Category Archives: कविता

Nepali Poems

कविता : ​रङ विरुद्ध एउटा क्यानभास

~भावना शर्मा~ बुढो चित्रकार बरालिएका कुर्चीले पोतिरहन्छ म मा कहिले रंगिन कहिले रंगहीन आकृतिहरु… म क्यानभास रंगहरुको आवेग सहन विवश ! विचलित छु छिनछिनमा बदलिइरहने रङहरुले अशान्त छु सोच्दैछु, आज बहिस्कार गरुँ यो कोलाज ! असाध्यै रिस उठेको छ यो … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : तिम्रो र हाम्रो संसार

~कृष्ण सेन ‘इच्छुक’ ~ बिल्कुल फरक छ तिम्रो र हाम्रो संसार जसरी बिहान र साँझमा फरक छ जसरी दिन र रातमा फरक छ जसरी उज्यालो र अँध्यारोमा फरक छ सुखले भरिएको तिम्रो सम्रिद्धीको संसार र दु:खले भरिएको हाम्रो गरीबीको संसार … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : अभिन्न साथ

~परिता राजभण्डारी~ मेरो सपनाको संसारमा, तिम्रो आगमन को अनुभुति मात्रले नाचिदिन्थ्यो मेरो मन मयुर झैं, तिम्रो स्पर्शको कल्पना मात्रले। 2 बिपनमा मेरा यि प्यासी नयनहरु, तिमीलाई खोज्दै यताउता नाची रहेका हुन्थे अनि मेरा यि दुई पाउहरु अनायासै, तिम्रो छांया तिर … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो देशको बैंश

~स्वामी सुभाष चन्द्र~ माथी सगरमाथा देखी, बिस्तारै सुसाउँदै आएको, मानौ मेरो लागी केही ल्याउँदै छ । एक मनले त भन्छ, कतै कोयेलीको सुमधुर आवाज त हैन..?

Posted in कविता | Tagged | 1 Comment

कविता : सपनाकी परी

~अमृत खनाल~ भावमञ्जरी भित्र सम्झनाका विस्तरा लगाएर निद्रेश्वरी देवको पर्खाइमा घरि दायाँ घरि बायाँ गरि कोल्टे फेरी निदाउछु म तेही मदहोस भएको मौका छोपी तिमी मेरो सपनीमा आउछौ अनेकौं भेष अनेकौं चाल अनेक -अनेक दिनमा ए मेरी सपनी कि परि … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मैले बाँचेको आक्रान्त युग

~सुरज सोडारी ‘अज्ञात’~ मैले बाँचेको युग जहाँ, गर्भिणिँले हस्पिटलको साटोमा पानी पँधेरो , मेला-पातमा गर्बशाया गर्छिन् पहाडको बैंश अरब मलायामा सेताम्मे फुल्छ रातो पासपोर्ट लिएर उडेको मदनको भेट मुना संग अन्तिम चोटि त्रीभुवान बिमानास्थलबाट ओर्लिएपछि सिधै डाइसेक्सन रुममा डि.एन.ए र … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : नेपालीका पीडा

~रामप्रसाद पोखरेल~ युवा युवतीहरु अबता, देखिन छाड्यौं यहाँ, छैन सीपको मान अहिले, बसेर के गर्नु त। शिक्षा दिक्षा दिएर जगत्मा,आँखा उघारी दियौ, आमा बा सज्जन गुरुहरु,श्रमलाई बिदेसियौँ।। (१) छैन शान्ति सुशासन यहाँ,भरोसा कस्को छर, पिठयूँ फर्काउँछ बन्धू जहाँ, पराया हुन्छ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : यस पृथ्वीको अन्तिम सपना

~बलदेव भट्ट “बिहानी”~ आकाशमा सुर्य उदाउनु बिहान हुनुको संकेत हो, जीवनको पाठशालामा साँझहरु कष्टको अवधि तौलिदै असंख्य वियोग संगालेर सुर्यास्त सम्म इश्वरका ककटेल सन्देशहरु मातेको बिहान लाइ सुनाउन बस्छन !! पानि माथि लेखिएका स्वर्गका चित्रहरु लिएर पानिको मलिलो छाति बस्तिहरु … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : अनि लजाउनु है !

~डम्बर पौडेल~ मैले लेखे एउटा गीत , तिमी गाउछौं भने मैले खोपे एउटा प्रित , तिमी लाउछौ भने सुसेलीले बोलाउछु , तिमी बुझ है माया राखि भिजाई दिन्छु ,अनि रुझ है | सम्झनाका तरेलीमा , तिमीले खोज्यौं भने पिरतीको फुलबारीलाई … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : म भित्र प्रेम खोज

~ओनिक अज्ञात~ म भित्र प्रेम खोज, थोरै हैन, प्रशस्त भेटाउँछौ ! म भित्र सुन्दरता खोज, ढुंङ्गा हैन, फूलहरू भटाउँछौ !! रूप रंग होइन, साँस फेर्न हावा चाहिन्छ, जुन अदृश्य छ ! नाता मात्र हैन, जूनी काट्न माया चाहिन्छ,

Posted in कविता | Tagged | Leave a comment

कविता : बाटो मुनिका फूलहरु

~कृष्ण बिश्वकर्मा~ अन्धकारको साम्राज्य बढेर पो हो कि ! अध्यारा ओडारहरु बाटो मुनिका बगानहरु अनि गल्ली , खोल्सा, कन्दराहरु र समग्र जंगलहरुमा अचेल, भेटिएनन् दिप्त जुनकिरीहरु परभक्षी बिरुवाका जालमा पो परे कि ! कतै, आरक्षणहरुमा त कैद भएनन् आफै ! … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : बा भन्नु हुन्थ्यो ..

~प्रविन खड्का~ एस्तो एउटा पल आउने छ हाम्रो जीवनमा हलचल आउनेछ बा भन्नु हुन्थ्यो धेरै पहिले देश बदलन बहुदल आउनेछ। दन दनी बलेको छ यो देश

Posted in कविता | Tagged | Leave a comment

कविता : बृद्धको बेदना

~राम प्रसाद पोखरेल~ आंखा हेर्दा तिरमिर भयो, कान भयो बहिरो, बोल्न खोज्दा लरबराउंछु, जिब्रो लटपटियो। शरिर गल्यो दाह्री बढ्यो, खौरनलाई गाह्रो, जन्मी हुर्की, खेली खाको, यही ठाउँ मलाई प्यारो।। (१) यताउति दौतरीलाई, उस्तै उस्तै देख्छु, मनको पीर वेदनालाई, उसैसंग पोख्छु। … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : दुर्गम उँचाइमा फूलको आँधी

~मोमीला~ हिजो साँझ आगोको चहकमा आकर्षित मनले दुर्गम उचाइमा आत्महत्या गरेछ बुभ्mदा आगोसँग रिसाएको मनले पानीसँग सँझौता गर्न सकेनछ शँकै शँकामा मनको अधिक प्रिय फूल

Posted in कविता | Tagged | Leave a comment

कविता : बज्रपात

~कृष्णप्रकाश श्रेष्ठ~ बज्रपात भयो कस्तो ? कस्तो दुर्घटना घट्यो ? मर्माहत भएका छौं, के लेख्नुपरिरैछ यो ?? नेपालीहरुले भोग्नु पर्यो संघात यो किन ? कल्पना गर्न नै गाह्रो कुरा यथार्थ भो किन ?

Posted in कविता | Tagged | Leave a comment

कविता : अब आउने नयाँ वर्ष अहिलेको जस्तो नहोस्

~.आर. आर. चौलागाईं~ अब आउने नयाँ वर्ष अहिलेको जस्तो धुलो र धुवाँको नहोस् अहिलेको जस्तो अविश्वासको नहोस् अहिलेको जस्तो हिलो र मैलोको नहोस् अहिलेको जस्तो असहमतिको नहोस् अहिलेको जस्तो बाटोमा जथाभाबी हिँडिरहेको साँढेजस्तो नहोस् अहिलेको जस्तो खेतबारीमा तर्साउन राखेको बुख्याँचाजस्तो … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : म ढुङो कसरी बनुँ ?

~शोभाकान्त गौडेल~ बगरमा पल्टिरहेको पत्थर त होइन म आत्मा र भवशून्य भइरहने बनमा लडिरहेको मुढो पनि त होइन म युगौदेखी निर्जीव सडिरहने तर म ढुङो भइदिनु पर्‍यो रे ! या मुढो भइ लडिदिनु पर्‍यो रे ! रोदन, क्रन्दन सुन्छु अन्याय … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : तिम्रो याद

~समाश्री राउत~ संझनाको छारोले आँखा बिझाउँदा धमिलिएका आँखाहरुले देखें चुपचाप भुईमा संगै टाँसिएका एक जोडी छाँया सर्दै सर्दै गएको माथी घाम प्रखरै थियो अझै मैले छुट्टिनुमा बेलाबेलामा छेलिने घाम दोषी देखें र

Posted in कविता | Tagged | Leave a comment

कविता : मृत्यु-उत्सव

~भावना शर्मा~ म मृत्यु-बजारमा उभ्याइएको यौटा पुत्ला पटक पटक मारेर देखाइन्छ रमिता मानौं मृत्यु कुनै चटक हो ! ताली बज्छ पर्रर…. पटक पटक भाला रोपिँदा म ज्युँदै जल्दा अट्टाहास गुञ्जिन्छ बेसरी यो मृत्यु-नगरीमा जीवनको कुनै मोल छैन…

Posted in कविता | Tagged | Leave a comment

छोक : मेरो बाल्यकाल

~ईश्वर थोकर~ क्याफे न्यातापोल सामुन्ने एउटा बूढो किलामा स्कूल बस नआउञ्जेलसम्म झुन्ड्याइरहन्थेँ– रातो तुम्लेट ! जब, बस आउँथ्यो–

Posted in कविता | Tagged | Leave a comment

कविता : बदनाम

~डा. अम्बरिश पोखरेल~ नेपालमा, भूकम्प आउँदा भूगर्भविद् बदनाम हुने मनसुन आउँदा मौसमविद् बद्नाम हुने पहिरो र बाढी आउँदा फेरी दुवैविद् बदनाम हुने घर र सडक भत्किँदा इन्जिनियर बद्नाम हुने बिरामी मर्दापर्दा डाक्टरहरू बद्नाम हुने

Posted in कविता | Tagged | 2 Comments

कविता : बेनामि मस्तकमा उम्रिएका बिजहरु

~दीपराज नेयोंगहांग~ जादुगरी सतरन्जमा जफतिएका बेनामी मस्तकहरु इतिहासका कलमहरुले नलेखिंदा अक्षरहरुमा नेपथ्य बोल्छ- प्रतिध्वनिमय चा/ताल खेल्दै बिरोधाभास भित्ताहरु प्रती अजस्र उभ्याउँदै घनहरु बन्द कोठामा रिंगिनुको उपजमा पड्कीन्छन बाँधहरु र बग्छन धमिलो बनेर… – इतिव्रिती सुन्दै जाँदा बाँसझ्याङहरु घाट तिर हिँड्दा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : लैजाऊ सबै

~नविन लोचन मगर~ लैजाउ सबै मेरा हात खुट्टा लैजाऊ खाना लैजाऊ, वस्त्र लैजाऊ मेरो काट्रो निधारमा छ यो पनि लैजाऊ मेरो आस्था मस्टिष्कमा छ उखेलेर लैजाऊ मेरो दर्शन कलेजीमा हस्ताक्षरित छ फुकालेर लैजाऊ तिमीलाई के चाहिन्छ र म सँग जे … Continue reading

Posted in कविता | Tagged | Leave a comment

छोक : सरकार !!

~प्रमोद श्रेष्ठ~ सरकार !! धेरै तमासा नदेखा सक्छस भने देखा तेरो तागत ठोक गोली निदारमा निकालिदे मेरो गिदिहरु हान गोली मेरो छातिमा

Posted in कविता | Tagged | Leave a comment

कविता : म रोएँ

~अर्जुनकुमार ढकाल~ ए रगतमा पौडी खेली आएकाहरू हो, म त रगत देखेर रोएँ अनि त्यो फगत देखेर रोएँ ए जलाएर आएकाहरू हो, म त जलेको देखेर रोएँ अनि बलेको देखेर रोएँ ए भाला र बन्चरो बोक्नेहरू हो, मत भाला रोपेको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : श्रमिकहरु

~डम्बर पौडेल~ उज्यालो प्रकाश चम् चम् चम्कियो , उदायो सारा बस्ति कति छन् दिन रात परिश्रम गरने , कोहि गर्छन बसि मस्ती अचम्मै नियम संसार कि यस्तो , भगवान उल्टा भए गरिब बिचरा पसिना तरर , भन्दैनन कोहि जय | … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : नि:शव्द !

~डिलाराम खरेल~ शव्दै शव्दको जाल भित्र म नि : शव्द ! साहित्य ,श्रस्टा अनि भानु तिम्रो सम्झनामा नि : शव्द ! कंचन कोमल र कोकिलकंठ हराए छन की ! गद्य , पद्य , लय अनि छन्दमा नि : शव्द ! … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : सीमान्तर

~रञ्जना उदास~ सीमा सीमाको असमानतालाई नाघ्दै जब हामी भावनाको शून्यतामा डुव्दर्छौं अनि, कोरिन थाल्छन् रेखाहरु सीमान्तर भएर । किनकि, असीमित जिन्दगीमा कोरिने सीमारेखाहरु सीमित भएरै पनि सीमान्तर भै दिन्छन् । नौलाख ताराहरु उदाउने आकाशमा

Posted in कविता | Tagged | Leave a comment

कविता : युद्ध

~प्रतिमा के.सी.~ ऊ जगतकी जननी हो संसारकी सृष्टीकर्ता हो हर मानवकी माता हो जीवन दाता हो तर,

Posted in कविता | Tagged | Leave a comment

कविता : स्पन्दन

~डा. बिनोद मणि बराल~ लाग्छ, उसलाई खहरे खोलाले लालुपाते भञ्ज्यांगले बयरघारी घामले तातेका टारले त्यति मात्र कहाँ हो र सिन्कौलीका जराले मात्र होइन खनिउ, भलायोले समेत उसलाई झक्झक्याइरहेछन् ऊ निदाएको मान्छे ऊ टोलाएको छ

Posted in कविता | Tagged | Leave a comment

कविता : सन्यासीहरुको विश्वब्रह्माण्ड : च्यांगबाको बस्तीबाट हेर्दा

~मधु माधुर्य~ लछार पछार पारेर धरातल छातीभरि उठेका गगनचुम्बी घरहरु च्यातेर आकाश युगको नशाले फुटाएर धर्ती आणविक घनले उन्मत्त उन्मत्त यो वर्तमान बेचेर आप्mनो स्वाभिमान सभ्यताको पाठ पढाउँछ हामीलाई बोकेर पत्थरको हृदय मानवताको व्याख्या गर्छ बस्तीहरुलाई पैmलाउँदै रंगमञ्च युद्धहरुको शान्तिको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : धर्ती आमाको अर्ति

~रन्जना कार्की~ म यति सक्क्षम हुदाहुँदै परनिर्भर भएर मलाई असफल आमा बनायौ। मेरो अस्तित्व र अस्मिता आफ्नो ब्याक्तिगत स्वार्थ पुर्तिका लागि छिमेकीलाई चढायौ ।। भोग अब यो सब कर्तुतको दोषी

Posted in कविता | Tagged | Leave a comment