Category Archives: नेपाली काव्य

Poetry

कविता : दुश्मनहरुको लाश निकाल

~युद्धप्रसाद मिश्र~ भ्रष्ट प्रशासन व्याप्त अशान्ति क्षुब्ध लोकमत उन्मुख क्रान्ति पोथी पत्रे दण्डित दण्डित महल अटारी खण्डित खण्डित तरुण रगतले आँखा हे-यो

Posted in कविता | Tagged | Leave a comment

गजल : कस्तो मोहनी लगायौ

~भूपेन्द्र काफ्ले ‘नयन’~ एक्कै रातमा यो कस्तो मोहनी लगायौ तृष्णा र थकान खै कुन्नी कता भगायौ म तिम्रो पछि पछि ऑउदै थिए तर कुन्नी मेरो मायॉबाट कसरी पो अगायौ

Posted in गजल | Tagged | Leave a comment

गजल : छातीभरि देश दुख्छ

~केशब भट्टराई~ ढल्यो आस्थाको चौतारी छातीभरि देश दुख्छ । बुध्द बन्यो बन्दूक़धारी छातीभरि देश दुख्छ । जसलाई सुम्पेँ एकताको बाग़ आज उसैले नै, मासि दिदाँ फुलवारी छातीभरि देश दुख्छ ।।

Posted in गजल | Tagged | Leave a comment

कविता : अलकत्रा

~काप्पोबा चुम~ काठमाण्डौमा अलकत्रा माथी अलकत्रा थपिन्छ प्रत्येकदिन ढुङ्गाको जन्म हुन्छ गाउमा अलिकती अग्लो थियो धरहरा ढल्यो त्यो अग्लो धरहरा पनि अब के देखियोस ?त्यो सिंहदरबारबाट प्रकृतिले हेपेको सिन्धुपाल्चौक जहाँ धरहरा भन्दा अग्लो – अग्लो मन ढलेको छ । एक … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : भाग्य

~रामु गैरे~ जन्मदा खेरी भन्थेरे पण्डितले यो बालक धेरै भाग्यमानी हुन्छ भनेर नुवारन गराउदा खेरी भन्थे रे देश बिदेशमा राम्रो नाम कमाउनेछ के को होस् सबै उल्टै उल्टो भईरा’छ भात खुवाउँदा भन्थे रे कति सन्तोष भएर हाँसिरहेको छ

Posted in कविता | Tagged | Leave a comment

कविता : न म देबता हुँ न त दानब हुँ

~सुदर्शन सापकोटा~ न म देबता हुँ न त दानब हुँ। कर्मलाई धर्म ठान्ने म त मानब हुँ। न म हिरा हुँ न त मोति हँ। तिम्रो दुःखको साथी म त भोकाको रोटि हुँ।

Posted in कविता | Tagged | Leave a comment

सिजो : तिमीलाई हेर्दा

~सुष्मा आचार्य~ तिमीलाई हेर्दा आँखा झुकिदिन्थ्यो बोल्न खोेज्दा अनुहार

Posted in सिजो | Tagged | Leave a comment

कविता : आव्हान

~भिम बहादुर थापा~ परदेशको यो प्राङ्गणभरी एउटा दशैं मनाऊँ भन्छु घर छाडी टाढा आज भव्य संयोग बनाऊँ भन्छु। ** नियतिको नभ-भरी फूलको नसा रसाऊँ भन्छु पेवा होइन, पराई छैन नेपाली मन बगाऊँ भन्छु।

Posted in कविता | Tagged | Leave a comment

कविता : खोज

~शिरिष लामिछाने~ सत्यको खोजीमा म आइपुगेँ एक नयाँ ठाउँमा ठाउँको नवीनता नियाल्दै सत्य सम्झिरहेछु किञ्चित आशावादी हुँदै अघी बढीरहेछु आशा बढ्दै छ र आकांक्षा पनि तर फेरी त्यही “नोस्टाल्जिया”ले

Posted in कविता | Tagged | Leave a comment

गजल : कुरा तिम्रा मिठा कति

~गणेश कार्की~ खोली रहु बन्द ओठ, कुरा तिम्रा मिठा कति हासो तिम्रो सँधै उस्तै, कति सहि झुटा कति । छिटो–छिटो बोल्ने हुँदा कति कुरा गल्ति हुन्छन् तुरुन्तै ठिक्क पार्ने, खप्पिस ओठ छिटा कति ।।

Posted in गजल | Tagged | Leave a comment

गजल : मन्दी आएको छ

~अभागी कान्छा गाउँले~ जिबन हलचल गराउदा, मन्दी आएको छ साच्चै अचम्म मन पराउदा, मन्दी आएको छ गाजालु ती मृग नयन संगै, काला केश राशी एकोहोरो हेरी हराउदा, मन्दी आएको छ

Posted in गजल | Tagged | Leave a comment

गजल : खुस्स पस्ने जून बन्छु

~कमल प्रकाश पौडेल ~ मध्यरात ¤याल चिर्दै, खुस्स पस्ने जून बन्छु तिम्रो कोमल तनभित्र, लेप लाग्ने ऊन बन्छु ।। साँच्चै राख्छु भन तिमी, हृदयको कठघरामा छातीभित्र बाटै बग्ने, तातो रातो खुन बन्छु ।।

Posted in गजल | Tagged | Leave a comment

कृष्ण पहारीका तीन हाइकु

~कृष्ण पहारी~ हिजो आज त मन रित्तिए पछी भोरिनै छाड्यो १ धमिरा हरु भित्र भित्र खान्छ्न्

Posted in हाइकु | Tagged | Leave a comment

कविता : उडाइ लग्यो सानो संसारको छानो

~आचार्य प्रभा~ रहेन अस्तित्व तिम्रो अब खै!तिम्रो रूपको महत्व अनी खै तिम्रो मीठो अभिनयको औचित्य ? सब छताछुल्ल भए तिम्रा भावनाहरु , अनी धमिला बागमतीमा अनुवाद भयो तिम्रो त्यो निस्कलंक कुमारीत्व ।

Posted in कविता | Tagged | Leave a comment

छोक : म

~ज्ञानेन्द्र स्थापित~ म कसलाई भनुं मेरो मुखको हाँसो मात्र छिया छिया परेको मुटु को रोदन माथि को

Posted in कविता | Tagged | Leave a comment

कविता : थाहै भएन

~बिकास सुबेदी~ थाहै भएन मलाई कब म सुगा भएछु ? आफ्नै नाम पनि म भित्तामा लेख्न थालेछु | आफ्नै मातापिताको पनि नामै भुलेछु , थाहै भएन मलाई कब म सुगा भएछु ? छंगछंग ति किनारका आवाज म सुन्न छाडेछु ,

Posted in कविता | Tagged | Leave a comment

कविता : कसलाई दिउ दोष यहाँ ??

~गणेश पुर्बछाने मगर~ कति दिन बिते यहाँ कति रात हरु म त सधै तिम्रै सम्झनामा रोइरहेछु मन भरि अनगिन्ति पिर ब्यथा संगाली थाहै नपाइ रस्यो नयन तिम्रै यादमा भिज्यो सिरानी

Posted in कविता | Tagged | Leave a comment

गजल : पराईको हात समाएर !

~सुरेन्द्र खौलराठी~ मेरो हातमा चिठी थमाई पराईको हात समाएर ! गइन उनि हासि हासि मलाई एक्लो बनाएर ! हेर्दा हेर्दै ओझेल परिन टोलाइरहें दिनैभरि, कहाँ पुगी हास्दै होलिन मेरो दिल रुवाएर !

Posted in गजल | Tagged | 1 Comment

कविता : समय

~अतित मुखिया~ समय जव सृजनशील हातहरुमा अनि पौरखी पाखुरीमा सल्बलाउछ बिकाश सगरमाथा भएर अग्लन्छ ज्ञान ढुङ्गामा पनि तेल भएर पग्लन्छ । कर्तव्यबाट पलायन भएर कहिल्यै बिपरित मोडिन जान्दैन समय झिनोमसिनो निजांग्रे भएर

Posted in कविता | Tagged | Leave a comment

गजल : बोझ उकाली बाटोमा

~अनिल बराल ‘गरीब चिराग अछुत’~ पसिना धारा भारीको बोझ उकाली बाटोमा दुखिको जन्म भएछ कस्तो धर्तीको माटोमा | ढाकर र तोक्मा नाम्लोको सिरानी भारीको बोझले खाई सक्यो शिरको पाटोमा |

Posted in गजल | Tagged | Leave a comment

गजल : हल्ली हिड्ने मान्छे

~प्रेम चापागाईं~ कोइ अरुको कुरा सुन्दै हल्ली – हल्ली हिड्ने मान्छे मेला बजार भिड भाडमा दल्ली दल्ली हिड्ने मान्छे जानी जानी देखी देखी नदेखेझै जस्तै गरी मूल बाटो त्यो छोडेर गल्लि गल्लि हिड्ने मान्छे

Posted in गजल | Tagged | Leave a comment

कविता : खै कहिले म ….?

~सजना गुरुङ~ उफ ! दुर्भाग्य नै दुर्भाग्यको यो काँडेदार बाटो कहिले पार गरेर ? निराशाको पच्छ्यौरीले छोपेर पराजित बनाइ समस्या नै समस्याको कारागारमा कैदी बनाइ राखेको मेरो प्यारो ,

Posted in कविता | Tagged | Leave a comment

कविता : भानु बाजेलाई प्रश्न

~प्रेम निशाम निङ्लेकु~ बाजेले लेखेका रे नीति शिक्षा धेरैले पढेका छन् धेरैले सुनेका छन् धेरैले वुझेका छन् नैतिकवान भएका छन् । र त तिनै नैतिकवानहरुले वाजेलाई चौरस्ताको विचमा उभ्याएका छन् । सादय वाजे चौवाटोमा पुगेपछी आफु जाने वाटो भुलेर उभिने … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : सङग्राम देखिरहेछु

~पुष्प अधिकारी “अन्जली”~ देशभित्र यतिधेरै सङग्राम देखिरहेछु । बन्द हडताल र चक्काजाम देखिरहेछु । के भयो फेरी यो रोगी आकाशमा आज, अव्यक्त रोइरहेको घाम देखिरहेछु ।

Posted in गजल | Tagged | Leave a comment

कविता : म परदेशिनुको आशय

~आचार्य प्रभा~ करुण चित्कार मनमा लिएर आँशुका थोपाहरुलाई मुटुको घडामा समेट्दै बन्धकी हाँसो उकास्न म परदेशिएको मान्छे । बिवसता मेरो नजिक थियो त्यो क्षण , अनी पीडा आफन्त थियो त्यो पल, शायद समस्याले जकडिएको

Posted in कविता | Tagged | Leave a comment

गजल : खाना भए पुग्छ

~स्वामी सुभाष चन्द्र~ पेट भर्ने ढिडो रोटो खाना भए पुग्छ नांगो जिउ ढाक्ने कुनै नाना भए पुग्छ खोज्या छैन ताज महल देखावटी गर्न घाम पानी छलाउने छाना भए पुग्छ

Posted in गजल | Tagged | Leave a comment

गजल : अल्मलिएको आभास हुन्छ

~इलामेली टीकाराम दुलाल~ कल्पनाको दुनियामा अल्मलिएको आभास हुन्छ निर्दोस नयनमा आसु छचल्किएको आभास हुन्छ उनि र मेरो दुरी टाढा भएर होला सायद मलाई छाती भित्र मुटू चर्चर चिरिएको आभास हुन्छ

Posted in गजल | Tagged | Leave a comment

गजल : पढेलेखेकाहरु

~रश्मिला कवाङ~ पर्दाखेरी आउन्दैन पढेलेखेकाहरु चहिने ठाउँमा धाउदैनन् पढेलेखेकाहरु । धर्तीदेखि आकाश सवै खोतले भन्छन् आखिरमा खास केहि पाउँदैनन् पढेलेखेकाहरु ।

Posted in गजल | Tagged | Leave a comment

कविता : माटोमा सपनाहरू

~रामकृष्ण पौडेल ‘अनयास’~ टाँसिएको भित्तामा त्यो तस्विर म निकालेर नियालि रहेछु रहरलाइ कुल्चिएर बाध्यताले झिनो आशा र सपनाका खातहरू झोलामा त्यो तस्विर सँगै यादहरू कैद गरि म खाडिको तातो मरूभुमिमा आफ्ना सपनाहरू खोज्न एउटा यस्तो यात्रा तय गरिरहेको छु । … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : जिन्दगी बुढो भएछ

~कृष्ण पहारी~ कापिका पानाहरू च्यातिए झैं जिन्दगीका पानाहरू पनि पत्र(पत्र च्यातिएर फेरि जिन्दगीले जिन्दगी बुढो भएको अनुभव गर्दैछ । कहिले काहीँ त जिन्दगी इतिहासका पाना पल्टाएर आमाको न्यानो काखमा रमाउँदै हाँसिरहन खोज्छ ।

Posted in कविता | Tagged | Leave a comment

रुबाई : माफ गर है

~नविन आचार्य ‘लेटांगे’~ अन्जानैमा तिम्रो चित्त, दुखाएँ भने माफ गर है बाध्यतामा केहि कुरा, लुकाएँ भने माफ गर है वाचा भयो तिमीलाई, साथ छोड्दीन कहिलेनी

Posted in रुबाई | Tagged | Leave a comment

कविता : वर्जित मेरा आवाजहरु

~खेम राई~ एउटा ठूलो जमातमा उपस्थित म अभिमन्यू शोककाव्य बाचन गर्न उभिएको । विमन्युहरुको हुलमा कसले पो सुनिदेला ? दु:ख र पीँडाले भरिएको शोकले आह्लादित बनेर आँशुले लेखेको लेखोटलाई शोककाव्य हो या मनोविलाप आफैँ दोसाँधमा उभिएकोछु । सालिन मुद्रामा दु:खित … Continue reading

Posted in कविता | Tagged | Leave a comment