Category Archives: कविता

Nepali Poems

व्यङ्ग्य कविता : हाम्री होलीलाई स्वागत

~रिजाल किरण “अन्जान”~ घर दैलोमा नाच्दै होली आएकिछिन् यिनलाई हामीले राम्ररी स्वागत गर्नु पर्छ राम्रो सगँ मेजमानी गर्नु पर्छ सके रानी बनाएर भित्र्याउनु पर्छ नसके ठररा बोतलका बोतल नुहाएर स्वागत गर्नु पर्छ त्यतिले पनि नपुगे गनाउने नाला माथि लमतन्न बनेर … Continue reading

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : ए, कोही त अघि बढ !

~कृष्ण बाउसे~ फोहोर लेदोले भरिएको खानेपानीको ट्याङ्की खाल्डाखुल्डीले हिड्नै नहुने भएको अलकत्रे बाटो बालुवाचोरहरूको प्रतापले लच्किसकेको खोलाको पक्की पुल र शहरभरि थापिएका घर नाउँका धरापहरू ! उद्घाटन, सम्मेलन र प्रशिक्षणको नाममा भइरहेका खुल्ला वा गुप्त धन्दाहरू गन्तव्यमै अलमलिएका पीडक बन्दहरू … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : सुनमायाको हाँसो

~कृष्ण बाउसे~ घर भत्किएर गाउँ खण्डहर भएको छ आफन्तका लासहरू गाडेर आँगनमा तुलसी रोपिएको छ एक छाक खाने अन्न जोगिएको छैन पुरिएका एउटै लुगा निकाल्न सकिएको छैन तर पनि सुनमाया बारी खोस्रिँदै छिन् बोटबिरुवा लगाउनु छ भनेर कोदो फलाउनुछ भनेर

Posted in कविता | Tagged | Leave a comment

कविता : माफ गर प्रिय ! आज फेरी पिए

~बच्चु विक~ प्रिय ! पिउन त पिए उहिले पिए अहिले पिए कुन्नी के के हो पिए । ठूले झै खुट्टा लरखराउन पिए, काले झै जिब्रो लरबराउन पिए । स्कुल जादा बजारमा देखेर पिए, घर फर्किदा गाउँलेसंगै पिए । साँचो प्रिय … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : चाहे म जहाँ बसे पनि

~जसु पुन~ चाहे म जहाँ बसे पनि, जता रहे पनि तिम्रो याद हरदम-हरपल मेरो साथ छ, चाहे म अहिले तिम्रो नजरमा, नरहे पनि तिम्रो हर धड्न मेरो साथ छ। जिन्दगीको यो सुनौलो यात्रामा हरबखत तिम्रो माया, मेरो साथ छ, तिमीलाई … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : जीवनको अन्तिम पल

~प्रमोद चाम्लिङ~ जीवनको अन्तिम पल तिम्रो सामु मेरो निर्जिव शरीर अलपत्रै पसारिएर ढल्यो भने बाँकी रहेका मेरा पाहुनाहरु त्यो शरीरको प्रत्यक पत्र खोतल्नु है किनकी,

Posted in कविता | Tagged | Leave a comment

कविता : रातो गुलाफ

~विमला तुम्खेवा~ मायाले मेरो आँखामा नियाल्दै भन्यो- गहिरो पीडा छ तिमीसँग सबै सपना भत्किएको समुद्र हिमाल र महादेशहरु नाघ्दै आइपुगेको एक्लो मान्छे तिमी कुनै देशको एक्लो राजा जस्तै

Posted in कविता | Tagged | Leave a comment

कविता : विघठन र आरम्भ मान्यताहरुको

~डा.मधु माधुर्य~ बगरमा भेटिएको बान्किलो लाम्चो ढुङ्गो – येतिखेर दोबाटोको चौतारीमा विराजमान छ बटुवाहरु आउँछन् चढाउँछन् फूल, स्याउला, चन्दन र फलफूल हुने खानेले चढाउँछन् बोका, भाले र भेंडाहरू !

Posted in कविता | Tagged | Leave a comment

कविता : देशको क्यानभासबाट पोखिएका बिरंगहरु

~डा.मधु माधुर्य~ देखिरहेछु : माघ-८ को सतही व्याख्यामा – ढुंगा- मुढा, टाएर-आगो , लाठि-मुङ्ग्रो, बन्दुक… र फेटाहरु सल्बलाई रहेछन् जिन्दावाद-मुर्दावादको आदिम आवाजहरु ‘फर्मालिटि”को घन्किरहेका छन्

Posted in कविता | Tagged | Leave a comment

कविता : नयाँ वर्ष

~सुधीर छेत्री~ यदि तिम्रा तिलस्मी कोखिलाहरूमा विकासका प्वाँखहरू उम्रेका भए धुलो हटाउँदै, तुवाँलो चिर्दै, खेतहरू उफ्रँदै माटोले लिपेको गाउँमा नाङ्गै उफ्रिरहेको भोको बालकलाई छाम्न जानू। उसका सुकेका आन्द्राभित्र शीत भएर पस्नू।

Posted in कविता | Tagged | Leave a comment

कविता : निरीह

~इश्वरवल्लभ~ केही विम्ब देखिन थालेका छन् पानीमा घाम अल्झेको छ, कतै गीत जस्तो नदीको किनार फेरि मनमा बल्झेको छ । बिराना बादल

Posted in कविता | Tagged | Leave a comment

कविता : यात्रा

~इश्वरवल्लभ~ क्षोबको आकाश साँझजस्तो आकाश किनारहरू छुँदै पहाड र पर्वत पनि त्यो, गइरहेछ त्यसतिर क्षितिजमा – शब्दहरू बन्दै – दूरन्तमा स्वरहरू बन्दै

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरिजुआनाको लत

~इश्वरवल्लभ~ पानी रोकिदिएकै हो तलाउले, दहले कि पोखरीले आखिर सागर पुग्नु भनेको त हो त्यसैले बादल भएकै हो शिखरमा परेका साँझ र सखारका किरणहरूसित पानीले भिजेकै हो शीतमा थोपा-थोपा परिणत भएकै हो

Posted in कविता | Tagged | Leave a comment

कविता : मैले सुनें– विष पिउने रहर रहेछ

~इश्वरवल्लभ~ विष पिउने रहर रहेछ, मैले सुनें तिमीले विष पिएछौ, सायद समाप्त गर्न यो जिन्दगी र यो वैंसहरू कुनै शून्यकोखोजी या निस्तारका लागि तिमीले गरेको अभूतपूर्व व्यक्तिगत आयोजना पलायन गर्ने आयोजना,

Posted in कविता | Tagged | Leave a comment

कविता : एउटा प्रेम–गीत

~इश्वरवल्लभ~ अब म अलिकति आराम गर्नेछु बिहानपखका शून्यता र साँझको आकाशसित मेरो कुनै सम्बन्ध रहनेछैन, तृष्णारहित तिनीहरुका सबै जीवनलाई वास्ता हुनेछैन, केही क्षोभका र केही विश्वासका समर्पणलाई सच्याएर केही बिग्रेका जस्ता रेखाहरुलाई पनि सच्याएर कति युगदेखि थकाइ लागेको छ । … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : अझै त्यो आएन

~इश्वरवल्लभ~ कति दिनदेखिन् पर्खें, अनुहारलाई आउँछ कि भन्दै यहाँ हिंड्दै मसित बोल्छ कि भनेर नयाँ सूर्यको भाषा किरण लिएर, अरु आनन्दका युग पनि छुन सक्लान्, अरु प्रसन्नताको जगत पनि, मैले अनुहार पर्खें |

Posted in कविता | Tagged | Leave a comment

कविता : म झोला फेक्न लागेको थिएँ

~इश्वरवल्लभ~ म भाँचिदै गरेको क्षणहरु जोड्न लागेको थिएँ, र तिनलाई एक एक गरी जोड्दै झोलामा भर्न लागेको थिएँ मेरो यो जिजीविषा देखेर उनीहरु हाँसे, उनीहरु भन्न थाले – ” कस्तो बाँच्न मन लागेको यसलाई क्षणहरु कस्तो साँच्न मन लागेको यसलाई … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : विधिको बिडम्वना

~अर्जुन उपाध्याय~ कती उज्यालो छ यो संसार फेरी किन यती अन्ध्यारो छ ? जलले छ्याप्त छ यो संसार फेरी किन यती प्यासी छ ?

Posted in कविता | Tagged | Leave a comment

कविता : माफ गर्नुहोला मेडम

~बि कुलुङ रंगबुले राई~ आउनु होस् याहाँ चाहे सौदागार बनेर चाहे भ्रमणकारी बनेर चाहे पर्यटकको नैं रूपमा निर्धक्कसितले यहाँ आउनु होस् मेडम ! सदैव हाम्रो न्यानो स्वागत छ हजुरलाई

Posted in कविता | Tagged | Leave a comment

कविता : आखिरी

~नयराज पन्त~ प्यारा दौंतरि इष्टमित्रहरुका अाशामुखी बन्धन, मेरो जीवनको कठोर पथ यो लाग्यो सखे ! सिद्धिन ! यो यौटा धुकधुक छ बाँकि यसले चेष्टा अझै गर्दछु, केही पारि पुयाउने चिज भए देऊ सखे ! थाप्तछु ॥ (१)

Posted in कविता | Tagged | Leave a comment

कविता : उनकै भयो जीत!

~कृष्ण बाउसे~ मन्दिर घुम्न जाँदा आइन् बाँदर सानी खै-खै हेरौँ भन्दै लगिन् पोको तानी। रूख चढी पोको खोतल-खातल पारिन् कति मीठो स्याउ टोकी-टोकी झारिन् ।

Posted in कविता | Tagged | Leave a comment

कविता : परिवेश तर शब्दका

~इश्वरवल्लभ~ रजनी गन्धाले (कुनै फूलझैं एउटा चीजले) मलाई अहिल्यै-अहिल्यै त भनेको हो – एउटा रूखको टोड्कामा एउटा फूल फुलेको छ – सुनाखरी

Posted in कविता | Tagged | Leave a comment

कविता : भोलीबाट बगान लक आउट !

~बि कुलुङ रंगबुले राई~ ब्रिटिशको बुद्धिको उपज हो यो चिया बोटहरु त्यसैले त अाज पनि शोषित यी हातहरुबाट केवल रहर चुडिन्छ थुन्से भरीभरी सपनाहरु खाँदिन्छ बास्ना छर्दै फिका बन्छन्

Posted in कविता | Tagged | Leave a comment

कविता : कवि

~राजव~ यी जो चाप्लुस छैनन् यी सब कवि हुन् यी धर्तीको हावा, पानी, वन, ताल, तलैया, प्रकाश, प्राण, पखेरु, तरुवर र जीवनको कुरा लेख्छन् यी सब कवि हुन्

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रेमको होली, म र प्रेयसी

~निर्मलमणि अधिकारी ‘आयोदधौम्य’~ केहि मैले आफै राखें केहि तिमी संग मागें तिम्रो रंग मेरो रंग मिसाई होली खेलें ॥ एक अक्षर मैले लेखें एक अक्षर लेख्ने तिमी रंगारंग फागुबिच मैले माया लेखें ॥

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरी आमा

~निर्मलमणि अधिकारी ‘आयोदधौम्य’~ महिनौंसम्म गर्भमा तिम्रो बसें र म जन्में तपस्या ठूलो तिमीनै आमा पाएर म जन्में हे मेरी आमा काखमा राखी तिमीले मलाई सेकेकी थियौ कुनामा बसी दाउरा जलाई भोकले आँत हर्हर भयो भोकाइनौ तैपिन दुःखले कति रुवायो मलाई … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : व्यथा

~निर्मलमणि अधिकारी ‘आयोदधौम्य’~ बोलुँ – बोलिपासो, नबोलुँ – नबोलिपासो; जब म चूप हुन्छु चिच्याउँछौं तिमीहरु

Posted in कविता | Tagged | Leave a comment

कविता : जीवन यो

~निर्मलमणि अधिकारी ‘आयोदधौम्य’~ सम्झेजस्तो हुन्न जीवन देखे जस्तो हुन्न जीवन – एक गीतको टुक्रा जीवन कस्तो छ यसलाई भोगेर हेर

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रशान्त महासागरलाई

~निर्मलमणि अधिकारी ‘आयोदधौम्य’~ प्रशान्त ! आज भोली तिमी बिरामी परेका छौ कि कसो कतैपनि अचेल ज्वारभाटा छैन आँधी तूफान चलेको छैन

Posted in कविता | Tagged | Leave a comment

कविता : तिमी

~निर्मलमणि अधिकारी ‘आयोदधौम्य’~ माया माया भन्दाभन्दै सुकिसक्यो काया आफैलाई छोडूँ छोडूँ भन्छ आफ्नै छाया मन उड्यो कता कता सिमलको भुवा रुँदारुँदै रित्तिन्छ कि आँसूको यो कुवा

Posted in कविता | Tagged | Leave a comment

कविता : सम्झना छ मनभित्र

~निर्मलमणि अधिकारी ‘आयोदधौम्य’~ न त केहि चिनो न छ साथमा फोटो दिन साह्रै लामो लामो रात साह्रै छोटो एक झलक् पाउनपनि नसकेको धेरै भयो मनको कुरो खोल्ने इच्छा हाय मनमै रह्यो

Posted in कविता | Tagged | Leave a comment

कविता : आजै आए जस्तो

~निर्मलमणि अधिकारी ‘आयोदधौम्य’~ मधुयाम जिन्दगीमा आजै आए जस्तो कोइलीले तिम्रै हाम्रै गीत गाए जस्तो बहारले हाम्रै निम्ति सजाएको जस्तो लज्जावती हामीसँगै लजाएको जस्तो

Posted in कविता | Tagged | Leave a comment