Category Archives: नेपाली काव्य

Poetry

कविता : मृत्यु उनन्साठी

~मञ्जुल~ सबभन्दा दुर्गन्धित हुन्छ अक्षरहरुको लास संसारको कुनै पनि अत्तरले मेटाउन सक्तैन त्यसको दुर्गन्ध फतफत कुहेर झर्छ

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : चाहिन्न केही अरू

~गोविन्ददेव आचार्य~ छन्द :- शार्दूलविक्रीडित दोस्राले रुन, डर्न, भाग्न नपरोस् मेरा कुनै काममा निन्दा गर्न, खसाल्न, थुक्न नसकून् आचार वा नाममा सारा वैभव, मान यो समयले पारोस् खरानी बरु मेरो “मानिस” एक नाम नमरोस् ! चाहिन्न केही अरू ! मेरो … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

कविता : म आसावादी थिएँ !

~रबिन पुरि~ हावाले हानेको दियोबाट म प्रकाशको आसा गर्दै थिएँ ! औसीका रातहरुमा जुन र तारा हेर्दै थिएँ !! चर्किएका माटाको भाडाहरुमा पानीका थोप्पाहरु नाप्दै थिएँ ! खियाले खाएका फलामलाई

Posted in कविता | Tagged | Leave a comment

गजल : सुनु सुनु लाग्छ अचेल

~गोविन्द रावत~ कोईली जस्तै वोली तिम्रो ,सुनु सुनु लाग्छ अचेल अमर अटूट प्रेम गाथा, बुनु बुनु लाग्छ अचेल।। दिनमा भोक रातमा निद्रा, हराईसक्यो हेर मनु एकै होस शब्द तिम्रो, सुनु सुनु लाग्छ अचेल।।

Posted in गजल | Tagged | Leave a comment

कविता : जीवन-चङ्गा

~लेखनाथ पौडेल~ कछुवाले अङ्गसरी खुम्च्याई बाह्य वृत्तिका तार। भित्र अलिकति हेर्दा अर्कै रसिलो चमत्कार।।१।। दुर्गम भै उर्लेकी तलतिर समतुल्य मोहकी गङ्गा। फरफर गर्छ उपर यो जीवनमय पातलो चङ्गा।।२।।

Posted in कविता | Tagged | Leave a comment

कविता : विचरा ! कीर्तिपुर

~रजिन पनेरु~ च्यातिएका पर्दाभित्र जिजीविषा बोकेर उभिरहेको कीर्तिपुर ………… व्यारेकिकरणको छिटाहरुमा फगत श्वास बनेर चिच्याइ रहेछ र लमतन्य फाटिएका सडकहरु नाघिरहेका माक्र्स र बुद्धका

Posted in कविता | Tagged | Leave a comment

कविता : धौलागिरी र लालीगुराँस

~जीवराज बुढाथोकी~ धौलागिरीको फराकिलो आगनमा, ढकमक्क लालीगुराँस अयो पाहुना, बसन्तको सुरम्य यो मध्यमाझमा, आहा साँच्चै कति आनन्द हृदयमा !! सेतो फेटा गुथे झैं यो धौलागिरी, रातै फूलेको गुराँसले आँखै तिरिमिरी,

Posted in कविता | Tagged | Leave a comment

कविता : रेलगाडी

~बिमल गुरुङ~ घरबार छोडेर गाउँमा बसेर जनताको लागि काम गर्ने नदीहरुलाई मेरो अशेष प्यार ! खुकुरीको धारमा उभिएर बलिदान हुन तयार

Posted in कविता | Tagged | Leave a comment

कविता : दिन

~टंक सम्वाहाम्फे~ टेक्छु पट्यार कोलाहल र गन्छु औंला भाची समय उन्मुक्त दिनहरु कल्पन्छु मात्रै फक्रोस उज्यालो तर पाहुना साझ टुप्लुकिए पछि परदेसीन्छ दिन क्रमश… जीन्दगीको कुर्इनेटो नाप्दै आरोह अवरोहमा छलाङ्ग मार्दै उमेर

Posted in कविता | Tagged | Leave a comment

कविता : धर्तीमा समाधिस्थ एउटा फुल

~प्रकाश सुनुवार ‘निराकार’~ एउटा त्यस्तो प्रतिक्षा जुन अत्यन्तै लामो पनि अनि छोटो पनि । छातीभित्र तिम्रो आगमनको कैयौं तरङहरु सल्वलाए अनगिन्ती फुलहरु फुलिदिए एउटा अदभुत तृष्णालाई हामी नजिकवाट स्पर्ष गरिरहेका थियौं ।

Posted in कविता | Tagged | Leave a comment

गजल : बाँच्न जानेदेखि…

~गोपीकृष्ण ढुंगाना ‘पथिक’~ बाँच्न जानेदेखि खेल रै’छ जीवन, नत्र चिसो छिँडी जेल रै’छ जीवन । नाँच्नै नजाने नि ईश्वर दाइना भए, मज्जाले पाकेको बेल रै’छ जीवन ।

Posted in गजल | Tagged | Leave a comment

सूर्यबहादुर मुखियाका तीन मुक्तकहरु

~सूर्यबहादुर मुखिया~ (१) क्रान्ति हेर कति प्यारो उत्तिकै झन अति गाह्रो हाय, भन्न त कति सजिलो तर बन्न साह्रै अप्ठ्यारो (२) क्रान्ति गर्ने रहर छ

Posted in मुक्तक | Tagged | Leave a comment

छन्द कविता : आँधी हुरीमा कावा खाँदै

~रामप्रकाश पुरी~ छन्द : समानिका, वातोर्मी १ राजनीति देशमा चल्छ रीतहीनको । शक्ति मादमत्त भो पोल्छ गोठ दीनको ।। २ राजनीति देशमा काल हुन्छ दीनको ।

Posted in छन्द कविता | Tagged | Leave a comment

गीति कविता : गरिबको दिन

~मनु वि.क.~ फेरि आयो तीज आमा नेपालीको आँगन दिदीबहिनी छैनन् घरमा रुन्छ यो मन दाजुभाई दिदीबहिनी विदेशमा गएका धेरै वर्ष बितिसक्यो छैनन् आएका

Posted in गीति कविता | Tagged | Leave a comment

कविता : देशको चिन्ता

~गिरबहादुर महतारा~ सिङ्गो देश बनाउँदै अघि बढे ती धीर पुर्खाहरू पानी मात्र पनि पिएर लडेथे ती बीर पुर्खाहरू छातीमा ममता किन हो देशको आज हराउँदै गयो

Posted in कविता | Tagged | Leave a comment

कविता : सहयोद्धा

~सञ्जाल शर्मा~ भो नानु चाहिंदैन तिम्रो मायाँँ तिम्रो मायाँ अटाउने मन छैन मन राख्नलाई धन छैन तिमी सुहाउँदो तन छैन मसँग विदेशीपन छैन बाटाहरू फेरिन सक्छन्

Posted in कविता | Tagged | Leave a comment

गजल : जब थाहा पाइएला

~मनु ब्राजाकी~ हराएछु भन्नेकुरा जब थाहा पाइएला आफूलाई खोज्न अब ऐना यौटा चाहिएला । घरमा बसी कर्म गर्दा-गर्दा दिक्क भइएछ मन्दिरमा बसेपछि धर्म गर्न भ्याइएला।

Posted in गजल | Tagged | Leave a comment

कविता : सपना

~नारायण योगी~ एक दिन म सानै छँदा बुबाले गैह्री खेत जोत्दै भन्नु भयो– बाबु यो धरतीभन्दा ठूलो केही छैन मैले उहाँको कुरा त केही बुझिनँ तर घाँटीमा भिरेको सानो मादल खुशीले ट्याङ्ग पारेँ म अलि अलि बुझ्ने भएपछि बाँसको कलमले

Posted in कविता | Tagged | Leave a comment

कविता : क्रान्तिकारीहरू

~लक्ष्मण बेल्बासे~ मरे भनी श्राद्ध गरिएकाहरू स्वर्गवासी ठानी पिण्डदान गरिएकाहरू तिनी कहिल्यै नमर्दा रहेछन् चिहानघारीबाटै जुरुक्क जुरुक्क उठ्दा रहेछन् सहादत प्राप्त गर्नेहरू सङ्गीनले सिरमै रोपे पनि

Posted in कविता | Tagged | Leave a comment

कविता : सहिद, सपना र म

~गोविन्दप्रसाद आचार्य~ सहिद तिमीलाई फूलको गुच्छा दिएँ तर तिम्रो यात्रामा साथ दिन सकिनँ सहिद तिमीलाई रगत धर्तीमा पोख्न लगाएँ तर म एक थोपा पोख्न सकिनँ तिमी मरेर बाँचेछौँ म खाएर मरेछु तिमी फाँसीमा झुण्डिएछौ म मस्तीमा झुम्मिएछु तिम्रा सपनाहरू मेरो … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : खोई के छ तिम्रो देशमा ?

~विष्णु थिङ~ मलाई बताइदेउ खोई के छ तिम्रो देशमा ? पाँचतारे होटल, गगनचुम्बी महल सबै अर्काकै देशमा काम दिने कारखाना, दाम दिने मालिक सबै अर्काकै देशमा घरिघरि सोध्छन्, सबैजना खोइ के छ तिम्रो देशमा ?

Posted in गजल | Tagged | Leave a comment

गजल : फरक के नै छ र

~हीराछवि श्रीशा~ बाघ गयो, स्याल आयो फरक के नै छ र भाईले छोड्यो दाईले खायो फरक के नै छ र पहिले पनि भएकै थियो चुनाव संविधानसभाको

Posted in गजल | Tagged | Leave a comment

कविता : मेरो सपना

~रेशम वी.सी.~ सपना सजाउने रहरमा यात्रा जिन्दगीको निरन्तर साहूको भरिया बनिरह्यो अल्झियो सपना साहूकै खेतमा बल्झियो सपना तारे र माले नारिएको हलोसँगै तर पनि थाकेन जिन्दगी

Posted in कविता | Tagged | Leave a comment

कविता : वातावरण जोगाऔं है

~देबेन्द्र कुँवर~ पृथ्वीमा ओजन तह पातलिदै गाछ है त्यसैले त हिमशिखर पग्लिराछ है । ढुंगा गीटी बालुवा नी जथाभावी नझिकौ पुजिवादको धन पैसामा हामी नबिकौंै ।

Posted in कविता | Tagged | Leave a comment

कविता : जुटौं सारा

~दुर्गा शर्मा~ मेचिकाली तराई हिमाल चौकिल्ला हाम्रो देश फरक जाति, भाषा धर्म फरक नै छ भेष । सामाजिक सद्भावमा नै जोडिएको नाता कोही बस्छौं हिमाल पहाड कोही तराई फाँट ।

Posted in कविता | Tagged | Leave a comment

कविता : चिठ्ठी

~डी.वी. संघार~ नसम्झनु यो, चिठ्ठी मात्र हो भनेर आफ्नै मन पटाएर खाममा पठाएको छु पाखा पखेरामा गला खोले झैं खोल्नु र विरहका भाका सुसेल्नु मन अमिल्लिएपछि दही घोप्टाएर ठेकी सफा गर्ने झैं शरीर बिछ्यौनमा घोप्टाएर

Posted in कविता | Tagged | Leave a comment

कविता : डम्बरी

~जयन्ता पोखरेल~ चर्चाको चौतारीमा खुम्चितरहन्छे लाजवन्ती झै डम्बरी शर्मका कुनाकुनी खोतल्ने ऊ नै हुनुपर्छ रात जोतेर एकाविहानै खबरको आगो जोर्ने रंगको सेतो सर्जरीमा कालो मसी चोबेर

Posted in कविता | Tagged | Leave a comment

गजल : बास हरायो

~कल्पना पौडेल‘जिज्ञासु’~ महाकालीले कैयौंको बास हरायो खेत र बारी सहित गास हरायो के थाहा कठै तिनलाई यो प्रलयको मस्त निदाएको बेला सास हरायो

Posted in गजल | Tagged | Leave a comment

कविता : आत्माको अभिमान

~पूर्णप्रसाद ब्राह्मण~ माटा हुन् दरबार मोटर तथा पन्ना हिरा माणिक सच्चा वैभव धर्म हो, जगतमा बन्धुत्व जो मर्दछ मैरो त्यो धन हो, म लड्छु त्यसका लागी विरोधीसँग आफू मिट्न तयार छू, तर म के मिट्थें कहाँ कोसँग ? (१) आत्मा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : यो सहरमा

~विमल कोइराला~ यो सहरमा म अनागरिक भित्रिएँ भन्ने भ्रान्ति भइरहेछ । चट्टान खोपेर निर्मित गोडा मात्र अटाउने कहालीलाग्दा भीरका बाटा पनि हुँदा रहेनछन्, छ्वाङछ्वाङ्ती आम्मै। पनि भन्न नपाइने

Posted in कविता | Tagged | Leave a comment

कविता : अक्षरहरू

~हिरा आकाश~ कुनै मालिकले नोकरलाई कोर्रै कोर्राले हिर्काएको नीलडाम हो मेरो अक्षर । साहूको जाली तमसुकले लुटिएको मोहियानी हो मेरो अक्षर ।

Posted in कविता | Tagged | Leave a comment

कविता : विमलाहरू

~विष्णु विभु घिमिरे~ विमला उसको नाम हो उसका बाबुआमाकी जवान छोरी हो क्याम्पसमा पढ्दै गरेकी मेहनती छात्रा हो विमला उसको थर छैन विमला स्वास्नीमान्छे हो (स्वास्नीमान्छेको थर हुँदैन) थुप्रै सपनाहरू बुन्दै रामायणकालकी आफ्नी आमालाई सम्झाएर यो सहरमा आफ्नो भविष्य बनाउन … Continue reading

Posted in कविता | Tagged | Leave a comment