Category Archives: नेपाली काव्य

Poetry

छविलाल कोपिलाका दश मुक्तकहरु

~छविलाल कोपिला~ हाँसियो कति, त्यो शीश मञ्जिलसंग गरेर मीठा कुरा, प्रेमको त्यो दिलसंग स्वर्ग हो, मरुभूमि त्यो माउण्ट आबु रमाऔ एकैछिन, यो झिलमिलसंग । धेरैबेर देखि यी आँखा निदाएका छैनन् । सायद, हेरेर ती अझै अघाएका छैनन् । बचेराहरुसंग, बिहानै … Continue reading

Posted in मुक्तक | Tagged | Leave a comment

कविता : मरुभूमि र हरियाली

~जीवन्त विरही~ उजाड उजाड मरूभुमिमा फूलेका छन् सयपत्री र मखमली उम्रदैनन् केही भन्ने रेगिस्तानका जमिन जताततै हरियाली भएका छन् खाने पानीका मुहान नभएका देशहरू,

Posted in कविता | Tagged | Leave a comment

कविता : लिलाम बढाबढको सूचना

~क्षेत्रप्रताप अधिकारी~ माटो बिक्रीमा छ पानी बिक्रीमा छ राम्रो बलियो बहादुर बानी बिक्रीमा छ । जहाँ छ, जस्तो छ अवस्थामा ढुङ्गोमुढो, खोलानाला निरिक्षण गर्न सकिनेछ ढल बग्ने बागमतिदेखि जल बग्ने कर्णालीसम्म एक्मुस्ट सकार्नुपर्नेछ

Posted in कविता | Tagged | Leave a comment

कविता : दुई मुस्कान

~राजेन्द्र थापा~ १. नेताको मुस्कान उनीहरू जैले नि हाम्रो सामु आउँदा, डराउँदै हाँस्छन् मुसुक्क अनि प्याकेटबाट झिकेर रेडिमेड मुस्कान, ओठमा टाँस्छन् लुसुक्क मुस्काने पुलाउको सुगन्धले भोका जनता जब चिच्याउँछन् जिन्दावाद

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : बालसंसार

~डा. लेख निरौला~ छन्द : चित्रलेखा होलान् पक्कै प्रगति पथ जहाँ मानवी भावनाका होलान् त्यस्ता अतिशय छहरा जाह्नवीझैँ धराका बुझ्नै गाह्रो हरितगृह जहाँ ऊर्वरा शक्तिपुञ्ज… ऊर्जा नै हुन् सुखमय वसुधा बालसंसार कुञ्ज ।। हाँस्दा हाँसो किसलय अवनी निर्झरी झुक्किए झैँ … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

कविता : किन व्युँझन्न तेरो मन ?

~हेमन्त कमलामणि~ को थुन्न सक्छ यहाँ कैदी बनाई न जित्न सक्छ वलमा साथ जो नपाई नासिन्छन सभ्यता ठूल्ठूला प्रलय वन ए थोपा भन्— किन ब्यूझन्न तेरो मन ?

Posted in कविता | Tagged | Leave a comment

कविता : घात

~लक्षिराम आचार्य “अविरल”~ दुनियाँ स्वार्थी छ रूप र रंगका स्वार्थहरू नियाल्दै भौतारिन्छ कहिले सरकार ताक्छ कहिले सदनको रस धोक्छ कहिले न्यायलयको पाउ पर्छ नसके साम, दाम र भेदको तुच्छ अस्त्र बोक्छ ।

Posted in कविता | Tagged | Leave a comment

गजल : बाँचिरहेछ मान्छे

~मुरारीराज मिश्र~ कोलाहल र त्रासै–त्रासमा बाँचिरहेछ मान्छे नसहेको चोटै छैन, अचानो बनेकोछ मान्छे । अभाव, पीडा र छट्पटीले प्रतिक्षण जल्दै जिउनुको नाममा अकाल मृत्यु मरिरहेछ मान्छे ।

Posted in गजल | Tagged | Leave a comment

व्यङ्ग्य गजल : घुमघाम गजब

~लक्की चाैधरी~ राष्ट्रपति मुखर्जीको, घुमघाम गजब । नेपाली स्वागतको, तामझाम गजब । सुरक्षा हो कि सास्ती, बुझ्न सकिएन सर्वसाधारणमा सरकारी, लगाम गजब ।

Posted in गजल, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : तेलखानी बिनाको नेपाल र ठमेलहरु

~प्रकाश सुनुवार ‘निराकार’~ तेलखानी विनाको नेपाल आज इराक हुनुपरेन वारुदको तुवाँलो भित्र रुमलिनु परेन हिटलरी दमन भन्दा दर्दमुलक भयँकर अमेरिकी सेनाको पदचापद्धारा कुल्चिनु परेन तर साम्राज्यवादीका कमाराहरु

Posted in कविता | Tagged | Leave a comment

गजल : पछ्याउँदै म आउँछु

~पदम गौतम~ तिमी जता पुग्यौ त्यतै पछ्याउँदै म आउँछु मधेसमा, हिमालमा, पहाडमा म धाउँछु म प्रेम पुज्दछु सधैँ र प्रेममै हराउँछु अझै उही चरीसरी म प्रेमगीत गाउँछु

Posted in गजल | Tagged | Leave a comment

गीति कविता : आखैमा लुकाई

~दिलिप योन्जन~ आखैमा लुकाई मुटुमा राखे, हितैको मायालाई बिरानो बनी बिलौना पोख्छे, दुनिया हसाई मायैमा हुन्छ अन्जानको भुल, बेदना पोख्नु दुखेको आत्मा आसुले धुई, फुलैले सजाउनु। पिडा बाडे सान्ति मिल्छ, पिडा मै नडुब्नु धुखेको मुटु मायाले धुनु, निस्ठुरी नहुनु

Posted in गीति कविता | Tagged | Leave a comment

बिस्नु प्रवा सापकोटाका बाह्र मुक्तकहरु

~बिस्नु प्रवा सापकोटा~ न आँखा आँखा जस्तो,न नाक नाक जस्तै छ मुहार, हात, खुट्टा,शरीरको हालत उस्तै छ मान्छेको चित्र बनाउ भनेको ‘के हो छोरा यो’? छोरो मुस्कुराउदै बोल्यो ‘बा मान्छे यस्तै छ’।। बाघलाई बाख्राले तर्साउदैन खडेरिमा पहरा सर्साउदैन यती कुरा … Continue reading

Posted in मुक्तक | Tagged | Leave a comment

व्यङ्ग्य छोक : भागशान्ति जयनेपाल

~लक्ष्मण लोहनी~ ए, को त्यो ? धत् लाटा त्यो त नेता ! त्यो को नि ? नेतालाई जिताउने जनता । यो चवन्नी कार्यकर्ता यसले चार खण्डको एक खण्ड पाउँछ

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : पूर्बी यूरोप

~बिमल गुरुङ~ बिश्राम लिएको छ चक्काले जुन बयल गाडीको हो । कसैले नसोचोस् समुद्रभित्र डुबेको छ संधैको निम्ति बत्ती । बत्ती आफैंमा प्रज्वलित हुन्छ

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : भोट कसलाई?

~गोविन्द नेपाल~ यसपटक आफ्नो अर्को नहेरौँ कालो गोरो नहेरौँ अग्लो होचो नहेरौँ दुब्लो मोटो नहेरौँ चुच्चा-थेप्चा नाक नहेरौँ चिम्सा-बाटुला आँखा नहेरौँ मंगोल-आर्य अनुहार नहेरौँ

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : म बेचिएर के भयो?

~रुमन न्यौपाने ‘अमन्त’~ मक्कीएको हाड लिई म बाँचेको धेरै भयो । सस्तिएको भाउ माझ म बेचिएको धेरै भयो । मेरो अस्तित्व छारो भएनी स्वतन्त्र उड्न कहाँ सक्छु र । आफ्नै नृत्याङ्गनमा म चिप्लिएर के भयो ।

Posted in कविता | Tagged | Leave a comment

कविता : स्वाभिमान

~लक्षीराम आचार्य “अविरल”~ रणमैदानमै डुबुल्की मार तिमी हजारौं मोर्चा लड, अनि हजारौं हारका बिचमै सुनौलो जीतको संसार खोज त्यही सपना सहितको रमणिय वगैचाको यात्रा रोज डुल्दाडुल्दै वगैचामा तिमीलाई

Posted in कविता | Tagged | Leave a comment

कविता : नाङ्गो मान्छेको आत्मकथा

~प्रमोद स्नेही~ नाङ्गो मान्छेहरूको शहरमा स्वयं लाजले आत्महत्या गर्यो । कपडाहरू दन्त्यकथाहरूमा परिभाषित भए । केही मान्छेहरू राम्रा र महँगा कपडाहरू लाएर पनि सर्वाङ्ग नाङ्गो छन् ।

Posted in कविता | Tagged | Leave a comment

गजल : गुलाफको फूल

~मनोज न्यौपाने~ रातमा पनि फुलिरहेछ गुलाफको फूल चँद्रमालाई हेरिरहेछ गुलाफको फूल रिसाएकी प्रेमिकालाई फकाउनलाई कोही छानीछानी चुँडिरहेछ गुलाफको फूल

Posted in गजल | Tagged | Leave a comment

कविता : ढलिरहेकबा स्वाभिमान

~विशाल दर्लामी~ जब हुलका हुल युवाहरु आँखामा बलिन्द्र आँशु लिंदै आफू जन्मिएको माटोलाई बाईबाई गर्दै मरुभूमिमा भित्रिन बाध्य हुन्छन्

Posted in कविता | Tagged | Leave a comment

गजल : कपट कै रजाईं भो

~भिम बहादुर थापा~ सोझो हुनु अभिसाप भो, कपट कै रजाईं भो मान्छेभित्र मान्छे भेट्ने, मेरो आशा थकाई भो ** सप्रियो कि मान्छे भन्थें, दिलको छुरा ताजै रैछ साँचो नाता पलाउला कि, व्यर्थै मेरो सोधाई भो

Posted in गजल | Tagged | Leave a comment

कविता : देशको मुहार फेर्नुछ

~मनु वि.क.~ रिङदै घुम्दै आयो तीज नेपालीको आँगन गीत गाउ दिदी बहिनी सँगै नाचौं न नेपालीलाई दिदीबहिनी साह्रै दुःख भएको हेर न शान्ति देशमा छैन आएको

Posted in कविता | Tagged | Leave a comment

गजल : लिएर एउटै नारा

~गुरुप्रसाद कुमाल “बुलबुल”~ उठौं अब हामी सबै लिएर एउटै नारा जागौं सकल नवयुगका, युवा हामी सारा समाजको छुवाछूत अन्त्य गर्नलाई जागौं, देश र सभाको रंग फेर्र्ने हाम्रो अभिभारा

Posted in गजल | Tagged | Leave a comment

कविता : धेरै आँखा आए

~आचार्य प्रभा~ धेरै आँखा आए यहाँ बास दिन्छु भनी धेरै हात धाए यहाँ साथ दिन्छु भनी कस्को विश्वाश गरिकन बास माग्नु मैले कस्को भर परिकन साथ माग्नु मैले

Posted in कविता | Tagged | Leave a comment

कविता : नदीको यात्रा

~लक्षीराम आचार्य~ एउटा क्रान्ति नदी बग्छ सदा सर्वदा हिमालको काखदेखि पुग्छ पहाड कन्दरा भेट्छ यात्राबीच असंख्य सहयात्री लटरम्म

Posted in कविता | Tagged | Leave a comment

कविता : जुनकिरी

~निश्चल काउचा~ जुनकिरी हुँ म मलाई चन्द्रमा मन पर्दैन जुन अर्काको उज्याँलोमा चम्किन्छ जुनको प्रकाश बादलले छेक्न सक्छ औशीले लुकाउन सक्छ म स्वतन्त्र छु जता पनि उडन सक्छु मेरो उज्याँलोले भ्यागुताहरु तर्सन्छन्

Posted in कविता | Tagged | Leave a comment

कविता : लोकतन्त्र

~लक्षीराम आचार्य “अविरल”~ गुफाभित्रबाट फ्याउ फ्याउ ओकल्दै पुकारि ंदैछ यहाँ निस्पट्ट कालरात्रीमा ब्वाँसाहरुको लोकतन्त्र विहानीको सपनामा छेदक लगाउँदै अन्धकारमै

Posted in कविता | Tagged | Leave a comment

कविता : म त्यही आउने छु

~राहुल पुन~ शायद, तिमीलाई लाग्दो हो कतै हराए जस्तै कही लुके जस्तै पक्कै तिमी सोच्दा हौं यतै विलिन भए जस्तै अन्तैतिर भागेजस्तै तर, तिमीलाई लागेजस्तो तिमीले सोचेजस्तो

Posted in कविता | Tagged | Leave a comment

कविता : किताब

~विक्रम सुब्बा~ लेखिँदैछ अब एउटा नयाँ किताब मानिसहरू भन्दैछन् – किताबको कुनै पनि अध्यायमा राजाका जुँगावाला टोपीले शिर उठाउँने छैन रानीका कुटील मुस्कान कतै पोतिने छैन युवराजका कामुक ठट्टाहरूको विवरण लेखिने छैन युवराज्ञीको शिरमा दैवी शक्तीको ताज पहिर्‍याइने छैन के … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : हिजै जस्तो लाग्छ

~रामचन्द्र कार्की~ तिमीसँग खेलेको हिजै जस्तो लाग्छ, कोलमा उखु पेलेको हिजै जस्तो लाग्छ । चिच्याउदा तिमी फुकाइ दे थे मैले, लहराले जेलेको हिजै जस्तो लाग्छ ।

Posted in गजल | Tagged | Leave a comment

कविता : भोज यथावत चलिरहेछ

~आर.एम्. डंगोल~ सुकुलको तहमाथिबाट खबरदारी गरिरहेका बेवारिसे औँला-हत्केलाहरू संविधानको त्यान्द्रो चपाउँछन् र, उग्राउँछन् आराम गरीगरी समयको यो सुकुल रोगी संविधानजस्तै अझै खिइँदै छ यद्यपि, त्यसैमाथि बसेर

Posted in कविता | Tagged | Leave a comment