Category Archives: कविता

Nepali Poems

कविता : कोशीस

~शेखर ढुङ्गेल~ सम्झौता गर्न खोजे आगोसित खोइ त्यो चिसो भएन सम्झौता गर्न खोजे नदीसित खोइ त्यो बग्न छाडेन सम्झौता गर्न खोजे पहाडसित खोइ त्यो झुक्न मानेन सम्झौता गर्न खोजे

Posted in कविता | Tagged | Leave a comment

कविता : ईश्वर भेटिएमा अवश्य सोध्नेछु

~यज्ञेश~ ईन्द्रको स्वर्णगद्दीमा सायद ईन्द्र आफै छन् या ज्यूस छन् या जूपिटर? मृत्यु पश्चातको यात्रामा, वैतर्नि तर्नुपर्ने हो कि सेन्ट पिटरसँग इन्टरभ्युमा जानु पर्ने हो? स्वर्ग पुग्न के-के गर्नु पर्ने हो? ईश्वर भेटिएमा अवश्य सोध्नेछु। भयाटिकन, मक्कामदिना, चारधाम जेरुसुलम, लुम्बिनी, … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : सरकार चोर

~योगेन्द्र राज शर्मा ‘प्रकार अन्तर’~ मान्छे मान्छेसँग र मान्छे बाटोसँग लाज मान्छ र झ्यालमा पर्दा लगाउँछ । मान्छे मान्छेसँग र मान्छे बाटोसँग डराउँछ र ढोकामा चुक्कल लगाउँछ । हरेक मध्यमवर्गीय कोठाहरु पर्दाभित्र हिनताबोध गरिरहेका हुन्छन् केही घरहरु धनी हुन्छन् तर … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : भुइँचालो, भुइँचालो ! देशै काम्न थाल्यो

~माधव घिमिरे~ भुइँचालो, भुइँचालो ! देशै काम्न थाल्यो अनायासै देशै थाम्न– जुट्यो हातेमालो कराउँदै रूखदेखि सारा पन्छी उडे उडूँ भने, पंख छैन भुइँमा मान्छे लडे घर ढले, मन्दिर ढले, धूलो उड्न थाल्यो खोज गर्न, खबर गर्न– जुट्यो हातेमालो

Posted in कविता | Tagged | Leave a comment

कविता : भविष्य

~युद्धप्रसाद मिश्र~ सामन्ती अभिशाप दिन्दिन हतोत्साही हुँदै गै सक्यो पूँजीवाद पनी जरा कुहिन गै ढल्ने बखत् भै सक्यो शोषणको हतियार धर्म कुन छन् निर्मूल पारी दिन मुक्ति निश्चय पाउने क्षणहरू लागि सके झल्किन मान्छेको प्रगति नरोकिन दिने राखेर हिक्मत् पूरा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो जिंदगी

~लक्ष्मी पुन मगर~ रीत्ति सकेको जिन्दगीमा अब खुशीको कुनै आशा नै छैन सुकी सकेका यी आखा हरुमा आसुको कुनै मोलनै छैन शिउदोको शिन्दुरले लाली चढ़न नपाउदै पुछियर गयो

Posted in कविता | Tagged | Leave a comment

कविता : अनौठो बीज

~स्वप्निल नीरव~ एक बाझो भुमि थिए मेरा छातीका झारपात उखेल्यौ मलजल राख्यौ र रोप्यौ अनौठो ए बीज सो ममा अंकुरण भयो । केहि दिन केहि हप्तापछि

Posted in कविता | Tagged | Leave a comment

कविता : दृष्य

~गिरिराज बाँस्कोटा~ थुन्दा थुन्दै पढ्केला जस्तो जुनतारामै आशु अड्केला जस्तो कहिले वादलु भित्र कहिले आँखाकै समिपमा यस्तै यस्तै घाम छाँया भईरहेछ एउटा दृष्य कहिले छाति भित्र मुस्कुराए जस्तो कहिले आँखै अघि हराए जस्तो कहिले आँखाको नानीमा त कहिले परेलीमा हो … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : सिनु सिनु सिनु !

~शेखर ढुङ्गेल~ डुङ्ग त्यो सिनु सत्ता बेवारिसे आमाको लाश हो त्यो ! म अपशव्द प्रयोग गरेर नेताभन्दा स्तरहीन बन्न चाहन्नँ कुनै जनाबरको नाम दिएर उसको इमान्दारितामा दाग लाग्न नि दिन्नँ हे नेपाली नेताहरु गिद्ध हौं तिमीहरु तिमीहरुलाई सिनु भए पुग्छ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : स्वार्थको भाका

~मन्जु निरौला~ मनमा उत्साह, उमङ्ग बोकेर आफुले पाउने अधिकार लिएर सम्पुर्ण कुरामा निहित स्वार्थ लिई बोल कबोलको वाचा गर्दै भन्ने गर्छु प्रवासी भईकन पनि स्वदेशलाई म पुजा अर्चना गर्छु विदेशी भूमीमा वर्षांसम्म पलायन भएर

Posted in कविता | Tagged | Leave a comment

कविता : नआए हुन्छ नयाँ वर्ष

~श्रीभक्त पौडेल~ लेख्दिन भो म कविता नयाँ बर्षको धेरै मसी र अक्षरहरु खन्याइसकें सेता पन्नाहरुमा, ती मेरा कविताहरुको अबमुल्यन भयो पुराना बर्षहरु झैं, यो साल पनि, तिमी आयौ, गयौ चुपचाप चुपचाप न पदचाप सुनें न कुनै सर्सरहाट नै पोहोर परार … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रिय जुली

~राजिन पनेरू~ प्रिय जुली अतिथि देवो भवः स्वागत छ तिमीलाई बिच्छाएर हरियो गलैंचा तराईका फाँटहरुमा छरेर शीतलता हिमाली झरनाहरुमा तिम्रो पर्खाइमा छन् विल्कुलै तिम्ले नदेखेको काँडेभ्याकुरका जोडीहरु चखेवाका भाले–पोथीको लीला हेर्न आऊ मेरो देशमा सुन्दर, शान्त र विशाल परिवेशमा ।

Posted in कविता | Tagged | Leave a comment

कविता : आँखाहरुमा जीवन

~बिबश बिप्र~ हेर्दै, परागकणहरु बाँचेको !! भर्दै, टोकरी स्वेत–जीवनको !! …समानता उहि भ्रुणहरु उस्तै बिकासक्रम अनुमानीत कर्मकलम पनि एकै … अनुहारका !!

Posted in कविता | Tagged , | Leave a comment

कविता : म ‘मस्तिष्क’ चेतना-शुन्य हुँदैछु !!

~बिबश बिप्र~ अधिक सोचको बिफल परिणाम नचाउदैछन आँखाभित्र हत्केलाहरुले ! निस्सासिएर ओच्छ्यानमै चेतना-शुन्य हुँदैछु !! हुन्नन अरुहरु र, जो कोहीहरु सन्तुलन गुम्ने डरले

Posted in कविता | Tagged , | Leave a comment

कविता : परिप्सा

~सुष्मा थापा ‘अनुप्राश’~ परिभुत नगर प्रिय तिम्रो पासण हृदय भित्र एक पटक त राखी हेर, परिपवल हृदय भित्र कता कता चर्की दिन्छ परिपेवल तड्पे झै, तरंगित आत्माहरुमा सल्बलाइदिन्छ तिम्रो मनको परिमार्ग भित्र पुग्न सकिन तिम्रो मनको परिबोध बुझ्न सकिन।।।।।।।।।।।

Posted in कविता | Tagged | Leave a comment

कविता : बाजीको दौडान…..

~इन्दु फोम्बो~ म, भित्रको खेदा? लाई पढ्न खोज्दा एक्कसी यात्राहरुमा आफु उभिन्छु। र, त मेरो जवानीलाई च्यापेर छिन्नभिन्न भएको ठुलो हलचलमा तारेपु झैं कुलिङ्देनलाई उडि दिन्छु। जब द्धन्द युद्धमा स्वासको त्रि्रता संगै दौडिन्छु अलिकसिक ‘म’ को खोजीमा।

Posted in कविता | Tagged | Leave a comment

कविता : बेदना

~सुष्मा थापा ‘अनुप्राश’~ तिम्रो मन्द मुस्कानमा प्यारै प्यार को हार देखे | त्यही प्यार भित्र आज धारिलो ति तिर पाए || गुलबी ति अधरमा फुलै फुल को रस भेटे्र्र त्येहि रस भित्र आज बिसयुक्त पान पाये ||

Posted in कविता | Tagged | Leave a comment

कविता : भूइँचालो

~कृष्ण प्रर्साई~ हल्लिनु भूइँचालोको धर्म हो- ऊ सधैं जड भएर पनि हल्लिन्छ । हल्लिन कुनै चेतन हुन जरुरी छैन भूइँचालोलाई, ऊ जीवित नभएरै पनि हल्लिन्छ । हल्लिन बाँच्नै पर्ने बाध्यता छैन भूइँचालोलाई, ऊ सासै नभएर पनि हल्लिन्छ । भूइँचालो त … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : शान्ती! शान्ती!! शान्ती!!!

~शेखर ढुङ्गेल~ के हो शान्ती? कहा छ शान्ती? यो त एउटा सुन्यता हो मुर्दा शरिर भित्र मात्र अटाउने यो शान्ती ।

Posted in कविता | Tagged | Leave a comment

कविता : होसियार

~उषा गिरी~ विवेक प्रयोग गरी निश्चित समय र नियमभित्र बस नत्र तिमी तरल हुनेछौ। पुनर्व्याख्या नगर धेरै निन्दा र प्रशंसा पनि नगर

Posted in कविता | Tagged | Leave a comment

कविता : लिम्बुवान

~ऐत राज तुम्रोक~ सुन्दैछु सेसेलुङ फक्ताङलुङ सगै हासिरहने मेरो लिम्बुवान यालाङ केलाङ र हाक्पारेको तालमा हासिरहने मेरो लिम्बुवान सुन्दैछु सुन्दैछु प्रबासबाट धेरै भयो हासेको छैन। बिहानी झुल्के घाममा सुमधुर स्वरमा सेलोक गर्दै नाज्दै गाउने न्याउली चरिले,सुन्दैछु गाउनै छाडयो रे। धन्य … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : ईतिहास

~अनुप जोशी ~ पहिले पहिले जमिनमा वनस्पतिहरु मात्रै बस्थे जीव–जनावरहरु सबै पानीमा बस्थे । एकदिन भयो आकाशवाणी, समून्द्रमा चारैतिर फैलियो अफवा– “हिमालमा डढेंलो लाग्यो ।” आगो नदीको बाटो हुँदै समून्द्र आईपुग्ने डरले हिउँ माछाहरु हिउँ छेडेर भाग्न थाले जीवनमा सूर्य … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : अँध्यारोभित्र

~शिव प्रकाश~ अँध्यारोभित्रको अँध्यारो शहरमा बिकेकाछन् मान्छेजस्ता देखिने मान्छेहरू मान्छेका आस्थाहरू अस्मिताहरू नैतिकताहरू निष्ठाहरू विश्वास

Posted in कविता | Tagged | Leave a comment

कविता : सपनाहरु हो,हार्दिक श्रद्धान्जली

~गिरिराज बाँस्कोटा~ जीन्दगीका झुर सपनाहरु कति तस्राउछौ कुकुर र इटाको कथाझै बाटोभरी रोपीएका त्रिसुल आगनबाटै बन्द भएका द्धावरहरु पल पल चिमोटिरहेछन मुटुलाई थुनिरहेछन आँखालाई छ्या कति निष्ठुरी भयो समय बेसोमतले सपनको चाङ लगाएर अनकङटार जङगलमा छोडीदियो

Posted in कविता | Tagged | Leave a comment

कविता : शक्ति

~राकेश कार्की~ दया, ममता र माया रत्तिभर पनि छैन जति बुक्काए पनि संतोष लिंदै लिन्न फ्वां फ्वां गर्दै उर्लदै आउंछ छाल सरी अबोध निःसाय निमोठदै निल्छ काल सरी

Posted in कविता | Tagged | Leave a comment

कविता : म महापुरुष जन्माउँछु ।

~धनु लेकाली~ बुबा, दाई,भाईहरु रक्षक मानिन्छन घरमा बलवान ठानिन्छन समाजमा पहरेदार गनिन्छन देशमा, मन, बचन, धर्म कर्मले पुजिन्छे चेली बुिझन्छे छनक, जुझिन्छन आँखाहरु फुल्छन माया प्रेम सजिन्छन सुन्दर बस्तीहरु, कलियूगले ध्वस्त बनाएछ नवयुगका पहरेहरुलाई बोल्दा लाजमान्ने, निरिह चेलीहरु माथी व्वासा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : जनयुद

~योगेन्द्र गिरी ‘संघर्श’~ कति गर्छौ जनयुद्ध प्रचण्ड जनयुद तिमी नेपाली भूमिमा तेह्र बर्सको यति ठुलो युद्धमा पनि भएन देसमा शान्ति किन ? त्यति बेला भन्थ्यौ जनतालाई तिमी नेपाललाई स्विजरल्याण्ड बनाउछु नौ महिना सम्म सरकारमा बसेर पनि केही गरेनौ प्रचण्ड तिमीले … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : थु..इक्क

~देवु सुदामा ~ सपनाको एक क्षण ……….र हामीहरु उकाली चढ्दै गयौं हाम्रा पाइलाहरु हल्का र आतुर थिए हाम्रो म्यराथुनमा शुभेचछुकहरु विजय स्वागतको तुल टाँग्दै पुष्पवृष्टिको गरम तयारी गरिरहेका थिए । हामी आधार शिविर नाघेर लगातार बढ्दै गयौं

Posted in कविता | Tagged | Leave a comment

कविता : मनभित्र व्यथा चल्छ

~शोभा सुबेदी~ आँशु पिउँदै कति बाँच्नु पापी यो संसारमा असती काल किन डराएको होला किन नजर दाग्दैन म मा । मनभित्र व्यथा चल्छ जाँगर हराई गयो विरहले मन रुन्छ सम्झना मर्दैन निष्ठुरी कालीको ।

Posted in कविता | Tagged | Leave a comment

कविता : ईश्वरसँग सह-अस्तित्वको सम्झौता

~रमेश कडेल~ ईश्वरीय प्रमादमा रुमलिएका पल्लव पात्रहरु र गुरुकुलका केही सदश्यहरु मलाई लम्पसार पर्न आघोष गर्छन। अनी ति तिरस्कृत क्याक्टसहरुद्वारा विरुढ मनमा एकपक्षिय प्रहार गर्छन् फेरी अन्तिम संस्कारमा लामबद्द हुन्छन। मलाई तिमीहरुले बनाएको बाटो मञ्जुर छैन र हुन्न पनि आफ्नो … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : असफल अनुसन्धान

~सन्तोष आले~ होश सम्हालेदेखि यता लुगा सिउने त्यो मेशिन छ कि रोबट दमाई साइँला छ ऊ छ कि त्यो मेशिन छ। सपना कसले देख्दैन र भविष्य भरिलो बनाउने चाह कसलाई हुँदैन र सुखले जीवन सजाउने! साइँली दमिनीसित भित्र्याएका रङ्गीन सपनाहरू

Posted in कविता | Tagged | Leave a comment

कविता : शालिक

~कृष्ण प्रर्साई~ एकदिन म एकाएक उसको छेउ गएँ । र क्रमशः उस्लाई माथिदेखि छामंे र सुम्सुम्याएँ- सबभन्दा माथि बादल झैं कालो कपाल, गोलो अनुहारभित्र समुद्र झंै नीला आँखा- चट्ट मिलेको घाँटीमा सुन्दर हार- अलि

Posted in कविता | Tagged | Leave a comment