Category Archives: कविता

Nepali Poems

कविता : दूरकी कवितालाई

~तिर्थराज अधिकारी~ १. कविता किन्नरी नौली गला रङ्ग रसाउँछिन् पात बजाउँदै बाजा छन्द बेग्लै पढाउँछिन् पोती मुहारमा माटो, माटो खेल्दै खुसाउँछिन् केलाएर यही माटो प्राणाधार जुटाउँछिन् । २. पर्दा आलस्यको फ्याँकी रात ढल्दा उदाउँछिन् झरी बादलका भित्र श्रमचित्र सजाउँछिन्

Posted in कविता | Tagged | Leave a comment

छोक : मेरो मौलिकता

~कृष्ण वस्ती~ पल्लो चोकमा मोटरले किचेर मान्छे मरेछ , पुलुक्क हेर्नेबाहेक रोकिने फुर्सद कसैलाई भएन । वल्लो चोकमा मोटरले किचेर कुकुर मरेछ ,

Posted in कविता | Tagged | Leave a comment

कविता : अनास्था पहाड़का गीतहरू

~विकास गोतामे~ एउटा नितान्त बुढो सूर्यले छितिजको चेपबाट आफ्ना बुड्योली पहेला हातहरू बिदामा हल्लाएपछि फगत यो पहाड़मा साँझ पर्छ | र त्यो मौन पल्टीरहेको पहाड़को टाउको मास्तिर यौटा ककाकुली सयों वृतहरू कोर्दै जान्छ अनि त्यो रातै उडिरहेको बादलको गर्भमा पानी … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : लाली लठ्ठ लोलियो

~बसन्त चौधरी~ यौवन छचल्किन्छ मन मेरो सल्किन्छ तिमीलाई बाहुपाश लिन जीवन ससल्किन्छ तिम्रो धारिलो मुस्कान मुटुमा पहिरो जान्छ

Posted in कविता | Tagged | Leave a comment

कविता : श्रीमतिको चिठी

~मालिकराम ‘वियोगी’~ मेरी श्रीमतिले मलाई चिठी लेखी तिम्रो गोठाला गर्ने वन-पाखामा तिम्रो खेताला जाने खेत-बारीमा सेना र प्रहरीले लाशको परेड खेल्ने गर्छ तिम्रो घाँस-दाउरा गर्ने जंगलमा तिम्रो खेल्ने-लुक्ने गुफा-ओडारमा गुरिल्ला र मिलिसियाले मृत्युको तालिम लिने गर्छ त्यसैले त आजभोलि लाश … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : निलो सवारी रातोबत्ति र जीवनका झाँकीहरू

~नरेश सुनुवार~ स्नायुहरूले राग उचालेर तन्तुहरू सलबलिदा सनक रन्केर इडिपसग्रन्थि बौलाउँछ मुर्तिलाई पनि मान्छे देख्छ आँखाको भ्रमले होस गुमाउँछ दिमागले र, नाच्दछ जङ्गली नाच आगोको रापहरूमा निर्देशित बौलाहा झोलको फन्दाले नत्र कुण्ठितर् इच्छाका मातहरू अन्त कतै पोखिन्छ शक्ति बनेर/रोग बनेर

Posted in कविता | Tagged | Leave a comment

कविता : म देख्छु मेरो देश

~उमेश सामिप्य कान्छा~ म देख्छु मेरो देश… एउटा खाडल बाट निस्केर… अर्को खाडलमा फस्दैछ… पहिले खाडल बाट निकाल्ने हरु… कोही थला परेका छन्…

Posted in कविता | Tagged | Leave a comment

कविता : एउटा देशको खोजमा

~जस योञ्जन ‘प्यासी’~ आफैबाट आफै निष्कासित भएपछि आफैबाट आफै निर्वासित भएपछि एउटा विशाल आकाशको खोजमा अझसम्म कोही–कसैले आविष्कार गर्न नपाएको देशको खोजमा निरुद्देश्य, निरुपाय भएर एक्लै भाग्दै–भाग्दै हिँड्दा निःसहाय, मृतप्रायः भएर एक्लै रुँदै–रुँदै हिँड्दा

Posted in कविता | Tagged | Leave a comment

कविता : लाहुरेलाई एक रोगी प्रेमिकाको पत्र

~पारिजात~ १. जीवनसाथी ! धेरै-धेरै प्यार मलाई लाग्छ, यी स्वतन्त्र उड्ने मलेवाहरूका घाँटीमा एउटा हृदय उनेर पठाऊँ एउटा हृदय जडेर पठाऊँ एउटा प्रेमपत्र झुन्ड्याएर पठाऊँ एकपल्ट दोहोर्‍याऊँ शताब्दीअघिको प्रेमको भावुकता तर आजको सीमारेखा कुन स्वतन्त्र चराले उड्न पायो र ? … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : बलात्कारी राज्य होसियार !

~जेविन सर्वहारा~ जब नागरिकताबाट देश हराउँछ, जब अदालतबाट न्याय कैद हुन्छ, जब सुरक्षा दिनेहरु स्वंम सुरक्षा माग्छन, लाग्छ निर्मलाहरुको बलात्कार व्यक्तिले गर्दैन । आमाहरुको विरुद्ध, महिलाहरूको विरुद्ध, निर्मलाहरुको विरुद्ध,

Posted in कविता | Tagged | Leave a comment

तीज गीत : सङ्घर्षमा जुट एकगठ भै

~मनु वि.क.~ महिला तिमी यो देशमा कम्मर कसी उठ्नु पर्छ है तिम्रो मुक्ति कोही नै गर्दैनन् सङ्घर्षमा जुट्नु पर्छ है । सबले बाँडे मीठा सपना पूरा गर्ने को होला त खै सर्ने छैनन् कोहिनी अगाडि

Posted in कविता | Tagged | Leave a comment

कविता : एउटा उद्दण्ड मनोवाद

~विवेक घिमिरे~ लगभग आधा उमेर जिन्दगीको खाई भ्याइसक्दै गर्दा आज एउटा उद्दण्ड मनोवाद ढ्याङ्ग्रो पिटेर होहल्ला गर्दै मन अनि मस्तिष्कमा बितण्डा मच्चाउँदै छ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : माइत र घर

~लीला उदासी~ १. ऊ बनकी चरीजस्तै थिई भुर्र उडेर रूख–रूख चाहार्थी घरकी बहार थिई किशोरी बितेर युवती हुँदै थिई विचरी ! नारी पनि नबन्दै विवाहित भई र पतिका घरमा समाहित भई ।

Posted in कविता | Tagged | Leave a comment

कविता : नवपल्लवी

~रजिन पनेरु~ हिमाल टल्किरहेको बेला अर्धनग्न पहाड आफ्नो वय पोखिरहेको एक दृश्य देखेर डाँफेहरु, मुनालहरु ठूला–साना आकारमा मयुरहरु चियाइरहेका थिए पहाडलाई । ।

Posted in कविता | Tagged | Leave a comment

कविता : अब म आफैँ लेख्छु मेरो सहरको कथा

~इश्वर देवकोटा~ अब म आफैँ लेख्छु मेरो सहरको कथा जहाँ, फाटेकै लुगाले भोको पेट ढाकिन्छ, पटुका कसेर पापी रात काटिन्छ निर्दोष हरु नर्कमा जाकिन्छ अपराधका नाइके कुर्चीमा डाकिन्छ……!! अब म आफैँ लेख्छु मेरो सहरको कथा

Posted in कविता | Tagged | Leave a comment

कविता : ब्रह्माको सय वर्ष

~तुलसीराम पोखरेल ‘निर्दोषी’~ नरुनु पैसालाई नधुनु पैसालाई एउटा माध्यम चाहिन्छ इन्द्रियको सत्ता छ मनसँग । घरको लालपूर्जा तपाईंसँग छ तपाईंको लालपूर्जा कोसँग छ ? खोला तपाईंको हो ? र

Posted in कविता | Tagged | Leave a comment

कविता : जिन्दगीको अर्थ

~महालक्ष्मी थापा~ मुस्किलको कुहिरोले आउंछन गोरेटाहरु कठिनाईको पनि । हेर्दा खेरी देखीदैन मार्ग अनि । मुस्किलको कुहिरोले ढाकिएको हुन्छ टाढै सम्म पनि । निराशाको बादलले छेापीदिएको

Posted in कविता | Tagged | Leave a comment

कविता : आँसु रुझेर : देवताहरू

~कृष्ण जोशी~ पानी भएर पानी पहिरो भएर भीर कामिरहेछन् लाग्छ पानी होइन, मृत्यु टेकिरहेछन् पहिरो टेकिरहेछन्— मान्छेहरूले उडिरहेछन् भोका चील–गिद्धहरू

Posted in कविता | Tagged | Leave a comment

कविता: म भित्रको आमा

~तारा कट्टेल~ आमा म तिमीलाई जन्माउन चाहन्छु मेरो कोखबाट मभित्र को “म” लाई आमा बनाउन चाहन्छु मलाई जन्माउदा जुन पिडा तिमीले भोगेउ तै पिडा म पनि पिउन चाहन्छु घटघट जसरी तिम्रो छातीको दुध पियेथे मैले मेरो ताते ताते गोडा मा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : ईश्वर र मान्छे

~दिनेश अधिकारी~ मैले ईश्वरसँग सुन्दरता मागेँ उसले हिमाच्छादित पहाड र, तिनका छातीबाट चिप्लेटी खेल्दै बगेका अविरल झर्ना र खोला दियो ढकमक्क हरियाली फुलेको पाखा र, सिर्जनाको सारा स्रोत सुसाइरहेको सिङ्गै धर्ती दियो धर्तीसँगै रङ्गीचङ्गी फूल

Posted in कविता | Tagged | Leave a comment

कविता : लुलि लुलि पाइ य

~मोहन बन्जाडे~ वक्क नफुटेका स-साना नानीहरुलाई तिनकै हात समाएर अगाध मायाले खेल खेलमा लुलि लुलि पाई भन्दै उनकै गालामा -उनकै हातले हान्दा बच्चा किल्कारी छोडेर हाँसे झैं

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरै मन दोषी हो

~सरल सहयात्री पौडेल~ मलाइ आरोप छ मेरा मित्रहरुको तš किन सोलोडोलो वन्न थालिस ? तš मान्छे त्यसतो होइनस् तेरो मन किन भंगालिएको छ ?

Posted in कविता | Tagged | Leave a comment

कविता : अपूर्णताको अन्त्यपछि

~चन्द्र रानाहँछा~ आकाश र क्षितिजबीचको संगमस्थल जस्तो हामीले त फगत भ्रम पो बाँचेछौं सग्लो लागेथ्यौं यतिन्जेल हामी त आधा–आधा पो रहेछौं। आधा रहेछन्–

Posted in कविता | Tagged | Leave a comment

कविता : कठै! मेरो मन

~विष्णु विभु घिमिरे~ तुलसा तिमीले एकदिन भन्यौ मन त हावा हो, सर मनको भर पर्नुहुँदैन यो त के के माग्छ- के के यसले मागेजति दिने हो भने … सबै सिमाना नाँघिन्छ गीता तिमीले एक दिन भन्यौ

Posted in कविता | Tagged | Leave a comment

कविता : लोन्लिनेस

~सुदीप पाखि्रन~ कोही कसरी रहन्छ ― एक्लै? ठडिंदै–ठडिंदै गएका छन् एकपछि अर्को गर्दै सिमेन्टेड मरुभूमिहरु शहरमा

Posted in कविता | Tagged | Leave a comment

कविता : मुर्दाबादै मुर्दाबाद

~बिमल गुरुङ~ जे गर्नुछ अहिल्यै गर जति गर्नुछ अहिल्यै गर । भरे भरेतिर मुर्दाबाद, एकक्षणपछि मुर्दाबाद खाना खाएपछि मुर्दाबाद, भोलि मुर्दाबाद पर्सि/निकोर्सि मुर्दाबाद जाँच सकिएपछि मुर्दाबाद

Posted in कविता | Tagged | Leave a comment

कविता : फेरी दुखें

~बाबुराम पन्थी~ चोट थिएन प्रिय, प्रहार कसरी भनु, म अनायासै दुखे, समीप कहाँ थिए र प्रिय, म स्वयं स्पर्षित थिए, तिमि गयौ तिम्रो नौका संगै, त्यो तलाउको किनार सम्म,

Posted in कविता | Tagged | Leave a comment

कविता : कठै मेरो देश

~ऋतिक यादव~ वीर गोर्खालीको साहसले परिचित देश शान्तीको दुत बुद्ध जन्माएको देश सर्वोच्च शिखर सगरमाथा भएको देश मन्दीरै मन्दिरले भरिएको सुन्दर देश

Posted in कविता | Tagged | Leave a comment

कविता : रहर

~राज अनुराग~ मलाइ पनि रहर थियो कोपिलालाइ फुल बनाउने, सप्तरङ्गी रङ्गहरुबाट रातो चुनेर तिम्रो सिउँदो सजाउने । मेरो दोष गुलाफसँग नजिक हुने तर सुगन्धमा रमाउन नजान्ने,

Posted in कविता | Tagged | Leave a comment

कविता : देउता !!!

~रबिन पुरि~ तिम्रो नाममा मैले फुलपाती चढाए ! तिम्रो लागि मैले धेरै प्राणीको हत्या गरे !! धेरै बोका र रागको बली चढाए ! कत्ती कोपिलाको मुन्टो निमठे !! तिम्रो उपनाममा देवी र देउरालीहरुमा ! शिला र तिम्राको मूर्ती बनाए !!

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो देश हरायो

~डा. माधवप्रसाद पोखरेल~ ‘तेरो जन्म कहाँ?’ भन्दा ‘धरान’ आइहाल्दछ, ‘तेरो जन्म कहाँ?’ भन्दा ‘नेपाल’ आइहाल्दछ । अनेक चोक्टामा मेरो देश टुक्र्याउने अरे ! झगडा गर्न जान्नेकै भागमा सिद्धिने अरे !

Posted in कविता | Tagged | Leave a comment

कविता : व्यस्त मान्छे

~प्रकाश सुनुवार ‘निराकार’~ फुर्सद लिएको लामो समय पछि पिडादायी निन्द्रा निदाएर विउंझिए पछि एउटा मान्छे अहिले अलिकति व्यस्त छ विगतका समयहरुमा पुरा गर्नपर्ने सवै कामहरु अबको बाँकि समयमा पुरा गर्न चाहेको छ प्राथमिकताको लामो सूचि तयार गरेको छ पुराना र … Continue reading

Posted in कविता | Tagged | Leave a comment