Category Archives: कविता

Nepali Poems

कविता : गरिब, खाते, दुःखी बनाईन्छ

~रेनुका राई ‘स्मृति’~ सडक बीच चहाँरी चहाँरी महलबीच हात पर्सादि जीउनु पर्ने कुन जन्माको पाप उसलाई यहाँ स्वेत महलका ढोका बीच दृष्टिन पुगि कडा कठोर बचन त्यही भरी घन्किन्छ । उता गरि खाना नसकेको टुहुरो खाते रे । मलाई केही … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : नानीहरुको समय

~राजेन्द्र तारकिणी~ यो समय नानीहरुको हो, नखेल तिनका अगाडि खरानीको खेल । नबाल द्वेषको आगो नछाप तिनका युनिफर्ममा रगतका नारा नदेखाऊ धुजाधुजा झन्डाहरु नअथ्र्याइदेऊ— तिनका मस्तिष्कका करोड नसाजस्तै छन्

Posted in कविता | Tagged | Leave a comment

कविता : देशकाे नयाँ नक्सा

~शरद पौडेल~ देशकाे नयाँ नक्सा माैसुफहरू यतिखेर छापिरहेछन देशकाे नयाँ नक्सा भूगाेलकाे नयाँ नक्सा, लिम्पियाधुरा, कालापानी र लिपुलेक । तर मित्र, मेरा लागि देशकाे नक्सा माटाे त हाे, तर माटाे मात्र हाेईन ।

Posted in कविता | Tagged | Leave a comment

कविता : दलित

~घनश्याम शर्मा पौड्याल~ मालिक ! हाजिर छ आज तिम्रो अगाडि तिम्रो धर्म र शास्त्रले हजारौँ वर्षदेखि रछानमा फ्याँकेको यो अपवित्र अमानुष तिम्रो आँखाको एक पापपात्र एक जुठो टपरी ।

Posted in कविता | Tagged | Leave a comment

कविता : म शुन्यमा हराएँ

~पदम विश्वकर्मा~ म शुन्य, शुन्य सरी हराएँ, यतै कतै हराएँ हुँला, हावाहरुसँगै खेल्दै, बहकिँदै धुलोहरुसँ गै टाँसिँदै गाँसिदै घुमिरहेछु होला शुन्यतामा रमाउँदै । म शुन्य, यतै कतै हराएँ हुँला,

Posted in कविता | Tagged | Leave a comment

कविता : अँध्यारो

~दीपकराज पाण्डे~ अँध्यारोले चपाइरहेछ गाउँ, शहर, पहाड, तर्राई र सिंगै देश अनि निलेको छ जून घाम पनि सुलुत्त ! यसरी चारैतिर अन्धमुष्टि अँध्यारोले साम्राज्य फैलाएको बेला कतै तिमी वनमै निभ्न लाग्यौ कि ? कतै तिमी मनमै निभ्न लाग्यौ कि ?

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रतिबन्ध

~कृष्ण सेन ‘इच्छुक’~ हाम्रा स्वरहरूमा प्रतिबन्ध लगाउँदै हाम्रा ओठहरूमा ताल्चा झुन्ड्याउँदै तिमी भन्छौ- गाउन त गाऊ तर यो गीत नगाऊ हामी भने त्यही गीत गाइरहन्छौँ । हाम्रा विचारमा प्रतिबन्ध लाउँदै

Posted in कविता | Tagged | Leave a comment

कविता : ऊ आकाश हुन खोज्यो

~सुस्मिता नेपाल~ ऊ आकाश हुन खोज्यो आकाशले उसलाई भन्यो तिमी आकाश हुन नखोज थाहा छ तिमीलाई – म धर्तीमा फिजिन चाहन्छु कालाकाला बादलले घेरिन्छु बादलसँग संघर्षा गर्दै हावाका हल्का खुट्टा टेकेर ओर्लिन्छु

Posted in कविता | Tagged | Leave a comment

कविता : डुपन र जिन्दगी

~हेमन्त श्रेष्ठ~ जेलिएर जेरिको चक्रव्यूहमा रुपान्तरित छ डुपन फुकाउनै कठिन गाँठोहरुको दस्ताबेज भएको छ जाँदा जाँदैको बाटो

Posted in कविता | Tagged | Leave a comment

कविता : साक्षी

~नारायण श्रेष्ठ~ म एउटा प्रत्येक बिहान उदाउँदै साँझ ओइलिएर झर्ने घामको प्रतीक भएको छु ! सडकममा पोखिने धूवाँका अराजक पाईला टेकेर गुमनाम बितेका दिनहरुको पदचाप केलाउने समयको जबरजस्त साक्षी भएको छु ! नाघ्नुपर्ने पर्खाल र जित्नुपर्ने दूरीहरु छन्

Posted in कविता | Tagged | Leave a comment

कविता : आवाज- ३

~टीका ‘भाइ’~ हिड्नेहरू हिड्छन, हिडिरहन्छन् जीवन जोख्दै तराजुमा कसले हेर्न सक्छ? -मान्छेको औसत वजन मान्छेको औसत उचाई ,किन पो नापिबस्छ? -कि कुनै ‘स्वेत-स्याम’ मगजको ढक

Posted in कविता | Tagged | Leave a comment

कविता : दावानल

~सुधीर छेत्री~ दन्दनी दावानलमा जलिरहेछ माटो। सॉंपले दंश बिछ्याएर नीलो हावामा खैरे मरूभूमि अनुवाद गर्नचाहन्छ अनि बस्तीबाट निस्केका पराक्रमी रॉंकोहरू

Posted in कविता | Tagged | Leave a comment

कविता : युद्धरत

~प्रवीण राई जुमेली~ उद्घोषित हुन्छ अचानक नै एउटा पीडापूर्ण कारावासको समाप्ति दुर्बल हात-खुट्टाहरु बेडीमुक्त हुन्छ अचानक नै अचानक नै उघारिएको पनि हुन्छ फलामे ढोका जहाँबाट देख्छु क्षितिजले छेकिएको सानो टुक्रा आकाशलाई देख्छु निर्धक्क जब कारागारको संघार बाहिर राख्छु पयरहरु अनि … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : समयबिम्ब

~विवश पोखरेल~ धुमिल वातावरणसँगै निर्निमेष अन्योलिएका आँखालाई फराकिलो सडक बनाएर अनवरत हिंडिरहेछ समय विना अवरोध र विना पूर्णविराम

Posted in कविता | Tagged | Leave a comment

कविता : सहिद कविता

~केदार श्रेष्ठ~ आगो बोकेर मोर्चामा कम्मर कस्ने कविता निर्धक्क मसाल उचालेर दुश्मनको छाती सेक्ने कविता आफ्नै मुटु बालेर उज्यालो छर्ने कविता हो त्यही, भाकविरुद्ध लड्ने कबिताका अघि

Posted in कविता | Tagged | Leave a comment

कविता : नील आकासको तारालाई

~भीमदर्शन रोका~ नील आकाशको यो तारालाई हेरिरहेछु म मेरो सहारालाई हेरिरहेकी होलिन प्रियतम मेरो दूर प्रवासबाट यही तारालाई नील आकाशको यो तारालाई ।

Posted in कविता | Tagged | Leave a comment

कविता : हराएको देश

~चंकी श्रेष्ठ~ उहिले उहिले धेरै पहिले नै यो देशबाटगुमाएका थियौँ हामीले आफ्नो देश तर, उहिले उहिलेदेखि नै हामी यो देशको सौन्दर्यगाथा गाइरहेका थियौँ हो, हामी यो देशको अबिरल र अजस्र पानीको कुरा गरिरहेका थियौँ हरियो वन नेपालको धन भनिरहेका थियौँ

Posted in कविता | Tagged | Leave a comment

कविता : डढेलो

~विक्रम सुब्बा~ फागुनको वायुमण्डलमा युद्धको बारुद झैँ धुलो भरिएको छ मरुभूमिको इलाकामा… लडाइँको मौसमभित्र… साता दिन पानी नपाएको सेनाको छातीजस्तै पातपतिंगर सुकेर खरिएको छ सेतीमा फाल्न मात्र बाँकी रहेको कुनै बलात्कृत युवतीजस्तै

Posted in कविता | Tagged | Leave a comment

कविता : विक्रमको मुटु

~सरोज धिताल~ नदुखाउ त्यो मुटुलाई बेर्सेर फेरि विक्रम ! दिइ सक्यौ तिमीले त्यो त कवितालाई

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : आधुनिक भाइ

~राजकुमार बराल~ ए भाइ तिमीलाई च्याब्रुङ्ग बजाउँन आउँछ ? डेउडा नाँच्न ? झ्याम्टा बजाउन? ढोलक ठोक्न नि ? मारुनी नाँच्न ?

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : नारी

~गोपालप्रसाद रिमाल~ “नारी के हो?” सोध्ने, “लौ विचार गर, म भरेतिर आउँला” भनेर हिँडिहाले, जवाफ दिनु थियो, त्यसैले मैले एक्लै बसेकी- नारीलाई लुकेर हेरेको सम्झेँ, ऊ सिँगार गर्न लागेकी छ, ऐनामा प्रतिबिम्बित आपनो हरेक अङ्गलाई ऊ

Posted in कविता | Tagged | Leave a comment

कविता : म हत्केलाले घाम छेकेर कालो बादल खोज्दैछु

~समसेर अली~ विकृत अनुहारहरु बिप्ल्याँटो बिश्वास विकराल विडम्बनाहरू दिशाहीन रेगिस्तान हिड्दै थिए बर्षौं हिडीएका कारवांका पाईतालाहरूले कुल्चिएका उष्ण समयका कणहरू एक छिटा-बाछिटा

Posted in कविता | Tagged | Leave a comment

कविता : देश हामी र किसान आन्दोलन

~सुमिना अभिलाषी~ चिया र कफिको तातो बाफमा मजा लिदै गुलिया परिकारहरू सँगै रमाइरहेछन् कति मिस्ठान्न भण्डारहरूमा त्यति नै बेला देखिन्छ टेलिभिजनमा र टेबलभरी छरिएका पत्रपत्रीकाहरूमा

Posted in कविता | Tagged | Leave a comment

कविता : इतिहासको कुरा

~देवान किराती~ कोक्पाले रामायण पढ्यो र, रामजस्तै आदर्शको बन्ने आशिष दियो । आपाले मार्कसवाद पढ्यो र, मार्कसजस्तै हुने आशिष दियो । आमाले कुनै राजकुमारको दन्ते कथा सुनायो

Posted in कविता | Tagged | Leave a comment

कविता : भ्रमहरूको यथार्थ

~श्याम रिमाल~ भ्रममा बाँच्नु पो मीठो हुँदोरहेछ यथार्थ त पीडादायी मात्र रहेछ पानीमा देखिएको छाया र ऐनामा देखिने आफ्नै प्रतिबिम्बसँग सिङ्गै दिन बिताउन सकिन्छ तिनसँग अनन्त जिस्कन सकिन्छ

Posted in कविता | Tagged | Leave a comment

कविता : जङगबहादुरहरू

~स्वप्नील स्मृति~ त्यसो त दरबारमा- धेरैपटक मरिसकेका हुन्छन् जङ् ग ब हा दु र ह रू । जङगबहादुरहरू अस्पतालमा मर्छन् पटकपटक बाँचुलाझैँ गर्छन् मृत्यूशैय्याहरू समेत फेरि कहिल्यै मर्दैनन् अस्पतालमा बिरामीहरू । जङबहादुरहरू

Posted in कविता | Tagged | Leave a comment

कविता : संकटकालमा सहवास

~श्यामल~ संकटकालमा म तिम्रा औंलाहरु चलाउन सक्तिन संकटकालमा तिम्रा आँखाहरुतिर हर्न सक्तिन सबै कुरा तय गरिएको हुन्छ माथिबाट सबै सबै प्रेमीहरु ज्यान जोगाउन आतुर हुन्छन् खाडीयुद्घको आकासमा भौंतारिएका पन्छीहरुजस्तै तिम्रो मेरो आलिंगन अवैध हुन्छ संकटकालमा । हेर, चुपचाप छ टेलिफोन, … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : शरीरपतनको उत्सव

~शैलेन्द्र शाकार~ यो भूमण्डलबाट हराएर जाने छैन मानिसको रगतको टाटो लागेको अक्षर सत्ताका भाटहरूले बोकेर लाने छैनन् पुस्तकालय, म्ञजियम र संग्रहालय अथवा संविधान । पानीको दहमा ढुङ्गाको छालझैँ हराएर जाने छैन पानीमा लेखिएको अक्षरझैँ

Posted in कविता | Tagged | Leave a comment

कविता : बिचलीत बर्तमान

~मिजास तेम्बे~ न्यानो राडीमा बसेर, छिप्पेको मिठो तोङबाको चुस्की संगै डोल्मा संग छक्का पञ्जा खेलेका यादहरु ठिङ्ग उभिएका छन् मेरो अघि छ्यादोङमा भोटे चिया मथे जस्तरी बिश्रृङखलीत भएकाछन् सम्झनाका ज्वारहरु । पुसे मेलामा सोल्टेनीको न्यानो हात समातेर

Posted in कविता | Tagged | Leave a comment

कविता : विडम्बना

~डम्बर पहाडी~ चारैतिर हरियाली तुवाँलोले ढाकिसक्यो डाँडा-काँडा, बन-पाखा डढेलोले खाइसक्यो वसन्तमा रुखहरूले पनि नयाँ पालुवा फेरी सके

Posted in कविता | Tagged | Leave a comment

कविता : जेठ – २०५७

~मनप्रसाद सुब्बा~ उन्मत्त छ जेठ महिना । त्यसको वाफीँदो उत्तेजनाको पसिना मातलाग्दो फूलहरू भई फुटिनिस्केको छ शिरीष र चिलाउनेको बोटमा । उन्मादको यो कत्ति शितल अभिव्यक्ति !

Posted in कविता | Tagged | Leave a comment

कविता : म माटो बोल्दैछु

~बली सुब्बा ‘बसन्त’~ हो साथी, म माटो बोल्दैछु म धुलो हुँ – प्राण बोकेर कराउँदैछु रमाउँदैछु रंगमंचमा सजिन पाउँदा तर पालो पर्खँदेछु चिहाने डाँडामा अन्त म चिहान बोल्दैछु

Posted in कविता | Tagged | Leave a comment