Category Archives: नेपाली काव्य

Poetry

कविता : प्रवेश

~विमल निभा~ नारायणहिटीमा प्रवेश गर्न मलाई लाग्नेछ पाँच रुपियाँ पाँच सय वर्ष पाँच हजार छटपटी पाँच लाख भोक र पाँच करोड अँध्यारो नाघेर म प्रवेश गर्नेछु नारायणहिटीको द्वार

Posted in कविता | Tagged | Leave a comment

कविता : म चेस खेलिरहेको छु

~बिमल गुरुङ~ औंलाम बिंडि च्यापेर एकजोडा मान्छेहरु सडकको छातीबाट हिंडिरहेछन् खडेरी परेका उदास-उदास खेतहरुमाथि आकाश पानीको गीत गाइरहेछ मातेर एक ट्वाक अमृत जलले नौजवानहरु होटलबाट निस्किरहेछन् भेलियम खाएर केटाहरु चोकको फलैंचामाथि हल्ला मारिहरेछन् म बबुरो दाईसंग अगुल्टो मागिरहेछु म मुखमा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : वर्षा

~लक्ष्मी प्रसाद देवकोटा~ आइन् वर्षा हररर चढी वायुपङ्खी विमान, पाङ्ग्रा घर्षी शिखर गरजी थर्कियो आसमान । झिल्के झिल्का, अचल मुख भो त्रासले नील गाढा, चूली नाघिन् प्रकृति कलिलिन्, देखिंदै दूर टाढा । बाफैको हो रथ त हलुका, शानले त्यो विशाल

Posted in कविता | Tagged | Leave a comment

गजल : भन्छेउ पाल्पा गै’छु

~हरी गौतम~ म वुटवल पुग्छु भन्दा, भन्छेउ पाल्पा गै’छु..!! थाह थियन त्यो नजरमा, खेलौना पो रै’छु..!! मूटु झीकि..मान्छे वेच्ने, व्यापार गर्छउ र की? भन्छेउ अरे दुनीयालाई, उ गलत म सै’छु..!!

Posted in गजल | Tagged | Leave a comment

कविता : आँगनमा आज मेरा प्रियतम आए…

~निर्मोही व्यास~ कस्तो हुन्थ्यो यो दिनलाई साँची राख्न पाए ! आजै जस्तो मेरो हजूर फेरि पनि आए ! छातीभरि छचल्किने आज खुसी कति मन मेरो चुल्बुलिने आज अति अति । कस्तो हुन्थ्यो यस्तै मन सधैँ सधैँ पाए ! आजै जस्तो … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : सुन्‍यता

~राम श्रेष्ठ~ बिछोडलाइ जिताउनुमा तिम्रो पनि हात होला, पराइ भनी लत्‍याइदिने यो समाजमा चलन चल्‍यो, हासुन जेल साथ दिइ सुन्‍यतामा छोडी जादा, मदिराको साथसँगै सारा जिवन त्‍यसै ढल्‍यो, आज भन्दा भोली अझै, जिन्दगी यो मोडिदैछ।

Posted in कविता | Tagged | Leave a comment

कविता : म, अक्षर र मेरो कविता

~अशेष मल्ल~ अक्षरहरूको युद्धमा मैले शब्द बुन्न नसक्दा कविता अधुरो भएको छ ठीक अहिलेको भयग्रस्त वर्तमान जस्तो । चौबाटोमा उभिएको अन्योल बटुवा उभिएको उभियै छ मेरो कविता जस्तो न यता न उता आफ्नै युद्धले थकित

Posted in कविता | Tagged | Leave a comment

कविता : हिउँ र तिमी

~दिनेश अधिकारी~ न्यानो लाग्नेगरी चिसो हिउँ परिरहेको छ र, म तिमीलाई हाम्रा भेटका प्रारम्भिक दिनहरूमा सम्झिरहेँछु त्यसबेला तिमी असाध्यै नरम र न्यानी थियौ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : एक्लिएर अल्मलिंदै म मरें त्यो दिन

~प्रणिका कोयु~ गते, बार, बजे याद छैन याद छ त यही कि त्यो दिन मेरो सास अड्किएको थियो अविश्वासमा कि घमाइलो बिहानी अँधेरो बन्यो एक्कासी त्यो विरानो देशमा अनि मेरो आतंक सर्यो पिलिक पिलिक मेरा दुइ साथीको इनबक्समा चाल मार्न … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : तिमीलाई बनाउँदा बनाउँदै

~रुमन न्यौपाने ‘अमन्त’~ कल्पना गर । तिम्रा आर्द्र आँखाहरु मैले कसरी सजाउने छु । तथापी, म चित्रकार होईन कदापी तिमीलाई बनाउन सक्ने । युगौं युग तिमीलाई फुल संझे ।

Posted in कविता | Tagged | Leave a comment

कविता : विर्खे, दमाई साईला र काजीमान

~प्रमोद स्नेही~ त्यो विर्खे, दिनहुँ उसको सरिरमा वुट वर्सिन्छ लठ्ठीहरू भाँचिन्छ तर उ, चुपचाप पीडाहरू सहिरहन्छ, दुखाईहरू खेपिरहन्छ र पर्खन्छ योभन्दा अँझ थप पीडाहरू–दुखाईहरू किनकि उसलाई थाहा छ योभन्दा अँझ खतरनाक पीडाहरू वाँकी नै छ कारण – उसले काजीलाई ढाँट्यो … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : फूलहरू छन् माली छैन

~रवि प्राञ्जल~ आँगन भरि ओइलाएका फूलहरू छन् माली छैन । अग्लाअग्ला पात झरेका रुखहरू छन् डाली छैन l घाम झुल्केर के भो र ! सङ्घार अझै अँध्यारै छ, लाखौँ झुपडीमा अझै रातहरु छन् लाली छैन l

Posted in गजल | Tagged | Leave a comment

कविता : सुनौली जाने बसमा

~कमल कुमार~ खै के खै के जिन्दगीबाट विरक्तिएर खै कता खै कता जान हिँडेका दुई युवती टोलाउँदैछन् ड्राइभर पछाडिको सिटमा सडक जस्तै पुरानो

Posted in कविता | Tagged | Leave a comment

कविता : शब्दको जीवन्त प्रयोग

~डा. आनन्द जोशी~ यद्यपि शब्द चेसको गोटी होइन तैपनि शब्दलाई कहिले यता, कहिले उता उफारी उफारी कहिले दौडाएर, कहिले रोकेर, कहिले घुमाएर चव्रmव्यूहमा कैद गरिरह्यौ तिमीले – जिन्दगीलाई । अचेल जिन्दगीको इच्छा

Posted in कविता | Tagged | Leave a comment

कविता : खाल्डोभित्रको गुहार

~गोविन्दप्रसाद आचार्य~ मृत्युले चुसेका छोक्राहरू माटोले खाने गर्छ छोक्रा खाएर माटो पोषिलो बन्छ झारबोटहरू माटोको रस चुसेर पोषिला बन्छन् पोषिला बोटहरू फुल्दै रसिला फल्ने गर्छन् खाल्डोभित्र मात्र मुर्दा गाडेको थाहा छ निरिह चिहान देखेर मन डराएको थाहा छ कल्पनाको भूत … Continue reading

Posted in कविता | Tagged | Leave a comment

केस्रा : विलाप

~मीना पुमा राई~ अनायासै मन मेरो जल्दैछ दिल भित्र भित्रै आगो बल्दैछ चट्टान जस्तो मेरो मुटु पनि समयसंगै सुस्तरी गल्दैछ

Posted in केस्रा | Tagged | Leave a comment

कविता : अदृश्य

~भिम बहादुर थापा~ थाहा छैन तर, किन नहुनु थाहा छ एकदम थाहा छ, यो मध्यानीमा त्यो मध्यरातमा एक्लो सिर्फ एक्लो म घोत्लिइरहँदा

Posted in कविता | Tagged | Leave a comment

गजल : छ लडेको मान्छे

~केडी रेम्नीसीङ~ उठेर नि हिड्नु नै छ लडेको मान्छे, उही लड्छ जो छ अघि बढेको मान्छे । खोई केको कमी हुँदा हिड्ने बाटोमा, भूईँ झर्छ धेरै माथि चढेको मान्छे,

Posted in गजल | Tagged | Leave a comment

गीति कविता : सिमानाहरु

~दिलिप योन्जन~ सारिएका सिमानाहरु, पुरानै डोबमा गाड्नु छ खुम्चिएको देशको नक्सा, फेरि नयाँ कोर्नु छ टिष्टा र कांगडा फिर्ता, लिन लड्न बाँकी नै छ उठ है उठ युवाहरु हो, देशको मुहार फेर्नु छ। सन्धि र सम्झौतामा, मेरो देशको माटो हराइरहेछ … Continue reading

Posted in गीति कविता | Tagged | Leave a comment

गजल : माया चल्छ बिस्तारै

~पशुपति कर्माचार्य~ जसै अल्झिन्छ प्रेममा माया चल्छ बिस्तारै तिमीलाई भेट्ने चाहना अरू बढ्छ बिस्तारै जहाँ गए पनि तिम्रै यादले सताउँछ नै र त तिमीलाई भेट्ने उपाए बन्छ बिस्तारै

Posted in गजल | Tagged | Leave a comment

कविता : जँड्याहा द्वन्द

~गोपालप्रसाद पौडेल~ डाँडा रोहिरहेछ वेँसी रोहिरहेछ हरेक नेपालीको आँखा रगत रोहिरहेछ पसिनाको अवमुल्यन गरिँदैछ टोपि ठाउँठाऊंमा प्वाल परेको छ अस्तित्व संकटमा छ दौरासुरुवालको

Posted in कविता | Tagged | Leave a comment

कविता : धामीको आव्हान र घोषणा-पत्रको प्रतिक्षा

~अशोक ‘खलानको मान्छे’~ देशलाई वोक्सी लागेको छ भनी बन्झाक्री बनी हिंडेका हरु नयाँ घोषणा पत्रको आव्हानमा सयौ धामीका सभा राख्ने हरु निर्दोश्लाई बोक्सीको आरोप लगाइ उठिबास त गराए गराए झाक्री बसेको हेर्न आत्तुर हामीहरु जात्रे बनेका छौ , बिजोग सहेका … Continue reading

Posted in कविता | Tagged | Leave a comment

मुक्तक : बातबहादुरहरु

~चित्र लक्ष्मी~ छाती भएकाले आँटको कुरा गर्छन् कला भएकाले छाँटको कुरा गर्छन् तारादेखि तर्सने

Posted in मुक्तक | Tagged | Leave a comment

गजल : मसान घाट

~सिसम पाण्डे~ मसान घाटमा सलो बलिरहेको थियो सलो माथी मृत शरिर जलीरहेको थियो मान्छे रुपी स्वार्थी मलामीको मन पनि आखीर केहि रहेनछ भनि गलीरहेको थियो

Posted in गजल | Tagged | Leave a comment

कविता : ङा चेपाङ

~केशव सिलवाल~ ङा नाङकाइ झाकङल अर्थात म तिमीलाई मन पराउँदिन कारण – म चेपाङ हुँ च्यापिँदा च्यापिँदा चेप्टिएको ओडारमा लुकि राखेको चे ग्वेभारा बन्न नसकेको चे तर पनि म सँग छ मेरो आत्मीय पाङ

Posted in कविता | Tagged | Leave a comment

गजल : सुन चाहिंदैन

~सुको साइबर~ चोखो माया भए पुग्छ सुन चाहिंदैन अलिनो नै खान सक्छु नुन चाहिंदैन तिमी मेरो दिल्मा बस्नु म चैं तिम्रो दिल्मा दुबै मिली गाउ गीत धुन चाहिंदैन

Posted in गजल | Tagged | Leave a comment

मुक्तक : सवाल

~वाग्ले प्रकाश ‘बगर’~ देश छाडें प्रदेशी यो माटो अर्कैभो स्वदेश प्रति प्रेमको पाटो अर्कैभो

Posted in मुक्तक | Tagged | Leave a comment

गजल : पोख्न पाए हुन्थ्यो

~राई रमेश “गाउले”~ उनकै सामु मनको भाव, पोख्न पाए हुन्थ्यो कतिमाया गर्छु उनलाई , जोख्न पाए हुन्थ्यो क्षितिज वारी क्षितिज पारी, हामी दुइको यात्रा दोबाटोमा भेट भई ,रोक्न पाए हुन्थ्यो

Posted in गजल | Tagged | Leave a comment

गजल : हास्ने खेल्ने दिन आमा

~के.आर.बिबश राङ्खानी~ कहिले आउला गरीबको हास्ने खेल्ने दिन आमा साढेसाती लागि राख्ने हाम्लाई मात्रै किन आमा दु:ख बिमार ठुला रोग गरीबलाई लाग्नु पर्ने के गरेर तिर्ने होला साहुको सबै रिन आमा

Posted in गजल | Tagged | Leave a comment

कविता : तारा

~लक्ष्मी प्रसाद देवकोटा~ निशिको बेला, चल्छु अकेला, मिरमिर सडककिनार । अरण्य सदृश यो जगतीतलको फोटो खिच्छ गगनले जलको, जनमन–आँशु हजाराँ ! पवन, रुदित शिशु, शिथिल निदाउँछ, घोप्टी द्रुमको सहारा ! थोपा चुहाउँछ कहिलेकाहीँ, मूर्छित स्मृतिको किनारा ! बुद्ध चलेथे यी … Continue reading

Posted in कविता | Tagged | Leave a comment

रामप्रसाद ज्ञवालीका बीस छोटा कविताहरु

~रामप्रसाद ज्ञवाली~ महान् बन्ने भए इच्छा सुनौला सिर्जना गर श्रम-त्याग-तपस्याले बन्दछन् सृष्टि सुन्दर । त्यसका निम्ति मान्छेले साधना गर्नुपर्दछ बर्सिन्नन् अन्नका दाना, बिउ नै छर्नुपर्दछ ।। स्वादे जिब्रो सधैँ गर्छ स्वादकै निम्ति ‘उद्यम’ ! स्वादकै निम्ति मान्छेले गर्छ ‘यत्न-पराक्रम’ ! … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मनसरा

~निभा शाह~ मनसरा पसिना बगेर दुनियाँ बदलिने भए भरियाको दुनिया उहिल्यै बदलिसक्थ्यो मनसरा । रगत बगेर दुनियाँ बदलिने भए जनताको दुनियाँ उहिल्यौ बदलिसक्थ्यो मनसरा । जब कि मनसरा !

Posted in कविता | Tagged | Leave a comment