~आनन्द पौड्याल~
एउटा घनघोर जंगलमा माहुरीको ठूलो घार हुन्छ । हजारौ माहुरीहरु त्यस घारमा बस्छन् । माहुरीका विभिन्न जात हुन्छन् । विभिन्न भौगोलिक अवस्थिति अनुसारका फूलमा सुगन्ध तथा अन्य प्रकारको भिन्नता हुन्छ । तिनीहरु पनि विभिन्न जात जातिका ठूला साना हुन्छन् । माहुरीको प्रमुख व्यक्तित्वको रुपमा रानी माहुरी हुन्छे । माहुरीको घारको पारिवारिक भाषा एक अर्कालाई थाहा हुन्छ । घारका सवै परिवारका सदस्यले रानीको आज्ञा, आदेश, निर्देशन र आचार संहितालाई पूर्णरुपमा पालना गरी काम गर्छन् । माहुरीको समूहमा निकै नै कडाइका साथ अनुशासनको पालना हुन्छ । माहुरीको घारमा रानी, ठेट्ना, डाम्ना र अति मेहनती ज्यामी गरी विभिन्न प्रकारका माहुरी बस्छन् । समूहबाट निर्धारित लक्ष तथा उद्देश्य पूरा गर्नमा निकै नै कडारुपमा प्रश्तुत हुन्छे रानी माहुरी । माहुरीको संसारमा श्रम विभाजन अनुसार कार्य सम्पन्न हुन्छ । सबैले नैतिक शिक्षाको पालना गर्दछन् । सुशासनलाई विशेष ध्यान दिएर कार्य सम्पन्न हुन्छ । यसो भएन भने आफ्नो संगठनको रणनीति बमोजिमको उद्देश्य पूरा हुन सक्दैन । माहुरीले प्रकृतिद्वारा प्रदान गरिएको अनुशासनको पूर्णरुपमा पालना गर्दछन् ।
सोही जंगलसहित अन्य ठाउँमा हजारौँ प्रकारका फूलहरु उम्रेका हुन्छन् । ती विभिन्न जातका फूलहरुमा मौसम अनुसार कोपिला लाग्दै ढकमक्क फुल्ने गर्दछन् । जहाँसुकै रहेका फूलहरुले आ–आफ्नै आत्मनिर्णयको आधारमा कार्यसम्पादन गर्दछन् । एउटै जंगल, बगैँचामा तथा जहाँ कहीँ रहे पनि माहुरीको जस्तो कुशल संगठन हुँदैन फूलको । फूलको श्रम विभाजन हुँदैन । तिनीहरु स्थिर हुन्छन् । तर हावाद्वारा चलायमान हुन्छन् । यसरी नै तिनीहरुको जीवन निर्वाह भइरहेको हुन्छ । खै तिनीहरुको एक अर्काबीच कस्तो भाषा शैली हुन्छ होला ? फूलको संसारमा एकले अर्काेलाई नियन्त्रण गर्नु पर्दैन । फूल सदैव स्वनियमन र स्वनियन्त्रणमा सीमित हुन्छन् । फुलको संसारमा कसैको आदेशको पालना गर्नु पर्दैन । प्राकृतिक वाहेक कुनै नियम कानुनको सीमाभित्र बाँधिनु पर्दैन । एकले अर्काेलाई कुनै आदेश र निर्देशन दिनुपर्ने जरुरी नै हुँदैन । फूलको संसारमा त माहुरीको जस्तो कुनै पनि प्रमुख फूल नै हुँदैन । सबै जातका फूल स्वयं आफू नै प्रमुखको भूमिकामा हुन्छन् । एक अर्काले दोहोरो कुरा गर्ने किसिमको फूलको भाषा कसैलाई थाहा हुँदैन । यसर्थ, फूलहरु सधैँभरि स्थिररुपमा रहेर स्वचालित र स्वनियन्त्रित हुन्छन् ।
यता घारमा रहेका सवै माहुरीमध्ये कोहीलाई घारभित्रको काम सुम्पिएको हुन्छ । तिनीहरुलाई घारपाले संरक्षक भनिन्छ । कोहीलाई अरिंगाल, बच्छिम तथा अन्य कुनै पनि सत्रुबाट बच्नको निम्ति तैनाथ हुनुपर्ने गरी काम दिइएको हुन्छ । तिनीहरु समूहका मुख्य सुरक्षाकर्मी हुन । तिमध्ये कतिपयलाई रानीको सुरक्षा गर्ने विशेष काम सुम्पिएको हुन्छ । रानीको सुरक्षाकर्मीको रुपबाट तिनीहरुलाई चिनिन्छ । घारमा रहेका माहुरीमध्ये ज्यामी अतिनै मेहनती, जाँगरिला, फुर्तिला, ज्ञानी, नैतिक र बुद्धिमान हुन्छन् । माहुरीमा सैन्य शैलीको अवस्था रहेको हुन्छ । उनीहरु आफूभन्दा माथिकाले दिएको आदेशलाई पूर्णरुपमा पालना गर्दछन् । माहुरी अति नै अनुशासित हुन्छन् । कोही अत्यन्तै ठगी पनि हुन्छन् । तिनीहरुलाई ठेट्ना भनिन्छ । तिनीहरुले घारका अन्य माहुरीको कुरा काट्ने, झगडाको बिऊ रोप्ने र घार भाँड्ने जस्ता अनावशयक कुरा गरेर काम नगरीकन ठगी खाँदै र बस्दै गर्दछन् । अति नै मेहनत गरेर श्रम गर्ने श्रमिकलाई परिवारका सबै सदस्यले औधी मन पराउँछन् । उनीहरुको घारमा हाई हाई हुन्छ । ज्यामी माहुरीले अति नै मेहनत गरी काम गर्ने हुँदा परिवारका सबै सदस्यबाट गहिरो माया पाउँछन् । ठग तथा कामचोरलाई भने कसैले पनि रुचाउने र मन पराउँने गर्दैनन् ।
ती मेहनती र जाँगरीला श्रमिक माहुरी दैनिकरुपमा उड्दै उड्दै विभिन्न ठाउँको भ्रमण गर्दछ्न् । ठाउँ ठाउँबाट मैन संकलन गर्दछन् । बस्नको लागि घर बनाउँछन् । मह राख्ने ठाउँ र बच्चा राख्ने ठाउँ छुट्याएर चाका निर्माण गदर्छन् । श्रमिकले अथक परिश्रम गरी धेरै फुलको रस चुसेर मुखमा राखी बोकेर ल्याउँछन् । त्यसरी बोकेर ल्याएको फुलको रस केही ठगहरुले खोसेर खाने गर्छन । कहिले काँही गाली गरी ती मेहनती माहुरीसँग तिनीहरुले नराम्रो व्यवहार समेत गर्दछन् । मानसिक दबाव दिन्छन् । त्यस कार्यको प्रतिक्रिया जनाउने समेत फुर्सद हुँदैन ती श्रमिक माहुरीलाई । ती माहुरीहरुले तोकिएको दैनिक कार्य सम्पन्न गर्नको निम्ति टाढा टाढासम्मका फूल चुम्नको लागि भ्रमण गरिरहनु पर्दछ । माहुरी र फूलबीच निकै नै पूरानो, घनिष्ट र गाढा अन्तरसम्बन्ध हुन्छ । प्राकृतिक रुपको त्यो सम्बन्ध अत्यन्तै भिन्न किसिमको हुन्छ । माहुरी र फूलले प्राकृतिक नियम अनुसारको आ–आफ्नो अनुशासनको पालना गर्दछन् । श्रमिक माहुरी उडेर फूलको रस खोज्दै ठाउँ ठाउँमा जानु पर्दछ । ती मेहनती माहुरीले स्वच्छन्द रुपमा जहाँ कही घुम्ने अवसर पाउँछन् । उनीहरुलाई तोकिएको दायित्व अत्यन्तै गम्भीर हुन्छ । एक्लै उडेर टाढा टाढासम्म जानु पर्दछ । सधैँभरि फूलसँग मुस्कानी हाँसो हाँसेर माया प्रिति लगाएर मात्र फूललाई स्पर्श गर्ने गर्दछन् । आ–आफ्नो खानाको खोजी तिनीहरुले आफै गर्नु पर्दछ । घारका अरुलाई ख्वाउनुको साथै बच्चा र आफ्नो भविष्यको निम्ति मह संकलन गरी वचत गर्नु पर्दछ । घुम्न गएको स्थानमा बास बस्ने व्यवस्था पनि स्वयंले मिलाउनु पर्दछ । महको निम्ति निर्माण भएको चाकाको तोकिएको स्थानमा आफूले ल्याएको फूलको रस र कुठ्ठा राख्नु पर्दछ । त्यही माहुरीले विभिन्न फूलको रस सँगालेर राखेको रसिलो पदार्थलाई नै मह भनिन्छ । मह जम्ने र झोल हुने गर्दछ । महको स्वाद पनि सिजन अनुसार फरक फरक हुन्छ । घारमा बस्ने अरु सदस्यलाई पनि खाना खुवाउनु पर्दछ । साथै, चाकाको सानो प्वाल भित्रको गोदाममा ढक्कन लगाएर राम्रोसँग बन्द गरी भविष्यको लागि भनेर हरेक दिन केही रस संकलन गरी राख्ने गर्दछन् । अरु भन्दा श्रमिक माहुरी अति नै मेहनती, जाँगरिला, चतुरा र आदेशपालक हुन्छन् । तिनलाई आधुनिक मानवद्वारा निर्मित सूचना प्रविधि क्षेत्रको अति तिखो बुद्धि भएको मानवद्वारा निर्मित मसिनसँग तुलना गर्न सकिन्छ । त्यस्ता अत्यन्तै मेहनती माहुरीको चरित्र चित्रण गरेर नै कतिपय स्वचालित आधुनिक मसिनको आविस्कार भए होला भन्ने सहजै अनुमान गर्न सकिन्छ ।
माहुरीको शरीर भने अति नै सानो हुन्छ । शरीर जति सानो भए पनि चेतनाले भरिपूर्ण मानिस भन्दा पनि ज्यादै चलाख देखिन्छन् माहुरी । दैनिकरुपमा ठाउँठाउँमा पुगेर हजारौँ फूलहरु चुमेर सोको रस मुखमा राखी दुईवटा फखेटामा पहेँलो पराग च्यापेर घारमा ल्याउनु नै तिनीहरुको दैनिकी बन्दछ । श्रमिक माहुरीले आफ्नो सानो शरीरमा बोकेर ल्याएको उक्त भारी निकै नै गह्रौँ हुन्छ । त्यसकारण माहुरीको घार निकै माथि नभै ठिक्क ठाउँमा हुने गर्दछ । यो माहुरीको चातुर्यपूर्ण बसोबासको कार्य हो । रुखमा, काठको प्वालमा, भीर पहरा तथा भूईँ आदिमा माहुरीले घार बनाउँछन् । सबै माहुरीले रानीद्वारा तोकिएको आचारसंहिता र आदेश बमोजिम चल्नु पर्दछ । सबै माहुरीको सोही अनुसार कार्य विभाजन भएको हुन्छ । सधैँभरि सबैलाई तोकिए बमोजिमको समयको पूर्ण पालना गर्नु पर्दछ । उनीहरुलाई तोकिए बमोजिमको कार्य सम्पन्न गर्नु पर्दछ । माहुरी संसारमा श्रम विभाजनको नियम लागू भएको अनुभूति हुन्छ । माहुरी, कमीला र धमिराको संसारमा यसको पूर्णरुपमा पालना हुन्छ । तिनीहरु सधैँभरि भोक, प्यास, निद्रा, थकाइ लाग्दा समेत काममा नै ब्यस्त हुन्छन् । उनीहरुको कार्य प्रणाली हेर्दा आधुनिक स्वचालित मसिनसँग तुलना गर्न सकिन्छ । सधैँभरि कुठ्ठा, मैन फूलको रसरुपी महको खोजी गर्दै उड्नु पर्दछ । यदि कुनै माहुरीले आफुलाई तोकिएको कार्य सम्पन्न गर्न सकेन भने त्यो चाहीँ सजायको भागिदार हुन्छ । परिवारको कानुनी तथा नीतिगत व्यवस्थालाई पूर्णरुपमा पालना गर्दै निकै नै अनुशासित हुनु पर्दछ ।
सबै मेहनती ज्यामी माहुरीले वनजंगल तथा खेत बारीमा फुलेका अत्यन्तै सुन्दर र सुगन्धित फूलहरुसँग प्राकृतिक साइनो लगाउँनु पर्दछ । माहुरीले गरेको त्यस्तो एकतर्फी मायालाई फूलहरुले पनि सहर्स स्वीकार गर्दछन् । माहुरीलाई फूलहरुले निकै नै मन पराउँछन् । माया प्रिति लगाउँछन् । माहुरीलाई फूलले भेट्न कहिल्यै पनि घारमा आउँन सक्दैन । जहिले पनि माहुरी नै फूललाई भेट्न तथा मायाप्रिति लगाउन जहाँ फूल फुलेको छ त्यहीँ नै पुग्नु पर्दछ । संसारका सबै फूलहरु कुँजा हुन्छन् । अर्थात तिनीहरु हिँड्न सक्दैनन् । सधैँभरि फूललाई प्राकृतिक नियम बमोजिम कुँजो भएर एकै ठाउँमा बस्नुपर्ने जिम्मेवारी तोकिदिएको छ प्रकृतिले । माहुरी तथा भमराले समय समयमा आफूलाई चुम्नको लागि आउँदा फूलहरु अत्यन्तै प्रफूल्लित हुन्छन् । जब माहुरीले फूललाई स्पर्स गर्दछ, तब फूलले आफ्ना फैलिएका अति कोमल र रङ्गी विरङ्गी पत्रपत्रमा प्रवेश गर्ने अनुमति दिन्छ । फूलहरुले कुनै किसिमको झर्काे मान्दैनन् । माहुरीलाई बाधा अड्चन सिर्जना नगरिकन सुगन्धित सुन्दरता सहितको आफ्नो शरीरको अंग अंगमा चुम्ने स्वीकार दिन्छन् । मानौ ती दुबै नै बिपरित लिंगी हुन जस्तै गरी लडिबुडी खेल्न पाउँछन् । माहुरी पनि पखेटा फिँजाएर भनुनुनु आवाज निकाल्दै उफ्रि उफ्री खुसी हुँदै लडिबुडी खेल्दछन् । आफ्नो शरीरको सबै ठाउँमा लडिबुडी खेल्न दिन्छ । फूलले माहुरीलाई हार्दिकतापूर्वक हरेक कुरामा सहयोग गरी अँगालो मार्दछ । बीना रोकतोक फूलले कोशेली स्वरुप सुगन्धले भरिएको औषधियुक्त आफूमा भएको मिठो रस सगुन स्वरुप माहुरीलाई टक्र्याउने गर्दछन् । फूलबाट यति विधि सम्मान्, सत्कार र गहिरो माया पाउँदा माहुरी पनि अति प्रफुल्लित हुन्छन् । उनीहरुबीच निकै नै घनिष्ट सम्बन्ध रहेको हुन्छ । फूल र माहुरीसँगको आपसी प्राकृतिक सम्बन्ध निकै नै समधुर हुन्छ ।
माहुरी र फूलबीच रहेको नङ र मासु सरहको सम्बन्धलाई मानिस बाहेक कसैले पनि अवरोध सिर्जना गर्न सक्दैन । फूल र माहुरीसँगको यस किसिमको चुम्बकीय आकर्षणयुक्त प्राकृतिक सम्बन्ध देख्ने अन्य सबैलाई अत्यन्तै लोभलाग्दो अनुभूति हुन सक्छ । नेपालीमा एउटा उखान छ “एउटा हातले ताली बज्दैन” । माहुरी र फूलको आपसी सम्बन्धलाई दृष्टिगत गरी गहिरो अनुभूति गर्ने हो भने किन बज्दैन एउटा हातले ताली भन्ने प्रश्नको उत्तर आउँछ । ज्ञान, बुद्धि र विवेकको सही प्रयोग भयो भने एक हातले पनि ताली बज्न सक्ने रहेछ भन्ने सन्दर्भ थाहा हुन्छ । यस्तै समाजमा अर्काे एक उखान पनि प्रचलनमा छ “एकोहोरो रोटी पाक्दैन” । किन पाक्दैन एकोहोरो रोटी ? पाक्छ । राम्रोसँग मन, बुद्धि, विवेक र मन लगाएर ध्यानपूर्वक पकाउन जानेमा एकोहोरो रोटी पनि सजिलैसँग पाक्न सक्दोरहेछ । विगतदेखि नेपाली समाजमा प्रचलित अति नै प्रख्यात उक्त दुवै उखानलाई असफल बनाउन पुग्छ माहुरी र फूलबीचको अति गहिरो मित्रबत् सम्बन्धले ।
जस्तोसुकै दुःख, कस्ट र पीडा झेल्नु परे तापनि माहुरी र फूलले एक अर्कालाई सद्भावपूर्ण व्यवहार गरी सहयोग गरिरहन्छन् । एक अर्कालाई माया र सत्कार गर्न कहिल्यै चुक्दैनन् । हृदयदेखि नै माहुरी र फूलले आपसी सीपयुक्त ज्ञान साटासाट गर्न सफल हुन्छन् । जुन सास्वत सत्य हो भन्दा कुनै अत्युक्ति हुँदैन । फूलले माहुरीलाई युगौँदेखि वर्तमानसम्म आफूमा रहेको गुलियो रसलाई हार्दिकताका साथ प्रदान गर्दै आएको छ । आफ्नो स्वार्थ पूरा गर्नको लागि माहुरीले फूलको रसास्वादन मात्र नगरी फूलहरुबीच एक अर्कामा प्रणयानुभूति गराउनमा समेत अहम भूमिका निर्वाह गरेको हुन्छ । यसरी माहुरीले उफ्री उफ्रीे एउटा फूलको पराग आफ्नो शरीरमा बोकेर अर्काे फूलमा लगेर परागसेचन गराउने कार्यमा संयोजनकारी भूमिका निर्वाह गर्दछ । उसले फूलको आत्मवल वढाउँने र बंश परम्परा धान्ने कार्यमा निकै ठूलो गुन लगाउँदै आएको छ । माहुरीको यस्तो सहयोग र अति मित्रबत् व्यवहारले गर्दा फूलको विकास, विस्तार, समृद्धि र अरु बढी बिकसित हुँदै गएको पाइन्छ । माहुरी र फूलबीचको त्यस किसिमको अन्योन्याश्रित प्राकृतिक सम्बन्धलाई मानिसबाहेक कसैले पनि अवरोध गर्न सक्ने अवस्था आउँदैन । रिस, राग, इष्र्या र डाहा गर्ने ठाउँ रहँदैन । माहुरी र फूलहरुबीच हृदयदेखि नै आकाश भन्दा उचो र सागर भन्दा गहिरो प्राकृतिक सम्बन्ध रहेको छ । यस प्रकारको झरिलो नङ र मासु सरहको सम्बन्ध छ । एकले अर्काेको अस्तित्व सहजै स्वीकार गरेका हुन्छन् । माहुरी र फूलमध्ये कुनै एकको उपस्थिति भएन भने अर्काबीचको अस्तित्व माथि नै प्रश्न चिन्ह खडा हुन्छ ।
सधैँभरि माहुरीले आफ्ना पखेटा फिँजाउँदै भुनुन्न गरी हाम्फाल्दै हरेक फूलको थुँगामा चुम्बन गर्न पुग्दछ । माहुरीको उक्त चुम्बनलाई फूलले पनि आनन्दपूर्वक सहर्स स्वीकार गरिरहन्छ । माहुरीले देखाउने गरेको हरेक क्रियाकलापप्रति फूलले कहिल्यै पनि कुनै प्रतिक्रिया जनाउँदैन । माहुरी र फूलको आत्मा तथा हृदय अत्यन्तै समीप रहेको हुन्छ । प्रकृति प्रदत्त हरेक विपरित ध्रुबका प्राणी तथा वनस्पती आ–आफ्नो सृष्टि थाम्ने प्रयोजनार्थ एक आपसमा चुम्वकीय रुपमा आकर्षण रहेको पाइन्छ । तर, माहुरी र फूलबीच स्वयं प्रणयकारी प्राकृतिक सम्बन्ध हुन सक्दैन । कहिल्यै पनि माहुरी र फूलबीच त्यस्तो चुम्वकीय सम्बन्ध कायम रहन सक्दैन । तर पनि उनीहरुबीचको आपसी सम्बन्ध भने निकै गहिरो छ । तिनीहरुबीच त केवल लेनदेनपूर्ण आत्मीय सम्बन्ध मात्र कायम रहने गरेको देखिन्छ । माहुरी र फूलबीचको उक्त लेनदेनको सम्बन्ध भने जमिन आसमान जस्तै फरक देखिन्छ । प्राकृतिक निर्देशन अनुसार फूलको रस लिँदै फूलको सृष्टि थाम्नको लागि माहुरीले मध्यस्तकर्ताको भूमिका निर्वाह गर्दछ । माहुरीले लगाएको त्यस्तो गुनको बदलामा कृतज्ञतापूर्वक फूलले आफू स्वयं भित्र रहेको अमृतरुपी रस उपलब्ध गराउने कार्यमा हार्दिक स्वागत गर्दछ । माहुरी र फूलबीच सामूहिक बाहेक अरु कुनै व्यक्तिगत स्वार्थ लुकेको हुँदैन । माहुरीद्वारा फूलको त्यस्तो सहयोगबीना रसरुपी मह संकलन गर्ने अर्काे कुनै उपाय नै छैन । साथै, फूलको परागसेचन गराउँने कार्यमा माहुरीबीना निकै नै बाधा उत्पन्न हुन सक्छ । यदि उक्त कुरा भएन भने दुबैको अस्तित्व रहन सक्दैन । यसैले एक अर्काको आवश्यकताको सिद्धान्त बमोजिमको मिलनको परस्पर विपरित प्राकृतिक स्वार्थ नै माहुरी र फूलबीचको अमिट सम्बन्ध बनेको छ ।
माहुरी र फूलबीच प्रकृति प्रदत्त नैसर्गिक अधिकार रहन्छ । त्यस किसिमको आत्मीय सम्बन्धबाट मान्छे अति नै प्रभावित हुन्छ । मानिसले कसरी यीनको सम्बन्ध तोड्न सकिन्छ भन्ने कुरामा दत्तचित्त भएर लाग्दछ । ती दुबैमा दरार उत्पन्न गराउने प्रयत्न गर्दछ । । उसले माहुरी र फूलबीचको सम्बन्धलाई सधँैभरि चकनाचुर पार्न चाहान्छ । मानिस अत्यन्तै लोभी तथा स्वार्थी प्राणी हो । माहुरी र फूलले उसको असीमित लोभको भाँडो कहिल्यै भरिने देख्दैनन् । फूलको रसरुपी मह र ढकमक्क फुलेका फूलको सौन्दर्यबाट अति नै प्रभावित भएर लालायित हुन्छ मान्छे । ती दुबै आकर्षणले मानिसको हृदयभित्र नकारात्मक सोच उत्पन्न हुन थाल्छ । उसमा निहित मानवीय चेतनाले भरिएको विवेक समेतलाई तिलाञ्ली दिन थाल्छ । मान्छेले सधैँभरि मह र फूलको स्वरुपको झलझली याद गर्दछ । उसले मनमा अनेकौँ कुरा खेलाउन थाल्छ । ती दुबैको परिश्रमको फल तथा अस्मिता लुट्ने योजना बनाउँछ । मानिसमा सधैँभरि लोभको अनुभूति उत्पन्न भइरहन्छ । मह र फूलको उपयोग नगरी नछाड्ने योजना बनाउँछ । ऊ तिनीहरुप्रति निकै नै आल्हादित हुन्छ । ती दुबैलाई ध्वस्त पार्न सदैव तल्लिन हुन्छ । ऊ अति नै असन्तोषी, निकृष्ट, पापी र लोभि कहलिन पुग्छ । उसले माहुरीको घारबाट चाका काटेर मह चोर्ने सोच बनाउँछ । मह चोर्ने काममा निरन्तर अघि बढ्दै जान्छ । यस्तै जहाँ पायौ त्यहीँका फूल टिप्ने ध्याउन्नमा लागेको हुन्छ ।
यस प्रकार मानिसले देखाउने गरेको यस्तो अप्राकृतिक काम प्रति माहुरी र फूलको रिसको पारा ताती अत्यन्तै माथि चढ्ने गर्दछ । एकातिर सो कार्यले फूलको परागसेचनमा अवरोध सिर्जना गर्दछ भने अर्काेतिर माहुरीको मह संकलनको निरन्तरताको कार्यमा नै वाधा उत्पन्न हुने गर्दछ । किन कि उसले फूल नै टिपे पछि त्यसको महरुपी फूलको रस कसरी पाउँला र माहुरीले पनि । यसरी फूल र माहुरी दुवैको प्रधान सत्रुको रुपमा मान्छे रहन्छ । उसले दुबैको घरबार बिगार्ने कामलाई युगौँदेखि अहिलेसम्म निरन्तरता दिँदै आएको छ ।
यसप्रकार मानवद्वारा गरिने दैनिक क्रियाकलापबाट माहुरी र फूल अत्यन्तै आजित हुन्छन् । उनीहरुमा आशंका, भए र डरले छोपिरहेको हुन्छ । संसारकै चेतनशील, विवेकी र बुद्धिमान प्राणी कहलिएको मान्छेबाट हुने गरेको कटुतापूर्ण अमानवीय व्यवहारलाई कसरी सहन गरिरहेका छन् तिनीहरुले । माहुरी र फूलको मेहनतमा अत्यन्तै शोषण गरिरहने मान्छेबाट हुने दुष्कर्मलाई कसरी रोक्ने ? त्यसको प्रतिबाद कसरी गर्ने ? सो कार्यबाट आगामी दिनमा कसरी मुक्ति पाउँने ? आदि सन्दर्भमा दैनिक रुपमा माहुरी र फूलबीच आआफ्नै रणनीतिक कुराकानी हुन्छ । मानिसले जहिले पनि भविष्यको लागि भनेर चाकारुपी धन्सारमा राखेको मह जडित रसिलो खाना चोर्ने र हाकीदाऊ सोको रस उत्पादन गर्ने फूल टिप्ने गर्दछ । यसरी ज्ञान, बुद्धि र विवेकरुपी कलंक भिरेको मानवले सधैँभरि महको चाकामा आगाको मुस्लो लगाई चररर चाका काटी चोरेर लग्ने काम गरिरहेको छ । जहाँ कतिपय माहुरी क्षतविक्षत हुने र कतिपयको अकालमै डढेर मृत्यु हुने गर्दछ । यसरी लुटेर लगेको मह भगवानलाई चढाउने, भोजनमा प्रयोग गर्ने, औषधिको रुपमा खाने तथा बजारमा लगेर बेची अत्यधिक धन पैसा आर्जन गर्ने जस्तो अमानवीय कार्यमा सदैव मानिस सरिक हुन्छ ।
मान्छेले हरेक सुगन्धित फूलको बास्नायुक्त सौन्दर्यबाट अत्यन्तै प्रभावित हुँदै मनमुग्ध हुन्छ । त्यस्तो बास्ना अति नै मन पराउँछ । अनि विभिन्न वहानाबाजी गर्दै फूलको कोपिला समेतको घाँटी निमोठ्दै निमोठ्दै सुगन्धित फूलहरु टिप्दै रहन्छ । यसरीे फूलको जीवनरुपी अस्मिता लुट्दै भगवानलाई चढाउने, माला लगाउने, बजारमा लगेर बेच्ने, घरको शोभा बढाउने, नाकले सुँघ्ने, कपालमा सिउरिने आदि कारण जनाउँदै अकालमै फूलको इहलिला समाप्त गर्ने कार्यमा खटिरहन्छ मान्छे ।
यी र यस्तै मानिसका हरेक क्रियाकलापहरुप्रति माहुरी र फूल निकै नै आक्रोसित हुन्छन् । उनीहरुलाई कुनै पनि दृष्टिकोणबाट चित्त बुझेको हुँदैन । उनीहरु रिसले चुर भइरहन्छन् । तर, के गर्ने ? माहुरी र फूलको जिन्दगी पनि निकै नै शंकटको भूमरिमा मडारिएको मडारियै हुन्छ । प्राणी जगतकै शक्तिशाली प्राणी रहेको मानवसँग प्रतिकार गर्न सक्ने क्षमता हुँदैन । सो हुँदा हँुदै पनि सधैँभरि मानवको अमानवीय क्रियाकलाप युगौँदेखि दोहोरी रहन्छ । सो क्रियाकलापलाई परास्त गर्ने भन्दै उनीहरुले निरन्तररुपमा गहिरो रणनीतिक सोच बनाउछन् । तर, सो आँटीलो र जोशीलो सोचलाई कार्यान्वयनमा ल्याउन ऐतिहासिक कठिनाई उत्पन्न हुन्छ । सोको कारण त्यस्तो शक्तिशाली मानिससँग प्रतिकार गर्नसक्ने शारीरिक क्षमतायुक्त बनोट पनि छैन तिनीहरुमा । माहुरीले चोर र डाँकुलाई दुःख दिनको निम्ति आफ्नो पिठ्युमा रहेको खिलरुपी तिखो हतियार प्रक्षेपण गर्न सक्दछ । सोको अत्यधिक प्रयोग गरेर मानिसको शरीरमा टोकेर आघात पुर्याउने यी मात्र प्रतिशोधको उपाय रहन्छ माहुरीमा ।
यसैगरी सबैै फूलहरु कहिल्यै पनि एकै ठाउँमा झुण्ड भएर उपस्थित हुन सक्दैनन् । केवल स्थिर रुपमा एकै समूहमा मात्र रहन्छन् । सो भएर पनि फूलहरुले आफ्ना हतियाररुपी काँणाको प्रयोग गर्दै मानव शरीरमा घोची घोची सकेसम्म रगताम्मे पार्न सक्छन् । लछार पछार गर्न सक्छन् । यसको साथै बिषयुक्त सुगन्ध हावामा फैलाएर कतिपय मानवको ज्यान समेत लिन सक्छन् फूलहरु । सो पनि उनीहरुले सत्रुसँग बच्ने अनौठा तर महत्वपूर्ण प्राकृतिक हतियार अन्तर्गत पर्दछ ।
माहुरी र फूलसँगको युगौँदेखि वर्तमानसम्म निरन्तररुपमा रहेको नङ र मासु सरहको सम्बन्ध अझ दरिलो बन्दै गएको छ । मान्छेले प्राचीनकालदेखि माहुरी र फूलको मात्र हैन अन्य सबैको हुर्मत लिइरहेको छ । आफ्नो प्रधान सत्रुमाथि विजय हाशिल गर्ने धुनमा माहुरी र फूलको विगतदेखिको आपसी सम्बन्ध अझ दरिलो बन्दै गएको छ । यस प्रकार मानवद्वारा गरिने चोरी, डकैती, अन्याय, अत्याचार, दमन, शोषण तथा उत्पीडनको सामना गरिरहेका छन् फूल र माहुरीले । यस्ता क्रियाकलापबाट कसरी पार पाउन सकिएला भन्ने सोच बनाउँछन् । सधैँभरि आपसी रणनीतिक योजना सहितको छलफल गर्दछन् । तर, तिनको विगतदेखि अहिलेसम्मका सारा छलफल छलफलमा मात्र सीमित भएका छन् । जीवनको सबैभन्दा खराव मोड रहेको हृदय विदारक र दर्दनाक परिस्थितिले गर्दा उनीहरुको मनभित्र भावनाका अनेक तरङ्गहरु उत्पन्न भइरहन्छन् । मानिसद्वारा पहिलेदेखि अहिलेसम्म तिनीहरु समाप्त भइरहेका छन् ।
मानिसले सूचना प्रविधि र व्यवस्थापकीय क्षमतामा चरम विकास गरेको छ । उसले समृद्धिको नाममा प्रकृतिमाथि बिध्वंश गर्दै आएको छ । प्रकृतिको विनास नगरीकन मानवको विकास हुन सक्दैन । सोही विकास र समृद्धिको नाममा प्रकृतिको अति नै दोहन भइरहेको छ, । यस सन्दर्भमा माहुरी र फूलले सधैँभरि एक आपसमा छलफल गर्दछन् । प्रकृतिमाथि हामी माहुरी र फूललाई मात्र कहाँ हो र ? पृथ्वी, आकाश तथा जलथलको सारा क्षेत्रमा समेतमा मानिसद्वारा प्राकृतिक सन्तुलन कायम रहने सम्बन्धमा अवरोध सिर्जना भइरहेको छ । भविष्यमा पनि यो क्रम अझ अघि बढेर जाँदैन भनेर भन्न सक्दैनन् माहुरी र फूलले । उक्त अमानवीय शोषणलाई जरैदेखि उखेली निदान गर्ने सम्बन्धमा माहुरी र फूलबीच निरन्तर प्रयत्न भइरहन्छ । यसप्रकारको प्रयत्न पनि विगतदेखि नै प्रयत्नमा मात्र सीमित रहँदै आएको छ । चेतनशील मानवले गरेको अन्यायपूर्ण कार्यको सधैँभरि विरोध गर्दा गर्दै माहुरी र फूलहरु एकपछि अर्काे गरी शारीरिक र मानसिक अवस्थाबाट क्षत विक्षत हुँदै गइरहेका छन् । बौद्धिकताले भरिपूर्ण भए पनि शारीरिक रुपबाट असक्षम रहने हुँदा सन्तान दर सन्तानहरुको अकालमै मृत्यु हुँदै र लोप हुँदै गइरहेका छन् । यसमा माहुरी र फूल सदैव चिन्तित हुनु परेको कुरा ओकल्छन् ।
संरचनात्मक तथा हरेक क्षेत्रको अति समृद्धिको पथमा मानिस लम्कीरहेको छ । सोको नाममा प्रकृतिमा रहेका उक्त हरेक क्षेत्रहरुमध्ये अधिकांश क्षेत्रको विनास गरिनै रहेको छ तिनीहरु भन्दै जान्छन । यसकारण अन्य प्राणी र वनस्पतिहरुले पनि उक्त कुरामा समर्थन जनाउँदै आएका छन् । तर, मानवसँग संघर्ष गरी विजय प्राप्त गर्नु भनेको फलामका च्युरा चपाउनु सरह हुन्छ भनेर हृदयदेखि सबैले बुझेका छन् । मानवले प्रकृतिमाथिको ऐतिहासिक सन्तुलन गुमाउँदै गएकोले संसारको इकोशिष्टम समेतलाई नराम्रोसँग प्रभाव पारिरहेको देख्दछन् तिनीहरु । सोही कारणले वातावरण प्रदुषण हुँदै जलवायु समेत परिवर्तन हुँदै गएको देख्छन् तिनीहरु । खै यस्तो मानव रुप धारण गरेको राक्षसी सत्रुलाई कसरी परास्त गर्न सकिन्छ भनेर चिन्तित हुने गर्दछन् ती सबै प्राणी र वनस्पतीहरु । संघर्ष गरेपछि मानिसलाई परास्त गर्न सकिन्छ कि भन्ने अवधारणा राखी सो प्रयासलाई जारी नै राखेका छ्न । हाम्रो प्रधान सत्रु नै मानव हो भन्ने थाहा पाएर अत्यन्तै निरास हुँदै गहिरो सोच विचार गर्ने गरेका हुन्छन् ती सबैले । यसरी, तिनीहरु माथि मानवले गरेको शोषण, दमन, अन्याय तथा अत्याचार विरुद्ध उत्पन्न भएको रिसको पारो सजिलै मत्थर हुन सक्ने अवस्था छैन । बरु बढी नै रहने सम्भावना रहन्छ भन्छन् । यसरी मानिससँग बदला लिनको लागि आआफ्नो रिसको पारा निरन्तररुपमा कायम राखेका छन् तिनीहरुले । यसरी जल, स्थल र आकाशमा रहने अन्य सारा प्राणी तथा वनस्पतीको विनासमा मान्छेले अहम भूमिका खेल्दै आएको अनुभव गरिरहेका छन् ।
यसरी नै माहुरी र फूलका पुस्तौँदेखि हालसम्मको निकै लामो समय वितेर गइरहेको छ । सधैँभरि नै हरेक पीँढीले जीवन मरणको समस्यालाई सामना गर्नु परिरहेको छ । यस रहस्यको दुनियाँमा सो समस्याको समाधान निम्ति रहेको चुरो कुरा के हो त ? भनेर खोजि गरिरहेका छन् तिनीहरु । तर, युगौँ युगदेखि मानवद्वारा गरिँदै आएको तिनीहरु माथिको अमानवीय क्रियाकलापबाट छुटकारा पाउन सक्ने अवस्था देख्दैनन् । सोबाट पार पाउँन मानवसँग संघर्ष गर्ने ताकत, क्षमता, सीप, दक्षता, बल, बुद्धि, आँट र ह्याउ पनि छैन तीनीहरुको । जस्तो सुकै संघर्षको उद्घोष गरे पनि कुनै प्रकारको नयाँ परिणाम हात पार्न सक्षम हुन नसकेको अनुभू ितगर्दछन् तिनीहरु । यस कार्यबाट अहिलेसम्म अति नै निरास हुँदै आएका छन् । अनेक प्रकारका सोच गरु विभिन्न उपाय र प्रयासहरु असफल हुँदै गर्दा तिनीहरु सधैँभरि निरास हुँदै निरिह हुन पुगेको अनुभव गर्दछन् । बौद्धिक चेतनशील र विवेकशील मानिसलाई परास्त गरी मुक्ति पाउन अति नै कठिन भइरहेको छ माहुरी र फूललाई । त्यसैले प्रकृतिका सारा प्राणी र वनस्पतीहरुले प्राकृतिक सन्तुलन कायम गर्नु पर्दछ भनेर संघर्ष गरी मानिसलाई सवक सिकाउँनु भनेको अति नै कठिन कार्य भइरहेको छ । अघिल्लादेखि पछिल्ला सन्तान दरसन्तानहरुले पनि सोही किसिमको समस्या झेल्दै, भोेग्दै, सामना गर्दै, प्रताडित हुँदै आएका छन् । अनि सबै अन्त्य हुँदै गइरहेका छन् । यो क्रम आगामी दिनमा पनि निरन्तर कायम रहने देखेर निकै नै आजित भइरहेका छन् ती प्राणी र वनस्पतीहरु । इति ।
मिति २०७७ साल बैशाख १ गते सोमबार, नवजागृति टोल, काठमाडौँ ।
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )