Category Archives: नेपाली कथा

नेपाली कथा / Nepali Story

कथा : अपराग प्रेम

~रवि भट्ट “रोषी”~ बिश्व मानचित्र अंकित ग्लोब घुमाउँदै इन्सपेक्टरले म तर्फनजर केन्द्रित गर्दै सोध्यो, “अस्मिता बहिनी,आमरुपमा हत्या प्रतिशोधलेर्,र् इष्र्या र डाहाले ब्रम्हचेतन अचेत भएको बेलामा गरिन्छ । तपाईंले भाष्करको हत्या गर्नुको पनि कुनै कारण होला । के त्यसको राज जान्न … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

यौन कथा : त्यो रात

~इन्दिरा प्रसाई~ बिहे गरेको दस वर्ष नाघिसक्दा पनि उत्तराको कोख भरिएको थिएन । अब त घरपरिवार सबैले उत्तरालाई बाँझी भनेर उनकै मुखेञ्जी भन्न मात्र बाँकी थियो । तर शिक्षित र अर्थउपार्जनमा संलग्न अनि सम्पन्न माइतीका कारण उत्तराले धैर्य त्यागेकी थिइनन् … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बिहेअघिको रात

~इन्दिरा प्रसाई~ “अहिले कस्तो छ तपाईंलाई? ” उनले फेरि पनि सोधेकी थिइन्। “म अहिले ठीक छु, धन्यवाद !” कामदेवले उत्तर दिएका थिए। पाँच घण्टाको उडानका क्रममा झन्डै पन्ध्र पटकभन्दा पनि बढी उनले कामदेवको चासो राखेकी थिइन् । प्रत्येक पन्ध्रबीस मिनेटमा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : साँच्चै, आफ्नै मान्छे भइदिएको भए

~पुष्पा पलाँश~ सको महिना घाम ताप्दै बस्नुको मज्जा बेग्लै हुन्छ । काठमाडौं अध्यानको लागी घरबाट पठाएता पनि पढ्न मन लागिरहेको थिएन । हातमा किताब लिएर घामको मज्जा लुट्दै गर्दा अनायस एउटा घटनामा गएर अड्किन पुगें ।

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : माया

~अनिल याखा~ टिरिङ sss टिरिङ ssss गर्दै बजेको मोवाइलको अलार्मले मेरो निद्रा खलबलायो । हेरेँ, विहानको ५ बजिसकेछ, माघको महिना न हो अति जाडो थियो । आज त त्यहीमाथि वायोलोजीको प्राक्टिकल क्लास पनि लिनुपर्ने थियो । ती सब कुरा बिर्सदै … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : कथाकी कुन्ती

~रामप्रसाद दाहाल~ सन्तान नहँदा दुःख हुन्छ भनेर कसैले भन्दा मानिसहरू श्यामराज र कुमुदिनीको उदाहरण दिने गर्दथे । छोराछोरी नभएर पनि यिनीहरूलाई कहिले पनि असन्तोष भएन । सधैं उज्याला थिए, सधैं खुशी थिए । जहिले पनि जहाँ पनि सँगै हुन्थे । … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अभिश्राप, धोबिकी छोरीहुनुको !

~आचार्य प्रभा~ उस्को नाम सुनिता हो। म अझै पनि उस्को सोझो र मायालु मुहार सम्झिरहन्छु। ऊ मसँग ट्युसन पढ्न आउथी। पढ्नमा तेज,अक्षरपनी राम्रा,अबोला स्वभावकी। अरु केटाकेटी झै चन्चल र बदमाश स्वभावकी पनि होइन।पढ्न आउँदा पनि सबैभन्दा अगाडि आइपुग्ने बानी थियो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अविवेकी सन्तान

~सीता अर्याल~ न्युयोर्क सहर, अत्यन्त व्यस्त जनजीवन । म बसेको ठाउँबाट देखिने टावरको सानो टुप्पोलाई नियालिरहेको हुन्छु तापनि मलाई अत्यन्त नरमाइलोपनले सताइरहेछ । आफूलाई भाग्यशाली ठान्ने म आज अति दुःखी र अभागी ठानिरहेको छु । मलाई समयले नराम्ररी दुःख दिन … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

यौन कथा : वेभक्याम्पको आकृतिविहीन पुरुष

~शर्मिला खड्का दाहाल~ वसन्तीय लालीमा बोकेर धर्ती फुली, फक्री- आकाशले हेर्यो उसलाई वैशले उन्मुक्त भएकी धर्तीले अदित्य वासना छरिरहेकी थिई । उसले बिस्तारै र्स्पर्श गर्यो । प्रकृति धर्तीकी अभिन्न मित्र थिई त्यसैले उसले पनि सहयोग गरी । आकाशको र्स्पर्शले धर्ती … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : कथा बी

~रामप्रसाद दाहाल~ सरिता आज खुशी थिई। उसले हिजो मात्रै छोरालाई पठाइ दिने तार दिएकी थिई। कति दिन पछि उसले छोरालाई झिकाउने निर्णय लिएकी थिई। फेरि छोरो फर्केपछि उसलाई आफ्नो सम्पत्तिको हकदार घोषणा गर्न चाहन्थी ऊ, उसको आगमनमा सबैलाई निम्त्याएर स्वागत … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : माया मिरेज हो, माया मिरेज होइन

~प्रकाश के.सी.~ चिसो सिरेटोले उसको शरीरलाई उसको लुगा जस्तै हल्लाइरहेको भान हुन्थ्यो, ऊ लगभग, लगलग कामिरहेको थियो । पातलो ‘हाफ-स्लिभ’ कमिजले उसलाई उसको जीर्ण शरीरसँगै नङ्ग्याइरहेको थियो । मान्छेहरुका ‘झुप्पा’हरु उसको अगाडिबाट लगातार आरपार हुँदै थिए । ‘झुप्पा’मा भरिएका मानव … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : प्लेटिनम कवचभित्र र बाहिरका हृदयहरु !

~प्रकाश के.सी.~ युगौ-युगका पीर-वेदनाहरु लामबद्ध नभई चौतर्फी धावा गरेझैं, घर-परिवार, साथी-सँगती, कार्यालय-हाकिम सबैबाट यसरी एकैपटक बाजी थापेजस्तो, कसले ज्यादा चोट दिलाउन सक्ने भनी ओइरिएपछि, म हतप्रभः एकपटक विवेक-शून्य उभिन्छु, तर, तुरुन्तै ‘भक्भक्’ उम्लिएर पड्किन मात्र वाँकी भएको जस्तो हुन्छु । … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : नेपथ्यभित्र र बाहिरको एक दृश्य !

~प्रकाश के.सी.~ रोक्न खोज्दा खोज्दै बाँध भत्किएझैँ फुत्किएको एउटा लामो सुस्केराले अन्तःस्करणभित्रको भुइचालोको ‘उथलपुथल’ आँखाको पानीसँगै ‘छताछुल्ल’ बनाउँछ र खडेरीले ‘चिरा-चिरा’ पारेझैँ नियतीका समतलभरि कुलेसो बनाउँदै बग्छन्, मनभित्रका समवेदनाहरु… वाफ जमेको ऐना जस्तै स्मृतिपटलभरि धूमिल-धूमिल आकृतिहरु, मधुर सम्झनाहरु जस्ता सजीव … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : डायरी

~विद्या सापकोटा~ मलाई उसको साथी आउने कुरामा खास चासो थिएन रपनि घर त फर्कनु नै थियो । आभा/मेरी पत्नी सुन्न चाहन्थी, आफ्नो लोग्ने अर्थात ‘म’ आफ्नी बालसखाको पहिलो नजरमा कस्तो देखिन्छु ? उनीहरु एकसाथ हुदाँसम्म हर स–सानाकुरा दुईजनाको साझा रोजाइको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सप्राइज

~विद्या सापकोटा~ चकमन्न रात, उल्लुको उहु–उहु, कुकुरको भुकभुक, चुक घोप्ट्याएजस्तो अध्यारो, साच्चै कहालीलाग्दो यो रात । ऊ अर्थात ‘नर्वदा’ निदाउने हजार प्रयासबाट थकित भैसकी, यता–उता केल्टे फेरेकोफे–यै छ अहँ निद आउन्न । हुन त, आज मात्र होइन केहीदिनदेखीका रातहरु आजकल … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मारिलो

~सुनिल संगम~ अचम्म लाग्छ इजरायलमा त जाडो मौसममा झरी पो पर्दो रहेछ । उसै त कुन कानमा सुन भने झैं त्यसै त जाडो मौसम फेरी झरी थपिदा त ? भो जाडोको कुरा गरी साध्य छैन । दिनहरु पनि त निकै … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : यस्तो पनि हुन्छ ?

~निराजन प्रभात~ म परीक्षाको तयारी गर्दै थिएँ आफ्नै कोठामा,बाहिर कसैले आवाज दियो को हुनुहुन्छ घरमा?म परीक्षाको तयारी गर्दै थिएँ आफ्नै कोठामा,बाहिर कसैले आवाज दियो को हुनुहुन्छ घरमा?मैले ढोकाबाट बाहिर नजर दौडाएँ बाहिर हुलाकी दाइ हुनुहुदो रहेछ। “ए!दाइ पो बस्नुस् न”

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : टिस्टा उसरी नै बगिरहेथ्यो

~धन ‘निर्दोष’ सुब्बा~ कहिले काहीँ निद्राले छिटो छोडेको बेला या त बेलुका अलिक कम्ति पिएर सुतेको बेला, बिहानको झुल्के घाममा तल शान्तसित बगिरहेको टिस्टा खोलालाई हेर्छु/हेर्ने गर्छु। कहिले यस्तै बेला टुङ्गो न फेदको अलौटे कसरत गरिटोपल्दा देख्छु र हेर्छु।

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पुनर्जन्म

~सुबिसुधा आचार्य~ जेठको महिनाको उखरमाउलो गर्मी, धर्तीधपधप बलिरहेको थियो । इनार, कुवा र धाराको पानी पनि उमालेझै“ थियो । नजरले अलि पर नियाल्न खोज्ने हो भने सूर्यका विकिरणको प्रभावले रिमरिम देखिन्थ्यो । पृथ्वी राजमार्गमा अवस्थित कुनै एक छेउको बजार गर्मीकै … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : कृति र पुरस्कार

~सुबिसुधा आचार्य~ काठमाडौंको भब्य होटलमा बिमोचित हुँदै थिए दुई कृति । अखबारमा छापिएको न्यूज हेरेरै रामहरि पुग्यो कार्यक्रममा । पास चाहिने रै’छ भित्र पस्न पनि, थाहा पायो गेटपालेले बाहिर धकेलेपछि । जारी थियो मान्छेहरु भित्रने क्रम । पत्रकारको छेको लागेर … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बेवारिसे डायरी

~सुबिसुधा आचार्य~ एकदिन बिहानै ओच्छ्यानमा ढल्किरहेको बेलामा कसैले ढोकामा ढकढक गरेको आवाज आउँछ । म आफूले ओढेको कम्मल पन्छाएर जुरूक्क उठी ढोका उघार्न पुग्छु । ठिङ्ग उभिएको छ ढोकामा काम गर्ने फुच्चे । “म्याडम् ! सर बाहिर जानु पर्ने भयो, … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : माओवादी जनयुद्धमा, मेरो गाउँमा बम पड्किँदाका कहालीलाग्दा दृष्यहरु

~सुबिसुधा आचार्य~ पर क्षितिजबाट रबिले बिदाइको हातहरु हल्लाए पछि गोधुली सन्ध्याको आगमन भइसकेको हुन्छ । घर नजिकैको बाँसघारीमा चराहरु पनि चिरचिर चुरचुर गर्न थाल्छन् । हुन सक्छ उनीहरु पनि बास खोजिरहेका छन् । आकाश अलिकति घोरमाइलो छ । शायद बादलका … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अभिशाप

~सुबिसुधा आचार्य~ टेकुमा अवस्थित पचली भैरवको मन्दिरमा मेरी संगिनी सुदेश्नाकी दिदी सिर्जनाको विवाहको भब्य तैयारी रै’छ । केराको खम्बा एक-एक बित्तामा काटेर पाँच ठाउँमा राखिएको छ भने त्यसको बीचभागमा पैयूँको स-सानो हाँगा गाडेर साथमा उखुका साना-साना पोथ्रा पनि सँगै बाधिएको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : कलिलो मनका यादहरूमा

~सुबिसुधा आचार्य~ पच्छ्याउन खोज्ने साथ बैगुनी । रित्याउन खोज्ने याद बैगुनी ।। बिर्सिऊ भन्दा हृदयको माझ बसेर– बिउँझाउन खोज्ने रात बैगुनी ।।। साथ, याद अनि सिङ्गो रात बैगुनी भएपछि यहाँ कसको के लाग्छ र ?

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : वचनको पालना

~सुबिसुधा आचार्य~ “काम फत्ते भयो त पूर्ण ?” हातको सियोलाई टोपीमा सिउँरिदै जिज्ञासाको झटारो तेर्साउँछु म उसित । ठूलो खकाने झोला काँधमा बोकेर सुसेल्दै ऊ खर्कबाट ओरालो लाग्छ । मेरो सोधाइ, प्रश्न भनौं वा जिज्ञासा उसले सुन्यो या सुनेन, कि … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अष्पस्ट समाचार

~सुबिसुधा आचार्य~ ममी ! बीस रुपैया दिनुस् न भिडियो गेम खेल्न जान्छु कति घरमै मात्र बस्नु थुनिएर । अरुको घरमा कति खेलका सामान हुन्छ आफ्नो त……। ।” ठूलो भद्दा ओठ त्यसमाथि चोसो पसारेर भन्छ ऊ । आमाचाहिँ थालमा पोतेका दाना … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : जलेको कपिलवस्तु र लुटिएकी म

~सुबिसुधा आचार्य~ बाँची बाँची मर्नु र मरेर बाँच्नुमा कति अन्तर हुँदो रहेछ । तीन दिनपछि मृत्युको मुखबाट फर्केर तिमीलाई सम्झने र सम्बोधन गर्ने मौका पाइरहेकी छु मलाई लाग्छ यो सम्बोधन सम्झना हाम्रो भेटघाट पश्चात् लामो अन्तरालमा भएको छ । टेलिफोनमा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बसको यात्रा

~सुबिसुधा आचार्य~ “एक्सक्यूजमी म्याडम ! अलि पर सरिदिनुस् है ।” ऊ सुट्केस घिसार्दै मेरो सिटमा बस्न आयो । म चाहन्थेँ मेरो सिटमा बस्ने सहयात्री केटी नै होस् किनकि पाल्पादेखि काठमाडौंसम्मको लामो यात्रा, यात्राको क्रममा आँखा लाग्न सक्छ, निदाउँन सकिन्छ । … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : यी सबै कसरी भयो काका ?

~सुबिसुधा आचार्य~ पुसकोचिसो काठमाडौं उपत्यकालाई हुस्सुले बेहुलीलाई झैं घुम्टो ओढाएको थियो । मानौ शहर प्रत्येक बिहानी नव दुलही बन्दै अन्मिन्छिन् दुलाहा रविको आगमनमा, जब जब रविका कलिला ताता र राता किरणरुपी हातले उनीलाई सुमसुम्याउँछन् तब बेहुली जस्तैनै हुन्छिन् । त्यही … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : आरनका गोलहरू

~सुबिसुधा आचार्य~ “पुन्टे ए पुन्टे ! कता मुन्टिएछ, यो घोक्रो सुक्ने गरी कराउँदा पनि चाइँचुइँ छैन, आमाचाहिँ कता अन्मरिई ।” आरनमा रहेका गोलहरूले चुसेर बाँकी रहेको रगत पनि चुस्छन् सबै परिवार मिलेर । मच्चाएर उचाली सकेको घन त्यसै लसक्क भुइँमा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : म हत्यारा हैन

~सुबिसुधा आचार्य~ “म हत्यारा हैन, सुन्नु भएन तपाईंहरूले, म हत्यारा हुँदै हैन । सत्ते सत्ते, मेरो आफ्नै प्राणको कसम, पशुपतिनाथले भस्म गरून्, पत्याउनु भएन । श्री मनकामना माईले नाश गरून् मैले झुटो बोलेको भए, म हत्यारा हुँदै हैन ।” “यी … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : नाजुक मन

~सुबिसुधा आचार्य~ मौसम पूर्णिमाको रात जस्तो छङ्ग स्पष्ट खुलेको छ, खुल्ला नीलो आकाशमुनिको लन्डन सहर चम्किलो देखिन्छ एक यौवन सुन्दरीझैँ आफैमा निकै सुन्दर आकर्षणमय । चेरिङक्रस रेल्वे स्टेसनमा उत्रेर लामो आङ् तन्काउँछु म जसरी पोखरीमा डुबेर निस्केको गैंडाले तान्छ । … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment