Author Archives: Sahitya - sangrahalaya

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.

गजल : मेरो अर्धाङ्गिनी तिमी हौ

~भीमनिधि तिवारी~ आधा छ अङ्ग मेरो अर्धाङ्गिनी तिमी हौ सिन्दूर हुँ म तिम्रो सौभागिनी तिमी हौ यो स्नेहको बिरुवा कैले पनि नसुकोस् फूलबारीको म माली मधुमालिनी तिमी हौ

Posted in गजल | Tagged | Leave a comment

कविता : नाट्यशाला

~भीमनिधि तिवारी~ संसार नाट्यशाला हो; प्रकाश सूर्य, चन्द्र हुन् जीवनधारीहरू सारा कर्मचारी समान हुन् छ जो प्रकृतिको पर्दा त्यसैको आडमा डटी यहाँ भेष लिई नाना आउँछन् नट औ नटी

Posted in कविता | Tagged | Leave a comment

गजल : इश्कबाजी मा

~भीमनिधि तिवारी~ नजाने छुरी बर्सन्छन् हजारौँ, इश्कबाजीमा र, जाने फूल बर्सन्छन् अनेकौँ, इश्कबाजीमा। नजाने बिखका खोला बहन्छन्, पर्छ बाढीमा र, जाने महका चाका चुसिन्छन्, इश्कबाजीमा

Posted in गजल | Tagged | Leave a comment

स्रष्टा जीवनी : भानुभक्त आचार्य

~नरेन्द्रराज प्रसाई~ मोतीराम भट्टले १९४८ सालमा भानुभक्त आचार्यलाई आदिकवि लेखे, तर उनले लेखेको त्यो ‘आदिकवि’ चलेन । १९९७ सालमा जुद्धशमशेर राणाले ‘भानुभक्तलाई आदिकवि भने पनि हुन्छ’ भन्ने हुकुम दिएपछि मात्र तमामको जीव्रोमा भानुभक्त आदिकवि हुन थाले । अनि सूर्ययविक्रम ज्ञवालीले … Continue reading →

Posted in स्रष्टा जीवनी | Tagged | Leave a comment

स्रष्टा जीवनी : डायमनशमशेर राणा

~नरेन्द्रराज प्रसाई~ डायमनशमशेर राणा १९७५ साल असार २१ गते पाल्पा तानसेनको ठुटेपीपलमा जन्मेका थिए । कर्णेल बुद्धशमशेर र मोहनकुमारीका तीन छोरामध्ये उनी कान्छा थिए । उनी बाल्यकालदेखि नै निडर, निष्पक्ष र निर्भीक थिए । राणाको विबाह ढालविक्रम शाहकी छोरी बालिकासँग २००१ … Continue reading →

Posted in स्रष्टा जीवनी | Tagged | Leave a comment

लघुकथा : ठूलो मान्छे

~सफल घिमिरे~ यहाँ एकदम बौध्द शुन्यता छ । किनकि आज कर्फ्यु लागिरहेको छ । परेवाहरु उडेका छैनन् । धुमिल आकाशमा अलिअलि चराहरु मात्रै आहारा खोज्दै भौतारिरहेका छन । बन्द कोठामा टि.भी. र टि.भी. सामुन्ने ऊ बन्दी भएर बाँचेको छ । … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : एक बिहानको कथा

~सफल घिमिरे ~ एकाबिहानै फेवातालमा जाल हान्ने माझिदाइलाई मैले सोधेँ- “दाइ के हो जिन्दगी ?” सर्सराउँदो जालीको सप्का तान्दै उनले भने:

Posted in लघुकथा | Tagged | Leave a comment

नाटक : उज्यालो आउनैपर्छ

~सफल घिमिरे~ प्रथम दृश्य [नाटक माचनको लागि वृत्त र वृत्तभित्र नेपालको अलि चाक्लो नक्सा … सुत्रधारको प्रवेश] सुत्रधारः प्रत्येक नेपालीहरु जन्मिने बित्तिकै टाउकोमा १२ हजारको ऋण बोकेर जन्मिन्छन् र त्यो ऋण तपाई हाम्रो थाप्लोमा पनि अझै छ । भष्ट्राचारले व्याप्त तर … Continue reading →

Posted in नाटक | Tagged | Leave a comment

कथा : अग्नियुद्ध

~इस्माली ~ ‘राजालाई नजिस्क्याउनू, आगोलाई नखेलाउनू ।’ बाले भन्नुभएको यो कुरो ऊ अहिले पनि झलझली सम्झन्छ । हिउँदको घुर ताप्दा उनीहरू घुरको आगो चलाउँथे, कहिले घुर फुक्थे, कहिले घुर खोस्रन्थे, कहिले घुर सल्काउँथे त कहिले घुर छोप्थे । उनीहरूका त्यस्ता … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : चार्ज सिद्धियो

~रमेशजङ्ग थापा~ आज सारै मुडअफ छ उसको । भान्छाको कुरा सम्झदा उसको अनुहार लाजले रातो भयो । उसले दायाँबायाँ पल्याकपुलुक हेर्‍यो । साथै मनमनै थकथकायो! “खान बस्दा स्वास्नीले भात जीउमा फालिदिनु कम बेइज्जती हो ? अलिकति नछलेको भए दालभातको स्नान … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : तृष्णा

~जयन्ती ‘स्पन्दन’~ लौन चाँडो गर्नुपर्‍यो, डा. शर्मालाई तुरुन्त खवर गर्नुपर्ने भयो । रुम नम्वर ४ को प्यासेन्टको हालत एकदमै खराव छ, ‘सिस्टर कमला हतासिँदै एक सासमा बोल्न पुगिन् । ‘तिमीले मेथर्जिन दियौँ ?, इन्जेक्सन नि । एकचोटि दिएर त हेर,’ … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : लोग्नेमान्छेको के विश्वास ?

~श्रीरामसिं बस्नेत~ मानिसहरू उसलाई प्रतिभाशाली तर सन्की कलाकारको रुपमा चिन्दछन् र ऊ छ पनि त्यस्तै । उसलाई मुड चलेको दिन एकै क्षणमा तीन चार वटा चित्र बनाउँछ तर मुड चलेन भने महिनौं दिनसम्म पनि कुची र रङ्गलाई छुँदैन । उसलाई … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : मान्छे

~गणेश घिमिरे ‘मार्मिक’~ उसले धेरै जनाको मुखबाट धेरै ठाउँमा र धेरैपटक सुनेको छ- मुलुकमा गणतन्त्र आयो, अब त सर्वसाधारण जनताको पनि पहुँच सिंहदरबारमा पुग्यो । अब भने नेपाली जनता साँच्चैका सार्वभौम भएका छन् । उसको मनमा उसले सुनेका ती कुराहरू … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : मेरो मने

~शारदा पराजुली~ दसैँको अष्टमीको दिन बिहानैदेखि घरघरबाट मासुको हरहर बास्ना आइरहेको थियो । ललीताका बुबा पनि मासुको स्वादको कल्पना गर्दै जिब्रो फड्कार्दै खसी काट्ने तरखरमा लागेका थिए । खसी काट्दा चाहिने खुकुरी र रक्ती हाल्न चाहिने भाँडो उनको छेउमै थियो … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : पुष्टि कसरी गर्ने ?

~होमशंकर बास्तोला~ विशेष अदालतको अगाडि एउटा एकतले घर भग्नावशेषरूपमा ठडिएको थियो । इजलासमा बसेको समयमा आँखा त्यस घरमा पुग्दा न्यायाधीशका मनमा लाग्दथ्यो – ‘यो घर कसको होला ?’ तर त्यो घर वर्षै दिनमा एकाएक छ तलेमा परिणत भयो । एक … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : दशैं र अबोध फ़ुच्चे

~छक्कु उदासी~ दशैं आउँने बेलाको मौसम साँच्चीकै रमाईलो हुन्छ । भौगोलिक हिसाबले पनि नेपालमा दशैं मान्नकै लागि प्रकृतिले सबै कुरा जुराई दिएको हो कि जस्तो लाग्छ । तर…. तर…. त्यहींका धेरै जसो जनताका लागि प्रत्यक बर्ष दशैं, दशैं हैन दशा … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : आफ्नोपन

~चिरन शर्मा ~ विदेश गएको पाँच बर्षपछि ह्यारी नेपाल फक्र्यो । नेपालमा बाले हरि-हरि बनेर बोलाउने ह्यारी नेपाल फर्कदा कसैले नचिन्ने होकी भन्ने चिन्तामा थियो उसलाई । काठमाडौं हवाइ अड्डामा कालो चस्मासहित आधुनिक क्यामरा कम्प्युटर र अंग्रेजी रहनसहनका साथ झर्र्यो … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : पर्खाइ

~सिर्जना दाहाल~ त्यो गाउँ गरिबी र अशिक्षाले ग्रस्त छ । नारी शिक्षाको त कुरै छोडौँ पुरुष शिक्षा पनि कमै छ । अधिकांश पुरुषहरू घरको कामकाजको लागि आफू भन्दा जेठी र परिपक्व केटी विवाह गर्छन् । जसले गर्दा घर व्यवहार गर्न … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : म हराएको समय

~शर्मिला खड्का दाहाल~ जीवन कथा हो । कथा जीवन हो । जीवनको समुद्रमा कैयौँ घटनाहरू छाल बनेर सल्बलाइरहेका हुन्छन् । म तिनीहरूलाई समेट्न खोज्छु, कहिले ती आँफै फुत्किएर जान्छन्, कहिले म आफैँ अन्तै मोडिएको हुन्छु । गतिवान् जीवन गुडिरहेको गाडीको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : नियतीले जन्माएको कुण्ठा

~शर्मिला खड्का दाहाल~ छोरीको आकस्मिक विमारीले मलाई अस्पताल पुयाउँछ । विमारी छोरी लिएर म आकस्मिक कक्षमा पुग्छु । आकस्मिक कक्षमा सबै डाक्टरलगायत अन्य कर्मचारी ब्यस्त देख्दछु । त्यहाँ कुर्सीमा गम्केर बसको डाक्टरलाई म विमारीको सबै लक्षण बताउँछु र आफूले घरमा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : शान्ति हराएको समाज

~शर्मिला खड्का दाहाल~ म यो सडकमा हिँडिरहेको छु । सडकलाई सडक हुनुको बोध गराइरहेको छु । यो सडक पनि मजस्तै छ । एकछिनमा एउटा ट्याक्टर आउँछ । उसले सडकको छातीमात्र चिर्दैन, प्रशस्त धूलो पनि उडाएर जान्छ । त्यसमा म पनि … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

यौन कथा : आवृत्तिको क्यानभासमा

~शर्मिला खड्का दाहाल~ कथाकार दिवाकर नेपालीज्यू, भर्खर एउटा पात्रसँग मेरो भेट भएको छ । ऊ मलाई हातमा समाएर जोडले तान्दै छ । हेरौँ कहाँ लान्छ ? मलाई थाहा छैन कहाँ लाँदै छ भन्ने कुरा । ऊ हष्ट पुष्ट यौवनले भरिपूर्ण … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मूल्यहीन मृत्यु

~शर्मिला खड्का दाहाल~ मध्यरातको एकोहोरो रुवाइले गर्दा मालिकले उसको प्यारो कुकुर बन्जोलाई गाली गर्छ । गाली गर्दा पनि केही नलागेर एकदुइपल्ट हिर्काउछ । हिर्काउदा पनि कुकुर एकनासले रोइरहन्छ । उसको एकोहोरो रुवाइले गर्दा उसलाई ज्यादै रिस उठ्छ । रिसको झोकमा

Posted in लघुकथा | Tagged | Leave a comment

यौन कथा : स्मृतिको क्यानभासमा

~शर्मिला खड्का दाहाल ~ (यो कथा कथोपन्यास ‘क्यानभासमा कथाहरू’को एउटा श्रृङ्खला हो। कथाकार अनामिकाको अचानक कथाकार दिवाकर नेपालीसँग ‘समयको क्यानभासमा’ कथामा भेट भएपछि जन्मिएका कथाहरू हुन् यी। त्यसैले यस कथामा कथाकार दिवाकर नेपालीलाई सम्बोधन गरिएको छ। – लेखिका) कथाकार दिवाकर … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सरिता मलाई माफ गर

~शर्मिला खड्का दाहाल ~ दिनभरि अफिसमा अफिसियल कार्यको बोझले र हाकिमको आदेशले शिथिल भएको मस्तिष्क अनि घरमा पारिवारिक दायित्वले र श्रीमतीको आज्ञाले थाकेको शरीर लिएर म ओछ्यानमा पल्टिरहेको हुन्छु । त्यसै समयमा फोनको घन्टी बज्छ । ‘हैलो…. हो˜ म.. विनोद … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : मुग्लानको चिठ्ठी

~शेखर ढुङ्गेल~ वाह् अनायस उस्लाई गुन्द्रुक ढिडो अनी लप्सी को अचार् याद आउछ साच्चिक्कै मुखनै रसाउछ उस्को । चिठ्ही लेख्न सुरु गर्नु अगी एक छीन तकिया मा टाउको राखी कलम लाई मुख मा हल्का च्यापी मुग्लाने सोच मग्न हुन्छ । … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : बेवारीसे उजुरी

~शेखर ढुङ्गेल~ चारैतिर बाक्लो भीड लागेको थियो । बटुवाहरू कौतुहलतापूर्वक लासलाई घेरेर हेर्दै थिए । पत्रिका पसले बिलखबन्दमा थियो। बुढीआमाले पत्रिकामा एउटा सैनिकको फोटो देखेर खुशी हुँदै सोधेकी थिइन, “ए पसले नानी यो फोटो किन टासेको हँ ?” पसलेले उनी … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : उपहार

~शिव प्रकाश~ ‘आइ हेट माइ फादर, हि इज ग्रीडी! आइ लभ यू शाइवा, आइ लभ यू! यू आर असम!’ साइकल पाएपछि केभिन तीन हात उफ्रियो। सायद जीन्दगीको सबैभन्दा खुशीको दिन होला आज, उसको! ‘शाइवा, तिमीले जति यसलाई आफ्नो सोच्यो त्यति … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : शपथ

~शिव प्रकाश~ एककान दुईकान मैदान गाइँगुइँ चल्न थाल्यो मन्त्रीज्यूका बारेमा। गाउँको स्कूलको एउटा साधरण मास्टर, राजनीतिमा लागेर मन्त्री हुने वित्तिकै कायापलट भयो उनको। अहिले के छैन उनीसँग श्रीमतिका नाउँमा आलिसानको बङ्गला। सालासालीसम्मका नाउँमा जताततै घरघडेरी जग्गा। घरमा महँगो गाडी पार्क … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : जैमाली

~शिव प्रकाश~ उसले चारैतिर खोज्यो देखेन । अनेक निहुँले भान्सातिर गयो, पछाडि गयो, बारीतिर गयो तर कतैदेखेन । कुना कुइँनेटा सबैतिर खोज्यो, सबै छन् तर जैमली छैन । बीस वर्षभयो जैमलीलाई नदेखेको । उभित्र आज इच्छाको अथाह सागर उर्लेको छ … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : सङ्कटकाल

~श्रीधर शर्मा ~ दिनानुदिन बढ्दो हिंसाका कारणले गर्दा सरकार ज्यादै त्रशित बनेको थियो । दुई जनाले पहिलो हत्या मोटरसाइकलमा चढेर गरेको कुरा थाहा पाएपछि सरकारले ‘मोटरसाइकलमा सवारी गर्न दुई व्यक्तिले नपाउने’ भनी प्रतिबन्ध लगायो । जसबाट थुप्रै मोटरसाइकल सवारलाई पुलिसले … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : प्रेम सागर का लहरहरु

~स्रीजना दाहाल ~ आयुष्मा सुन्दर र सरल छे । पाश्चात्य सभ्यताको प्रभावले उसमा देखिँदैन । साधारण परिवारमा हुर्के बढेकी आयुष्मा सामाजिक परिवेश र रीतिरिवाजमा बाँधिएकी छे । नारी जातिमाथि समाजले लगाएको लक्षमणरेखाभित्र उ बसेकी छ त्यसैले उसका केटा साथीहरू छँदै … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment