Category Archives: नेपाली काव्य

Poetry

कविता : दशगजामा दिल बहादुर

~लक्ष्मण नेवटिया~ देशको व्यथाले पोलेको छातीमा, विदेशिको फुली झुन्ड्याएर, दशगजा को दक्षिण पट्टी उभेको, दार्चुलाको दिल बहादुरका आँखा आफ्नो विवशताले टल्पलाएका छन्। एक निमेष पनि स्थिर न रहेको मन दौडेर फर्कन चाहन्छ आफ्नै जन्मथलोमा।

Posted in कविता | Tagged | Leave a comment

कविता : कलम र बन्दुक

~राजेन्द्र शलभ~ मेरो हातको कलम थुतेर तिमीले मेरो हातमा बन्दुक राखिदियौ बन्दुकको मोहले हो वा तिम्रो डरले मैले त्यो बन्दुक जोडले अँठ्याईरहेँ । तिम्रो बोलीले मलाई मोहनी लायो

Posted in कविता | Tagged | Leave a comment

कविता : विद्रोह : धरतीको एक टुक्रा टेकेर

~पुरुषोत्तम सुवेदी~ एक्लै उभिएको छु क्षितिजमुनि धरतीको एक टुक्रा टेकेर क्षितिज, पर डाँडाको उचाइमा एक्लोपनको बोझ बोकेर मजस्तै अन्यमनस्क खडा छ — रक्सीले छोडिसकेको रक्स्याहाजस्तो । मैले टेकेको धरती हल्लिँदै छ मभित्रको आक्रोश विस्फोट ज्वालाका रूपमा निस्कनलाई

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रत्युत्तरमा व्यक्त इच्छाहरू

~उषा शेरचन~ सगरमाथाझैँ शिर उचाल्न सिक भन्छौ तिमी… हिटलरले उचालेको शिरले विश्वयुद्ध जन्मायो सम्पूर्ण विश्वलाई त्रसित पार्यो म चाहन्नँ, मैले उचालेको शिरले मानवता ओइली झरोस्।

Posted in कविता | Tagged | Leave a comment

कविता : भतेर र आँखाहरू

~कणाद महर्षि~ हरेक मान्छेको काँध काँधमा एक एक मुर्दाको अवतार थियो र त्यो भिड क्रमशः दुब्लाउँदै कुनै सभामा परिणत हुने आशंका थियो खप्परहरू उसिनेर सुरुवा बनाऊ गिदीहरू साँधेर अचार बनाऊ मुटुहरू कुहाएर जाँड बनाऊ र त्यसपछिको भोजमा

Posted in कविता | Tagged | Leave a comment

कविता : मनको घाउ

~कृष्णभुषण बल~ कुन बतासले उडायो यसरी, पत्करझैँ पानीमा तैरिएको छु कुन हतारको बाढीले बगायो यसरी, आफन्तहरू हेर्दै बगेको छु। सानो लहरले पनि बगाउन सक्छ मलाई, छाल नैकिन चाहियो र जसले पनि घाँटीमा बल्छी अल्झाउन सक्छ मलाई, जाल नै किन चाहियो … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : नभेटिए जाती भन्दाभन्दै

~तीर्थ श्रेष्ठ~ नभेटिए जाती भन्दाभन्दै कुनै सुदूर टापुमा र त्यसको एकान्तमा तिमी भेटिएका छौ । उस्तै छौ तिमी गुलाफी तिम्रो ओठ उस्तै छ चाक्लो फराकिलो निधारमाथि कालो गुलाफ जस्तो केशराशि उस्तै छ

Posted in कविता | Tagged | Leave a comment

गजल : जसको दरबार हुँदैन

~शालिकराम मुसाफिर~ इज्जत उसलाई नि गर, जसको दरबार हुँदैन भरोसा उसलाई नि गर, जसको घरबार हुँदैन । अमिर त अमिर नै छन्, फकिर मनको ख्याल गर मन उसको गङ्गाजल हो, त्यो कहिल्यै तरबार हुँदैन ।।

Posted in गजल | Tagged | Leave a comment

गजल : बगेन आँसु चोटले

~सरोज घिमिरे ‘कर्कट काश्यप’~ सुकेछ आँत घातमा, बगेन आँसु चोटले । कठोर प्रेम मातमा, बगेन आँसु चोटले । । भएन बोल्न फोनमा, खराब काम के भयो, मनुज मित्र जातमा, बगेन आँसु चोटले ।

Posted in गजल | Tagged | Leave a comment

कविता : यो देश नै स्वर्ग छ है मलाई

~कृष्णशरण उपाध्याय~ कृष्णा र कोशी पहरा फुटाई, मेची र राप्ती छहरा छुटाई । निर्भिक बन्दै बहने रमाई, यो देश नै स्वर्ग छ है मलाई । कस्तुरी या बांदर कृष्णसार, अर्ना र हात्तीहरु छन् हजार । गैंडा र भालु डुल्ने रमाई, … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : स्व खवरदारी

~मथुरा सैंजु~ नखाने चिज खाएर बरबाद परें आफै नै, नगर्ने काम गरेर धोका खाएँं आफै नै । नबोल्ने बोली बोलेर शत्रु भएँं आफै नै, झुठको यो दुनियाँमा झुठा भएँ आफै नै ।

Posted in कविता | Tagged | Leave a comment

कविता : गाई र उत्तरआधुनिक चितुवा

~हरिहर तिमिल्सिना~ सँगै अंकमाल गर्दै चितुवा र गाईले एउटै पोखरीको पानी पिए भने चितुवा, चितुवा नहुन सक्छ गाई, गाई नहुन सक्छ । गाईले दूध दिन्छ चितुवाले दूध दिँदैन

Posted in कविता | Tagged | Leave a comment

गजल : हिंडिरहेछन् हिउँमा

~तारा पराजुली~ खाली खुट्टा हिंडिरहेछन् हिउँमा न त एक आङ लुगा छ जिउमा। के उब्जाउलान् यी किसानहरुरु घुन पुत्ली सरी छन् बिउमा।

Posted in गजल | Tagged | Leave a comment

गजल : के गर्नु

~अनुपम ‘नवोदित’~ घुर्मैलो सगरबाट जहाज, झर्‍यो के गर्नु सुनबुट्टे सपनाहरू त्यतिकै, मर्‍यो के गर्नु हजार-हजार मक्सदहरु, पूरा नहुदै

Posted in गजल | Tagged | Leave a comment

कविता : म देश खोज्न जान्छु

~दिपा धिताल~ पुगेर चौतारी, कहिले देउराली र कहिले भँञ्ज्याङमा लेख्नु प्रिय, तिमीले प्रकृतिका कविताहरु पुगेर बुढा आमा र बाबाको छहारीमा लेख्नु प्रिय, ओइलाउन लागेका जीवनका गाथाहरु विवशतामा चाउरिएका कथाहरु म देश खोज्न जान्छु । घुमेर पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म

Posted in कविता | Tagged | Leave a comment

गजल : यो कस्तो जिवन

~सन्तोष थापा~ रूदै रूदै बाच्नु पर्ने यो कस्तो जिवन रूदै रूदै हास्नु पर्ने यो कस्तो जिवन उनकै यादमा आंसुको बर्षाले परेली भिज्दा रूज्दै भिज्दै बाच्नु पर्ने यो कस्तो जिवन

Posted in गजल | Tagged | Leave a comment

कविता : वितृष्णा

~दीपक कुमार ज्ञवाली~ कृष्ण,श्याम,कन्हैया नाम अनेक । बन्यौ तिमी द्धापर युगका नायक । प्रकट होऊ बिनाश गर्न दुष्टता । हरण गर्‍यो ब्यभिचारले सदाचार ।

Posted in कविता | Tagged | Leave a comment

कविता : हार्दिक श्रद्धाञ्जली

~महेश शाह~ महान आत्माहरु! क्षितिज पारिको दुनियाबाट आँखा चिम्लेर त हेर दुखी छौ हामी ,दुखी छन तिनी दुखी छन आज , सारा नेपाली नेपालदेखि बङ्लादेश मौन छन् यिन्नै तितो याद सँगाली छड्के नजरले पनि त हेर

Posted in कविता | Tagged | Leave a comment

गजल : मेरी आमालाई

~अमृत सिङ थिङ~ के ल्यायौ र ? दिवस तिमीले, मेरी आमालाई मिठो भाषणमा भुलाउदै ,फेरि आमालाई पहाडको कुना कन्दारामा पनि छन् नारीहरु

Posted in गजल | Tagged | Leave a comment

कविता : यसबेला

~हिरा आकाश~ यसबेला घडीको सियो एकआपसमा जोल्ठिएर ठीक बाह्र बजेको छ र मान्छेका छायाहरू पुड्का भएका छन्। यसबेला पर्यावरण नै चकमन्न छ वातावरण नै सुनसान छ पानीको प्रवाह पनि माथिसम्म आइपुग्दैन र डिल ओभानो छ

Posted in कविता | Tagged | Leave a comment

गजल : साँझकी हौ शशी

~शशीकला थापा सुब्बा~ चिसो बिहानीको रवि हौ कि साँझकी हौ शशी . कि कस्तो नाम दिउ तिमीलाई मेरी प्रियेशी .. निदाएको पल होसकि बिउझियेको क्षण . हासिरहन्छौ तिमी मेरो परेलिभित्र बसी ..

Posted in गजल | Tagged | Leave a comment

कविता : भ्यालेण्टाइन रोज

~प्रकाश सुनुवार ‘निराकार’~ युगान्तकारी इतिहास संगालेको हाम्रो मिलनले कहिल्यै अन्त्य नहुने हाम्रो प्रेमलाई एउटा भ्यालेण्टाइन रोज साँचेको छ शक्तीशाली छ त्यो रोज संबेदनशील पनि त्यत्तिकै छ हामी माझका उतारचढाबहरुलाई समथर उर्बरभुमि बनाइदिन्छ क्षणिक बिछोडमा उर्लेर उठेका ज्वालामुखिहरुलाई शितल बनाइदिन्छ मनमा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गीति कविता : लेखिदिएँ तिम्रो नाम

~कृष्ण वस्ती~ अर्कै कुरा खेलेको पो ,थ्यो कि तिम्रो मनमा । लेखिदिएँ तिम्रो नाम, मैले देवी-थानमा ।। नबोल्दा’नि दुख्छ्यौ अरे, बोल्नखोजे लुक्छ्यौ । छोयो कि त लाजवन्ती, झारजस्तो सुक्छ्यौ ।।

Posted in गीति कविता | Tagged | Leave a comment

कविता : जीतबहादुरका बच्चाहरुको अनुहार

~बिमल गुरुङ~ लाटोकोसीरो पनि गाइरहेछ काठको अग्लो खाँबामा उभिएर ! आकाशलाई कालो मासी परेको छ पृथ्वी पाइखाना हो शायद हिजो आकाशले रक्ति थुप्रै पिए जस्तो छ कालो मासी हो कालो मासी

Posted in कविता | Tagged | Leave a comment

कविता : शहिद र युवा

~पशुपति कर्माचार्य~ शहिदहरू देशको लागि मरेर गए “ल, हान् !” भन्दै हाँसी-हाँसी गोली खाएर गए शहिदहरूको सपना पुरा गर्न नसके यो जन्म खै के जन्म ! सहयोग त देशमा बालुवाको पानी भो

Posted in कविता | Tagged | Leave a comment

गजल : सार्है धोको रै’ छ

~मनु ब्राजाकी~ भागीको ढुङ्गालाई ढोग्ने सार्है धोको रै’ छ । ढोग्दाढोग्दा निंधारमा निस्क्या ठुलो फोको रै’छ । बगरेले हाम्रालागि ठूलो खसी ढालेको छ, दुर्गालाई कुभिण्डोको चारखुट्टे बोको रै’छ ।

Posted in गजल | Tagged | Leave a comment

गजल : दु:ख-पीड़ा पगाले’छु,

~शेखर ‘अस्तित्व’~ पहिले आँसू बनाउनलाई, दु:ख-पीड़ा पगाले’छु, फेरि जल्दै मुटु माथी, जम्मै आँसू उमाले’ छु ! तिम्रा बाचा-बन्धन सबै, बाफ बनी उड़े पछि, बचेका ती याद हरू, गजलमा नै संगाले’ छु !

Posted in गजल | Tagged | Leave a comment

कविता : करुणा, अहिंसा र प्राणी अधिकार

~रमेश भट्टराई ‘सहृदयी’~ १. यो पृथ्वी कसैको जिजुबाको दाइजो भए लाखौँ निरीह जीवसँग कर उठाइन्थ्यो होला तिम्रो सर्वश्रेष्ठताको माप के हो मान्छे ? अहिंसा परमो धर्म ठूलो या जिब्राको तृष्णामा मांसाहार ? विज्ञानलाई सोध… बुद्धलाई सोध…. तिम्रो र तिनको शारीरिक … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : अपहृत बिपना र जमदारनी बाेजू

~रुमानी राई~ जब जसबहादुरले पल्टनमा गाेराकाे हातबाट जम्दार पदकाे फुली र फित्ता पायाे सिन्दुर र टीका लायाे तब जसमाया पनि जम्दारनी भई । दुश्मनसित लड्दालड्दै युध्द मैदानमा जब दुश्मनकाे एम्बुसले जम्दारलाई टुक्राटुक्रा पार्याे तब िवधवा जम्दारनी बाेजूकाे जीवन अाेह्रालाे लाग्दै गयाे … Continue reading

Posted in कविता | Tagged | Leave a comment

युद्ध कविता : खण्डहर सिरिया

~अनुपम “नवोदित”~ यतिखेर म यो गोल भूगोलको एउटा कुनामा युद्धविजय नहुँदै रन्थनिएको सिपाही जस्तै बारुदले रंगिएको जिन्दगी बोकेर गोलीले छेडिएका जिन्दगी घिसार्दै फेरि, नयाँ जीवन पाउने आशामा उत्कट-उत्कट अभिलाषामा अर्को कठोर युद्ध लड्दै गर्दा अनायास,

Posted in कविता | Tagged | Leave a comment

कविता : हाम्रो गाउँले जीवन

~गेहेन्द्र अधिकारी~ गाउँले केटो सहर छिर्यो त सहरिया भइदियो, एक दुई अङ्ग्रेजी बोल्यो त बिदेशी भइदियो, एक दुई पङ्ती कविता लेख्यो त

Posted in कविता | Tagged | Leave a comment

कविता : व्यर्थ

~अमृत सिङ थिङ~ सादा तस्बिरमा रङ्गीन आँखा खोज्ने तिमीलाई कसरी भनु अन्धको तस्बिर भनेर सागरमा डुबेर मोती बटुल्ने तिम्रो चाहाना सकेनौं पौडिन अाँखाको नानी बनेर

Posted in कविता | Tagged | Leave a comment