Category Archives: नेपाली काव्य

Poetry

गजल : तड्पिएँ तिमीलाई भनेर

~जीर्ण भागेदार~ दिनरात तड्पिएँ तिमीलाई भनेर जिन्दगी नै अर्पिएँ तिमीलाई भनेर कोपिला नै थियौ हिजोसम्म तिमी

Posted in गजल | Tagged | Leave a comment

जीर्ण भागेदारका चार रुबाईहरू

~जीर्ण भागेदार~ १. चित्त बुझाएँ नदुख्ने मुटु बेसरी दुखाएँ के–के सोचेँ, आँसुले भिजाएँ उनले मलाई नहेरे पनि मैले हेरेरै चित्त बुझाएँ ।

Posted in रुबाई | Tagged | Leave a comment

गजल : मन पर्न थालेको ।।

~राजन रुचाल~ तिमी मलाई किन मन पर्न थालेको ।। मैले तिम्लाई किन माया गर्न थालेको ।। कतै म पागल त भाको रैन छु ।

Posted in गजल | Tagged | Leave a comment

रुबाई : ओखलढङ्गा

~दीपक कालिकोटे~ म सँङ्केत गुलावको थुङगा मन पर्छ । समुन्द्रपार गरिदीने डुङ्गा मन पर्छ । ताते बोली

Posted in रुबाई | Tagged | Leave a comment

कविता : आइज निँदरी आइज ………

~निर्मलमणि अधिकारी ‘आयोदधौम्य’~ सानैमा झोलुङ्गामा हल्लाउँदै सूरिलो राग मेरी आमा अलाप्नुहुन्थ्यो ः “आइज निँदरी आइज … …” र म हाऽऽई गर्थें आँखा मिच्थें र निँदरी आउँथी । सानैमा

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रेमबाद अबिस्वास र अस्तित्व

~सुजन बुढाथोकी ‘कान्छा’~ सुन्दर युवती राधाको चाहा थियो कि जिवनमा एउटा इमान्दार केटासङ्ग प्रेमबिवाह गरेर। परिवार बसाउने । असङ्गख्य पुरुषहरु आए नारिबादी कुराहरु सुनाए अनि उन्लाइ फकाए फुल्याए र बिस्तारै उन्लाइ आफ्नु मायाजालमा फसाए ।

Posted in कविता | Tagged | Leave a comment

कविता : तिमी मेरि तिम्रो म भन्थें

~शम्भुप्रसाद ढुङ्गेल~ तिमी मेरि तिम्रो म भन्थें अगाडी… भयें कर्मले धमै छाड्ने पछाडी । भयेको छु यस्ले म पाल् समान वियोग्ले जली तैपनी जान्न ज्यान ।।१।। तिमी मेरि तिम्रो म भन्थें अगाडी

Posted in कविता | Tagged | Leave a comment

कविता : नाथ

~शम्भुप्रसाद ढुङ्गेल~ अनाथ पारीकन नाथ ! यो घडी विदा लिनूहुन्छ हरे ! कसो गरी । सँगै बरु लानुहवोस् सँगै रहूँ परे जती दुःख दुवै मिली सहूँ ।।१।। हजूरका साथ रहे हुँदामहाँ थियेन हेर्ने बलतक कसैमहाँ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रिये

~शम्भुप्रसाद ढुङ्गेल~ मुसुक्क हाँसीकन नेत्र तर्की सुटुक्क मेरो लियि चित्त फर्की । फुरुक्क पछर्यौ तिमी विध्न प्यारी मलाई वाधा हुनजान्छ भारी ।।१।। शरद्शशीतुल्य प्रिये ! मुहारले

Posted in कविता | Tagged | Leave a comment

कविता : हे सुन्दरी !

~शम्भुप्रसाद ढुङ्गेल~ तिमी असल प्रेमकी चिज भयेर ऐले प्रिये । मलाइ यसरी यहाँ विपत प्रेमले नै दिये । कसो भनुँ कसो गरुँ नभनुँ के नबोलूँ यहाँ अभागि मसरी अरु अब हुनेछ को लोकमहाँ ।।१।। तिमीसित छ प्रेमको कमल पुष्प खुस्बू … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : सँगिनि

~शम्भुप्रसाद ढुङ्गेल~ सँगिनि किन भयौ अती मलीन तिमिकन कुन् विपत् नवीन । अधर दुइमहाँ छ चोटचाट किन सखि ! बिग्रनगो समस्त छाँट ।।१।। दुइतिर पसिना चुहीरहेछन् । नयन समेत गुराँस झैं भयेछन् । किन सखि ! तिमि बस्तछयौ नबोली

Posted in कविता | Tagged | Leave a comment

कविता : शकुन्तलाबाट

~शम्भुप्रसाद ढुङ्गेल~ जान्छिन् आज शकुन्तला घर भनी उठतो छ चिन्ता प्रति प्रीतीका मनमा प्रवाह बहँदा रोकिन्न आंसू रती । हामी झैँ वनवासिको पनि भयो यो गत् भने यो घडी बस्छन् धैर्य गरी गृहस्थ कसरी छोरी बिदाई गरी ॥ (१) जो … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : प्राभातिक प्रवोध

~चक्रपाणि चालिसे~ विचित्र चातुर्य चरित्रमा भरी अमन्द आनन्द दिलाउने गरी । उठे शकुन्तादिक, मञ्जुलध्वनि सुनिन्छ, जागा अब होउ सुस्तनि ।।१।। प्रभातकालीन हवा मनोरम चली रहेको छ हुरी रतिश्रम । सुनिन्छ उच्चैस्तर कुक्कुटध्वनि प्रवुद्ध होऊ अब हे नितम्बिनि ।।२।।

Posted in कविता | Tagged | Leave a comment

कविता : उद्योग

~चक्रपाणि चालिसे~ उद्योगमै छ सचराचर नित्य सक्त । प्राब्रह्म कीटतक उद्यमके छ भक्त ॥ उद्योग नै छ सुखको परिपूर्ण वास । उद्योग गर्दछ नयाँ युगको विकास ॥१॥ उद्योगबाट नहुने चिज भन्नु के छ? उद्योगमै भुवनकोष जमीरहेछ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : नीतिशतक

~चक्रपाणि चालिसे~ विद्वानमा गुण नै हुन्छ, मूर्खमा दोष नै सब । तस्मात् मूर्ख हजारैाँमा विद्वान यैाटै विशेष छ ।। १ ।। विद्वान हुनु नृप हुनु कसै हुन्न बराबर । राजा स्वदेशमा पूज्य हुन्छ, विद्वान सबैतिर ।। २ ।। गुण छैन … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : विजुलीको असर

~सोमनाथ सिग्देल~ क्या हो यो सन्मुखमा अति चित्र चलाक चालको सुषमा । यो तेजीलो जोडा दौडाउँछ दिव्य दीप्तिको घोडा ।।१।। टाढा छ बादल-दल स्पष्टै छन चन्द्रमा पनी विमल । जोडा बिजुली गोला विचमा झल्कन्छ किन होला ?।।२।।

Posted in कविता | Tagged | Leave a comment

गजल : मन् हर्न लागे

~मोतिराम भट्ट~ इ सानै उमेर् देखि मन् हर्न लागे इनै सुन्दरीले जुलुम् गर्न लागे कहाँसम्मको आँट लौ हेर तिन्को रिसाएर आँखा पनि तर्न लागे

Posted in गजल | Tagged | Leave a comment

कविता : धनशराहरू

~विज्ञान राज~ मध्यरातमाः निकै सर्तकताका साथ अलग्गाई रहेकी छे धनशरा क्षेत्री बाँकी जीवनलाई जैसे दलितको अँगालोबाट । निकाली रहेकी छे आफुलाई मनबाट, त्यही मनबाट, जुन मनका लागि उसले जलाएकी थिइ सपना र घर ! लताएकी थिइ जात ! भत्काएकी थिइ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : अपिल

~डा. जीवेन्द्रदेव गिरी~ साथीहरू, दरा खुट्टा टेक्नोस् गन्तव्यतिर पाइला उचाल्नोस् ससाना कुण्ठालाई डँढेलो लगाउनोस् आफ्नै ‘म’का विरुद्ध जाइ लाग्नोस् स्वार्थी खेलका पुलिन्दा तयार गर्ने र द्वेष क्लेशका ब्याड बनाउनेलाई भस्म पार्नोस् ! भस्म पार्नोस् !

Posted in कविता | Tagged | Leave a comment

कविता : पर्खालहरु भत्काउन फुलमाया

~हरि बहादुर भुजेल ‘विभास’~ कसरी अडेको छ पर्खाल यति ठुलो ? के मा जमेका् छ पर्खाल यति साह्रो ? कसरी खडा हुन्छ पर्खाल र छुट्टाउछ सिमा फुलमाया

Posted in कविता | Tagged | Leave a comment

कविता : फुलमाया अव रुन्न ।

~हरि बहादुर भुजेल ‘विभास’~ अव फुलमाया एक्लै हुदै हुन्न अव फुलमाया विनाकारण आशुमा डुब्दै डुब्दीन फाटिएर पनि सुख नपाएको उसको चोलिले परेलीको सोकेश पुछ्नु छैन अव फुलमाया

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : रक्सी र तिमी

~जीर्ण भागेदार~ छन्द : शशिवदना जबजब भेटेँ तबतब हाँस्यौ । हिमगिरिजस्तै मन-मन गाँस्यौ ॥ अलमल पार्दै नव नव हेर्यौ । ढलमल भा’थे दिलसित बेर्यौ ॥

Posted in छन्द कविता | Tagged | Leave a comment

रुबाई : बानी बस्यो

~जीर्ण भागेदार~ बोल्न नि डराउने बानी बस्यो कल्पनामा हराउने बानी बस्यो जो होस् जस्ती

Posted in रुबाई | Tagged | Leave a comment

कविता : लाठो र लठेत

~जीर्ण भागेदार~ कहिले पाक्ला पेन्शन त्यो थाहा छैन । अर्काको आकांक्षा धुतेर आफ्नो इज्जत लुटेर दिनहुँ लठेतहरु जागिर खाइरहन्छन् ।

Posted in कविता | Tagged | Leave a comment

गजल : मस्केर गई

~जीर्ण भागेदार~ मलाई हेरेर मस्केर गई क्या मीठो माया पस्केर गई सपना हो कि विपना हो

Posted in गजल | Tagged | Leave a comment

व्यङ्ग्य कविता : नाठी स्वास्नी

~जीर्ण भागेदार~ लाज, घिन, इज्जत फाली अरुतिरै सल्केकी छे हुँदोखाँदो लोग्ने छाडी अरुतिरै पल्केकी छे लिपिस्टिक, क्रिम, पाउडर लगाई–लगाई ढल्केकी छे नाठो पोईका अगाडि टिलिक्कै टल्केकी छे । एकमिटरको कपडाले शरीर बेर्न पुगेकै छ

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

गजल : मैले पाएको छैन

~जीर्ण भागेदार~ चिठी पठाएँ भन्छ्यौ मैले पाएको छैन तिमीबाहेक अन्त माया लाएको छैन तिम्रै मुटुमा बस्छु, तिम्रै सपनी देख्छु तिमी छाडेर अरु मैले चाहेको छैन

Posted in गजल | Tagged | Leave a comment

कविता : वनवास जान्छु

~जीर्ण भागेदार~ हेप्ने र धुत्ने सब काम देख्छु अश्लील बोल्ने सब राम देख्छु अर्ती नदेऊ, किन आज मान्छु कौडा पछारी वनवास जान्छु । प्रगत्ति देखी थुक झार्नु झारे घाऊ बनाई चुक हाल्नु हाले

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : कल्पनाकी परी

~जीर्ण भागेदार~ छन्द : चौबोला चिठ्ठी मात्रै लेखेको छु भेटघाटै भा’को छैन । कस्ती होली थाहा छैन फोटो पनि पा’को छैन ॥ देखेजस्तै लाग्दो रै’छ नदेखे नि उसलाई त ।

Posted in छन्द कविता | Tagged | Leave a comment

जीर्ण भागेदारका तीन रुबाईहरू

~जीर्ण भागेदार~ पहिले पहिले ढल्केर हेरियो नहेर्नु हेरेपछि सल्केर हेरियो हेराइको मज्जा तब पो आयो जबदेखि झन् पल्केर हेरियो तिम्रो वैँशले ढल्नेहरुले, तिमीलाई मजाकै लागि छोलान्;

Posted in रुबाई | Tagged | Leave a comment

जीर्ण भागेदारका पाँच रुबाईहरू

~जीर्ण भागेदार~ प्रेमपत्र त कत्ति लेखियो–लेखियो तर लेखाइको कुनै लेखाजोखा छैन, रुपैका राम्रा कत्ति भेटियो–भेटियो तर भेटाइको कुनै लेखाजोखा छैन, वैँशमै दुनियाँ रङ्गीन लाग्छ, वैँश नै जीवनको रङ्गीन हुन्छ, यौवनको प्यास कत्ति मेटियो–मेटियो तर मेटाइको कुनै लेखाजोखा छैन । घर … Continue reading

Posted in रुबाई | Tagged | Leave a comment

कविता : भए हुने थियो

~नयराज पन्त~ सानो क्षुद्र लिएर भित्र मुटुमा उद्देश्यको नीचता, नाच्ने दुच्छर यो स्वभाव मनको हट्तै गए दूरता । हामी सत्ययुगी प्रपञ्चतिरको सारा कुरा बुझ्दथ्यौं, सच्चा त्यो इतिहासको पनि सबै पत्ता त्यसै लाउँथ्यौं ॥ (१)

Posted in कविता | Tagged | Leave a comment