Category Archives: गजल

गजल / Gazal

गजल : मेरो मायालाई तिरष्कार

~आचार्य प्रभा~ म छु बिश्वस्त गरेनौ शायद ,मेरो मायालाई तिरष्कार अनी सोंच्दैछु फेरि यो पनि,गर्ने छैनौ मनबाट बहिष्कार । तिम्रो माया जिउने आधार भयो,अनी आश्वासन जीवन जित भयौ तिमी यसै मेरो,अनी भयौ जितको पुरस्कार ।

Posted in गजल | Tagged | Leave a comment

गजल : कर्महारा जिन्दगीमा

~विरेन्द्र धामी~ भाग्यलाई दोष दिन्छु कर्महारा जिन्दगीमा, जब आउछन मोडहरु अपठ्यारा जिन्दगीमा ! आफ्नै साहसले अघि बढ्न खोज्नेहरुको यहाँ, अरुको भन्दा बेग्लै हुदो रैछ पारा जिन्दगीमा !

Posted in गजल | Tagged | Leave a comment

गजल : मुस्कान लिई आउ

~राधा भट्टराई~ ईश्वर ! हाँसो खोसिएका ओठहरुमा मुस्कान लिई आउ धर्म ! नाममा लेखिएका भागवत र कुरान लिई आउ घाईते छन् धर्ति आमा क्षेप्यास्त्र र बन्दुकका गोलिबाट चाहिन्न् यस्ता बिकुलहरु हातेमालो विज्ञान लिई आउ

Posted in गजल | Tagged | Leave a comment

गजल : समयले छेके पनि

~भूपेन्द्र काफ्ले ‘नयन’~ समयले छेके पनि भुमी अर्कै टेके पनि मातृभुमी एउटै भन्छन् भाग्य अलग लेखे पनि

Posted in गजल | Tagged | Leave a comment

गजल : छातीभरि देश दुख्छ

~बलराम दाहाल~ विखण्डनको समाचारले छातीभरि देश दुख्छ । के गर्दै छ सरकारले छातीभरि देश दुख्छ । सकिएन मन बुझाउन किन किन आजभोलि छापिएका अखबारले छातीभरि देश दुख्छ ।

Posted in गजल | Tagged | Leave a comment

गजल : मिठा मिठा बात दियौ

~कृष्ण पौड्याल~ भविष्यलाई बिर्साउने मिठा मिठा बात दियौ। साथ रैछ अर्कै सँग मलाई किन हात दियौ॥ भो मेरो जिन्दगिलाई नअल्लार भनेकै हो। सबै शत्रु हँसाएर घात माथी घात दियौ॥

Posted in गजल | Tagged | Leave a comment

गजल : चिने मैले !

~सजना गुरुङ~ बल्झाएर घाउ नुन छर्नेलाई चिने मैले ! साथ दिन्छु भनि घात गर्नेलाई चिने मैले ! महजस्तै शब्दपोखी आफ्नो स्वार्थ पुरागर्न माया गर्छु भन्दै मन हर्नेलाई चिने मैले !

Posted in गजल | Tagged | Leave a comment

गजल : चोट दिएर रमाउने

~नविन आचार्य ‘लेटांगे’~ धेरै भेटे , निर्दइ हरु , चोट दिएर , रमाउने हातमा गुलाव , थमाएर , पिठमा छुरी , धसाउने आशाको दिप,हातमा बाली,जस्लाई कुरी,जीन्दगी भर उसैको खत , आयो आज , अन्तै घरबार , सजाउने

Posted in गजल | Tagged | Leave a comment

गजल : बद्लिन्न भनि बद्लियौ

~बिबश बलिभद्र कोइराला~ बद्लिन्न म बद्लिन्न भनि बद्लियौ चोरेर मुटु यो रित्तो भएॅ अनि बद्लियौ । सोचेको थिएॅ , नौनी सरीको छ त्यो मन अनायासै तिमी ढुङ्गा बनी बद्लियौ ।

Posted in गजल | Tagged | Leave a comment

गजल : यो मनमा तिमी नै

~दिव्य गिरी~ यो तनमा तिमी नै, यो मनमा तिमी नै सधैँ सम्झनाको आँगनमा तिमी नै । -केदार शाक्य छामेर हेर, मेरो यो छातीमा मुटुको हरेक धड्कनमा तिमी नै ।

Posted in गजल | Tagged | Leave a comment

गजल : नयन गाजलुले घेरी नराख

~बिबश बलिभद्र कोइराला~ उसै राम्रा मिर्ग नयन गाजलुले घेरी नराख अन्जनैमा माया बस्ला एकोहोरो हेरी नराख अहिले त्यति राम्रो छैन तिम्रो जोडा सुहाउने घोडा चडी आउला लिन रंग ओठको फेरी नराख

Posted in गजल | Tagged | Leave a comment

गजल : मन पराएँ!

~श्रृजना क्षेत्री~ जब देखी तिमी लाई मन पराएँ! केबल तिम्रै सम्झना मा म हराएँ!! कालो गोरो रार्मो नरार्मो देखीन सिर्फ आँखामा तिमीलाई सजाएँ!

Posted in गजल | Tagged | Leave a comment

गजल : कस्तो मोहनी लगायौ

~भूपेन्द्र काफ्ले ‘नयन’~ एक्कै रातमा यो कस्तो मोहनी लगायौ तृष्णा र थकान खै कुन्नी कता भगायौ म तिम्रो पछि पछि ऑउदै थिए तर कुन्नी मेरो मायॉबाट कसरी पो अगायौ

Posted in गजल | Tagged | Leave a comment

गजल : छातीभरि देश दुख्छ

~केशब भट्टराई~ ढल्यो आस्थाको चौतारी छातीभरि देश दुख्छ । बुध्द बन्यो बन्दूक़धारी छातीभरि देश दुख्छ । जसलाई सुम्पेँ एकताको बाग़ आज उसैले नै, मासि दिदाँ फुलवारी छातीभरि देश दुख्छ ।।

Posted in गजल | Tagged | Leave a comment

गजल : कुरा तिम्रा मिठा कति

~गणेश कार्की~ खोली रहु बन्द ओठ, कुरा तिम्रा मिठा कति हासो तिम्रो सँधै उस्तै, कति सहि झुटा कति । छिटो–छिटो बोल्ने हुँदा कति कुरा गल्ति हुन्छन् तुरुन्तै ठिक्क पार्ने, खप्पिस ओठ छिटा कति ।।

Posted in गजल | Tagged | Leave a comment

गजल : मन्दी आएको छ

~अभागी कान्छा गाउँले~ जिबन हलचल गराउदा, मन्दी आएको छ साच्चै अचम्म मन पराउदा, मन्दी आएको छ गाजालु ती मृग नयन संगै, काला केश राशी एकोहोरो हेरी हराउदा, मन्दी आएको छ

Posted in गजल | Tagged | Leave a comment

गजल : खुस्स पस्ने जून बन्छु

~कमल प्रकाश पौडेल ~ मध्यरात ¤याल चिर्दै, खुस्स पस्ने जून बन्छु तिम्रो कोमल तनभित्र, लेप लाग्ने ऊन बन्छु ।। साँच्चै राख्छु भन तिमी, हृदयको कठघरामा छातीभित्र बाटै बग्ने, तातो रातो खुन बन्छु ।।

Posted in गजल | Tagged | Leave a comment

गजल : पराईको हात समाएर !

~सुरेन्द्र खौलराठी~ मेरो हातमा चिठी थमाई पराईको हात समाएर ! गइन उनि हासि हासि मलाई एक्लो बनाएर ! हेर्दा हेर्दै ओझेल परिन टोलाइरहें दिनैभरि, कहाँ पुगी हास्दै होलिन मेरो दिल रुवाएर !

Posted in गजल | Tagged | 1 Comment

गजल : बोझ उकाली बाटोमा

~अनिल बराल ‘गरीब चिराग अछुत’~ पसिना धारा भारीको बोझ उकाली बाटोमा दुखिको जन्म भएछ कस्तो धर्तीको माटोमा | ढाकर र तोक्मा नाम्लोको सिरानी भारीको बोझले खाई सक्यो शिरको पाटोमा |

Posted in गजल | Tagged | Leave a comment

गजल : हल्ली हिड्ने मान्छे

~प्रेम चापागाईं~ कोइ अरुको कुरा सुन्दै हल्ली – हल्ली हिड्ने मान्छे मेला बजार भिड भाडमा दल्ली दल्ली हिड्ने मान्छे जानी जानी देखी देखी नदेखेझै जस्तै गरी मूल बाटो त्यो छोडेर गल्लि गल्लि हिड्ने मान्छे

Posted in गजल | Tagged | Leave a comment

गजल : सङग्राम देखिरहेछु

~पुष्प अधिकारी “अन्जली”~ देशभित्र यतिधेरै सङग्राम देखिरहेछु । बन्द हडताल र चक्काजाम देखिरहेछु । के भयो फेरी यो रोगी आकाशमा आज, अव्यक्त रोइरहेको घाम देखिरहेछु ।

Posted in गजल | Tagged | Leave a comment

गजल : खाना भए पुग्छ

~स्वामी सुभाष चन्द्र~ पेट भर्ने ढिडो रोटो खाना भए पुग्छ नांगो जिउ ढाक्ने कुनै नाना भए पुग्छ खोज्या छैन ताज महल देखावटी गर्न घाम पानी छलाउने छाना भए पुग्छ

Posted in गजल | Tagged | Leave a comment

गजल : अल्मलिएको आभास हुन्छ

~इलामेली टीकाराम दुलाल~ कल्पनाको दुनियामा अल्मलिएको आभास हुन्छ निर्दोस नयनमा आसु छचल्किएको आभास हुन्छ उनि र मेरो दुरी टाढा भएर होला सायद मलाई छाती भित्र मुटू चर्चर चिरिएको आभास हुन्छ

Posted in गजल | Tagged | Leave a comment

गजल : पढेलेखेकाहरु

~रश्मिला कवाङ~ पर्दाखेरी आउन्दैन पढेलेखेकाहरु चहिने ठाउँमा धाउदैनन् पढेलेखेकाहरु । धर्तीदेखि आकाश सवै खोतले भन्छन् आखिरमा खास केहि पाउँदैनन् पढेलेखेकाहरु ।

Posted in गजल | Tagged | Leave a comment

गजल : कोर्दैछु आज साथी

~कृष्ण पौड्याल~ जिवनको वास्तविक कोर्दैछु आज साथी। टुक्रिएको धड्कनलाई जोर्दैछु आज साथी॥ अ सम्भव छ मिलन तड्पिनुको के अर्थ। मित्रताको साईनो मैले तोड्दैछु आज साथी॥

Posted in गजल | Tagged | Leave a comment

गजल : मैले नाना थरी देखें

~कमल प्रकाश पौडेल ~ साँच्चै देखें आज देखें, मैले नाना थरी देखें मनै छताछुल्ल हुने, स्वर्गकी नै परी देखें ।। चिल्लो सडकमा गुड्ने, चिल्लो कार सिसाभित्र सब्को हृदयमा पस्ने, पुतली कि चरी देखें ?

Posted in गजल | Tagged | Leave a comment

बहरबद्ध गजल : कहानी छ नौलो

~दलबिरसिँह बराइली “घायल”~ सुनायौ तिमीले कहानी छ नौलो । म साँच्चै भनौ त्यो जवानी छ नौलो । ति लाखौ जलेथे रुपैले भुसुक्कै म आफै जलेको खरानी छ नौलो ।

Posted in गजल | Tagged | Leave a comment

बहरबद्ध गजल : के छ बाँकी ?

~आवाज शर्मा~ आज मेरो जिन्दगीमा रातभन्दा के छ बाँकी ? या तिमी छौ या त तिम्रो घात भन्दा के छ बाँकी? गल्ल हाँसे मूर्खतामा छोइ आफ्नै घाउ सारा.. खोज्छु केही मात्र पीडा खात भन्दा के छ बाँकी?

Posted in गजल | Tagged | Leave a comment

गजल : वेट फेरेको छु

~युवराज साम्पङ ‘जेठा’~ सन्तुष्टिको लागि आज, वेट फेरेको छु बहालवाला सित नयाँ, रेट फेरेको छु । धेरै आए बाटो छेक्न, मेरो अघिपछि उनिसित आउनेजाने, गेट फेरेको छु ।

Posted in गजल | Tagged | Leave a comment

गजल : आफ्नै धार हुन्छन्

~रमेश बिमान~ खुकुरी र करौतिको आफ्नै आफ्नै धार हुन्छन् । अचानोमा बसिरहे ठूला ठूला प्रहार हुन्छन् । बाटो हिड्ने हैन आखिर हिड्नु पर्ने आफैले हो म उभिए के भयो र ! अघि जाने हजार हुन्छन् ।

Posted in गजल | Tagged | Leave a comment

व्यङ्ग्य गजल : झवाक ठिटा देख्यौ

~पूर्ण थापा~ सुकुल्गुण्डा जल्गटेलाई लोर्के झवाक ठिटा देख्यौ गाढा माया फिका बनाई डलरको बिटा देख्यौ चोखो माया भुली गयौ पराइ माया मिठा देख्यौ गाढा माया फिका बनाई डलरको बिटा देख्यौ

Posted in गजल, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

गजल : मख्ख परे म!

~श्रृजना क्षेत्री~ मलाई हेरी मुस्कुरायौ,मख्ख परे म! मुस्कुराउदै पास आयौ,मख्ख परे म! न त हेर्‍यौरुप न त हेर्‍यौसम्पति नै केवल चोखो माया लायौ,मख्ख परे म!

Posted in गजल | Tagged | Leave a comment