Category Archives: कविता

Nepali Poems

कविता : यसो भन्छु उसो भन्छु

~निर्मलमणि अधिकारी ‘आयोदधौम्य’~ यसो भन्छु उसो भन्छु जसो तसो भन्छु दिलको बात आज चािहं खसोखास भन्छु दायाँ हेर्छु बायाँ हेर्छु आँखा जुधाउँछु मृदु मुस्कान शुरुवात कुरो फुकाउँछु

Posted in कविता | Tagged | Leave a comment

कविता : नयाँ वर्ष!

~राम विक्रम थापा~ नयाँ बोतलमा पुरानै रक्सी भरेर किन ल्यायौ तिमीले रक्सी पिउने मान्छे म कहिल्यै बोतल खाँदिन, बिना आमन्त्रण तथाकथित पाहुना भएर

Posted in कविता | Tagged | Leave a comment

कविता : गुगल बर्ष

~प्रेम राई परिक्षित~ साथी शहरमा नयाँ बर्ष हैन आज गुगलवर्ष मनाइदैछ ग्राफिक डिजाईनका सुन्दर कलाहरुले फेसबुकका भित्ताहरु

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रयोग

~प्रेम राई परिक्षित~ तिमीले बोलेका मिठा नमिठा हर शब्दहरुलाई मैले आफ्नै सम्झी ओँठभरी बोल्ने कोसिस गरेँ तिम्रा हर निर्देशनहरुलाई मेरो कर्म हो भनेर आँखा चिम्लेर समर्थन गरेँ

Posted in कविता | Tagged | Leave a comment

कविता : ऐना

~गोविन्दराज विनोदी~ जसै हेर्छु छाया म तृष्णा जगाई तँ बूढो भइस् भन्छ ऐेना मलाई अनेकौँ मुजा हेर् तँ गाला दुवैमा उड् यो रङ्ग ती ओठ प्याला दुवैमा दुवै नेत्र खाल्डाहरूमा पसेझैँ

Posted in कविता | Tagged | Leave a comment

कविता : काँडा

~प्रेम राई परिक्षित~ अनाहकमा कहिले घोचेको छु र ? मैले तिमिलाई बिनासित्तै तिम्रो खुसी कहिले खोसेको छु र ? मैले तिम्रा लक्षहरुमा कहिले रोकेको छु र ? तिमिले मेरो झाङहरुमा

Posted in कविता | Tagged | Leave a comment

कविता : देह र अङ्ग

~गोविन्दराज विनोदी~ हुन्छ नाम र अस्तित्व प्रत्येक अङ्गको तर सबै अङ्ग मिलेमात्र देह बन्दछ सुन्दर ! ‘द्रष्टा हौं’ भन्दछन् आँखा ‘श्रोता हौँ’ कान भन्दछन् ‘म वक्ता’ मुखले भन्छ

Posted in कविता | Tagged | Leave a comment

कविता : काली

~रुजन न्यौपाने~ मैले जाने मन्दिरहरुको तिमि नयाँ काली नयाँ मन्त्र र भाबहरुमा पुकार्दैछु ए मेरी काली। हेर बाटोहरु हुनेछन यसैगरि सँधै खाली

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो देश

~पल हिरा~ छाती भरी कुदी बसेको छ सुन्दर धर्ती बनपाखा भरी फुलेको छ सुगन्ध लालिगुँरास संसारको शिर बनी हास्ने हाम्रो सगरमाथा शान्तीको सन्देश बाडने बुद्धको तपो भुमी

Posted in कविता | Tagged | Leave a comment

कविता : मुटु भित्र माझै छ

~पल हिरा~ गाँजल पुस्यो नयन र नजर उही छ खुशी खोस्यो मन र माया त उस्तै छ आसुले बगायो होला सपनाका दृश्य

Posted in कविता | Tagged | Leave a comment

कविता : सम्बन्ध नै त तिम्रो खुशी हो

~पल हिरा~ रङिदै जानु म रङयाउदै जाने छु भर्दै जानु म रित्याउदै जाने छु मातिदै जानु म मिल्किदै जाने छु तिमी मातिनु र म मिल्किनु को सबन्ध नै त तिम्रो खुशी हो

Posted in कविता | Tagged | Leave a comment

कविता : सिङ्गो जिवन

~पल हिरा~ जिवनको डोरीले डोरयाको जिन्द्गी गोरेटोको तरपयाहरुमा कम्जोर पोयाहरुले दिनहरुलाई गाँस्न प्रयत्नरत छन सिङो स्वरुप ढाक्न केही मिटर

Posted in कविता | Tagged | Leave a comment

कविता : पर्देशीको तिहार

~पल हिरा~ नकोर्नु दिदी मण्डल खुशी खिचेर नगाँस्नु दिदी माला आसुँ उनेर नबिछ्यौउनु आँखा आशाको दिप जलाएर नलाउनु भाग मिठाइ र मसला सजाएर

Posted in कविता | Tagged | Leave a comment

कविता : नव बर्ष आउ

~विश्वास दीप तिगेला~ नव बर्ष तिमी आऊ प्रत्येक घर आँगनीमा आऊ यस बर्ष तिम्रो इमान्दारिता देखाऊ यही सम्झौता-पत्रमा हस्ताक्षर देऊ आऊ नव बर्ष तिमी आऊ रोल्पा रुकुमबाट वेपत्ता सबैलाई फर्का

Posted in कविता | Tagged | Leave a comment

कविता : डुबिरहेछ डुङ्गा

~सुजन बुढाथोकी ‘कान्छा’~ डुबिरहेछ डुङ्गा सुतिरहेछ माझि हारगुहार के गर्नु? जति नै चिच्याए पनि यहाँ हुदै हुदैन उद्दार,के गर्नु ? यो देसमा कोरोनाकै कारण नौजवान मरेर जान्छन अनुसन्धान गर्दै चिहानमा आउँछ पिसिआर,के गर्नु? ~ बिन्ती गर्यो करायो र उ राहत … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : आइज निँदरी आइज ………

~निर्मलमणि अधिकारी ‘आयोदधौम्य’~ सानैमा झोलुङ्गामा हल्लाउँदै सूरिलो राग मेरी आमा अलाप्नुहुन्थ्यो ः “आइज निँदरी आइज … …” र म हाऽऽई गर्थें आँखा मिच्थें र निँदरी आउँथी । सानैमा

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रेमबाद अबिस्वास र अस्तित्व

~सुजन बुढाथोकी ‘कान्छा’~ सुन्दर युवती राधाको चाहा थियो कि जिवनमा एउटा इमान्दार केटासङ्ग प्रेमबिवाह गरेर। परिवार बसाउने । असङ्गख्य पुरुषहरु आए नारिबादी कुराहरु सुनाए अनि उन्लाइ फकाए फुल्याए र बिस्तारै उन्लाइ आफ्नु मायाजालमा फसाए ।

Posted in कविता | Tagged | Leave a comment

कविता : तिमी मेरि तिम्रो म भन्थें

~शम्भुप्रसाद ढुङ्गेल~ तिमी मेरि तिम्रो म भन्थें अगाडी… भयें कर्मले धमै छाड्ने पछाडी । भयेको छु यस्ले म पाल् समान वियोग्ले जली तैपनी जान्न ज्यान ।।१।। तिमी मेरि तिम्रो म भन्थें अगाडी

Posted in कविता | Tagged | Leave a comment

कविता : नाथ

~शम्भुप्रसाद ढुङ्गेल~ अनाथ पारीकन नाथ ! यो घडी विदा लिनूहुन्छ हरे ! कसो गरी । सँगै बरु लानुहवोस् सँगै रहूँ परे जती दुःख दुवै मिली सहूँ ।।१।। हजूरका साथ रहे हुँदामहाँ थियेन हेर्ने बलतक कसैमहाँ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रिये

~शम्भुप्रसाद ढुङ्गेल~ मुसुक्क हाँसीकन नेत्र तर्की सुटुक्क मेरो लियि चित्त फर्की । फुरुक्क पछर्यौ तिमी विध्न प्यारी मलाई वाधा हुनजान्छ भारी ।।१।। शरद्शशीतुल्य प्रिये ! मुहारले

Posted in कविता | Tagged | Leave a comment

कविता : हे सुन्दरी !

~शम्भुप्रसाद ढुङ्गेल~ तिमी असल प्रेमकी चिज भयेर ऐले प्रिये । मलाइ यसरी यहाँ विपत प्रेमले नै दिये । कसो भनुँ कसो गरुँ नभनुँ के नबोलूँ यहाँ अभागि मसरी अरु अब हुनेछ को लोकमहाँ ।।१।। तिमीसित छ प्रेमको कमल पुष्प खुस्बू … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : सँगिनि

~शम्भुप्रसाद ढुङ्गेल~ सँगिनि किन भयौ अती मलीन तिमिकन कुन् विपत् नवीन । अधर दुइमहाँ छ चोटचाट किन सखि ! बिग्रनगो समस्त छाँट ।।१।। दुइतिर पसिना चुहीरहेछन् । नयन समेत गुराँस झैं भयेछन् । किन सखि ! तिमि बस्तछयौ नबोली

Posted in कविता | Tagged | Leave a comment

कविता : शकुन्तलाबाट

~शम्भुप्रसाद ढुङ्गेल~ जान्छिन् आज शकुन्तला घर भनी उठतो छ चिन्ता प्रति प्रीतीका मनमा प्रवाह बहँदा रोकिन्न आंसू रती । हामी झैँ वनवासिको पनि भयो यो गत् भने यो घडी बस्छन् धैर्य गरी गृहस्थ कसरी छोरी बिदाई गरी ॥ (१) जो … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : प्राभातिक प्रवोध

~चक्रपाणि चालिसे~ विचित्र चातुर्य चरित्रमा भरी अमन्द आनन्द दिलाउने गरी । उठे शकुन्तादिक, मञ्जुलध्वनि सुनिन्छ, जागा अब होउ सुस्तनि ।।१।। प्रभातकालीन हवा मनोरम चली रहेको छ हुरी रतिश्रम । सुनिन्छ उच्चैस्तर कुक्कुटध्वनि प्रवुद्ध होऊ अब हे नितम्बिनि ।।२।।

Posted in कविता | Tagged | Leave a comment

कविता : उद्योग

~चक्रपाणि चालिसे~ उद्योगमै छ सचराचर नित्य सक्त । प्राब्रह्म कीटतक उद्यमके छ भक्त ॥ उद्योग नै छ सुखको परिपूर्ण वास । उद्योग गर्दछ नयाँ युगको विकास ॥१॥ उद्योगबाट नहुने चिज भन्नु के छ? उद्योगमै भुवनकोष जमीरहेछ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : नीतिशतक

~चक्रपाणि चालिसे~ विद्वानमा गुण नै हुन्छ, मूर्खमा दोष नै सब । तस्मात् मूर्ख हजारैाँमा विद्वान यैाटै विशेष छ ।। १ ।। विद्वान हुनु नृप हुनु कसै हुन्न बराबर । राजा स्वदेशमा पूज्य हुन्छ, विद्वान सबैतिर ।। २ ।। गुण छैन … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : विजुलीको असर

~सोमनाथ सिग्देल~ क्या हो यो सन्मुखमा अति चित्र चलाक चालको सुषमा । यो तेजीलो जोडा दौडाउँछ दिव्य दीप्तिको घोडा ।।१।। टाढा छ बादल-दल स्पष्टै छन चन्द्रमा पनी विमल । जोडा बिजुली गोला विचमा झल्कन्छ किन होला ?।।२।।

Posted in कविता | Tagged | Leave a comment

कविता : धनशराहरू

~विज्ञान राज~ मध्यरातमाः निकै सर्तकताका साथ अलग्गाई रहेकी छे धनशरा क्षेत्री बाँकी जीवनलाई जैसे दलितको अँगालोबाट । निकाली रहेकी छे आफुलाई मनबाट, त्यही मनबाट, जुन मनका लागि उसले जलाएकी थिइ सपना र घर ! लताएकी थिइ जात ! भत्काएकी थिइ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : अपिल

~डा. जीवेन्द्रदेव गिरी~ साथीहरू, दरा खुट्टा टेक्नोस् गन्तव्यतिर पाइला उचाल्नोस् ससाना कुण्ठालाई डँढेलो लगाउनोस् आफ्नै ‘म’का विरुद्ध जाइ लाग्नोस् स्वार्थी खेलका पुलिन्दा तयार गर्ने र द्वेष क्लेशका ब्याड बनाउनेलाई भस्म पार्नोस् ! भस्म पार्नोस् !

Posted in कविता | Tagged | Leave a comment

कविता : पर्खालहरु भत्काउन फुलमाया

~हरि बहादुर भुजेल ‘विभास’~ कसरी अडेको छ पर्खाल यति ठुलो ? के मा जमेका् छ पर्खाल यति साह्रो ? कसरी खडा हुन्छ पर्खाल र छुट्टाउछ सिमा फुलमाया

Posted in कविता | Tagged | Leave a comment

कविता : फुलमाया अव रुन्न ।

~हरि बहादुर भुजेल ‘विभास’~ अव फुलमाया एक्लै हुदै हुन्न अव फुलमाया विनाकारण आशुमा डुब्दै डुब्दीन फाटिएर पनि सुख नपाएको उसको चोलिले परेलीको सोकेश पुछ्नु छैन अव फुलमाया

Posted in कविता | Tagged | Leave a comment

कविता : लाठो र लठेत

~जीर्ण भागेदार~ कहिले पाक्ला पेन्शन त्यो थाहा छैन । अर्काको आकांक्षा धुतेर आफ्नो इज्जत लुटेर दिनहुँ लठेतहरु जागिर खाइरहन्छन् ।

Posted in कविता | Tagged | Leave a comment