Category Archives: नेपाली कथा

नेपाली कथा / Nepali Story

कथा : म मरिहाले सात लाख पाउँछेस्

~बुद्धिसागर~ ०६१ साउन १३ गतेले मेरो जीवन नै फेरिदिएको छ। त्यो दिन सम्भि्कँदा म अझै थर्थरी काँप्छु। एउटा दिनले जीवनमा कति असर गर्छ? त्यो म सुनाउँछु- मेरो नाम हो गोमा कार्की। म अहिले पच्चिस वर्षकी भएँ। मेरो एउटा छोरा छ। … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : आँसुको बिजनेस

~बुद्धिसागर~ हृदयको सुख्खा मैदानको माथिपट्ट िउदासीको एक टुक्रा बादल देखापरेको थियो । लामो समय खडेरी भोगेको किसानझैं, म ट्वाल्ल परेर बादल बर्सने प्रतीक्षामा थिएँ । मेरा आँखा पिरा भइसकेका थिए । मेरी श्रीमती पटक-पटक कौतूहलपूर्वक मेरा आँखामा हेरिरहेकी थिइन् । … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : स्वर्ग बंक

~बुद्धी सागर ~ भाग  – १ ——– अर्काको बाइकमा चढ्नै नहुने। सडकको डिभाइडरमा लगेर ठोक्कायो। म त ठहरै। यति चाँडै मरिएलाजस्तो त लागेको थिएन। मरेपछि, सुख्ख पाइन्छ भन्ने कुरा पनि बकवास नै रैछ। असली दुख्ख त मरेपछि सुरु हुँदोरैछ। माथि हेर्दा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : म मर्नै लागेँ, आऊ सावित्री

~बुद्धी सागर ~ म ०११ साल पुस ११ गते जन्मेकी थिएँ। मेरो नाम रह्यो- सावित्री भट्ट। बा कस्ता थिए, मलाई थाहा छैन। म दुई वर्षकी छादै बा बित्नुभएछ। धादिङ मैदीमा हाम्रो घर थियो। खरले छाएको। सानो पिँढी। घरपछाडि गोठ। गोठमा थिए, … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : द पाइड पाइपर

~माया ठकुरी~ टेबलमा राखिएका फोन र त्यससँग सम्बन्धित यन्त्रहरू पुछपाछ गर्नेक्रममा मैले चित्रकथाको द पाइड वाइपर पुस्तक भेट्टाएँ । यो पुस्तक हिजो बेलुका फोन गर्न आउनेहरूमध्ये कसैले भूलवश छोडेर गएको हुनुपर्छ, मनमनै साँचे । सरसफाइको काम सिध्याएपछि त्यो पुस्तक पढ्न … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : भैंसी र मान्छे

~माया ठकुरी~ आठ दिन भइसक्यो छोरोले आँखा नखोलेको जीउ पनि भुङ्ग्रोमा राखेको जस्तो रन्किएको छ । पेटमा अन्नको दाना पसेको छैन । पानी खुवाएको भरमा कतिञ्जेल प्राण धान्ला र …. हरे…. । यो झरीले के गर्न खोज्या होला…. – निन्याउरो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : आर के

~माया ठकुरी~ लगभग सोह्र वर्षको लामो अन्तरालपछि लिली अर्थात् ललिताले सुजातालाई ईमेल पठाएकी थिई । उसले ईमेलमा लेखेकी थिईः मेरी प्यारी साथी बहिनी सुजाता तँलाई मेरो तर्फबाट धेरै माया र चुम्बन । आज यतिका वर्षपछि अचानक मेरो ईमेल पाउँदा तँलाई … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : आगोको ज्वाला

~माया ठकुरी~ ‘हेर्नोस् त मिस ! हामीले यो फूलबारी कति राम्रोसँग गोड्यौँ।’ विनयले आफ्नो समूहका अरू तीनजना बालकसहित रमिलाको अगाडि गएर भन्यो। ‘ए, हो ? खोइ हेरूँ त !’ रमिला मिस बालगृहको प्राङ्गणमा रहेको फूलबारीनेर पुगिन् र भनिन् – ‘ओहो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बोक्सी

~माया ठकुरी~ उसलाई थाहा छ उसका छरछिमेकीहरुले उसलाई ‘बोक्सी’ भन्छन् भनेर । उसलाई यो पनि थाहा छ उसको छिमेकीहरुले उसलाई हृदयदेखि नै घृणा गर्दछन् । यी सब कुरा थाहा पाउँदा पाउँदै पनि आफूमाथि लगाइएको अभियोगको प्रतिकार गर्न सक्दिन ऊ । … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पासो

~माया ठकुरी~ त्यसदिन पनि बोको खोज्न भनी भगतेलाई साथमा लिएर एकाबिहानै घरदेखि निस्केको थियो बमबहादुर । बोकाको मोल दिनदिनै बढ्दै गएको थियो तर बोकाको मोल जति नै बढे तापनि बमबहादुरलाई वास्ता थिएन, कारण, बोकाको मोल जति नै तिर्नुपरे तापनि तिर्नको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अन्तिम निर्णय

~माया ठकुरी~ अचानक आधा रातको समयमा गाउँमा हल्लखल्ला मच्चिन थालेको हुनाले गाउँलेहरू अत्तालिँदै यताउता दगुर्न थालेका थिए । कतिपय गाउँलेहरूले त खास कुरो के हो, त्यो पनि बुझ्न सकेका थिएनन् । जब केहीबेरमै नकाबधारी डाँकाहरूको जत्था घरघरमा पसेर लुटपाट गर्न … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : हरियो बत्ती

~मातृका पोख्रेल ~ आज विहानै रामनाथ आफ्नो पार्टी नेता क. अशोकको घरमा जरूरी पत्र पु¥याउन जाने तयारीमा छ । त्यसैले ऊ हरेक कामहरू चाँडै चाँडै सिध्याउँदै छ । आज अलि सबेरै उठ्यो । श्रीमती काममा गएकी छ, खाना आफैले बनायो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : आगो

~मञ्जु काँचुली~ न्यानो हुन मलाई औधि मनपर्छ । आगोनजीक त्यसको रापसँग सम्बन्ध राख्न मेरा लालायित मांसपेसीका रेशाहरू जाडोका अनुभवले कक्रक्क पर्छन्, पर बलिरहेको आगोको तापमा ती रेशाहरूले देखेर टाढैबाट भावनामा अनुभव गर्न थाल्छन् । एक प्रकारको न्यानो तरङ्ग मेरा मांसपेशीका … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : नादिया र परेवाहरू

~मणि लोहनी~ ‘उनी मलाई आत्मघाती बमवर्षक भएको देख्न चाहन्थे ।’ आफ्ना पतिका बारेमा उनले मलाई बताएको कुरा यही थियो । उनका पति अमेरिकी सेनाको सिकार बने । आफ्नो भूमिमा भएको अमेरिकी हस्तक्षेपको विरोधमा उनका पति अफरोज हुसेन लागेका थिए । … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : ट्युमेनको किनारमा

~मणि लोहनी~ ‘ऊ त्यही हो उत्तरकोरिया । जहाँ हाम्रा मित्रहरू पक्राउ परेका थिए ।’ चीन र उत्तरकोरियाको सीमामा रहेको ट्युमेन नदीको बीचमा पुगेपछि लाराले भनिन् । लारा अमेरिकी नागरिक हुन् । लामो समयदेखि उनी एक अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्थामा कार्यरत छिन् … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : एउटा अर्को खाडल

~महेशविक्रम शाह ~ ऊ खाडल खन्न थाल्यो । रातको निस्पट्ट अन्धकारमा जमिनमा छिटोछिटो खनिरहेकोे थियो ऊ । कोदालोले ताछेका माटाका चपरीहरूलाई डिलमा फाल्दै ऊ खाडललाई सकेसम्म लम्बाचौडा बनाउने ध्याउन्नमा थियो । करीब ५-६ घण्टाको पट्यारलाग्दो हिँडाइपछि सशस्त्र छापामारको टोली त्यस … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मध्यरातमा म्यानहटन

~महेशविक्रम शाह~ मध्यरातमा म्यानहटन असंख्य जूनकीरीहरूको उज्यालोमा जगमगाइरहेको थियो । टाढाबाट हेर्दा बिजुलीका चिमहरू जूनकीरीझैँ प्रतीत हुन्थे । हिजो मात्र पूरै न्युयोर्कभरि हिउँ बर्सेको थियो । हिउँले सम्पूर्ण जमिनलाई ढाकेको थियो । म्यानहटनका गगनचुम्बी भवनहरू र चिल्ला सडकहरू पनि जाडोले … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : छिमेकीको छाता र छाडा छोराहरू

~महेशविक्रम शाह~ पल्लो घरको छिमेकीले एक दिन मलाई फोन गरेर भन्यो, “भोलि तपाईंको घरजग्गाको नक्सा र लालपुर्जा लिएर मकहा“ आउनूस् । नक्सामा जग्गा उल्टोपाल्टो देखिएकाले नया“ नापी गराउनु पर्लाजस्तो छ ।” मैले ‘हवस्’ भनेर फोन राखिदिए“ । मैले उसलाई ‘हवस्’ … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : क्यान्टोनमेन्ट

~महेशविक्रम शाह~ क्यान्टोनमेन्टमा छापामारहरू उत्सव मनाइरहेका थिए। बन्द शिविरभित्र विद्रोही छापामारहरू खुसीले चिच्याइरहेका, हाँसिरहेका, गाइरहेका र उफ्री’उफ्री नाचिरहेका थिए। क्यान्टोनमेन्टको वरिपरि मसालहरू जलिरहेका थिए। मसालको उज्यालोमा विद्रोही छापामारका खुसीले उज्यालिएका अनुहारहरू न् चम्किला देखिएका थिए।

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : भुइँखाट

~महेशविक्रम शाह~ म भुइँखाटमा नै लम्पसार परेँ । म भुइँखाटमा सुत्न थालेको करिब एक साता हुन थालेको थियो । हुन त हाम्रो कोठामा डबल बेडको गद्दादार शय्या नभएको होइन । र, हामी दुई जोईपोइले त्यस गद्दादार बेडमाथि गुटुमुटिँदै जीवनका आनन्ददायक … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : थुप्तेन ग्याछो

~महेशविक्रम शाह~ ऊ अर्थात् थुप्तेन ग्याछो आफ्ना साथीहरूसँगै गुम्बाको प्रार्थना कोठामा प्रार्थनाको मुद्रामा बस्यो । उसको ठीकअगाडि खेम्पो -गुरु थिए । उनको रातो कपडाले ढाकिएको शरीर र नाङ्गो मुडुलो टाउकोतिर दृष्टिपात गर्दै ऊ प्रार्थनाका शब्दहरू स्मरण गररिहेको थियो । खेम्पोले … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अर्काले लेखिदिएको नियती

~मधुवन पौडेल~ पासपोर्टमा उसको फोटो देख्नासाथ मेरा आँखा अगाडि मुरलीधरको अनुहार नाच्न थाल्छ विभिन्न मुद्रामा ! मैले तीन महिना अगाडि उसलाई भेट्दा बेग्लै विस्मात् र पीडा पढेको थिएँ उसको अनुहारमा । उसको कथा र व्यथा सुनेको जो कोहीले पनि मुरलीधरलाई … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : धना दिदी

~कुमुद अधिकारी~ २०६० भाइटीकाको दिन । टीका लगाउने साइत ढिलै भएकाले हामी दाजुभाइहरू सिकुवामा बसेर समसामयिक विषयमा छलफल गर्दै थियौँ । मन उचाट थियो । समग्रमा निराशाका कुराहरू नै थिए छलफलका । रमाइलो मान्नुपर्ने चार्डपर्वमा पनि मेरो मन कुनै बेला … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मुक्ति

~कुमुद अधिकारी~ अरे यो के ? होसमा आउँदा त म आफैँलाई खित्का छोडिरहेकी पाउँछु। हुन पनि अचम्मै हो, आठौँ आश्चर्यजस्तै, होसमा फर्किनु त्यो पनि खित्का छोड्दै। तर अहिले मलाई त्यस्तै भइरहेको छ। म खित्का छोडिरहेकी छु। खित्कैका क्रममा म देख्छु … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : तीन कथा-तीन पात्र

~कुमुद अधिकारी~ कथा एकः पात्र एक कट्……..कट्…………कट्………उफ् ! फेरि बज्न थाल्यो पल्लो कोठाको खाट। यो खाटबजाइ पनि खै ! कुनै समयमा यो खाटबजाइ मेरा लागि आनन्द र लाजको कारक हुने गर्थ्यो तर के गर्नु खै, अहिले त यसले पीडामात्र दिइरहन्छ। … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मेरो बरन्डाको कुकुर

~कुमुद अधिकारी~ कुनै सम्प्रदाय विशेषमा श्राप दिनुपरे भन्छन् रे ­ “लौ, तैँले घर बनाउनुपरोस् ।” घर बनाउनेले भोग्नुपर्ने पीडाको सहज अभिव्यक्ति हुँदो हो त्यो । मैले पनि घर बनाएँ यसपालि र भोगेँ ती सबै पीडाहरू जो मेरोजस्तो हैसियत राख्नेका लागि … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अन्धकार अनन्त

~कुमुद अधिकारी~ मस्तिष्कले शून्यतामा पौडिरहेका बेलामा न केही लेख्‍न सकिन्छ न त केही सोच्न नै। सोचको शून्यता यति सारो भयावह लाग्दो रहेछ मैले यतिखेर अनुभव गरिरहेको छु। बितेका केही हप्ताहरूमा मैले केही लेख्‍न सकिरहेको छैन। भावशून्यताको पोखरीमा डुब्दाडुब्दै केही देखिन्छ … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : जीवन एक यात्रा

~कुमुद अधिकारी ~ उफ् ….! यो हल्ला….! यो चिच्याहट ! यी मान्छेहरूले कसरी सहन सकेका होलान् यो सब ? मलाई त साह्रै झर्को लाग्छ । बसमा बस्यो कि कानै फाट्ने गरी “बदाम…. ए.. बदाम… ए चटपटे…नारियल…मेवा….आजको ताजा खबर….” मानौँ व्यापार … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बिर्खे दाइ

~कुमुद अधिकारी~ यसपालि म काठमाडौँबाट घर आउँदा निकै अस्थिर थिएँ। इलाम आक्रमण भएको पाँच दिन मात्र भएको थियो। सदरमुकाम आक्रमणपछि गाउँघरतिर हालखबर के छ भनेर बुझ्न मन लाग्यो र दौडिएँ घरतिर। दैनिक कामको व्यस्तता र देशको वर्तमान असहज स्थितिले हुनसक्छ, … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : म समानान्तर

~कुमुद अधिकारी~ म आशुतोष, पोखराको नाम चलेको पर्यटन-व्यवसायी । अहिले म बाराही मन्दिरका तलतिर सिंढीमा बसेर पानीका छालहरूलाई नियालिरहेको छु । घरिघरि आकाशमा हेर्छु केही देख्तिनँ । शून्य, रित्तोपन । अगाडिपट्टिको माछापुच्छ्रे पनि फोस्रोपनको पराकाष्ठामा पुगेको छ । अचानक मेरो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

विज्ञान कथा : अल्छी र लापर्वाही मानिसहरु

~कुमार सिंखडा~ यो तीस बर्षको बिचमा कति आए, कति गए। विभागका भवनहरु भत्किए, थपिए। प्रत्येक वर्ष अप्रिल महिनामा नयाँ मान्छेहरु हाम्रो अफिसमा भर्ना हुन्छन्। तर ती कुनै पनि धेरै वर्ष टिक्दैनन्। तिनीहरु काम पनि त्यति गर्दैनन्। फिल्डमा जाँदा हामीलाई अर्डर … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

विज्ञान कथा : सिको

~कुमार सिंखडा~ “ममी? मेरो ममीलाई के भयो?” यो बालस्वर सुनिनु र उसका आँखा खोल्नु एकै साथ भयो। उसले आफूमाथिको सिलिङ् मा टाँगिएको बत्तीको चहक सहन नसकी आँखा एक पटक आँखा बन्द गरी। अनि नाक र घाँटीको बिचभागबाट बलपूर्वक सास बाहिर … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment