Category Archives: नेपाली काव्य

Poetry

रेखा पन्तका तीन मुक्तकहरू

~रेखा पन्त~ १. देखियो त्यस्ता मान्छेका जमात देखियो छिपाएको भेद उदांगियो औकात देखियो दोष त मेरा आफ्नै नयनलाइ दिन्छु म पलाँसका फूललाइ किन पारिजात देखियो !! २. कुनै रात किन यति लामा हुन्छन्

Posted in मुक्तक | Tagged | Leave a comment

गजल : हरेक युगले केही

~रमेश भट्टराई ‘सहृदयी’~ हरेक युगले केही न केही खोट बोकेर हिँड्छ कोही उक्सिन्छ तर निर्धोले चोट रोकेर हिँड्छ बदलिन्छ शहर, मान्छे रहर लिसो चाहनाको न पुरिन्छ इच्छा उही खोटो लेखोट टोकेर हिँड्छ

Posted in गजल | Tagged | Leave a comment

कविता : आकाश र आईमाई

~यकिना अगाध~ आमा भन्नुहुन्थ्यो आईमाई आकाश हुन् बाबु ! आकाशलाई कहिल्यै थुक्नु हुन्न आफ्नै मुखमा छिटिन्छ । आकाश सबैभन्दा स्वच्छ, निर्मल र सुन्दर हुन्छ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : अनुस्मरण

~अलका मल्ल~ मेरो मायालुले पनि सायद मलाई सम्झि रहेको होला मैले झै धरधरी एकान्तमा आँसु बगाई रहेको होला बालापनको चञ्चलतामा उसलाई केहि भन्न सकिन

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रिय अब नभेटौं

~भुवन कार्की~ प्रिय ! माया सबथोक हो भन्यौ अगाध स्नेहले सुसुप्त हुन्थ्यौ मैले लुकाइराख्न खोज्दा माया कसैले हर्दैन भन्थ्यौ मैले नजरमात्रै मिलाउँदा तिमी जीवन मिलाउँ भन्थ्यौ हामी रुझ्थ्यौं झरी बिना पनि लाग्थ्यो

Posted in कविता | Tagged | Leave a comment

गजल : रानी हौ तिमी

~छविलाल खड्का~ सबैको मनमा बसेकी रानी हौ तिमी आँखा-आँखामा बसेकी नानी हौ तिमी । आउने जाने प्यासीको प्यास मेटाउने झरनाबाट छङ्छङ् झरेकी पानी हौ तिमी ।

Posted in गजल | Tagged | Leave a comment

कविता : कवि ‘इच्छुक’

~प्रमोद धिताल~ आँधि हुरीसँग खेल्दा खेल्दै हिम तुषारो र शीतहरु झेल्दै टाकुरामा फुलेको रातो गुराँस जति श्रद्धाञ्जली चढाएपनि कहिल्यै नसकिने आस्थाको एउटा नित्य प्रकाश ! श्वास प्रश्वासहरुले आजादी गीत गाइरहे

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : बैँश

~बिक्रमादित्य~ छन्द : वसन्ततिलका क्या त्यो मुहारभरी वैँशहरु उठेका हेर्दीछ यूवक अली रसीरा परेका कालो कपाल अनि ओठ नशालु हेरुँ त्यो वैश सुन्दर अहा उनको म हेरुँ॥१॥ … झुल्के अनेक मनमा रसिला विचार मात्येछ यो मन यसै कसरी उ तीर … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

बहरबद्ध गजल : कुरा छल्किदैछ

~रिजाल किरण~ छन्द : बहरे खफिफ आज मेरो मनमा कुरा छल्किदैछ । सम्झना त्यो काडाँ बनी तड्पिदैछ । निष्ठुरीको ढुङ्गा समान मुटुले यो चोट तीखो छाती भरी बर्सिदैछ ।

Posted in गजल | Tagged | Leave a comment

गजल : पिरतीको दिन थियो

~आशांक उपाध्याय~ चाहनाको मास अनि, पिरतीको दिन थियो || तिमीलाई भेटें जब, चन्द्र शीत हिन थियो || गगनका तारा सबै, तिम्रो रुप भरि खुल्थे, सुवासिलो सुन्दरता, साह्रै नै ल’च्छिन थियो ||

Posted in गजल | Tagged | Leave a comment

गजल : नरुनु तिहारमा

~आशांक उपाध्याय~ यसपाली पनि आएन भनी नरुनु तिहारमा, जुरेन दिदी तिहारको टिका यसपाली निधारमा ! परदेशको ठाऊँ सकिन आउन बुझाउनु त्यो मन, मिलेछ भने ल्याऔला ख़ुशी अर्कोसाल मुहारमा !

Posted in गजल | Tagged | Leave a comment

कविता : मायाको पीडा

~आशांक उपाध्याय~ माया छ भनेर नढाट मलाई मैले त तिमीलाई चिनेकै छैन सित्तैमा जोवन नाफल खेर मलाई त तिम्रो चाहनै छैन आंशुको मूल्य अरुलाई सोध

Posted in कविता | Tagged | Leave a comment

गजल : माया छैन तिमीसंग

~आशांक उपाध्याय~ यती मात्र भनिदेउ न माया छैन तिमीसंग, अरु सबै छुटीसक्यो छैन नाता तिमीसंग !! हिजो मैले दिल्लगीमा जे जे भूल गरेको थें, भनिदेऊ न भुलिदिएँ छैन द्वेष तिमीसंग !!

Posted in गजल | Tagged | Leave a comment

गजल : तिमी कहाँ हरायौ

~राजेन्द्र चोथाले~ सपना मीठो जगाई तिमी कहाँ हरायौ मनको नगीज आई तिमी कहाँ हरायौ | थामेर हात दुबै संगसंगै हिंडेथ्यौं बीचैमा हात छुटाई तिमी कहाँ हरायौ |

Posted in गजल | Tagged | Leave a comment

गजल : पौडिउँ जस्तो लाग्यो

~राजेन्द्र चोथाले~ तलाउमा त्यो मनको पौडिउँ जस्तो लाग्यो आज तिमीलाई सिंगो मन दिउँ जस्तो लाग्यो | कसैले तिमीलाई को हो भनेर सोद्दा तिमीलाई आफ्नो मान्छे भन्दिउँ जस्तो लाग्यो |

Posted in गजल | Tagged | Leave a comment

गजल : टाढा भयो भनेर

~राजेन्द्र चोथाले~ किन रोऊँ एउटा टाढा भयो भनेर संकोच छाडी देउता छाडा भयो भनेर रोपेको पनि फूल नै हो फुलेको नि फुलै हो स्वधर्म छोडी तिखो काडा भयो भनेर |

Posted in गजल | Tagged | Leave a comment

गजल : के पो हुँदो रहेछ र

~रुपिन्द्र प्रभावी ‘कटु’~ बालुवामा पानी हालेर के पो हुँदो रहेछ र कुकुरलाई जुरुक्क उचालेर के पो हुँदो रहेछ र यदि नयाँ केही बनाउन सकिँदैन भने पुरानालाई मात्र फालेर के पो हुँदो रहेछ र

Posted in गजल | Tagged | Leave a comment

गजल : मित्रताका नाताहरू

~आशांक उपाध्याय~ आज तिम्ले मेटी दियौ मित्रताका नाताहरू छाड़ी गयौ मुटुभित्र नमेटिने खाटाहरु भनेकाथ्यौ नाता हाम्रो अमरताको नमूना हो यस्तै यस्तै कुरा भित्र लुकाएछौ टाटाहरु

Posted in गजल | Tagged | Leave a comment

गजल : हिडूं लाग्यो

~आशांक उपाध्याय~ नहिडेको गोरेटोमा हिडूं हिडूं लाग्यो आज किन नयाँ कुरा छेंडूं छेडूं लाग्यो तिमीलाई देखे देखि भोक अनि निन्द्रा छैन तिम्रै साथ तिम्रै छाँया बनू बनू लाग्यो

Posted in गजल | Tagged | Leave a comment

गजल : हाँस्न बिर्सिएछु

~आशांक उपाध्याय~ रुंदा आँशु झर्न छोड्यो हाँस्न बिर्सिएछु टुक्रै टुक्रा भएको मन टास्न बिर्सिएछु झरी पर्ने नहुने भो मन त्यसै अमिलिन्छ मनमा छ उसको तस्विर मास्न बिर्सिएछु

Posted in गजल | Tagged | Leave a comment

गजल : बिहे गर्ने

~आशांक उपाध्याय~ लौन बुवा मेरो उमेर पुगीसक्यो, बिहे गर्ने !! यसपालिको लगन पनि छुटीसक्यो, बिहे गर्ने !! आमा संग दुख पोखें तेरै बाउलाई भन भनिन, चाहिने समान तुल्याएर जुटीसक्यो, बिहे गर्ने !!

Posted in गजल | Tagged | Leave a comment

गजल : जोगाईराख्न गाह्रो हुन्छ

~आशांक उपाध्याय~ छचल्किएको बैंशलाई जोगाईराख्न गाह्रो हुन्छ तिम्रो मेरो सम्बन्धलाई बचाईराख्न गाह्रो हुन्छ कति बाधा व्यवधानलाई गुजारेर आएका छौं भविष्यमा अझै बाधा हटाईराख्न गाह्रो हुन्छ

Posted in गजल | Tagged | Leave a comment

कविता : बैनी

~त्रिभुवनचन्द्र वाग्ले~ –––तिहार सन्दर्भ––– बैनीलाई फौजीकी चिठ्ठी फौजीकी बैनी ! तिमी खेल्ने आँगनबीच तिहारको झिलिमिलीमा मलाई नखोज म खेल्ने छाउनीमा तिमीलाई पाउन्न हारजीतमा पर्व मनाउन यहाँ बन्दुकको कुन्दालाई तिहारको ठड्यौरो बनाउनु पर्छ ।

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : स्वदेशमा

~रिजाल किरण~ छन्द : अनुष्टुप कैले हावा हुरी कैले ,चलेकै छ स्वदेशमा साना ठूला कुराले नै,गाजेकै छ स्वदेशमा । कुर्लेकाछन् सधै ठालु ,ताउ दिदै विकासको पिएकैछौ अझै पीडा , ठाउँ दिदै निकासको।। कुरो मात्र सधैं ठूला ,प्रगतिमा छ शून्यता कुर्सी … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

कविता : परिवर्तन नहुने माया

~अमृता बुढाथोकी~ पतझड जस्तै दुनियाँले तिरस्कार गरेको तिमीलाई सजीव बनाउन सके भने माया दिएर जीउन सिकाए भने म दुनियाँलाई चुनौति दिएर भन्छु म सही छु । चारैतिरबाट आक्रान्त तिम्रो जीवन क्षदविच्छेद तिम्रो पाइलामा हरपल मलम लगाउन सके भने म गर्भ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : हाय सुन्दरी

~दीपक कुमार ज्ञवाली~ चपल चञ्चल मृदुल नयन उघारी । शरिरका अबयवहरु सुक्ष्म निहारी गौरबर्ण पुष्टवदन छौ अप्सरासरी बर्णन कति गरुँ हाय सुन्दरी ।

Posted in कविता | Tagged | Leave a comment

कविता : नेपाली युवा आजको दिनमा

~चन्द्र मेघि गुरुङ्ग~ बिचरा उ मलाई उ देख्दा टीठ लाग्छ उसले सबै गर्‍यो जे नगर्नु पर्ने हो सबै गर्‍यो अध्ययन गर्‍यो अनुसन्धान गर्‍यो तालिम गर्‍यो भ्रमण गर्‍यो समाज बुझ्यो

Posted in कविता | Tagged | Leave a comment

कविता : फूलमा पनि काडाँ हुन्छ

~नविन ध्यार~ खोलाको साघुरो एक गल्छी भित्र उनेर सपना माछा झै बन्छी भित्र एक दिन बित्ला,दुई दिन बिताउला अझै कतिन्जेल सिरानी भिजाउला । फर्केर आउ बैगुनी तिमी

Posted in कविता | Tagged | Leave a comment

गजल : शहरमा

~भिमसेन थापा मगर~ खोजिन्छ अनिस्चित जिन्दगीको सुनिस्चित भबिस्य निर्माण यो शहरमा भेटिनछ थुप्रै असफल्ताका तेस्ता सफल प्रमाण यो शहरमा ।। मैले पनि खोजिरहे सुन्दर सन्सार यहि शहरमा थाहाछैन मेटिन्छ कहिले एक मुठी प्राण यो शहरमा ।।

Posted in गजल | Tagged | Leave a comment

कविता : चाहत

~सुदर्शन थिङ्ग~ मनमा तिम्रा लागि यति छन् माया तरकेर किन हिड्न खोज्दै छौ माया आफ्नो मान्दै साटदै छु तिमीमा जीवन बिताउन चाहन्छु यो अन्त्यसम्ममा जीवन समाजले गरोस हाम्रो सम्बन्धकै तिरस्कार बसौला सुखस्दुख गरि बनाई सफल उपकार

Posted in कविता | Tagged | Leave a comment

छोक : चोट

~जीवन थिङ~ बल्लभ दाई! तपाईंभन्दा म धेरै अभागी छु तिम्रो छात्तीमा आमाले आत्महत्या गरेको देश छ

Posted in कविता | Tagged | Leave a comment

गजल : याद आयो र पिएँ

~पुरुषोत्तम ढुङ्गेल~ बिर्सिएको कहानी याद याद आयो र पिएँ फेरी त्यो पिउने बानी याद आयो र पिएँ चिनाजानी थिएन तर ओत एउटै थियो त्यो रातको हावापानी याद आयो र पिएँ

Posted in गजल | Tagged | Leave a comment