Category Archives: कविता

Nepali Poems

कविता : पाईला

~मिलन काफ्ले~ पाइलामा छ हाम्रो जिन्दगी पाइलामा विश्वास गर्दैनौकी पाइलामा नै दुःख हाम्रो छ पाइलामा नै सुख हाम्रो छ

Posted in कविता | Tagged | Leave a comment

कविता : अनुरोध

~नरेस राई~ अकस्मात शून्य कानमा ताजा समाचारहरु गुञ्जिए आङ जिरिङ्ग हुने गरी त्यही पुनः हत्या हिंसाका शब्द दोहोरिए लाग्छ अब नेपालको अस्मितामा ठूलो दाग लाग्नेछ सहिदहरुको सपना नेपाली

Posted in कविता | Tagged | Leave a comment

कविता : परिक्षा मर्यादित हुनैपर्छ

~तोषल दाहाल‘अल्पभाषी’~ फलामको ढोका भनेर चर्की चर्की कराउछन् उत्सुक विद्यार्थीको मनोवल गिराउदै निरीह अभिभावकको सपना चिराउदै जो अगुवा उही बाटो….. भनेझै परीक्षाको मर्यादा जोगाउन खटिएका

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो घर छेउको ग्याविङ

~माधब श्रेष्ठ~ मेरो घरको छेउमा लगाइएको ग्याबिङ्ग बर्षै पिच्छे फेरिन्छन् ट्याक्टरले किचेर होला, बर्षातको भेलले होला यस्तै अड्कल काटिन्छ, फेरी म हेर्छु अन्तका ग्याविङ्गहरु, जहाँ बस,ट्रक जस्ता धेरै यातायातहरुले किचिन्छन्, बर्षातको भेल एकै हो

Posted in कविता | Tagged | Leave a comment

कविता : नयाँ बाटो रोजेछौ

~कल्पना मगर~ स्यावास ! पाराङ्ग दाइ स्यावास ! ! तिमीले एउटा नयाँ बाटो रोजेछौ नयाँ यात्राको शुरुवात गरेछौ अब कसले भन्छ दिनमा मात्र उज्यालो आउछ

Posted in कविता | Tagged | Leave a comment

कविता : समय पिडा र तिमी

~राजेश राई~ लामो यात्रापछि युगजेता द्धारा गर्भवती भएकी समय प्रसव पिडा बोकेर सुरक्षित प्रसुति गृहको खोजी गर्दागर्दै नयाँ अन्वेषण नयाँ प्रक्षेपण र नयाँ अध्यायसँगै जन्माउन बाँकी, एउटा अन्तिम सन्तान जन्माउनलाई

Posted in कविता | Tagged | Leave a comment

कविता : मरुभूमि र जरुवा

~जोतारे धाइवा~ भेडीगोठको दुर्घन्धित घेरोमा कैद कुनै चतुवाको जस्तो हेर्दै विवशताको कथा पाइला–पाइलामा उम्रिएर साथ लाग्छ, झोपडीको

Posted in कविता | Tagged | Leave a comment

कविता : आतङ्कित दृश्य

~सन्त थुलङ(सुब्बा)~ नियालिरहेछ पीडा–दृश्यहरु संवेदित अनुभूतिले छामिरहेछु–आफैभित्र दुखाइका अनन्त घाउहरु हेरिरहेछु निर्निमेष आत्मीयहरुको लाशको पहाड र कहालिलाग्दा आँशु र रगतका भेल

Posted in कविता | Tagged | Leave a comment

कविता : भोकभोकै मर्न लागे कवि–कलाकार

~गोकुल जोशी~ क्रान्ति गर्ने हिंसावादी हुने भएदेखि तिमी नै हो हिंसावादी नगरन सेखी । गरिबको सुस्केरामा रुन्छ तिम्रो आत्मा वेचिदिन्छौ जिन्दगी नै विदेशीको हातमा । ऋण तिर्न नसकेर विदेशमा झर्छौ

Posted in कविता | Tagged | Leave a comment

कविता : चमेराहरु

~गोविन्द विकल~ चमेराहरु रुखमा उल्टो झुण्डिन्छन् र, हरेक कुरालाई उल्टो देख्छन् सडकमा जुलुस कुदिरहेछ जुलुसमा लाठी, ढुगा–मुढा बर्सिरहेछन् कतिको टाउको फुटिरहेछ र रगत बगिरहेछ

Posted in कविता | Tagged | Leave a comment

कविता : धर्मसंकट

~दिनेश अधिकारी~ केवल आफूलाई अविश्वास गर्न सकिने विश्वास मात्र बाँकी रहेको यो वेला उफ ! फेरी यो कस्तो धर्म–संकट आइलाग्यो ? स्कूलको वादविवाद प्रतियोगितामा भाग लिने तयारीमा जुटेको मेरो सानो छोरो मसँग बारम्बार

Posted in कविता | Tagged | Leave a comment

कविता : शून्य अवतरण

~राजन मुकारुङ~ रात र दिन या अँध्यारो र उज्यालो जोसँग रुने र हाँस्ने हविगत सकिएको छ । ट्वाल्ट्वाल्ति पर-परसम्म बजारमा सुदूर भविष्यहरु पनि बेचिन्छन् अस्वस्थ भाग्यका अगेनाहरु भुर्भुराउँछन्

Posted in कविता | Tagged | Leave a comment

कविता : शहिदकाे गाउँकाे खबर ।।

~शिव चालिसे ‘प्रभात’~ डियर कमरेड मेराे खाली पेट, नाङ्गो खुट्टाले अझै राहत पाएकाे छैन , मेरी अामाकाे च्यात्तिएको चाेली फेर्न पाएकाे छैन, श्रीमतीका सपना अहिलेपनि माटोमा खेलिरहेछन स्कुल पठाउन पाएकाे छैन, दाईजो दिन सकिनर त बैनी अझै माइतीमै छे, उसका … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : करोना

~शोभा गुरुङ्ग~ करोना , त कति धेरै रिसाईस समस्त प्राणी जगतसँग रिसाईस सानाठुला, धनीगरिबसँग रिसाईस अखिर किन ब्रह्माण्डमै खैलाबैला मच्चाईस ! सफाईमा ध्यान नदिदा रिसाईस कि ?

Posted in कविता | Tagged | Leave a comment

कविता : कोरोना

~दिलिप पौड्याल~ संसारभरी कालो बादल छायो कोरोनाको मनभरि डर त्रास छायो कोरोनाको जे छुदानी मनमा डर भाइरस छ कि भन्ने सयौ पल्ट हात धुदा नि यो मनले नमान्ने

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रयत्न

~छेनाम~ प्रयत्न परीकल्पनाको बक्र आकृतीलाइ सब्दले आकार दीन खोज्दै मडारीर्हेको कालो बादल मा तैरीएर एक अध्येय कोर्न खोज्दै छु खोक्रो सीद्धन्तलाइ नकार्दै

Posted in कविता | Tagged | Leave a comment

कविता : बाच्नुपर्छ तिमी

~रेखा पन्त~ पठाउनु छ मैले आफ्ना इष्टमित्र लगायत गाउँका सयौं युवाहरुलाई परदेश जहाँ पाइन्छ पसिनाको मुल्य र भित्रिने छ महिनै पिच्छे आसुँको ढिका पैसा बनेर बल्नेछ गरिवको चुलो पाक्नेछ साँझ बिहान रोटी र आटो

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरी आमा मेरो प्रेरणा

~डा बच्चु कैलाश कैनी~ मेरी आमाले औंठाको छाप लगाएर शिशु कक्षामा मेरो नाम लेखाउँदा मलाई स्कुल भर्ना गराउँदा मलाई थाहा थिएन हामी किन त्यहाँ पुगेको थियौं त्यहाँ के हुँदै थियो ? त्यो दिन मेरो मानसपटलमा

Posted in कविता | Tagged | Leave a comment

कविता : हत्यारा सपना

~कोमल प्रसाद श्रेष्ठ मल्ल~ आँखाबाट, पवित्र गंगा बहिदिन्छ, सायद मृत्युसँग डराएर हो दिन पातलिनु रात बाक्लिनुले भयंकर डरलाग्दो सपना बोकेर सायद सताएर हो । उसले जिन्दगी उडाउँछ सुन्दर शहर देखाउँछ

Posted in कविता | Tagged | Leave a comment

कविता : फूलहरुले चित्त दुखाएका छन्

~डा. मधु “माधुर्य”~ पाखाभरि यो साल पनि ढकमक्क फूल फुलेका छन् बतासमार्पल् बास्नाको निमन्त्रणा पठाउँदा पनि आँखाहरु डुल्न आएनन् पूmलहरुले चित्त दुखाएका छन् ।

Posted in कविता | Tagged | Leave a comment

कविता : माइलालाई रमिता छ

~सुधीर छेत्री~ अहिलेदेखि झण्डा बोकेको होइन माइलाले। माइलालाई रमिता छ। माइलाले नै बोक्नुपर्छ जातीय अस्मिताको भारी अनि भारीमाथि सुपारी। माइलाले बाँधिबस्नु छ सधैँ राष्ट्रिय अपरिचयको हेम्मरी,

Posted in कविता | Tagged | Leave a comment

कविता : जीवन ?

~पुष्प मूनंकःमि~ मेरो जन्म पछि दुध पैचों मागेर टारेकी थिइन रे मेरी आमाले ! बक्षबाट दुध ननिस्केपछि मेरो बाबाले लिटो ल्याएको थियो रे उधारोमा ! यसरी चल्दै थियो मेरो घर हजुर बुबाहरुको पालादेखि !

Posted in कविता | Tagged | Leave a comment

कविता : रिडर रेस्पोन्स थियोरी – एक प्रक्षेप

~जय क्याक्टस~ च्वाट्टै पारेर छिनाउँछे मानेको गुबाजस्तो परस्त्रीगामी पतिको छुल्बुले पुरुषत्वलाई एउटी स्वाभिमानी स्वास्नीले। आरोपित हुन्छ अनेकौँ कथा अनि थुप्रै उपकथा पाठकीय अभिप्राप्तिको सिद्धान्तले।

Posted in कविता | Tagged | Leave a comment

कविता : गराको चपरीमा

~इश्वरवल्लभ~ धरती रजस्वला हुन्छ अलि पर आकाशदेखि टाढीएर बस्छ; किन यो धरती असमय रजस्वला हुन्छ? वर्षमा कहिले तीन फेरा हुन्छ कहिले हुँदै-हुँदैन कहिले दिनमा निकै फेर चुहिन्छ आकाशले हार खाइसक्यो

Posted in कविता | Tagged | Leave a comment

कविता : आमा

~दीपक कुमार ज्ञवाली~ देउरालीमा बस्दा बस्दै आमाको दर्शन पाएँ साक्षात् देवि आमा तिमी कुन लोकमा तिमी थियौ अनाथ बनाई बालकलाई

Posted in कविता | Tagged | Leave a comment

कविता : आईमाई फूल हो ?

~यकिना अगाध~ जसरी लोग्नेमान्छेलाई दाजिन्न केहीसित आईमाई किन आईमाई भएर बाँच्न पाउँदैन आईमाई किन मान्छे बनेर बाँच्न पाउँदैन ? जसरी लोग्नेमान्छेलाई बनाईन्छ बहादुर आईमाईलाई किन फूल बनाईन्छ

Posted in कविता | Tagged | Leave a comment

गद्य कविता : गाउँ कै यादमा

~आनन्द पौड्याल~ धरती र मातासँग स्पर्ष भए पश्चात्, हिँजो, आज र भोलिलाई आत्मसात् गर्दै, माया, ममता जस्ता शब्दको सम्झना गर्दा, गाउँ कै यादले चिथोरिरहन्छ आज मलाई, गाउँ र शहरबीच समीक्षा गर्दै जाँदा, अत्यन्तै गहिराइमा डुवी कल्पना मै घोत्लिँदै, सधैँभरि आत्मीय … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : म जन्मेको दिन

~शोभा गुरुङ्ग~ त्यो प्रशव बेदनाको, त्यो जीवन मरणको संघर्ष गर्दै गर्दा, म जन्मेको दिन । हारेर पनि हांसेकी मेरि आमा म जन्मेको दिन । पढ्न स्कुल हिडेकी मेरि आमा

Posted in कविता | Tagged | Leave a comment

कविता : शहीद र पातहरू

~चन्द्र गुरुङ्ग~ जब जब जन्मभूमिका अङ्ग-प्रत्यङ्गलाई नोच्न थाल्छन् क्रूर नङ्ग्राहरूले र आमाको निर्दोष शरीरमाथि ताण्डव नृत्य गर्छन् अन्धा पाइतालाहरूले तब तब असंख्य सपूतहरू अन्धकारको विरोधमा राँको बनेर बल्दै

Posted in कविता | Tagged | Leave a comment

कविता : रक्त क्यानभासको सम्मुखमा

~साम्ब ढकाल~ पृष्ठभूमिमा अहम्को छाती बोकेका धवल हिमाल लहरै छन् छेउछाउमै जीवनलाई गति बुझाउने झरना छङ्छङ खसिरहेछ केही तल घमण्ड तेजोबध भएका अग्ला/होचा शृङ्खलाबद्ध/ शृङ्खलाहीन पहाडहरू छन् तलतल फराकिला मन जत्तिकै समथर भूमि लम्पसार छन्,

Posted in कविता | Tagged | Leave a comment

कविता : स्वाभिमान

~धुस्वां सायमि~ मेरो कातर भैसकेको विवशतामा करुणालाई जोडेर तिमीले मेरो आवाज माग्यौ, मैले बुझेर पनि मेरा सम्पूर्ण स्वरहरू तिमीमा समर्पित गरिदिएँ, फेरि

Posted in कविता | Tagged | Leave a comment

कविता : हाकिम साहेब भन्दा त पियन दाई नै राम्रो

~विष्णु सुवेदी~ हाकिम साहेब भन्दा त पियन दाई राम्रो कम्तिमा पियन दाईले बसौं हजुर त भन्छन् । गजधुम्म आकाश झैं हाकिम साहेब सुन्निएको बिरामी जस्तो चुपचाप चुपचाप मनमा कुरा खेलाएर आफ्नै धुनमा मस्त रहन्छन् ।

Posted in कविता | Tagged | Leave a comment