द्र समीर~ लेउ लागेको हेर्दै घीनलाग्दो ढुङ्गो देखेर उसलाई सनक चढ्यो । अनि अलिकति अविर, अलिकति फूल, अलिकति अक्षता, दुई चारवटा सिक्का र रंगिबिरंगी ध्वजाहरु बााधेर बिरामी छोराको निम्ति भाकल गर्‍यो- हे प्रभु ! मेरो छोरोलाई निको बनाउ, सके … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : टाउको पचास लाखको

~कबिताराम श्रेष्ठ~ ऊसँग खबरपत्र किनेर पढ्ने क्षमता थिएन । जति कमाइ थियो त्यसले आफ्नो परिवार पाल्नसक्दैन ऊ । कसैले भनिदियो खबर छ रे अतङ्कवादीको टाउको ल्याएमा पचास लाख पाइन्छ । यसको पनि घटीवेसी मूल्य छ रे अलिसानो आतङ्कवादीको ३५ लाख … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : वनकी चरी

~विवश पोखरेल~ अदालत परिसरमा गम्भीर मुद्रामा बसेको यिो ऊ । झुस्स दाह्री पालेको उसले घँडामा चिउँडो अडाएको थियो । मलाई देख्नासाथ फिस्स हाँस्यो ऊ, एउटा खल्लो हाँसो । धेरै वर्षपछि भेट भएको थियो ऊसँग मेरो । ‘अनि आज कताबाट यहाँ … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : उद्धार

~बाबुराम खपाङ्गी~ विनाशकारी भूकम्पको सुरुवातसँगै म बेहोश भएँ । होश खुल्दा कम्मरमुनिको पूरै भाग पर्खालले किचेको अबस्थामा मैले आफूलाई पाएँ । ठूलो कोलाहल मच्चिरहेको थियो । घरहरू एउटै पनि सद्दे थिएनन् । लाशहरू यत्रतत्र छरिएका थिए । जीवित मान्छेहरू अनियन्त्रित … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : तथास्तु

~अशेष मल्ल~ रातको बाह्र बजेको थियो । कोठामा म थिए स्वास्नी थिई ।बिरामी र सोचिरहेको थिए अप्रेसनका लागि जुटाउनु पर्ने पाच लाख रुपिया कहाबाट ल्याउने ।एकाएक प्रकट भए भगवान् कोठामा । झस्किए । के भयो । के यो सत्य त … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : खडे संसद

~अच्युरमन अधिकारी ~ खडे सांसद झगडे सांसद निकै नै बहादुर हुँ भन्दछ ऊ । उसलाई त न आश नत्रास । यसभन्दा अघि पनि उसलाई मन्त्रीपदमा लान कसैले मानेन । खुबी छैन त्यस व्यक्तिको, त्यति मात्र होइन सोमत पनि छैन । … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : अकल्पनिय निमन्त्रणा

~आचार्य प्रभा~ सरोज र प्रकाश डाइनिङ्ग टेबुलमा राखिएका परिकारहरु बडो स्वादले भोजन गरिरहेका हुन्छन् । प्रकाशले एकथरिको मासुको परिकार सरोजको अगाडि सार्दै भन्छन् “यो परेवाको मासु चाख त मेरी श्रीमतिले बडो मीठो गरि पकाएकि छिन् । ”

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : वहाँ कुन अफिसको?

~पदम भण्डारी~ यात्राको क्रममा एकदिन जीप रिजर्भ गरेर नेपालगञ्ज देखि सुर्खेतको यात्रा आरम्भ गरें । कोहलपुर पुगेपछि एकजना सभासदले फोन गरे । संयोगनै मान्नुपर्छ सभासद महोदय पनि सुर्खेत जानको कोहलपुरमै रहेछन् । हामीले एउटै जीपमा यात्रा गऱ्यौं । मैले पनि … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : पेशा

~दिलिप आचार्य ~ आज बिहानैदेखी उ केहि चिन्तित देखिन्थ्यो , उसको अनुहारबाटै उसका मनका तरंग र मस्तिष्कमा तनावको लहर चलिरहेको अनुमान लगाउन सकिन्थ्यो । अत्यधिक चिन्ताका कारण ऊ निदाउन सकेको थिएन । आज बिहान मात्रै उसले

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : ई-श्राध्द

~दिलिप आचार्य ~ २०९६ सालको बैशाख महिना, काठमाण्डौको कुनै यौटा घरको कौशीमा एकजना शुद्ध वस्त्र धारण गरेका व्यक्ति आफ्नो वरीपरी पूजा सामाग्री र नैव्यद्य आदि राखी श्राध्दको तयारी गर्दै थीए। आवश्यक सबै सामाग्री र तयारी देखीएपनि त्यँहा पुरेत बाजेको भने उपस्थीती … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : रक्सीको आदर्श

~दिलिप आचार्य ~ रातको समय, कम प्रकाश, बढि धूबाँ र विदेशी संगीतले भरीएको ‘बार’ को त्यो सानो कोठामा तीनजना भलादमीहरु देश बिकासको वारेमा ‘गहन चिन्तन्’ गर्दै थिए । जती जती बोतल रीतीन्थ्यो त्यती त्यती उनीहरुको राष्ट्र प्रेमका भावनाहरु पनि उजागार हुदैं … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

सूत्रकथा : यहाँ यस्तै हुन्छ

~दिलिप आचार्य ~ एक यौटा भेडा पानीमा हामफाल्दा सय वटा भेडा पछि पछि हामफाल्ने कथा बिद्यार्थीलाई पढाएर शिक्षक कक्षाकोठा बाट बाहिर निस्केका मात्रै थिए । बाहिर बाटोमा

Posted in लघुकथा | Tagged | Leave a comment

सूत्रकथा : तीन सुत्र कथा

~दिलिप आचार्य ~ एक मदिरा र नशालु पदार्थको रोकथामको लागि स्वदेशी ज्ञाताहरुको आयोजन र विदेशी दाताहरुको प्रायोजनमा एक दिने कार्यशाला गोष्ठि भयो । वुद्धिजीवी र गन्यमान्य व्यक्तिहरुले नशालु पदार्थको कूलतले समाजमा पारेको नकारात्मक प्रभाब वारे गहिरो चिन्ता व्यक्त गरे र समाधानको … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : मूर्छीत संस्कार

~दिलिप आचार्य~ त्यो गाँउमा बर्षौं देखि एकजना जमिनदारको राज चलेको थियो । थिचोमिचो को हद यत्ति सम्म थियो कि गाँउका हरेक चोक चोकमा जमिनदारका शालिक बनेका थिए र घर घरमा जमिनदारको तस्विर टाँगीएकै हुनु पथ्र्यो । गाँउमा जमिनदारको बोली नै कानून … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : बिदा

~सुधीर ख्वबि~ आज शनिबार,अफिस बिदा। घर जाने हतारोमा चिया नै नपिई ऊ डेराबाट निस्क्यो। दायाँ बायाँ कतै न हेरिकन सरासर बसपार्कतिर लाग्यो। उसको मन मष्तिष्क घरको सम्झनाले निथ्रुक्क हुँदै आइरहेको छ।

Posted in लघुकथा | Tagged | Leave a comment