Category Archives: नेपाली गद्य

नेपाली गद्य / Nepali Prose

लघुकथा : जाडो

~अन्जान मानव~ “अंकललाई नमस्ते गर्नु पर्दैन ?” -आमाले छोरालाई हप्काउँछिन् । “कस्तो जाडो छ ।” -दुबै हात गोजीमा राखेको छोरा खिसिक्क हाँस्दै भन्छ । “के भन्छ यो ? जाडो भयो भनेर खल्तीमा राखेको हात झिक्न गाह्रोले नमस्ते नै

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : समय

~मुक्ति पौडेल~ दश कक्षाको टेस्टमा फेल भएपछि दरबाङ्ग बजार चाहारेर लाहुरेको भारी बोक्नु मेरो दैनिकी थियो । लाहुरेको भारी नपाएको बेला चितवनतिरबाट आएका राता कुखुरा बोकेर गाँउगाँउ डुलेर बेच्नु वाध्यता जस्तै थियो । रातो कुखुरा हेर्दा लोकल जस्तै देखिने मासु … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : बुद्ध अल्मलिए

~सुजन बैरागी~ म त्यस ठाउँमा पहिला पनि पुगेको थिँए, तर धेरै पहिला । त्यतिबेला त्यो एउटा सुन्दर संसार थियो । त्यो प्रसंशनिय थियो । त्यहाँको नदीनाला, हावापानी, वनजंगल अनि त्यहाँका सहयोगी निःस्वार्थी मानिस, आहा ! कति राम्रो थियो कति असल … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : बिडम्बना

~लीलानाथ असन्तोषी~ “हेलो ……….” “हजूर ……..” “को हो ? हर्के बोलेको हो ?” “हजुर म बोल्दैछु ।” “मेनपावरबाट बोल्दैछु ।” “सर नमस्कार ! मेरो भिसा लाग्यो ?” “अँ ! तिम्रो भिसा लाग्यो, एक हप्ताभित्र पैसाको व्यवस्था गरेर आउ ।” “हुन्छ, … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : शैयामा छाडेको जीवन

~सुजन बैरागी~ “सिस्टर प्लीज मलाई पानी दिनुस् न । आ ऽ ऽ ऽ ए सिस्टर सि…..स्…ट..” “आयूष… आयूष के भो ?” “डक्टर.. डक्टर बेड नं. १०४ को पेसेन्ट फेरी बेहोश ।” “अक्सिजन तयार गर । सिस्टर रिपोर्ट देखाउनुस् त ओ … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : पञ्च बलि

~गोविन्द के. सी.~ हरेक बर्ष देवी थानमा लप्टन काइँलाले पञ्च बलि चढाउने । त्यो पञ्च बलिको प्रतिक्षा सबैलाई हुन्थ्यो । रमितेलाई रमिता, गरीबलाई भोजन र पुजारीलाई मनग्य दक्षिणा । जब लगातार दुई बर्षसम्म लप्टन काइँलाले पञ्च बलि चढाएनन् तब सबैजना … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : विदेशीएकी चेली

~रामकृष्ण पौडेल ‘अनयास’~ (विदेशीएकी चेलीको जिवनमा आधारित सत्य कथा ) (पात्रको नाम परिबर्तन ) उ नारायणीको पानी जस्तै पबित्र थिई । तर पनि धमिलो आफै हुदैन कि त चलाईदिनुपर्छ कि त भेलनै आउनु पर्छ तर बुझ्दै नबुझि ती आबोध अनि … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : एक लाखको सम्बन्ध

~सुमन सुस्केरा~ उ हराएको त्यो क्षण अस्ती जस्तो लाग्छ । एकलाख उसको श्रीमानले उसको हातमा अस्ती थमाई दिएको जस्तो लाग्छ । उसको आँखाभरी आँसु टिल्पिलाएका थिए । उ कताकती हराई रहेकी थिई । उसको आँखा मलिन थिए । हेराईमा उसको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : धामी र बोक्सी

~अन्जान मानव~ एकजना धामी कुनै बिरामीलाई फुकफाक गर्न पल्लो गाउँ जाँदै थियो । अचानक उसले कोही कराइरहेको आवाज सुन्यो । सुनसान र जंगलको बाटो, आवाज आएकोतिर हेर्यो । त्यहाँ एकजना महिला लडिरहेकी थिईन । उनको शरीर भरि घाउ थियो । … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : समावेशी सहभागिता

~लीलानाथ असन्तोषी~ रानीवनका व्यवस्था अन्य वनको भन्दा भिन्दै थियो । त्यहाँ वनका राजा सिंहको आदेश र निर्देशन सबै जनावरहरूले पालना गर्दथे । राजा सिंहले पनि सबै जनावरहरूले मनोभावना बुझेर कामको जिम्मेवारी तोक्दथे । जुन सबै जनावरलाई मञ्जुर हुन्थ्यो । कामको … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : विदेश जाने निर्णय

~सञ्जयकुमार श्रेष्ठ~ ओभरसीज मेन पावर कम्पनीबाट फोन आयो – “विर्खबहादुर, तिम्रो भिसा लाग्यो …. एक लाख पैंतिस हजार रुपैयाँ लिएर….. एक हप्ता भित्र काठमाण्डौ आर्इपुग्नु …. दोश्रो हप्ता उड्‍्नुपर्छ …… तिमी नआउने भए…. त्यो भिसामा अर्कै मान्छे जान्छ ।” “हवस, … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लोककथा : आमाको माया

~हिरामोती जुग्जाली~ पहाडको फेदमा एउटा सानो गोठ थियो । त्यही सानो गोठमा विदुर र उसको बा-आमा बस्थे । उनीहरूको धेरै गाइ, भैंसीहरू थियो । विदुर धेरै सानो थियो उसको बा र आमा गाइ-भैँसीलाइ घाँस काट्‍न र वस्तुभाउहरू चराउन दिनहुँ जंगल … Continue reading →

Posted in नेपाली कथा, लोककथा / दन्त्यकथा | Tagged , | Leave a comment

लघुकथा : सुन्तलीको तिहार

~छक्कु उदासी~ आफ्नो घरको आगनमा तिहारे फूल कोपिला बन्दै जति मुस्कुराउन थाल्थ्यो उति सुन्तलीको खुसी पनि मुस्कुराईरहेको थियो । किनकिआफ्नो मुटुको टुक्रा जस्तै भाइ परदेशबाट फर्की आउँने ब्याकुल प्रतिक्षामा थिई । प्रत्यक बर्ष भाइको बाटो हेर्दा हेर्दा सुन्तली थाकेकी थिई … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : गंगामाया

~रामप्रसाद दाहाल~ गंगामायाले फड्को परे झैं आएर थ्याच्च भैंमा मेरो अगाडि बस्दै भनी – “सानोबाबु , त्यसो गरI दिनु चैं भएन ।” मधेसको घरमा यदाकदा मात्र बस्ने भएकोले म त्यहाँको चालचलन, परिस्थिति र बोलीचाली पनि त्यति प्रस्ट बुझ्दिनथें तर गंगामायाका … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अंशबण्डा

~रामप्रसाद दाहाल~ गंगालालले बाहिरबाट आएर अगेनोको छेउमा बस्दै आगो फुक्दै गरेकी स्वास्नीलाई भन्यो – “तैले सुनिस् हैन बुढाले ‘बिहे गर्छु’ भनेको कुरा ? ” धनमायाले जाडोले नाकको टुप्पोमा अएको पानी मजेत्रोले पुछ्दै भनी – “सुनें त्यो त तर बुढाले आँटे … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : आशंका

~रामप्रसाद दाहाल~ रागिनी बल्दो बैंशमा नभए पनि उसको जवानी ढल्केको थिएन । छरछिमेकमा उसको उमेरका २।४ वटी केटी अझै पनि बिहेलाई पर्खिरहेका थिए भने उसको त छोरो दश वर्षको भई सकेको थियो । त्यसो हुनुमा दोष उसको होइन, उसका आमाबाबुको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पियारी म सुतेँ

~डा. कविताराम श्रेष्ठ~ — कति बज्यो पियारी ? — सात बजिसक्यो । मान्छेहरू आफ्नाआफ्ना काममा जुटिसके । तिमी अझै ओच्छ्यानमै बसेर समय सोध्दैछौ । ओच्छ्यानमै घाम पसिसकेपछि केको समय सोधि राख्न पर्छ ?

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : तिलस्म यात्रा

~डा. कविताराम श्रेष्ठ~ ‘हेलो मित्र के छ हाल ?’ ‘हाल’ के हुनु पर्ने हो र उसलाई जवाफ कु हुनु पर्ने हो ? मलाई थाहा भएन । यति हो कि यस व्यक्तिलाई कमसेकम आज चाहिँ भेट्न सक्ने स्थितिमा थिइनँ । यसकी … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : देवरको जुँगा

~डा. कविताराम श्रेष्ठ~ मेरो प्यारो देवर बाबुकै, म दुःखी भाउजुको धेरै सम्झना छ । उपरान्त कुरा भेटमा । हालका बारेलाई यहाँ सबैलाई निको, आरामै छ । तहाँ आराम अवोस् भनी श्री पशुपतिनाथसँग प्रार्थना छ । उपरान्त म्याटेरीबाट आईए पढ्न गएकौ … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अनुभूति

~रामप्रसाद दाहाल~ करुणा गरूँ, नगरूँको दोसाँधमा थिई। बन्द भएको बाथरुमको छेस्किनी दुई पल्ट दोहोर्यागएर जाँचिसकेकी थिई र भेन्टिलेटरको छेस्किनी पनि बन्द गरेकी थिई। कसैले चाहेर पनि चियाउन सक्ने सम्भावना थिएन तैपनि कसैले देख्छ कि ? भन्ने आशंका उसको मनमा ठूलो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : महानगरको एक रात

~रामप्रसाद दाहाल~ रात मध्यतिर छुन लागेको थियो र महानगर भनिने सहरहरू सुनसान र निस्प्राण हुनु पर्ने समय अझ भई नसके पनि काठमाडौं सहर भर्खर प्रहरी छापा परेको रण्डीकोठी जस्तै निस्तेज र चिसो थियो। सडकको बत्तीको प्रकाशमा देखिने धमिलो हुस्सुले त्यो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : समाचार

~गीता थापा ‘दोषी’~ उसले अघाउञ्जेल पढी।तर नोकरी पाइन। व्यापार व्यवसाय गर्न आर्थिक अवस्था कमजोर थियो। बैंकबाट ऋण काढ्न बैंकलाई देखाउने जेथो केही थिएन। रैपनि योग्ताको प्रमाणपत्र झोलामा बोकेर नोकरी खोज्ने कामलाई निरन्तरता दिइरही। योग्यता अनुसारको काम नपाइए पनि होटेलमा

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : पाखे

~सागर पराजुली~ उ निकै क्युरियस थियो । अलि पढेलेखेको नयां मान्छे भेट हुंदा उ प्रश्नहरुको झटारो हान्थ्यो । हावा किन देखिंदैन? हवाइजहाज उड्न इन्जिन चाहिन्छ तर चरा उड्न किन चाहिंदैन? आदि आदि । आजको युगमा जन्मेको भए गुगललाइ सोध्थ्यो । … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लोककथा : साइनोको व्यापार

~सीता बराल~ बाबु बुहारीलाई धोका नदिनु, यसको आँसु लाग्छ । अहिले सबै घर धान्ने यही छे । तिमीलाई पठाउने कागजपत्रमा सही लगाएर आउँदा डाँडाको चौतारीमा बसेर छोरालाई दूध खुवाउँदै निकै बेर रोई । रुपेशले उनका बाले फोनमा भनेका कुराहरु सम्झे … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अदृष्य प्रेम

~सीता बराल~ फेसबुक खोल्ने वित्तिकै प्रतापले पठाएको फ्रेण्ड रिक्वेस्ट देखेर शर्मिला एकछिन टोलाएर बसिन । उनलाई खुशिको सिमा नै भएन । मनमा छायाँ भएर रहेका प्रताप शर्मिलाको विहे पछि विस्तारै टाढा भएका थिए । शर्मिलाले कुनै न कुनै माध्यम बाट … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : लोभी मान्छे पापी मन

~सुमित्रा पौडेल ‘आँचल’~ भाग १ समय परिवर्तन सँगसँगै .भनिन्छ हाम्रो देश हाम्रो समाज पनि परिबर्तंनशील छ ! हामीमा नयाँ जोस्, नयाँ जाँगर ,नयाँ उमंग र उत्साह थपिएका छन् ! व्यक्ति शिक्षित छन् ,घर शिक्षित छ ,समाज शिक्षित छ ! आज … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : साँगुरो जेल भित्रको जिन्दगी

~सुमित्रा पौडेल ‘आँचल’~ फेब्रुवरीको आधा आधी भै सकेको थियो जाडो याममा पानी पर्ने मौसम भएको हुँदा दुई दिन अघि झरी परेता पनि न्यानो कोठा भित्र पूर्णिमालाई चिसोको केही अनुभव थिएन तर बिहानी पख चलेको सिरेटो उनको सुत्ने कोठाको खुल्ला झ्यालबाट … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : ढुङ्गा बोल्छ

~खगेन्द्र पन्धाक लिम्बू~ कमिलाबाट सिकेको ज्ञान-’बाटोहरुको कुनै अन्त्य छैन । त्यसैले यात्राको पनि कुनै समाप्ति छैन ।’ जान्दा-जान्दै पनि आफ्नै यात्रा चाहिं हर घुम्ति,गल्ली र कुईनेटोहरुमा टुँगिन खोज्छ । कायाकल्पबाट कायापलटको परिवर्तनसम्म आउँदा कमिला वा एउटा कितपतङ्ग जत्ति पनि हुन … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : गोमती किन पोइला गई ?

~रामप्रसाद दाहाल~ ‘गोमती पोइल गई’ भन्ने सुनेपछि उसकी भाउजूले भनी – “छि ! के गरेकी होलिन् ती नानीले ? त्यस्तो घर छोडेर मुग्लान किन भासिनु परेको थियो ?” दाजुले नाक फुराएर भन्यो– “कुकुरलाई घिउ नपचेको नै ।नत्र देउता जस्तो लोग्ने … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : श्रापित राजकुमारी

~रामप्रसाद दाहाल~ होशमा आउदा म दुध रंगको पूर्णिमाको जून मनि आकाशमा उडी रहेकी थिएँ। मैले आफूलाई सिमलको भुआभन्दा हलुका अनुभव गरी रहेकी थिएँ। जूनको धमिलो प्रकाशमा यदाकदा टल्किने पानीको सतह बाहेक अरू सबै नछुटि्टने गरी धमिलिएको थियो धर्ती र रात … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पहाड अग्लिएपछि

~स्वप्निल नीरव~ म नराम्री छु, अरु झैं हिस्सी परेकी छैन, यस्तो म सोच्छु । म कमजोर भएर, निरीह भएर बकिरहेको छैन कि, म नराम्री छु, काली छु । मान्छेले देख्ने गरेको बाहिरी रङ्ग, आवरणलाई लक्षित गरेर भन्दैछु-म नराम्री छु, काली … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

निबन्ध : हाँसोका पर्राहरू

~जया राई~ बिहान काममा निस्कँदा न्याप्चुन रोडमा हाम्रो फ्ल्याट पछाडिको कमर्सियल वेरहाउसमा आउने कुनै कार, लामो लरी अथवा बदमास वाइट भ्यानहरूको चेपमा पर्नुपरेन । पल्लो घरकी श्रीलंकामूलकी आमाछोरी पनि सधैं स्कुल जाने, तिनीहरूलाई भेटिनँ । अर्की दुई जना छोरी लिएर … Continue reading →

Posted in निबन्ध | Tagged | 1 Comment