Category Archives: कविता

Nepali Poems

कविता : व्यर्थ

~अमृत सिङ थिङ~ सादा तस्बिरमा रङ्गीन आँखा खोज्ने तिमीलाई कसरी भनु अन्धको तस्बिर भनेर सागरमा डुबेर मोती बटुल्ने तिम्रो चाहाना सकेनौं पौडिन अाँखाको नानी बनेर

Posted in कविता | Tagged | Leave a comment

कविता : समय

~आविष्कार कला~ देशको खबर वर्तमानको\विगतका एउटै छ बेहाल जनताको पीडा मनमा समाधानका विकल्प सपना र कल्पनामा समय उत्तर हो कि शासकको व्यवस्था ?

Posted in कविता | Tagged | Leave a comment

कविता : गलैंचा बुन्नेहरूको गीत

~अविनाश श्रेष्ठ~ आङ्निमा जब तान छुन्छे सबैभन्दा पहिले ऊ परिवारको भात बुन्छे, दाल बुन्छे आङ ढाक्ने थोरै कपास बुन्छे । अनि आकाश बुन्छे, बतास बुन्छे

Posted in कविता | Tagged | Leave a comment

कविता : राजकुमारी

~स्वप्निल आचार्य~ एकाको देशमा, दूर आकाशमा, राजकुमारी थिइ, मुख लुकाएर अलिकति लजाउँथी अलिअलि मुस्काउँथी । घुम्तो उघार्दा उसको मुहार देखेँ हेरेको हेर्‍यै भएँ । कल्पनाको देशमा उ बस्दथी

Posted in कविता | Tagged | Leave a comment

कविता : ल्याम्पपोस्ट

~मनु मन्जिल~ निभेर दिनभर उभिन्छु अचेल सडक किनारामा बाँच्नै नहुने धेरैजसो दिनहरु बाँचेर मात्र आयु नाघ्न नसकेर उभिएजसरी । यति खराब जिन्दगी पनि अभिनय होइन । यो विनाअर्थ उभिनु पनि सपना होइन । सिसाको यौटा आँखाले बिहानको प्रत्येक रातो गुलाबमा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : जादुगर सरकार

~प्रदीप लोहागुण~ जब देशको मानचित्रबाट अचानक हराउँछ दलबहादुरको देशभक्त गान्धीटोपी जंगवीरको खद्दरको अहिंसक कोट जब देशको राष्ट्रिय गीतबाट अचानक हराउँछ रामसिंहको सुसेलिरहेको चुच्चो ओठ अथवा हराउँछ अचानक जब यो देशको अनुहारबाट इन्द्रेणी–सावित्रीका क्रान्तिकारी आँखाहरू

Posted in कविता | Tagged | Leave a comment

कविता : चाखण्डीको खोंच

~युद्धप्रसाद मिश्र~ लहलह पल्लव हरित लताको, छाया स्वर्गिक शीतल रुखको, कुञ्ज छ मन्दिर चिडियाहरुको, कलकल गान छ निर्मल जलको । १ गिरिको गहिरो-अन्तर-तट छ, जल यो छलबल छलबल चलछ, यो छलबलमा रुखको हरियो, छाया तिरिमिरि तिरिमिरि छरियो ।

Posted in कविता | Tagged | Leave a comment

कविता : वर्षा-वियोग

~गोपालसिंह ‘नेपाली’~ झिरमीर- झिरमीर पानी पर्छ झिरमीर- झिरमीर पानी पर्छ ।।१।। बादल मा बिजुली चम्किन्छ यो दुनिया झन्-झन् गम्किन्छ तिम्रो बाटो हेर्दा हेर्दा, आँखा तिरमिर-तिरमिर गर्छ झिरमीर- झिरमीर पानी पर्छ ।।२।।

Posted in कविता | Tagged | Leave a comment

कविता : मोते साहिँलो

~एकु घिमिरे~ होलीको सडकलाई टिपेर भकुण्डोको आवरणमा गाँसेको अस्कोट आपैंmले सिलाएको कपाल नछोप्ने टोपी बर्षाको खरुकीजस्तै झप्प आँखिभूइँ तराइको इनारजस्तो आँखा माटोजस्तो दाँत अचारमा पलाउने ढुसीजस्तो दारी काँधमा हातेकलको भारी

Posted in कविता | Tagged | Leave a comment

कविता : सलाम गोबिन्द

~शान्ति प्रियवन्दना~ सलाम गोबिन्द फेरी भिज्यो माटो होनहार सन्तानको रगतले पुछियो सिन्दुर नवयौवनाको हुर्किदै गरेका सन्तान टुहरा हुन पुगे छिनियो आमाको ममता

Posted in कविता | Tagged | Leave a comment

कविता : नारी

~शारदा पौडेल~ ढिकी जातो गर्नु पर्छ पकाएर खान नत्र भने घरमा अन्न हुन्न एक माना इन्धन छैन पकाउनलाई दाउरा खोज्न जान्छु त्यहीबेलामा वस्तु भाउ सँगै जङ्गल लान्छु

Posted in कविता | Tagged | Leave a comment

कविता : केही केही केही केही

~सुमन पोखरेल~ आऊ हामी मिलेर बाँचौँ एउटा केही। जिन्दगी हैन । जिन्दगी हो भने, अरू केही गरौँ बाँच्नुबाहेक । तिमी र म एकअर्काको होऔँ केही नयाँ । यसरी गरौँ एउटा केही नयाँ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : आँसु

~भवानी भिक्षु~ गरे चरितार्थ नेत्रमा ‘भाद्र’ यिनीहरुले सीके ‘सावन’ हृदयको पश्चाताप-सँदेश, सुनाए सँधै यही, पावन । ०० ०० ०० भावना थाले हृदयमा उम्लन, विवशताहरु असीमित उरमा भए,

Posted in कविता | Tagged | Leave a comment

कविता : युवक !

~कुलमणि देवकोटा~ तँ देख्तैनस्, तँ देख्तैनस् यहाँ क्यै तेरै चमकदार दुइ नजरले ?— दृष्य यो वीभत्स रे वीभत्स ! कंकाली विषमता ! घोर रौरव नरक रे ! न देख्ने, चोर होस् ! डाँका तँ होस् !

Posted in कविता | Tagged | Leave a comment

कविता : जसरी भए पनि ज्यूनु छ

~माधवलाल कर्माचार्य~ लड्दै पड्दै मानिसलाई जसरी भए पनि बाँच्नु छ, आपद्लाई टारी टारी जसरी भए पनि ज्यूनु छ । आशा सपना पूरै होला भन्नु निश्चय छैन कुनै, भोलि पर्सिको ज्यूनु नै भन्नु सुरक्षा छैन कुनै ।

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रदान

~प्रेमराजेश्वरी थापा~ दिन सकीनँ प्रियतम दान । अम्बरदेखी अवनिसम्मको राशि-राशि आकांक्षा कुन्नी कसरि भरिन गो सानो उरमा यतिको इच्छा ? फेरि समर्पण कता, कसरि अभिलाषा भए प्रदान ? दिन सकीनँ प्रियतम दान । शरद्-निशामा रजत-ज्योत्स्ना खिलखिल हाँसिरहेको नीलमको प्यालीमा प्रियतम … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : गृहवुद्ध

~विक्रम सुब्बा~ गृहवुद्ध – १ सम्झना-मन्दिरमा आमाको दर्शन पाउँछु जसै मुटुको चुम्बकले छातीमा टाँसेर मेरो गालामा स्नेहको ओँठले छोएको न्यानो-न्यानो सम्झन्छु धर्तीसमान विछ्याएको काखमा मलाई खेलाउँदा मुमा-मुहारमा मुसुमुसु मुस्कानको ताराबाजी सम्झन्छु कोमल कलेजीको कसौँडीबाट कंचन ममता, मेरो तकदीरको थालीमा थपक्क … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : चोटहरु

~विधान आचार्य~ तिमीले दिएका चोटहरू फूलभै सँगालेर छातीमा नसमेटेको भए म कसरी तिमीलाई बारम्बार सम्भिmरहन सक्थैँ र ? तिमी आगो बोल्थ्यौ आँधी हिँड्थ्यौ, र सुनामी उत्पातले मलाई लथालि· पाथ्र्यौ म त्यही आगोका शब्दमा फूल सुम्सुम्याउँथे

Posted in कविता | Tagged | Leave a comment

कविता : कसमस कोनिया

~श्यामल~ गुडबाई कोनिया, फेरि भेटौँला। फेरि भेट हुनुअघि ओहो, केही ठेगान छैन के–के हुने हो तिम्रो–मेरो फेरि भेट हुनुअघि, सरकारले दिएको पानीले म मर्न सक्छु म मर्न सक्छु, बजारमा राखिएका विषाक्त औषधिहरुले पुस्तक पसलमा सजाइएका

Posted in कविता | Tagged | Leave a comment

कविता : बुद्ध : तीन आयाम

~विश्वविमोहन श्रेष्ठ~ तिमी बुद्धको स्वप्निल आँखालाई निहार त्यहाँ शान्तिको दिव्य सन्देश पाइन्छ देश बनाउँदाबनाउँदै वा देश बचाउँदाबचाउँदै ती जो मरेर अमर बने सहिदहरूलाई— माया गर्ने एउटा देश चाहिन्छ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : सूर्य

~विमल कोइराला~ बिहानीपखको कलिलो सूर्य मलाई औधी मन पर्छ, जेठ–असारमै पनि भतभती पोल्ने ताता–उज्याला–राता एकसाथ थुप्रै सम्झना आउँछन् सूर्यलाई देख्दा ।

Posted in कविता | Tagged | Leave a comment

कविता : महसुस

~डिल्ली पौडेल~ यस्तै छ यहाँ को चलन,छैन काहीँ खुसी ,रमाइलो को अाघिहुरि। सफल हुन खोजे,शिखर चुम्न खोजे हान्छन आफ्नैले पछाडि बाट छुरि। सोझो सिधा हुनै हुन्न,

Posted in कविता | Tagged | Leave a comment

कविता : अभद्रता ….

~हरिमाया भेटवाल~ समयको सानु फुर्को समातेर मैले सडकमा उभिनु अभद्रता ठान्छौ भने मैले टेकेको माटोको कसम म अभद्र छु यतिबेला मलाई लाखौ पटक भत्काउन आए ऐतिहासिक दस्तावेजहरु धार्मिक ग्रन्थहरु

Posted in कविता | Tagged | Leave a comment

कविता : कालो उज्यालो

~सोम खनाल~ ऐनाको सामु उभेर शरीर खिस्रिक्क हांसेर कल्पन्छ आफ्नै कर्मको टीका निधारमा टांसेर- आंखामा पसी मूटुमा बसी हृदय छोएको सपनाबाट ब्यूझेर निन्द्रा अंगाली रोएको । आकास माथि उडेर जाने बादलु छांयाका तिर्सना हैनन् जीबनका दिव्य तस्बीर ती मायाका

Posted in कविता | Tagged | Leave a comment

कविता : उत्साह र जोस छैन

~कुन्दन काफ्ले~ मरी–मरी बाँच्नु पर्ने कस्तो रहेछ कर्म मेरो घरी–घरी नाच्नु पर्ने कस्तो रहेछ शर्म मेरो सँधैभरी ढाँट्नु पर्ने कस्तो रहेछ धर्म मेरो परी–परी साँच्नु पर्ने कस्तो रहेछ मर्म मेरो बाध्यतामा मान्छेले त, जे सुकै नि गर्नु पर्ने

Posted in कविता | Tagged | Leave a comment

कविता : हाम्रा नेता र नेल्सन मन्डेला

~सञ्जय संयोग~ हामीले त नेल्सन मन्डेलालाई राम्ररी जानेका छौं संविधानभन्दा सत्ता ठूलो यो कुरा मानेका छौं जनता–जनताबीच समानताका लागि बसे उनी जेल हामी त आफ्नो गोजी भर्नका लागि खेलिरहेछौं फोहरी खेल

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो माटो मिच्यौ भने

~गणेश खड्का~ भक्तिको लौह गर्दनको कसम ! आधा होसमा र आधा बेहोसमा हुँदै होइन पुरै होसमा चौतर्फी सोचविचारका साथ दुधको दुध,पानीको पानी बक्दैछु – मेरो एक इन्च माटो मिच्यौ भने म तिमीहरुको दुई इन्च गर्दन छिनाइदिनेछु मैले टिस्टा नदी उकालो … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : वियोग

~इन्दिरा थापा~ पत्थरको मन किन आज दिन–दिन पग्लदै छ एक सुरमा बगेको खोला किन आज दोबाटोमा पुगी अल्झेको छ दिन विते रात अनि वर्ष वितिसके सम्झना यो मनबाट कत्ति पनि हटेन

Posted in कविता | Tagged | Leave a comment

कविता : नुमकलालको नुर

~प्रथा~ भैँसीको नथ्थीमा नाकी उनेर मैले भैँसी डोर्याएँ र त्यहि भैँसीको पिठ्युमा बसेर तिमीले भैँसी चरायौ ! झोलामा कापी र पेन्सिल बोकेर म स्कुल गएँ र त्यहि कापीका पानाहरू पल्टाएर तिमीले कक्षामा बाह्रखरी लेख्यौ !

Posted in कविता | Tagged | Leave a comment

कविता : कालाहरूको गीत

~बलराम तिमिल्सिना ‘विप्लव’~ कालोको मन कालै हुन्न, गोराको मन गोरो मन गुणाको मान्छे हुन्छ जसको होस छोरो मन विर्सी खोज्छौ तिमी ,मात्र गोरो छाला बढ्ता दिलदार हुन्छन् ,गोराभन्दा काला सेतो भन्दा पवित्र छ हाम्रो कालो रंग अनाहक घिनाउँछौ हामीहरूसंग

Posted in कविता | Tagged | Leave a comment

छोक : एक्लो

~सैलेन्द्र साकार~ पात झै एक्लो रुखमा रुख झै एक्लो जङल मा कोइला झै एक्लो अग्नी कुन्डमा बाटो झै एक्लो यात्रा मा सुकरात झै एक्लो मानिस मा

Posted in कविता | Tagged | Leave a comment

कविता : एउटा आत्मा कहानि

~रामकुमार श्रेष्ठ~ कामै के छ र ए साथी हो त्यसैले सुन न त एउटा आत्मा कहानि गाइजात्रै गाइजात्रामा एउटा थपनि। कसैले भनेन- हिमाल तिम्रो हातबाट गुम्छ, पहाड तिम्रो हातबाट गुम्छ,

Posted in कविता | Tagged | Leave a comment