Category Archives: गीत

Songs

गीत : एउटै मायाले

~आनन्द अधिकारी~ एउटै मायाले एउटै मायाले कसैलाई शिखर पुर्याउँछ कसैलाई फाँसी चढाउँछ एउटै मायाले गर्नुसम्म गर्दो रैछ प्रीतको छायाँले कोही अमर बन्छन् यसमै कोही यसमै झर्छन् कोही फूलको जुनी जिउँछन् किही विष पिउँछन्

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : हृदयमा बाटा हुन्छन्

~कञ्चन पुडासैनी~ हृदयमा बाटा हुन्छन् त्यही पनि भेट हु्न्छ एकान्तमा बढ्दै जाने सम्झनाको बोट हुन्छ आफन्तले दूख पाए पीर लाग्छ त्यसै पनि त्यसैले म आउँदछु तिमीलाई हेरुँ भनी राम्रो थियो बानी तिम्रो अनुहार पनि राम्रो

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : के छ र दिऊँ तिमीलाई मैले

~म. बि. बि. शाह~ के छ र दिऊँ तिमीलाई मैले कोसेली भनेर ल्याएको थिएँ दुई थोपा आँसु पोखियो छल्केर के छ र अरु मसँग दिऊँ कविता छोडेर कोरेको थिएँ त्यही दिऊँ भनी मेटियो झस्केर

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : उकालीमा कल्ले गायो गीत

~बच्चु कैलाश~ उकालीमा कल्ले गायो गीत सुन रे एकै स्वर एकै लहर बाटो हिंड रे डाँडामाथि गोरेटो छ बनको किनारामा

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : पिरतीको मिठो तिर्सना…

~तुलसी घिमिरे ~ हुँदैन रेलिमाई चट्ट बिपना हुँदैन रेलिमाई माया बिर्सन केटा : पिरतीको मिठो तिर्सना सकिँदैन चट्ट मेटिन हो पहिलो बसन्तको नयाँ कोपिला मन लाग्यो टप्प टिपन ।

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : तिमी आउँछौ भन्ने आशै आशमा

~यादव खरेल~ तिमी आउँछ्यौ भन्ने आशै आशमा बाटोभरि आँखा ओछ्याइरहन्छु तिमी सागर भई जता बगे पनि म किनार भई पछ्याइरहन्छु तिमीले नदी किनारमा गएर सुन्नू म कल्कलाएको हुन्छु म तिम्रो मुटुको ढुकढुकीमा सुस्तरी चल्बलाएको हुन्छु

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : जवानी सिउरेको चुल्ठोको त्यो बेणी

~भेषराज रिजाल~ जवानी सिउरेको चुल्ठोको त्यो बेणी नदी भै चुम्यो यो मनको त्रिवेणी बगुँ कि म पनि छोई सुस्तसुस्त लुकाउँ छातीमा कि लुकुँ त्यसैभित्र सधैँ बग यो मुटुमा भई नारायणी चुमी रहु जीवनका खुसीका त्रिवेणी ।

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : खुसी छु म

~दिनेश अधिकारी~ खुसी छु म आज तिमीभन्दा धेरै तिमी हाँस्दा लाग्छ यो खुसी हो मेरै हिजोसम्म लाग्थ्यो कतातिर जाऊँ कोसँग म हिषु कोसँग रमाऊँ तिमीलाई भेट्दा हरायो बिरानी

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : कति माया लाग्छ

~बुद्धवीर लामा~ कति माया लाग्छ रे मै ढुंग्रेमुन्द्रीको आमाले माया गरी किनिदिएको पूर्खाको पेवा पैसा गनिदिएको निधारमा टिका नाकमा फुली सिरैमा सिरबन्दी गलामा लाउँछु कम्पनी माला भएर पियारी

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : हाँसो मैले कहिल्यै देखिन

~देव वज्राचार्य~ प्रिय तिम्रो मुहारमा हाँसो मैले कहिल्यै देखिन प्रिय तिम्रो मुहारमा हाँसो मैले कहिल्यै देखिन रुझेका परेलाहरु मैले कहिल्यै ओभानो देखिन प्रिय तिम्रो मुहारमा हाँसो मैले कहिल्यै देखिन

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : मेरो देश

~दिलिप योन्जन~ गाँउ सहर डाँडा पाखा बरै रगतको गन्ध देशै जलाइ तराई पाहाड कति गर्छौ बन्ध। सबै मिली देश बनाउ छैन कसैलाइ पिर पालै पालो बम पडकाई देशकै छाती चिर

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : कुन देशकी चरी हौ तिमी

~कृष्णहरि बराल~ कुन देशकी चरी हौ तिमी कुन देशकी परी मेरो नजरमा स्वप्न बनी आयौ कसो गरी आँखामा देख्छु जादु सुवास सदा छ भेषमा छल्केको देख्छु भाव नयाँ कोमल ती तिम्रा ओठमा

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : तीजको गीत

~लेखनाथ काफ्ले ‘राजन’~ तीज को लहर माइत जाने रहर आउ नाचौ दिदीबहिनी दिलै खोलेर घरधन्दा सधैभरी दु:खकस्ठ झेल्नुछ आउ गाऔ सङीनी हो दिलैखोलेर रातो साडी लगाकी छु बुट्टे चोली साथमा

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : लोलाएका ती ठूला

~म. बि. बि. शाह~ लोलाएका ती ठूला तिम्रा दुई नजरले हेरिदिए मलाई चाहिन्न अर्को केही सौभाग्यशाली औठी तिम्रो त्यो हातको भै स्पर्शमात्र पाए चाहिन्न अर्को केही

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : मेरो मनको मधुर गीत

~बच्चु कैलाश~ मेरो मनको मधुर गीतमा तिम्रो सङ्गीत बजिरहोस् उर्लिरहोस् प्रीति हृदयमा जीवन आशा छल्किरहोस् ।। मेरो प्यारको नयाँ मुनामा तिम्रो माया बिन्दु परोस् निर्मल नीलो आकाश झैं हाम्रो माया विशाल होस् ।।

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : न कुनै जात हुन्छ

~आचार्य प्रभा~ प्रेममा न कुनै जात हुन्छ प्रेममा न कुनै रङ हुन्छ … मनले चाहे कसैलाई जिउनुको बेग्लै ढंग हुन्छ … असमानता यस्ले जान्दै जान्दैन जाती र रङ्भेद मान्दै मान्दैन … छुवाछुत र भेदभावको

Posted in नेपाली गीत | Tagged | Leave a comment

स्वदेश गीत : नेपाल हौ आमा तिमी

~हरिहर तिमिल्सिना~ नेपाल हौ आमा तिमी, हामी छोराछोरी रंगरूप, जातधर्म, भाषा थरीथरी कोही बस्छौं फेदीतिर कोही टाकुरामा श्रमशक्ति फुलिदिन्छ हाम्रा पाखुरामा

Posted in नेपाली गीत | Tagged , | Leave a comment

गीत : पिपलु बोटैमा ऐंजेरु पलायो

~आनन्द अधिकारी~ पिपलु बोटैमा ऐंजेरु पलायो सँगसँगै हिंडेको बाटो नै हरायो दिन लाग्यो यस्तरी दैव नै खनियो तिमी पूर्व म पश्चिम सबै नै सकियो कतिले लेखे प्रीतिका कथा सूनौला पानामा कतिले राखे बसन्ती फूल मनको कुनामा

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : हृदय रिङ्गाएर बज्छ

~बच्चु कैलाश~ हृदय रिङ्गाएर बज्छ जब मादल देख्छु कुना कोरेको कान्छीको गाजल पल्लो घर भाले जब बास्दछ भोरमा सम्झन्छु कान्छी तिमी मनकै कुनामा

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : आँखाको निद खोसी लाने

~बिक्रम गुरुङ~ आँखाको निद खोसी लाने हृदयको तरंग छेडी लाने तिमीलाई के सजाय दिउँ कि सधैलाई बाधिदिउँ बहकिदै थिएँ मदहोस भएर

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : जीवनको हर यात्रा

~प्रमोद अमात्य~ जीवनको हर यात्रामा साथ तिमी हिँड्नु उकाली र ओरालीमा हात तिमी दिनु

Posted in नेपाली गीत | Tagged | Leave a comment

आधुनिक गीत : त्यो त तिम्रो कुरा हो

~प्रमोद ढुङ्गाना~ तिमी घृणा गर मलाई त्यो त तिम्रो कुरा हो म गर्छु प्रेम तिमीलाई यो त मेरो कुरा हो तिमीलाई माया गर्न तिमी मलाई रोक्न सक्दिनौ कल्पनामा रमाउन तिमी मलाई छेक्न सक्दिनौ

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : आफ्नै मन

~दिलिप योन्जन~ जे गरे नि नबुझ्ने, कस्तो पापी मन एक्लै कति बाचु प्रिय, तिमी आफै भन। साझ बस्दा बिहान हुन्छ, निद लग्यो खैकेले दुख्दछ मुटु भकानो फुटी, त्यो तिम्रो मायाले

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : यहाँ यस्तै छ

~बुद्धवीर लामा~ यहाँ यस्तै छ, यहाँ यस्तै छ सबै कुराभन्दा अनि पैसै ठुलो छ नचिनेको मान्छेभन्दा चिनेको नै काम लाग्छ चिनेको भन्दा पनि किनेको नै काम लाग्छ यहाँ यस्तै छ, यहाँ यस्तै छ सबै कुराभन्दा अनि पैसै ठुलो छ

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : कहिले यो मन खहरे

~दिनेश अधिकारी~ कहिले यो मन खहरे कहिले यो मन छहरा चुलबुले यो मनलाई कसले दिने पहरा चिठीपत्रमा सबैलाई यस्तै हो सोह्र सत्रमा उर्ली उर्ली बग्ने मनलाई मायाजालमा पारूँ जस्तो ढुकढुक गर्ने मुटु पनि अन्त कतै सारूँ जस्तो

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : मायाले बाँध तिमी मलाई

~शम्भुजित बास्कोटा~ मायाले बाँध तिमी मलाई मुटुमा साँच तिमी मलाई चाँद तिमी नील गगनको माया हौ तिमी निश्चल मनको माया मुहारमा पवित्रताको उज्यालोले छाएको

Posted in नेपाली गीत | Tagged | Leave a comment

स्वदेश गान : हामी है नेपाली

~दिलिप योन्जन~ मेरो भन्नु सगरमाथा, देशको गौरब हो मेरो साथ धर्ति आकास, सबैको समान हो चार जात छतिस बर्ण, हामी सबको फुल्बारी न ठुलो सानो नभेद भाब, हामी है नेपाली। माछापुच्छ्रे कन्चनजंगा, चादी झै झल-ल नै मती बाजा थरी२ नाच, … Continue reading

Posted in नेपाली गीत | Tagged , | Leave a comment

गीत : अलि मुस्कुराऊ

~रवि प्राञ्जल~ गुलाबी अधर त्यो अलि मुस्कुराऊ, लजाएर नजर अरु न झुकाऊ । तिम्रो छेउ आउँदा ढुकढुकी बढ्छ, सक्दिन थाम्न नजिक नआऊ ।

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : परदेशीलाई……

~शशीकला थापा सुब्बा~ निद छैन परेलीमा, डाँडापरि जून उदायो किरण झर्यो आगनीमा ,फेरी तिम्रो याद आयो मनको डोरी चुडाएर एकलै किन छाडीराख्यौ कलिलो यो जोबनलाई,कुन बन्धनमा पारीराख्यौ

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : जीवन साथी

~केदार श्रेष्ठ “गगन”~ बसेको छु तिमीलाई पर्खि यो तन चोखो राखी मनको राजा चाँडै आइदेऊ मेरो जीवन साथी । यो मन सधैँ सँगै हुन्छ तिमी टाढा भए पनि सँगे मर्छु ,जिउँछु छाडि्दन म ज्यानै गए पनि

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : सपना भुलाई सारा

~शिव अधिकारी~ सपना भुलाई सारा आँसु पिएर जाऊ मन्दिरमा छ तिम्रै तस्वीर लिएर जाऊ जनम जनम नभुल्ने आँखा लिएर जाऊ एक सुर बाँसुरीको विन्ती सुनेर जाऊ

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : रिसाइदेऊ न बिन्ती

~कृष्णहरि बराल~ मनका सबै बोझहरू बिसाइदेऊ न बिन्ती रिसाउँदा झनै राम्री रिसाइदेऊ न बिन्ती गुलाबी ती गालाभरि अँझ लाली छाओस् आँखाभरि जवानीको नशा सल्बलाओस्

Posted in नेपाली गीत | Tagged | Leave a comment