Category Archives: नेपाली काव्य

Poetry

कविता : शहर

~उमेश लुइटेल~ ओ ! शहर निरन्तर दुखाउँदै आफूलाई स्खलित भावनाहरुको परेड सहँदै कतिलाई अँटाउँछस आफ्नो छातिमा ? थाह छैन किन मेरा गाउँका मान्छेहरु सागर भेट्न उत्तालिने नदीको तन्मयता बोकेर तेरो एक चोइटो जमिनको खरिदमा लालायित हुन्छन् |

Posted in कविता | Tagged | Leave a comment

कविता : भो अब म, प्रेमको कविता लेख्दिन

~मनु लोहोरुङ राई~ भो अब म, प्रेमको कविता लेख्दिन आफूसंगै हिड्ने छायाँ हेर्दा हेर्दै विलाए जस्तै भूमि छोडेर क्षितिज काटी उड्ने वायुयान जस्तै मिठो प्रेमराग मेरो हृदय नाघेर पअअर-पर पुगेछ | भो अब म, कुनै खुशीको गित गाउदिन

Posted in कविता | Tagged | Leave a comment

कविता : रक्सी छुनुअघि

~सीमा आभास~ ‘जननी जन्म भूमिश्चः स्वर्गादपी गरीयसी’ भन्दै मैले टेक्ने भूमिलाई दिनहुँ प्रणाम गर्छु म आध्यात्मिक रक्स्याहा हरेक बिहान रक्सीले मुख धोएर सूर्यस्नान गर्छु रक्सीकै जल चढाएर ‘ॐ सूर्यायः नमः’ भन्छु । बैरागी काइँला ! तिमी कविताका हरफ–हरफमा मातेझैँ मेरो … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : ‘कल’ गरिनौ

~बादल सुरेश~ कसैले बोनस बाँडे कतै ‘फ्रिकल’ थियो, यत्रो विपत्ति आएर गयो तैपनि तिम्ले मलाई चासो गरिनौ एकचोटि पनि ‘कल’ गरिनौ। कहिँ कतै पुरिएँ कि कहिँ कतै थिचिएँ कि घर ढलेर बेघर भएँ कि मन जलेरै पो सकिएँ कि खै … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : लेखक

~रेवती राज खड्का~ कलमले घोटेर चलाएको जिन्दगी मसी जस्तो घिसारी यँहासम्म आउँदा सेतो कागज युद्दभुमी लाग्छ कुनै भिक्टोरिया क्रशको लोभमा होइन आफुलाई आफै लडाकु झैं लाग्छ

Posted in कविता | Tagged | Leave a comment

गजल : भरिभरी

~डा सुरेश ज्योतिपुञ्ज~ सिरमा लाग्दा कालो बादल छाना भरिभरी। देशको कथा लेख्ने को छ पाना भरिभरी। पराइकै भरमा खाने ठुलै दाउ रे हजुरको, पाउनु भो पोल्टामा कति दाना भरिभरि। सुनकै थाली हजुर महलमा बस्नेलाई, छैन कसैलाई एक पट खाना भरिभरी।

Posted in गजल | Tagged | Leave a comment

कविता : लालुपाते फूल

~राज थापा~ दुख्ख बिरह थियो लालुपाते फूल गोर्खाली लडाइ देखेको थियो लालुपाते फूल सँझनामा फुलीदिने तिम्रो त्यो रूप बिर सहिदको रगत थियो लालुपाते फूल केही बिबशता थियो पूर्खाहरूको बिजयको प्रतिक थियो लालुपाते फूल

Posted in कविता | Tagged | Leave a comment

कविता : नेपाल आमा मलाई माफ गर

~प्रतिमा केसी~ देश दुखिरहेछ म रोइरहेछु देश रोइरहेछ म दुखिरहेछु मेरो मातृभूमी चिरा चिरा भएर फाटेको छ म भित्र भित्र भक्कानीइ रहेछु परदेशी भूमिमा मुटु थिचेर, आँसु बगाएर मेरो देशको विपत्ति हेरिरहेछु हे नेपाल आमा !

Posted in कविता | Tagged | Leave a comment

गजल : जलाउन चाहेन

~कपिल अञ्जान~ आगोले छानो जलाउन चाहेन हुरीले पनि घर उडाउन चाहेन किन पुरा जिन्दगी ध्यानमै बितायो महात्माले रहस्य बताउन चाहने

Posted in गजल | Tagged | Leave a comment

गजल : प्यारो जन्म भूमी

~ओनिक अज्ञात~ स्वर्ग भन्दा पनि सुन्दर प्यारो जन्म भूमी, जहाँ गए नि धडकनमा, प्यारो जन्म भूमी, आफ्नै नै ठान्ने पाउँन कठिन छ बिदेशमा, मुटु भित्रको माया दिने, प्यारो जन्म भूमी,

Posted in गजल | Tagged | Leave a comment

कविता : भग्वान..कहां थियौ तिमी?

~बिपिन खनाल~ हरेक कुना हर कणमा उनी छन् रे हरेक मनमा उनलाई पाउन कुनै मन्दिर धाउनु पर्दैन रे कुनै बौद्धस्तुपामा केश मुन्डन गरेर घुम्नुपर्दैन रे न कुनै चर्चमा मैनबत्ती बाल्नु पर्छ न त कुनै मक्कामा घुंडा टेकेर शिर निहुराउनुपर्छ रे … Continue reading

Posted in कविता | Tagged | 1 Comment

गजल : मरेको देशी………….!

~स्वामी सुभाष चन्द्र~ अाफ्नै अामाको अाज बलत्कार हुदैछ यहाँ नेपालीबाटै नेपाली बहिस्कार हुदैछ यहाँ । कस्तो अचम्मको कहानी सुन्दैमा लाज छ मदेशबाट पहाडी तिरस्कार हुदैछ यहाँ ।

Posted in गजल | Tagged | Leave a comment

कविता : मुखौटो भित्र लुण्डुप अवतारहरु

~भुपेन्द्र वीर विक्रम लामा~ त्यो दिन सन १९७५ मे महिनाको १६ तारीख विश्वमान चित्रबाट एउटा सार्वभौम र स्वतन्त्र राष्ट्र सदाको लागि विलिन गराएर राष्ट्रघाती लुण्डुप दोर्जेहरु पराई देशको दोस्रो दर्जाको नागरिक बनेको दिन। त्यही दिन सिक्किमी जनताको सर्वोच्चताको नाममा

Posted in कविता | Tagged | Leave a comment

कविता : देश दुखेको बेला

~मदन दुलाल~ बेमौसमी बाजा बजेको बेला सिमाना हरपल टुटेको बेला भयो अब नजिस्काउ मेरो देश दु:खेको बेला।।१ मातृत्व र भातृत्व लुकेको बेला एकताको गाँठो फुकेको बेला भयो अब नसोध स्वाभिमानी शिर झुकेको बेला।।२

Posted in कविता | Tagged | Leave a comment

रावल कृष्णका ५ हाइकुहरु

~रावल कृष्ण~ तिमी नहुँदा आफ्नै मुख बिरानो आज नधुँदा । माझ टारीमा धान काट्न नआऊ है मकैबारीमा ।

Posted in हाइकु | Tagged | Leave a comment

कविता : युद्ध सङ्ग्रहालय

~सीमा अाभास~ यही घरको भित्तामा पहिलोचोटि लेखेकी थिई मुक्तिको नारा सग्लो सूर्यले नुहाएको तेज ल्याउँछु भनेर कसेकी थिई मुट्ठी। छोरो डोर्‍याँउदै फेरि फर्केर आएकी छे छोडेर गएको घरमा। यो दश वर्षसम्म लगातार ऊ समाचार बनी घाइते बनी

Posted in कविता | Tagged | Leave a comment

मुक्तक : मान्छे त मर्ने भयो

~चूडा निर्भीक~ गाडी जल्दछ अाैषधी सहितको मान्छे त मर्ने भयो हामीले सहि मार्गमा त कहिले लाग्नै सकाैंला अहो

Posted in मुक्तक | Tagged | Leave a comment

गजल : बालुवाको घर रै छ जीवन

~जयन्ती गौडेल~ बुझ्दै जाँदा बालुवाको घर रै छ जीवन चौतारीमा एक्लिएको बर रै छ जीवन कहिले भेट्ने कहिले छुट्ने सम्बन्धको बाटो यस्तै यस्तै नियती को भर रै छ जीवन

Posted in गजल | Tagged | Leave a comment

कविता : वर्षा

~सुरेन्द्र दवाडी~ यो सजलनयनी आकास अनि बर्षातका थोपाहरु मन्द हावाका बेगहरु संगै झर्छन पानीका तालमा हजारौ तरङ्गहरु निकाल्दै / ति सुन्दर तरङ्गहरु मेरा मनसम्म आइपुग्छ्न

Posted in कविता | Tagged | Leave a comment

गजल : छैन नी

~आचार्य प्रभा~ शरीर आज,बिदेशी भयो,मन भाको,छैन नी देशको माया,बिर्सेर आज,कहिँ गाको,छैन नी । गुराँस फुल्ने,माटोको माया,कसले पो,बिर्सन्छ ? स्वदेशी प्रेम,भुलेर आज,टाढा धाको, छैन नी ।

Posted in गजल | Tagged | Leave a comment

कविता : पुरानो कथाको नयाँ अध्याय

~बन्धुविक्रम क्षेत्री~ फेरि शुरु भएको छ एउटा पुरानो कथाको नयाँ अध्याय । एक्काइसौं शताब्दीको नयाँ लोकतन्त्रको पारिलो घाममा डठेका छन् जिउँदा मान्छेहरु शान्ति र स्वाधीनताको नयाँ परिभाषा जन्माइएको छ एकता र भाइचाराको नयाँ गीत लेखिएको छ । कक्षाकोठामा भूगोल पढाइरहेको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : कृत्रिमता

~विनोदविक्रम केसी~ सहरमा स्तनपान नगराउने होड छ बूढीऔँला चुसेर हुर्कंदै छन् शिशुहरू तिनका बाउहरूलाई तिनका आमाका झोल्लिएका स्तन मन पर्दैनन् लेजरले कोठी ताछेर चम्केका छन् अनुहारहरू सिलिकन भरिएका वक्ष भरिला छन् विज्ञापनहरू नयाँ जमानाका नयाँ ऋचा भट्ट्याइरहेका छन्ः “यो संसार … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : कति दुख्छ छाती

~सर्गमञ्जरी~ कति मुटु चस्किदा हुन् कति दुख्छ छाती सन्तान खातिर अश्रु-धारा कति बग्छ राती चर्किएर मुटु तिम्रो वेदनाले भिज्ला चोली चिन्ता हैन प्रगतिको आर्शिवाद नै जाती

Posted in गजल | Tagged | Leave a comment

कविता : रातो सूर्य

~रमेश पल्लव~ पर क्षितिजमा एउटा सूर्य अस्तायो हेर्दाहेर्दै रातो सूर्य नचाहंदा नचाहदै अस्तायो मुटुभित्र नमिठो चोट आँखाभरि अविरल आँसु कहिल्यै नमेटिने घाउ त्यो बिचरा सूर्य न्यानो र उज्यालोको लागि

Posted in कविता | Tagged | Leave a comment

कविता : स्वार्थ लुक्दो रहेछ

~नर्मदेश्वरी सत्याल~ मित्रताको हिमचुली मुनि पनि स्वार्थ लुक्दो रहेछ कण भएर पत्तो हुँदो रहेनछ विश्वासको बर्काेले छोप्दा कणले मुटु टुक्र्याउँछ भनेर । मैनालीको छिमेकी कथाका पात्र–धनजिते र गुमानेको बन्द बोलचाल मित्रतामा फुलेको मानवीय गहनता बुझ्दा बुझ्दै मोहकतामा मानवता किन लर्बरायो … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : धुन आउँदैन

~डा सुरेश ज्योतिपुञ्ज~ मनको घाऊ, धुन आउँदैन। अचेल मलाई, रुन आउँदैन। फूलभित्र केशरी, चुम्ने कसरी, भवराँजस्तो,भुनभुन आउँदैन। फूलभन्दा लाग्छ,पातको माया, काँडा वरिपरी, छुन आउँदैन।

Posted in गजल | Tagged | Leave a comment

कविता : टापु

~सरुभक्त~ समय सरिसृप रगतका हिसावहरु माग्दै बाँदरका पहाड उक्लिरहन्छन् नर्कटका घारीहरु द्विविधाग्रस्त हुन्छन् जुल्स वर्नका क्याप्सुलहरुमा ठेगाना हराएको जिन्दगीमा सुव्बाप्रजा र टिकामायाहरु

Posted in कविता | Tagged | Leave a comment

दिलिप दोषीका ५ हाइकुहरु

~दिलिप दोषी~ ए खारापानी ! भत्काइस् जिन्दगी शोकको आँसु । रातको पीडा आँखाको भाका बोल्यो फर्किआएन ।

Posted in हाइकु | Tagged | Leave a comment

गजल : हाँस्दथ्यौ आफै

~प्रभाती किरण~ तिमी त्यो रूपको रापले जलाई हाँस्दथ्यौ आफै नबोली थाप्दथ्यौ पासो मलाई हाँस्दथ्यौ आफै । खुबै राम्रो थियो बान्की अहो क्या उर्लंदो बैंस भुलाई मातले छोप्दै ढलाई हाँस्दथ्यौ आफै ।

Posted in गजल | Tagged | Leave a comment

बलदेव भट्टराईका २ मुक्तक

~बलदेव भट्टराई~ (१) बढाउँदा पाइला यात्राका एक बिहानी याद आयो । पल्टाउँदा पाना जिन्दगीका एक कहाँनी याद आयो । जहाँ हामी केही पाइला साथ हिडेंर बिदा भएथें,

Posted in मुक्तक | Tagged | Leave a comment

गजल : पानी-झरी परे पछि

~किरण टी लिम्बू ~ घाम हाँस्छ धर्ती हेर्दै पानी-झरी परे पछि, त्यसै गरि नयन हाँस्छ धेरै आँसु झरे पछि ॥ जिउँदो हुँदा वास्ता छैन मानिसलाई मानिसकै, ‘ला बाबै खा केरा ‘भन्छन आफ्नो मरे पछि ॥

Posted in गजल | Tagged | Leave a comment

कविता : कमरेड लालसलाम

~सन्देश अर्याल~ अध्यारो बर्सिएपछि साँझमा ऊ फेरि अत्तालिएकी हुँदी हो अत्यासलाग्दो रात सम्झेर डराएकी हुँदी हो। ***

Posted in कविता | Tagged | Leave a comment