Category Archives: नेपाली कथा

नेपाली कथा / Nepali Story

कथा : कुकुर देखी होसियार

~सकु थापा ~ आज मलाई आफ्नो पुरानो साथीले खाना खान निमन्त्रणा गरेको छ । धेरै समयपछि भेट भएकोले पनि साथी कहां जाने इच्छा जाग्यो । ऊ मेरो स्कूले साथी मात्र नभएर गाउँले साथीपनि थियो । अन्तराष्ट्रिय गैह्र सरकारी संस्थाको राम्रो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : फिर्ता भएको मुस्कान

~पुण्य कार्की~ १ ऊ दोपहरको घाममा झोला बोकेर गेटभित्र के छिरेको थियो । बार्तलीमा खेलेकी छोरीले देखिहाली छे । हातको पुतली त्यत्तिकै छोडेर “बाबा ! आउनु भो चिच्याउँदै गेटमा बाबालाई च्याप्प समाउन पुगी । छोरीलाई दुई हातले च्याप्प्ा उठाएर उसले … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : गान्तोकमा दुइ हलोम्यान

~प्रवीण राई जुमेली~ तिनीहरुको उपस्थितिको पत्तोफाँट कसैलाई थिएन त्यहाँ। कताबाट हो एसटिएनएमको अघिल्तिर फुत्त निस्केर मेट्रोतिर तिनीहरुले पाइला चाल्न सुरु गरिसकेका थिए। गान्तोकका सडक, फुटपाथ र चेपचाप सबै ठाउँहरु रङ्गी-बिरङ्गी मान्छेहरुको सल्बलाहटले सक्सकाइरहेथ्यो। तर सधैँ झैं एमजी मार्गको रौनकता भने … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : भक्तेले स्कूटर किनेन

~प्रवीण राई जुमेली~ “आसकाल त जोरथाङमा पनि माङ्नेहरू कत्ति धेरै फैलिएछ हौ!’ बजारबाट भर्खरै आएको भक्तेले लुगा फेर्दै गर्दा धनमायालाई भन्यो। “जॉंगर हराएपछि तेसरी नै त पलापिन्छ मान्छे’-प्रत्युत्तरमा चाहिँ त्यसो भनी धनमायाले पनि। तर हतारले गर्दा त्यति कुरा बढ़ाउँनै पाएन … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : वर्जन

~प्रवीण राई जुमेली~ पहाड़को चेप-चापबाट बादलको सतहबाट सञ्चारित भइरहेछ सारंगीका सेता धूनहरू, अविरल। नदीको स्वरलाई पनि जितेर। म त साह्रै खुशी छु है आज। अचानक नै शहरको कुनै गल्लीबाट एकजना मत्थु मुख्यसड़कमा कलाउनलागेको थियो। तब, वर्षा ऋतुपछि भदाैरे घामले सेकिएर … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बिलय

~प्रकाश सायामी~ कन्टोमैन्टमा उदास धुन बजिरहेको थियो, कुनै पुरानो रसियन गीतजस्तो लाग्ने त्यो धुनको पछिल्लो आलापमा एघार वर्षभत्र मारिएका ती मृतकहरूको आवाज समाहित थियो । सानो अन्तरालपछि कन्टोमैन्टमा विश्रामजस्तो छायो । नजिकै रहेका एकजना पर्यवेक्षकसित म यो कन्टोमैन्टसम्म कतिजना महिला … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सुजाता,एक पेग कोन्याक र नयाँ बर्ष

~प्रकाश सायामी~ इमेलमा उनको पत्र आउँदा लगभग पौने बाह्र बजिसकेको थियो । पौने बाह्रको त्यो समय मेरा निम्ति प्रियकर हुन्छ । मलाई सम्झना छ… पौने बाह्रको यही समय नै मैले सम्भवतः पहिलोपटक चुरोटको स्वाद लिएको थिएँ । त्यसलाई मैले त्यतिबेलाको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : आमा

~प्रज्ञा निरौला ~ आजभन्दा केही वर्ष अगाडिको कुरा हो, एकदिन मलाई आˆनी आमासँग रमाउने तीव्र अभिलाषा जागेर आयो । आमाको काखमा घाम तापेर मीठामीठा गफ गर्न र आराम गर्न मन लागेको थियो । आमालाई यसो चियाएर हेर्न खोजेँ, आमा आफ्नै … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : काठमाडौं फ्लु

~प्रदीप नेपाल~ काठमाडौंबासीलाई रामरी सिध्याउन सकिन्छ भनेर चार वर्ष पहिले बर्डफ्लु पस्न खोजेको थियो । खुला ट्रकमा बसेर आएका सय थान बर्ड फ्लुहरू ढुङ्गाअड्डाबाट ओरालो लाग्दानलाग्दै हिक्हिक् गर्न थाले । कलङ्कीको जाम र बल्खु खोलाबाट उठेको दुर्गन्धको निश्वासले पचास थान … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : धन मोह

~पदम भण्डारी~ काठमाण्डौंमा टेम्पो चढेर धेरै क्षणहरु बाँचिसकेको छु मैले । हुन त मसंग गियरवाला माउन्टेनबाईक छ, होण्डाको साईन मोटरसाईकल छ, होण्डा ब्रियो कार छ, तापनि मेरो मनको कुन अन्तसकरणले डोऱ्यायो कुन्नी मैले यात्राको क्रममा एकदिन बानेश्वर देखि लगनखेलसम्म टेम्पो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अभागी माझ्घरे

~नोवल निरौला~ छेत्रीगाउँ भएर होला दिनहुँ चर्चा हुन्थ्यो खसीको। धार्नीको ८ सय पुगिसकेकाले किनेर खान असम्भव नै थियो गाउँलेहरुलाई। कि त आँफैंले पाल्नु पर्‍यो हैन भने थुक निल्दै बस्नु सिवाय अरु उपाय नै थिएन। त्यही भएर बडेमानको घोर्ले खसी फिर्ता … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : रेड वाइन

~नयनराज पाण्डे~ ‘ओहो ! हजुरले कैले पनि पिइबक्सन्न ? साँच्ची ? हजुरलाई रम, ब्रान्डी, हि्वस्की, वाइन कसैको पनि स्वाद थाहा छैन ? हजुरजस्तो व्यक्तिलाई पाएर हामी धन्य भएका छौँ । खुसी छौँ । साह्रै खुसी छौँ । हजुरको नेतृत्वमा काम … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : एउटा चियागफ

~नवराज सुब्बा~ ‘हेर्नोस् ! हरेक मानिसका चारओटी श्रीमति हुन्छन् ।’ अग्ला कदका महेन्द्रजी जो कहिलेकाहीँ साथीहरूसँग ठट्यौली गर्ने गर्दथे, साथीहरूको बीचमा चियाको कप समात्दै ठाँटिएर गफ गर्दै थिए । म अलिपर उभिएर चिया पिउँदै थिएँ । दुइतीन मिनेटसम्म पनि उनको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : उपहार ससुराको फैसला हजुरबाको

~नारायण तिवारी~ हाम्रो समाजमा बिहेको माग राख्ने चलन नभए पनि मागी बिहेमा केही न केही पाइहालिन्थ्यो । केही नभए पनि एकसरो लुगाफाटो र सुत्नलाई एउटा खाट र डसना सिरक कतै नजा ! तर मैले मागी कोइन ‘भागी’ बिहा गरेको थिएँ … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : एक जुगमा एकदिन

~नारायण तिवारी~ जिन्दगीमा पहिलोपल्ट उसलाई आफ्नो शिर ठाडो भएर उठेको महसुस भएको छ । जतिपटक ब्यारेकअगाडिबाट बाटो काट्थ्यो, त्यतिपटक उसको शिर निहुरन्िथ्यो । ‘श्री ५ महाराजाधिराज सरकारको जय जय जय, श्री ५ बडामहारानी सरकारको जय जय जय ‘ जतिपटक ऊ … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : विपरीत

~नारायण तिवारी~ मैले उसको पसलमा प्रवेश गर्दा उसले मुण्टो उठाएर हर्ेदा पनि हेरेन । उसको आ“खाले मलाई देखिसकेको थियो । किनभने मेरो आ“खा निमेषभर उसको आ“खासित जुधेका थिए । मैले साविकझै“ मुस्कान फाले“ । उसले नचाहेर ओठ खुकुलो पार्‍यो । … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : एक दिन

~नारायण तिवारी~ यहाँ जन्कुको दोकान थियो । म ठम्याउन खोज्छु । घरहरू पहिलेका जस्ता छैनन्, अब । उः बेला सबै घरहरू प्रायः फुसका थिए । अहिले देख्दै छु— प्रायजसो टिनका घर छन् । एकाध पक्का पनि । अनि फुसका घर … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : ज्वालामुखी

~नारायण तिवारी~ —“ए विन्देश्वर ! अलिक राम्ररी काट् है । ” —“त्यो पनि भन्नुपर्छ ?” —“नभनेर के गर्नु, अस्तिको पालि तैँले मेरो साइडलक नै बिगार्दिछस् !” —“हे काँ बिगारेको छु त्यस्तो नभन् न ।”

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बिल्टुकी दुखिनी

~केशव दाहाल~ बिल्टुकी श्रीमती थला परेको आज १५ दिन भयो । एक्कासी ज्वरो आयो । निकै कडा ज्वरो । भख्खर ३५ वर्ष पुगेकी खाइलाग्दी दुखिनी अहिले ओछ्यानमा छे । कसैको केही नबिगार्ने, सोझी र मेहनती दुखिनीलाई यो सालको असार फापेन … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बिरानो सहर

~ प्रदीप बगाले~ ढलमात्र बगिरहेछ । नदी भन्नै नसकिने । यहीँको कञ्चन पानीमा पौडी खेलेका बाल्यकालीन संस्मरण भ्रामकजस्तै लाग्छन् अहिले । नदी साघुरिँदै गयो । किनारका जग्गा अतिक्रमण गरेर टहरा ठड्याइए । राजधानीभित्रकै उक्त दृश्य राज्यले देखेन ? वा मौन रह्यो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

युद्धकथाः घर फर्किएको मानिस

~यादव देवकोटा~ मैले देख्दा ऊ आँगनछेउ मेवाको रुखनेर उभिएको थियो । खिया लागेको टिनको बाकस बोकेर । गोठतिर चिहाइरहेको थियो, सातो गएजस्तो उदासी अनुहारमा उतारेर । गोठ रित्तै छ । उसका बा गएदेखि । छोरोको खबर बुझ्न सदरमुकाम गा’थे । … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

युद्धकथाः आँशुको आकास

~यादव देवकोटा~ ‘हाँसी राखन माया बोली राखन …. ।’ उ गुन्गुनाई रहन्थ्यो यही गीत जब हाम्रो भेट हुन्थ्यो । वैशाख–जेठको धुपमा सिरसिर चलेको बतासले फिरफिर पार्र्र्दै हल्लाएको सालको पातझैं देखिन्थ्यो उसको ओठ । स्वर मिठो । लय मिलेको । …

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : के म द्वन्द्वपीडित होइन?

~टीका बिष्ट~ ‘कहाँ हो कमरेड ?’ कतिपछि धनकलीले फोन गरी, ‘काठमाडौंमा आ’छु । भेटौं न मिल्छ भने ।’ कसरी सम्झिछ ! भनें, ‘आज अलि व्यस्त छु । भोली भेटौं न ल ।’ मनमनै सोचें, कमरेड नभन्नुपर्ने उसले । बच्चादेखिकै मिल्ने … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : एक्लो भगवान्

~बुद्धिसागर~ तीखो धुवाँलाई चिर्दै म भित्र पसेको थिएँ ।  मैतीदेवीको व्यस्त चोकको भित्रपट्टिको क्याफेमा झुन्डझुन्ड मानिस मौरीझैं भुन्भुनाइरहेका थिए । सोमालियाको बाघ भोकले दुब्लाएर बिरालो भएझैं, त्यो क्याफे पनि सन्निपातले ग्रस्त रोगीझैं जीर्ण र लथालिंग देखिन्थ्यो, भट्टीबाट क्याफेतिर बढेको तर … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मैले भगवान देखें

~बुद्धिसागर~ ०५५ भदौको दोस्रो हप्ता । बिहान नौ बजे । मैले २९ नम्बरको गोल्डस्टार जुत्ता गोडामा बाधें । मान्म बजार फन्का लगाएँ । जुत्ता टपक्क टाँसिएका थिए । पाइताला रापिला भए । म जुत्ता छान्न कहिल्यै जान्दिनँ । कि त … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : छोरी माग्न जाँदा..

~बुद्धिसागर~ करिब एकवर्ष अघि जन्डिसले ग्रस्त एकजना मित्रले पुरानो बानेश्वरको आफ्नो घुर्मेलो डेरामा बोलाएर मलाई भनेका थिए, ‘कविजी, अब बिहे गरौं।’ म हाँसेँ। ‘बिहे नगरेर नै मलाई जन्डिस भएको हो।’ म झन् हाँसेँ। ‘हेर्नुस्,’ उनी भावुक पनि भए, ‘खाना राम्ररी … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : रातभर चन्द्रमा खसिरह्यो

~बुद्धिसागर ~ पुराना दिन पुराना लुगा होइनन्, मनलाग्दा टक्टकाउन मिल्ने। पुराना कैयौं दिन यस्ता हुँदारैछन्, जो भित्री दिमागमा चेपिएर बसेका हुन्छन्, कहिलेकाहीँ ती चेप उक्किन्छन्। शिवरात्रिको तयारीसहित पशुपतिका भर्‍याङ, चेप र घुम्तीहरूमा धुवाँ बेस्मरी उड्न थालेपछि, नांगा बाबाहरूले हातमा झाडु समाएर … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : दोस्रो प्रेम

~बुद्धिसागर~ रातिदेखि नै बेस्मारी हिउँ पर्न थालेको थियो। फुसफुस कपासझैं खसेको हिउँले बिहानसम्म त दोकानअगाडिको सडक सेताम्मे पारेछ। मुखबाट निस्केको तातो बाफलाई परपरसम्म उडाउँदै म टोलाइरहेको थिएँ। अनुहार धुने उत्साह पनि भएन। ज्यान पुरै कठ्याङि्ग्रदै गइरहेको थियो। क्यासेट प्लेयरमा हिन्दी … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पिलपिल [लाइभ]

~बुद्धिसागर~ सल्लाघारी भुइँकुहिरोले भरियो। रमेश र म चिरानीले सालका रूख चिरेको हेरिरहेका थियौं। पानी दर्किन थालेपछि घरतिर दगुर्‍यौं। आधा घन्टापछि, मान्मबजारको वल्लो किनारमा पुग्यौं। म भित्रसम्म भिजेको थिएँ। घरघरमा ओत लाग्दै हिँडिरहेको थिएँ। उसलाई देखेँ। ऊ एउटा दोकानको कुर्सीमा उपरखुट्टी … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

काठमान्डु, म हारेर फर्कन्नँ

~बुद्धिसागर~ अघिल्लो दिन र रात मैले भोकै कटाएको थिएँ। मेरो मनिब्यागमा फुटेको कौडी थिएन, थिए त केवल ठुल्ठुला मान्छेका बिजनेस कार्ड। जसमा म नम्बर डायल गर्न सक्दिनथेँ। आँटै गरेपनि मसँग लोकल कल गर्ने तीन रुपियाँ थिएन। बिहानै पेट कताकता दुखेजस्तो … Continue reading →

Posted in नेपाली कथा | Leave a comment

कथा : एक मच्छडको आत्मकथा

~बुद्धिसागर~ अफिसमा पस्नासाथ रिसेप्सनबाट मैले एउटा पुलिन्दा पाएँ। रिभ्युका लागि आएको किताब होला भनेर खोल्न हतार गरिनँ। साँझ घर फर्किने बेला के रैछ भनेर खोलेँ। भित्र तहतह मिलाइएका थोत्रा कागजका पन्ना थिए। एकदम केरमेट। कसैले रिभ्युका लागि पान्डुलिपि नै पठायो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : गैंडा टाइम्स

~बुद्धिसागर~ सिसौको रूखमुन्तिर सुस्ताइरहेको थिएँ। बेलाबेला बाक्लो छाला सुम्सुम्याउन आइपुग्ने चिसो बतास अबेरपछि महसुस हुन्थ्यो। चराहरू चिरबिराइरहेका थिए। सोचिरहेको थिएँ – एकछिन पछि कर्नालीतिर नुहाउन जान्छु। ‘केटा,’ आवाज आयो। मैले आवाज आएतिर नियालेँ। तीनचार जना केटी रैछन्। मैले मधुरोगरी देखेँ। … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment