Category Archives: कविता

Nepali Poems

कविता : मुक्तिको कल्पना

~अशेष मल्ल~ चराका पखेटा काटिदिनुस र, भन्नुस् जा उड् आकाशमा । र, भन्नुस् तँ स्वतन्त्र छस् बादलसँग बादल भएर उड्न आकाशमा

Posted in कविता | Tagged | Leave a comment

कविता : सहकारी

~आस्था के.सी.~ आउ गरीव अनि शोषित जनहरुसधैं सधैं पसिना बगाउनेहरु दशनँग्रा खियाएर पनि एकछाक राम्रो संग खान नपाउनेहरु हामी सबै सबैको लागी आवश्यक छ सहकारी । । रोग,भोक र शोकले

Posted in कविता | Tagged | Leave a comment

कविता : हामी हुरीका चराहरू

~रामेश्वर राउत ‘मातृदास’~ देश भएका हामी देशबिहीनहरू जागिर खाएइका बेरोजगारहरू नेता बनेका नेतृत्वहीनहरू सास फेर्दाफेर्दैका ज्यूँदा लाशहरू । हामी सबैले दाह्रा किटेर मुड्की उठाएर भनौँ एउटै थलोमा उभिएर हामी सबैले अन्तिम निर्णय गरौँ उप्रान्त, हामी ज्यूँदा लाशहरूबाट यो त्रिकालदर्शी समयले … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : सपूत राष्ट्रको

~ललिता ‘दोषी’~ छोरा हुनु तिमीजस्तो सपूत राष्ट्रको तिम्रै नामले पनि उठ्छ शिर देशको नेपालीका गहभरि छ तिम्रै तस्बिर आज धन्य लक्ष्मी तिमीले राख्यौ जन्मेको लाज । नेपालीका धुकधुकीहरूमा तिमी सुस्तरी चल्मलाउँछौँ रवि, शशी तिमी, तिमी किन पो बिलाउँछौँ

Posted in कविता | Tagged | Leave a comment

कविता : म बिश्वास हुँ

~नारायण पोखरेल~ हो म बिश्वास हुँ , धोका ले मरेको छु , झुट बाट हारेको छु , सत्यको किनारा हुँ , सपना को साहारा हुँ , अलौकिक शक्ति हुँ , एक प्राप्ती पनि हुँ ,

Posted in कविता | Tagged | Leave a comment

कविता : म त मर्द होइन कि के हो ?

~प्रमोद अधिकारी~ पत्नि प्रति गरेको माया समाजको आँखामा जोइटिङ्ग्रे भयो रे । अनि उनिले गरेको म प्रतिको प्यार र समर्पण दासता भयो रे ।

Posted in कविता | Tagged | Leave a comment

कविता : कविताको सर्वेक्षण

~विमल निभा~ भलादमीहरु प्रेमगीत गाउनमा सिपालु छन् मन्त्रीहरु मोडर्न आर्टमा सिद्धहस्त नृशास्त्रीहरुका कुकुरको जात सबभन्दा उच्च विद्यार्थीहरुलाई आफ्ना पे्रमिकाको ब्रेसियरको नम्बर कण्ठस्थ छोरीको गतिशील जवानीमा

Posted in कविता | Tagged | Leave a comment

कविता : दशैँमा भेटौँ

~केदार शर्मा~ मिता, मैले त कहिल्यै बिर्सिन सकिँन तपाईँ र मलाई साथै राढीमाथि बसाएर मितबा मितामाले निधारै ढाकेर दुईहातले लगाइदिएको टीका “छोरा, तेरो बाजेलाई जस्तो आउँदैन है हाम्लाई त देउताको भाषा हाम्रै भाषामा आसिक दिन्छुङ – दिइखाने भएस्, मागिखाने नभएस् … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : जिन्दाबाद-आगोहरु ! मुर्दाबाद-पानीहरु !

~बिमल गुरुङ~ आगोहरु-जिन्दाबाद ! सरासर पानीहरु मुर्दाबाद! मुर्दाबाद-पानीहरु ! जिन्दाबाद-आगोहरु ! जिन्दाबाद आगोहरु ! सरासर आगोहरु-जिन्दाबाद ! ढुँगेकालदेखि नै पानीहरुले आगोहरुको छातीमा घोडा हाँक्दै आइरहेका छन्

Posted in कविता | Tagged | Leave a comment

कविता : शताब्दी पग्लेको ओढारसित मान्छे

~तोया गुरुङ~ फुत्किन्छ प्रतिध्वनि ओढारभित्र ठोक्किएर कोच्चिएर, कोप्चिएर ओढारभित्र जिन्दगी खाँदिएर मान्छे… मान्छे दब्बिएर अपरिचित भइसकेको छ लम्केर, केवल लम्केझैँ गरेर फुस्किएर नलीखुट्टाका हाडहरू अन्धोतुल्य ठोक्किएर अन्धोहीन खहरेमा मिसिएर

Posted in कविता | Tagged | Leave a comment

कविता : कति पटक १२ बज्यो होला जिन्दगीमा?

~कमल कुमार~ १२ बजे गएको थियो भुइँचालो च्यापेर लालाबाला हुित्तँदै आँगनमा झरेकी उनी रातभरि टोलाएकी थिइन् तीन आँख्ले तारा हेर्दै परदेशीको सम्झनामा

Posted in कविता | Tagged | Leave a comment

कविता : अरिबहादुरको आँखा

~मनोज बोगटी~ होटलबाहिर बारुदको हावा चल्दैछ। हिंसा हो कि गिद्ध हो बसेको छ बुद्धको काखमा। लाशको गन्ध बोक्ने हावाले बोकेको छ हर्कमान नेपालीको घर ठेगाना टायरको धुँवाले बोकेको छ चेम्जोङनी बोजुको बाह्रमुखे थैली

Posted in कविता | Tagged | Leave a comment

कविता : जाग युवा

~कुन्दन काफ्ले~ बनाऔं देश युवा एकजुट भइकन मनाऔं उत्सव सँधै अफ्ठ्यारा सहिकन देशले रगत हैन,खुसहाली मागेको छ कलह होइन शान्तिको वाहाली मागेको छ

Posted in कविता | Tagged | Leave a comment

कविता : झिल्को

~प्रणिका कोयु~ यो सडकको यो झिल्को आगोको बन्ला के ज्वाला राँकोको? सडकदेखी बस्ती-बस्तीमा सर्वत्र फैलिन्छ के यो बनेर लप्का आगोको? या कतै मोहिनी मन्त्र छम्काउँदा ति हातले निभेर खरानी बन्ने हुन् – विभुत हुन निधारको?

Posted in कविता | Tagged | Leave a comment

कविता : शरन्निशा

~निर्मोही व्यास~ १ तिमी अपूर्व सुन्दरी, कलावती ‘शरन्निशा’**** त्यही कला पिएर जग्मगाउँछन् दसै दिशा लजाउँदी छ चाँदनी स्वयं प्रिया ! तिमीसँग सँगै तिमी भए पुग्यो, म बिर्सिदिन्छु यो जग २ तिमी पवित्र जाह्नवी, प्रणम्य वेदकी ऋचा तिमी कला र काव्यकी … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : ठूला मान्छेसँग सानो प्रश्न

~दिनेश अधिकारी~ तपाई ठूलो मान्छे बिहान बाथरुमुमा पस्दा मात्रै पत्रपत्रिका पढ्न भ्याउने हुनुभो स्लिप नपठाई अब भेट्न नसकिने हुनुभो हाई ! हाई !! जताततै प्रशंसैप्रशंसा पाउन थाल्नुभो स्वागतमा

Posted in कविता | Tagged | Leave a comment

कविता : बाँदर र देश

~गोविन्दप्रसाद आचार्य~ मैले देश खोज्दै जाँदा अपराधीको मुठ्ठीमा छ देशको नक्सा खोज्दै जाँदा अपराधीको गोजीमा छ साझा देश खोज्दै जाँदा अपराधीको गुठीमा छ स्वतन्त्र देश खोज्दै जाँदा अपराधीको कोठीमा छ अति साह्रो दुख्छ देश सानो केश झर्दा पनि

Posted in कविता | Tagged | Leave a comment

कविता : बेबारिसे ढलेका स्तम्भहरु

~निश्चल काउचा~ बर्सौ देखी बेबारिसे ढलेका सिमा स्तम्भहरु फेरी उठाउने कर्तब्य कस्को? दायित्व कस्को? जिम्मेवारी कस्को? ढलेका स्तम्भहरु भन्छन् हामी आफै ढलेका होईनौ

Posted in कविता | Tagged | Leave a comment

कविता : ज्यापू

~लक्ष्मी प्रसाद देवकोटा~ छाती चिरीकन पृथिवीको दूध चुस्छन् मानिस, दुहुने मै हुँ । धूप झरीमा आत्मा परिशुद्ध बर्ख यी तनी बीस नहुँदो भौँ हुँ ! श्रृङ्गार हिलो, नङ्गा फिलो,

Posted in कविता | Tagged | Leave a comment

कविता : तिम्रो बिहे को कुरा चल्दा

~राम श्रेष्ठ~ धेरै कम मान्छेहरु हुन्छन, जो आफ्नो मनले रोजेको केटीको बिहेको कुरा चल्दा रमाउने गर्छन्, त्यही कम मान्छेहरुमा म पनि एक हुँ !! जब तिम्रो बिहेको कुरा चल्यो, मेरो मनमा जिबन् को ज्योति बल्यो, तिमी लाइ सप्तरँगी साडी ओढाउदा,

Posted in कविता | Tagged | Leave a comment

कविता : सपना

~मणिराज सिंह~ विचार स्वतन्त्रता र समर्पण सपनामा पनि नाचिरहेको हुन्छ सपना नहुदो हो त मान्छेको धर्म, कर्म र वंश कसरी लहलहाइ रहन्थ्यो । विचारले,

Posted in कविता | Tagged | Leave a comment

कविता : जिउँदो हुनुको पिडा

~शशीकला थापा सुब्बा~ मैले सुने यसपालि पहेलै भएर सुन्तलामा फल्यौ रे मकैको जमरामा निस्क्यौ रे धानको बालामा लहरायौ रे खै मलाई धिक्कारयौ भन्ने कतैबाट सुनिन खै मलाई सरापेयौ भन्ने कहीबाट आएन तिमी विकट पहराहरुमा मृत्युसंग लुकामारी गर्दै गर्दा मा मलमलमा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : लोग्ने

~डा. राजुबाबु श्रेष्ठ~ जब तिमीले मेरो जीवनको सेतो पन्नामा मायाको गीत लेख्न छोडेर पैसाको गीत लेख्यौं त्यसै दिन उम्रियो मेरो मनमा घृणाको बिरुवा कल्पनामा उभिएको लोग्नेको सग्लो तस्बिर

Posted in कविता | Tagged | Leave a comment

कविता : सम्झनाको कोशेली

~अशोक ‘खलानको मान्छे’~ नभन है प्रियशी पर्देशिले भुल्यो भनेर सम्झनाका चिट्ठी पनि लेखेन है भनेर नभन है…………….. माया कती गर्थे ओईलियको फुल लाई सोध तिफुल टिपी दिन्नथे तिमिलाई भनेर नभन है………………

Posted in कविता | Tagged | Leave a comment

कविता : भित्ते राष्ट्रपतीको अवतरण

~अशोक ‘खलानको मान्छे’~ बन्दुकको नालबाट राज्यसत्ता जन्मन्छ भन्नेहरु ब्यालेट बक्सको मोहर देखी सैधान्तिक पराजय भोग्दै छन बिजय उत्सव सँग सँगै धसिएको सिन्दुर र मालाहरु पन्ध्र हजार निर्दोश नेपाली रगतले बनेको खुनी दाउपेचका सफलताहरु कायल छन भित्ते राष्ट्रपती यती बेला आफ्नै … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : एउटा गीत

~प्रकाश सुनुवार ‘निराकार’~ एउटा गीत त्यस्तो होस् जुन गीतले बिलाउँदै गएकाहरुको भाषा वुझोस् उनीहरुको अक्षरको कुरा गरोस् उनीहरुले वजाउने बाजाहरुको संगितलाई बुझोस् उनीहरुको भेषभुषा पहिरिन सकोस् उनीहरुको पिल्सिएको पिडाहरुलाई बुझोस् उनीहरुको भावनाहरुलाई आत्मासाथ गर्न सकोस

Posted in कविता | Tagged | Leave a comment

कविता : घर फर्कियौं

~‎नवराज योञ्जन~ अथाहा चाहना सपनाहरुको भिडहरुमा समालिदै र समाल्दै तातो हावा खाँदै मरुभूमिको मुटुमा तड्पेर गैति र बेल्चाहरुले अलकत्रा बिछ्याउदै अभावै अभावमा फाटेको जिन्दगीका टालाहरु कति दिन सिलाउने हो | साईला……………

Posted in कविता | Tagged | Leave a comment

कविता : दिदी, तिमी हाै अामाकाे दाेश्राे अवतार

~बिबेक दर्पण कँडेल~ दिदी, शब्द छोटो छ प्रेम गहिरो, मुटु भरी छ मायाको ओहिरो, तिमी जन्मिँदा कोहि भएनन्, तिम्रा कोहि साथी थिएनन्,

Posted in कविता | Tagged | Leave a comment

कविता : हे ! गाउँघर

~छविलाल कोपिला~ हे ! गाउँघर, आऊ तिमी प्रत्येक गाउँ–गाउँ र घर–दैलोमा नव उत्साह, जोस र उमंग लिएर त्यस्तै नव–सुवास र नव–रंग लिएर, अनि, प्रत्येक मानिसहरुको हृदयमा विकास र उन्नतिको कोसेली लिएर र ज्ञानको दियालो बालेर आऊ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : नेपाल

~क्षेत्र प्रताप अधिकारी~ प्रिय सम्पादक ! तिमी सम्पादकीयमा नेपाल लेखिरहेछौ म, कवितामा नेपाल लेखिरहेछु विधा भिन्न भएर के भयो त हामी एउटै नेपाल लेखिरहेछौँ हाम्रो सौन्दर्य त्यही हो कहिलेकाहीँ तिम्रो पत्रिकामा मेरो कविता पनि छाप है !

Posted in कविता | Tagged | Leave a comment

कविता : हिटलरको दुर्भाग्य

~दिनेश अधिकारी~ रमाउनका लागि खोलाको कलकल सुन्न धाउनु पर्दैन अरुले जस्तो वसन्त पर्खेर कोइली-स्वरकै प्रशंसा गाउनु जरुरी छैन पोहोर-परारजस्तो यो बेला चन्द्रमालाई कसैको पोको पारेरै लगे पनि सायद मलाई पछुतो हुने छैन

Posted in कविता | Tagged | Leave a comment

कविता : बाल्यकालले डोर्‍याएको जिन्दगी

~भेषराज रिजाल~ बस्तीमा गोधुली भित्रिइसक्दा पनि आमा बाबु घर नर्फकँदा वनतिर जाने बाटो पछ्याउँदै डराईडराई थुम्कातिर दौडँदा पर क्षितिजका डाँडाकाँडाहरू पनि मसँगै उफ्रीउफ्री दौडे जस्तो लाग्थ्यो मैले बोलाउँदा पुगेर थुम्कामा कहाली लाग्ने ठूलो भीरको पहराले पनि बोलाउँथ्यो – “आमा….आमा….आमा….

Posted in कविता | Tagged | Leave a comment