Category Archives: नेपाली गीत

Nepali Songs

गीत : जीवनलाई हतार छ परिवर्तनको

~किरण श्रेष्ठ~ यहाँ हर जीवनलाई हतार छ परिवर्तनको खै कसरी परिभाषा दिउ यो बातावरणको भित्ताहरु नारा भएर बोल्न थालेका छन सडक पनि जुलुश संगै तातिन थालेका छन

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : आँखाभरि तिमी, मुटुभरि तिमी

~किरण श्रेष्ठ~ आँखाभरि तिमी, मुटुभरि तिमी, यही कतै मेरो मुटु माझ जिस्की बसेछौ की? यही कतै मेरो छाँयाभित्र लुकी बसेछौ की? आँखा भरि तिमी——

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : बिर्सनलाई धेरै पिए

~महेश बर्तमान रानामगर~ बिर्सनलाई धेरै पिए, मातिएपछी पो मन खुल्न थालेछ बिस्तारै बिस्तारै मनको पिडा सबैमाझ खुल्न थलेछ तिम्रो जाली मायामा मै ढुखीको मन फस्नु फसेछ तिमीले गरेको बाचाहरु तिमी आँफै तोड्नु तोडेछ धनको साथ पाए पछि मनको रुपा पराइ … Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : धेरै गीत

~महेश बर्तमान रानामगर~ धेरै गीत गाएँ मैले प्रीत धेरै लाएँ मलार्ई भने तिम्रै गीत तिम्रै प्रीत प्यारो यति ठुलो संसारमा सुन्दर धेरै रुप मलार्ई लाग्छ हरक्षण बसु तिम्रै साथ धेरै कसम खाए मैले धेरै माया लाएँ

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : सोलुको यहि पाखा

~महेश बर्तमान रानामगर~ सोलुखुम्बुको काखमा जन्मेको हामी शेर्पाली सगरमाथाको गौरवले बाँचेको हामी शेर्पाली नुम्बुरको काखमा सल्लेरी बजार हाँसेको जुनबेशीको काखमा शेर्पाली सँस्कृति बाँचेको पाहाडी छाती छेडेर नागवेली दुधकोशी बगेकी

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : तिमीले मुटुमा औंसी लगायौं

~विवश यात्री~ तिमीले मुटुमा औंसी लगायौं मायाको भारी बोक्ने नाम्लो चुडायौं टाढा टाढा धेरै टाढा पुग्ने हाम्रो लक्ष्य थियो आधी बाटो नपुग्दैमा मन त्रि्रो बदलियो

Posted in नेपाली गीत | Tagged | Leave a comment

तीजको गीत : एउटा गीत गाउँदैछु म तीजको लयमा

~अस्मिता~               (तीजको लयमा) एउटा गीत गाउँदैछु म तीजको लयमा। बिदेश आउने नेपालीको सुन्नुस् बयान। साना साना बालबच्चा रुदै होलान् घरमा नेपाली हौं भन्न पनि लाग्छ मलाई सरम।

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : परदेशीको बाटो हेरी नबस है मैना

~‘बेखर्ची’ ज्ञानेन्द्र कोईराला~ परदेशीको बाटो हेरी नबस है मैना निलो आकाश सारा धर्ति तिम्ले संसार देख्छौ कति सक्छौ भने पंखा खोली उड्दै जाऊ मैना

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : बिर्सिएकै बेस होला दुखियाका साथहरु

~अम्बिका गिरी~ बिर्सिएकै बेस होला दुखियाका साथहरु भयो अब नदेउ धेरै जीन्दगीमा घातहरु मैले हिँड्ने बाटो तिम्लाई साँघुरो लाग्न थालेपछि मैले बस्ने बस्ती तिमीलाई उजाड लाग्न थालेपछि

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : जहाँ गयो ठेस लाग्छ

~बिमल गिरी~ जहाँ गयो ठेस लाग्छ हेर्छु क्षितिज पारी ठगिस् मलाई कर्म भन्दै रुन्छु आँखा भरी। जिन्दगीको गोरेटोमा गर्नुपर्ने कति कति समयले कोल्टे फेर्यो नपुग्नेभो सोचेजति,

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : मन मेरो थिएन

~रुपक भट्टराई~ अरब आउने मेरी आमा मन मेरो थिएन गाउ मा बस्न मेरी आमा करमैले दिएन !!! चर्को घाम मेरी आमा उम्ले झँइ पानी ! तिम्रो दु:ख मेरी आमा सम्झन्दै मन खानि !!!

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : अलग–अलग रङ्ग

~लेकाली कान्छा मुक्कुम~ एउटै इन्द्रेणीका हामी अलग–अलग रङ्ग तर मन मिल्नु पर्छ मनहरु सँग जताततै ममता होस् मेरो भन्नुमानिसभित्र मानवता होस्

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : सर्माएर बोलिन म

~रत्नशम्सेर थापा~ सर्माएर बोलिन म भेट हुँदा पहिले रोई रोई माफी मागूँ कोसँग म अहिले कति गृष्म कति हिउँद गए त्यसै बिती

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : फूलै फूल मात्र पनि

~भिम बिराग~ फूलै फूल मात्र पनि होईन रैछ जिवन काँडा बिच फुल्ने फूल रैछ जिवन मरिदिने मानिसले बिष पिउने गर्छन्

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : औंलाहरू चुमेर

~बैरागी काईंला~ औंलाहरू चुमेर औँलाभरि सलाम मेरो हजुरलाई आँखाभरि सलाम, के बिराएँ ? नजरले चुमेँ ती फूल जो ओठमा फुले के बिराएँ ? हत्केलामा थापेँ ती केश जो लाजमा झुके मानेँ, कि मेरो हजुरलाई बाटोभरि साह्रै गरी लाज लाग्यो रे,

Posted in कविता, नेपाली गीत | Tagged | Leave a comment

गीत : फेवातालमा

~महेश बर्तमान रानामगर~ फेवातालमा सान्नानि घाम होकि छाया सङिलएको मनभित्र बस्यो तिम्रो माया सेती नदी भइ बग्यो तिमी मेरो मनमा माछापुच्छे् भई हाँस्यो मेरो आँखैमा हरियाली शुन्दरतामा प्रिती नयानया

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : ए ! नेपाल

~महेश बर्तमान रानामगर~ ए ! नेपाल ए ! नेपाल कुन निर्दयी दशा चल्यो नि यता भाई डल्यो भन्छनयही दुःखी आमा रुन्छिन उता ! दाई म¥यो भन्छन अभागी आमा मुर्छा पर्छिन ए ! नेपाल ए ! नेपाल कुन निर्दयी दशा चल्यो … Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : तिम्रै माया

~महेश बर्तमान रानामगर~ तिम्रै माया यहि कालेलार्ई तिम्रै दया यहि कालेलार्ई आज झनै मुटुमा घात धोका पनि यहि कालेलार्ई यो कालेको भाग्य कस्तो चुकी जाने काँच जस्तो माया गर्ने बाहानामा दया देखाई दिल चो¥यो माया गर्ने दिललार्ई तिमी एक्लो बनाई … Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : विश्वको शीर

~महेश बर्तमान रानामगर~ विश्वको शीर सगरमाथा यसैको काखमा जन्मेको हिमाली शहर प्रकृति बहर हिमाल हाँसेको हिमाल हेर्नलाई आउ है सोलुखुम्बुमा स्याङ्बोचे डाँडा नाम्चे है बजार त्यहीमाथि थामे गाउँ यो दुधकोशी यो भोटेकोशी यही डाँफे नाच्ने ठाउँ

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : हाँस न हाँस

~महेश बर्तमान रानामगर~ हाँस हाँस सधैं हाँस आँशु सवै मलाई दिई कोमल तिम्रा हृदयलाई सधैंभरि खुशी राखि चाहानानैं यस्तो मेरो दु:ख बोकी खुशी दिने रहर नै यस्तो मेरो पीडा बोकी खुशी हुने नाचनाच तिमी नाच यी नयनमा छारो पारी

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : वेईमानीले

~महेश बर्तमान रानामगर~ वेईमानीले बेइजतीको लगाम लगाइ दियो आफु हारी जीतको थाक आफ्नै हात पर्‍यो बैगुणी छ संसार पनि मलाई ठेस दिन्छ तीर रुपी वचन पनि मेरै मुटु घोप्छ निरीह बनि सारा पीडा म नैं सहनु पर्‍यो

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : काँडा मनपर्छ

~उषा गिरी~ हरियाली फाँटभन्दा सुक्का डाँडा मनपर्छ फूलभन्दा धेरै मलाई काँडा मनपर्छ नारीलाई होच्याउने पाखन्डीको माझमा अरुको भाब नबुझ्नेले सुस्ताउछन साझमा पूर्णिमाको प्रकाशभन्दा साझ मनपर्छ फूलभन्दा धेरै मलाई काँडा मनपर्छ

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : लाग्न थाल्यो जीवनमा

~भैरबनाथ रिमाल “कदम”~ लाग्न थाल्यो जीवनमा मेरो कथा यस्तो फक्रिएर वसन्तमा झर्ने फूल जस्तो आफू खोज्छु बिर्सिदिन गहराइबाट बिपनामा बिर्से पनि सपनीमा आउँछ याद मुटु मेरो जलाइदिने उनको बानी कस्तो फक्रिएर वसन्तमा झर्ने फूल जस्तो

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : मुटुको हरेक नशामा

~भैरबनाथ रिमाल “कदम”~ मुटुको हरेक नशामा तातो साहस उमाली प्रण गर्छौ सदा देशको निम्ति एक भै नेपाली एक भै नेपाली माटो र ढुंगा, बाहु र बलले सम्हाली राख्दछौं गौरव गाथा वीरको नाता झन् उच्च राख्दछौं हिमगिरी छर्छन् सदैब सुन्दर शान्तिको … Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : तिम्रो सिउँदो सजाइदिने मेरो एउटै धोको

~भैरबनाथ रिमाल “कदम”~ तिम्रो सिउँदो सजाइदिने मेरो एउटै धोको तिमीप्रति चाहना जुन मेरो सधैं चोखो मेरो दिल नै उपहार तिमीलाई दिइसकें बासी इच्छा नठानिदेऊ मैले चाहिसकें मेरो व्यथा कथा बन्छ लहरा भै गीतको ओइलिएको शीतलाई नि चाह हुन्छ शीतको

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : फर्कि कतै आइन भने

~भाग्‍य‌ लिम्‍बु‌ ‘भगी’~ फर्कि कतै आइन भने मेरो बाटो नकुर्नू आउन खोज्दै मरे भने मलाइ सम्‍झी नरुन आंखा रसाइ आयो भने आकाश हेरि रोइदिनू मनको वह ओर्लिआए यहि धर्तिमा पोखिदिन

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : सपना ति काँचसरी

~नवराज ‘नबोदित’~ सपना ति काँचसरी,टुटेपछि थाहा पाएँ । तिम्रो माया तिमीसंग,छुटेपछि थाहा पाएँ । सोच्या थि’न पर्देशी म,बन्नु पर्ला कुनै दिन नरोएर बसेको पल् , छैन आज एकैछिन आँखा बाट आँशुको मुल्,फुटेपछि थाहा पाएँ ।

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : दियौ हात तिमीले र मैले समाएँथे

~भगवती बस्नेत~ दियौ हात तिमीले र मैले समाएँथे सँगै सँगै हाँसी खुशी हिड्दा रमाएँथे अनायसै आज तिमी टाढा भयौ किन जान्ने रैछौ तिमी साह्रै मन्मा चोट दिन तिम्रै निम्ति सारा नाता टाढा बनाएँथे तिमी सँगै जिउन पाउँदा धेरै रमाएँथे निष्ठूरीको … Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : मै नरहे मेरो लागि

~जनकराज पौडेल~ मै नरहे मेरो लागि यो धर्तीमा के नै छ र बाँचुन्जेल संसार छ भने अरू केको डर मैले हिँडे बाटो हिँड्छ, म रोकिए पर्खाल हुन्छ मैले हाँसे फूल हाँस्छ, मैले रोए जून रुन्छ म बगे यो नदी बग्छ, … Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : देशको गीत

~क्षेत्रप्रताप अधिकारी~ मलाई सञ्चो छैन तर देशलाई सञ्चो भइरहोस् म त आउँछु जान्छु तर यो देश सधैं रहिरहोस्

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : एउटा मान्छेको मायाले कति

~चाँदनी शाह~ एउटा मान्छेको मायाले कति फरक पार्दछ जिन्दगीमा एउटा साथीको साथले कति फरक पार्दछ जिउनुमा

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : शुभकामना भरी

~चाँदनी शाह~ शुभकामना भरी हरेक स्वासमा तिम्रो दिर्घायुको कामना गर्न सकुँ म शुभकामना भरी हरेक पलमा तिम्रो जीवनमा सुवास छर्न सकुँ म

Posted in नेपाली गीत | Tagged | Leave a comment