मनोन्यास : अपांगता

~हस्त गौतम “मृदुल”~

धर्तीको रंगमन्चमा सुनौलो बिहानीका पर्दाहरू उठिसके । त्यो मृदुल उज्यालो क्षितिजलाई अपदस्थ गरी समयले बिस्तारै बिस्तारै आफ्नो मुठीमा पार्दै लगिरहेछ । भ्यागुतोलाई सर्पले निले जस्तै निल्दै निल्दै बिहानी रातमा परिणत हुँदै गैरहेको छ । शिशिर यामको तिख्खर जाडोले बिस्तारै गाँज्दै लगिरहेको छ । दुखका आगाध चिसो सिरेटोले गर्दा जीवनको त्यो भरिलो रुखबाट सुन्दर सपनाका अनगिन्ती हरिया पातहरू मरिरहेका छन । कर्मको क्षितिजबाट उदाउने ती भाग्यका सुन्दर कोपिलाहरू अन्योल र निरंकुश समयको परिधिभित्र कैदी भै वैलिदै गैएका छन । आशाका ती कलिला पालुवाहरू धमाधम बसन्तको आगमन नहुदै मरिरहेका छन । निर्दयी र निरंकुशताको रातको तुषारोले सुन्दर फुलहरू पनि बिस्तारै अोइलिंदै मर्दै छन । त्यो खुला आकास पनि जून बिना छटपटाइरहेको छ । मात्र पिलपिल चम्कने मधुरो रोशनी छरेर ताराहरूले आफ्नो उज्यालो खोज्दै चम्किरहेका छन । कृतिम औंशीको रातले रामराज्यमा सामराज्य जमाइरहेको छ । बाताबरण मलिन छ । घर घरमा बल्ने दियोको रोशनी पनि अवैध क्रान्तिको हुरीले पटक पटक निभाउदै फेरि बाल्दै गर्दा थकित देखिन्छ ।

गौरीशंकर हिमालको त्यो मुरिलो सुनौलो आभा पनि बिस्तारै बिस्तापित हुँदै गै रेहेको छ । केवल सुनकोसीको क कल आवाजले चीर सुन्यतालाई जिस्काइरहेको छ । एउटा चिटिक्क परेको सेतो कमेरोले पोतेको खरले छाएको घर । मुयालहरू कालो माटोले लिपेको । बार्दली भएको । घर पछाडि सानो गोठ र अलि पछाडि परालको टौवा । घर अगाडि एउटा गोरेटो बाटो जहाँबाट धेरै पर रानी वनसम्म पुग्न सकिन्छ ।

त्यो घरबाट एउटा भर्खरको केटो सुँकक सुक्क गर्दै हतार हतारमा निस्किरहेको छ । गहमा आँशु बगेर के भो उस्ले आफ्नो आँशु पुछन सक्दैन । जीवनको महत्वपुर्ण अंग हात हुन । उस्का हातहरू द्युवै काटिएका छन । कमिजको बाहुला मात्र मुन्डिएका छन । नांगो खुटटा जाँगे लगाएको चिसो साँमुमा एकलै घर छोडेर हिनिरहेको छ । उ हिनेको आवाज केही पर पर सम्म फैले पनि रानीबनका ती पन्छीहरूको मधुर स्वरको अगाडि गौन छ । बाँसघारीमा आफ्नो बासको लागि चराहरू कोलाहाल मच्चाइरहेका छन । त्यही सुर्दशन रानी वनको बिच भागमा पुगिरहेको छ ।

उज्यालो बिनाको त्यो गोधुलि साँझमा एउटा पिपलको रुखमुनि अडेस लागेर बस्छ ।

सुनकोसी सुसाउदै बगिरहेको छ । कता कता मनमा चिसो पस्ने गरी पाखा पखेरीमा फ्याउरो कराइरहेको छ । समय फेरिए पनि परिस्थिति नफेरिएको एउटा कुरुप बस्तीमा आफ्नो वरिपरि छाएको अन्धकार ग्रहण गर्दै सुक्क सुक्क रुँदै बसिरहेको छ । अलि पारि भिमेस्वरी मन्दिरका मधुर घन्टाहरू गुन्जिरहेका छन । साँमुको पूजापाठमा प्राथना गरी भगवानसँग नीजि सुखको बरदान माथिरहेका छन ।

दशैँको बेला चँगा उडाउदा चंगा गएर बिजुलीको लठ्ठामा अड्कियो । त्यो बेला फलाममा करेन्ट सर्छ भन्ने थाहा पाएन र फलामको रडले बिजुलीको तारबाट चंगा निकाल्न खोज्दा अचानक करेन्ट प्रभाह भएर दुवै हातबाट बग्यो । त्यसै कारण उसका दुवै हात र खुटटाको दुइवटा औँला काटनु परेको छ । अब उसका हातहरू उसका खुट्टा भएका छन । खुट्टा पनि हात हुन सक्दो रहेछ । दिन पनि रात हुन सक्दो रहेछ ।

अपांगता पनि जात हुन सक्दो रहेछ । आँशु पनि मात हुन सक्दो रहेछ । जिन्दगी पनि पात हुन सक्दो रहेछ । सुदर्शन बसेको रुखमाथिबाट सर्रर पातहरू मर्छन । पिपलको बिसाल रुखबाट खसेको ती अनगिन्ती पातहरूमा एउटा पात उसको जीउमा पर्छ । पिपलको रुखबाट सुकेको पात उस्कै जीउमा परे पछि खुटटाले टपक्क टिप्छ र उस्को ध्यान त्यही पातमा केन्द्रित हुन्छ । त्यो पात खुटाको औंलाले टिपेर ओल्टाई पल्टाई राम्रोसँग हेर्छ । पात खसेको त्यो बिरही रुखतिर हेर्छ । पात बिनाको रुख सान्ती बिनाको मान्छ मानवता बिनाको सभ्यता एउटै हुँदो रहेछ । हरिया पातहरू खसेर रित्तिएको त्यो रुखमा हेरी एकैक्षिण टोलाउछ । त्यही छेउमा सुकेको मुडोमा बसेर त्यही पात खुटाले ओल्टाई पल्टाई खेलाउँदै आफ्नो जीवनसँग तुलना गर्दै एउटा गजल गुनगुनाउन थाल्छ ।

ओ…भगवान के म नि यही सुकेको पात हँ त
मान्छेको बीचमा मान्छे एउटा म जात हुँ त

नत्र किन समाजबाट हेलित भै उछ्टिएँ म…
आखिर म मात्रै दुखै दुखको नै खात हुँ त

मेरो परिबेश किन अँधेरीले भरियो त
उज्यालो देख्नै नहुने त्यही घोर रात हुँ त

समयको बृक्षबाट यो जीवन फुत्त मर्यो
म जन्मनु मेरो लागि आफै आफ्नो घात हुँ त ।

म सुदर्शन हुँ, म मान्छे हुँ, अनि मात्र म एउटा अपांग हुँ । अपांगता मेरो अभिशाप होइन । यो त मेरो लागि भगवानले दिएको बरदान हुन पनि त सक्छ नि । यो समाजले मेरो अपांगतालाई पूर्वजन्मको पाप हो भन्यो । अपांग हुनुको कारण भाग्य नै र्दुभाग्य भन्यो । मेरो यो जीवन दुखको पराकाष्टा बन्यो । हात नहुँदैमा म बाँच्न सक्दिन र चाहे मेरो हात नहोस चाहे मेरो खुटटै नहोस तर मसँग आत्मा त छ नि । जब मसँग क्षमतावान सृजनशील विवेक छ । म कहिलै पनि अपांग हुन सक्दिन । यही कारण घर छोडेर जंगलमा आउनु पर्यो । के मेरा हात नहुँदैमा जीवनलाई डोर्याउन सक्दिन र ? डोरयाउने हात हो कि क्षमता ? मभित्र मेरा हातहरू सवल छन । मभित्र मेरो जीवन क्षमतावान छ । मभित्र मेरो भविष्य उज्यालो छ । म यही ठुटा हातले पनि फुटेको माटोको खपेटामा पानी उभाएर पिउन र पिलाउन सक्छु भने म कसरी असक्षम भएँ ? कसरी अपांग भएँ?

(क्षितिजतिर हेर्दै) ओ रात कृपया मलाई अँधेरीमा नै समेट । लैजाऊ मलाई त्यो गोधुलिमा आखिर जीवन यहाँ घायल भयो । किन मेरो जीवन अरुलाई बोझ भो । मैले आफूलाई बोझ ठानेको छैन भने अरुले किन टाउको दुखाउने हँ ? यही अनुभूतिमा मैले कतिन्जेलसम्म आँशु पिएर बाँच्ने ? तसर्थ हे रात, ममाथि दया गर । दिनले त दिन भनेन । कमसेकम रातले रात त भन । आखिर जिउनुको अर्थ के छर यहाँ ? बाँच्न पाउनु मेरो नैसर्गिक अधिकार होइन र ? तर यही मानवीय बिभेदभित्र जिउनु कति कठिन बनेको छ यो कुरुप समाजमा । जहाँ अपांगताको आधारमा भेदभाव गरिन्छ, त्यो समाज नै नर्ग हो । हो म नर्गमा छु यतिखेर । किनकि म अपमानित भएको छु । दोस्रो दर्जाको मान्छे ठान्छन । के गर्ला ? के गरी खाला यस्तो बिना हातको मान्छेले ? भन्दै मलाई हेलाँ गरे । मेरो आत्मा सम्मानमा चोट पुर्याए । हात नहुँदैमा के मेरो आत्मा सम्मान हृन्न र ? हात नहुँदैमा म मेरो अपांगतासँग सति जानै पर्छ र ?मेरो जिउने अधिकार छैन र ? हात नहुँदैमा भेदभाव खप्नै पर्छ र ? कस्तो समाज ? उफ कहाँ आएर जन्में म एउटा नर्ग जस्तो ठाउँमा ? जहाँ एकले अर्काको कदर गर्दैनन सम्मान गर्दैन र मानवीय हैसियत राख्दैन । त्यो त नर्ग हो । स्वर्गहरूमा पनि स्वर्ग जस्तो ठाउँमा किन म नर्गमा छु जस्तो लाग्छ । हो म नर्गमा जन्मिए छु क्यारे । केही गर्न सक्दैनस् यस्तो अपांग मान्छे बाँच्नु नै बेर्थ छ भन्दै निरास बनाउछन यहाँ मलाई । पढन सक्दैनस भनेर शिक्षाबाट बन्चित गरिन्छ । टिप्न सक्दैनस भनेर खानबाट बन्चित गरिन्छ । हिंड्न सक्दैनस् भनेर यात्राबाट बन्चित गरिन्छ । देख्न सक्दैनस भनेर हेर्नबाट बन्चित गरिन्छ । सुन्न सक्दैनस भनेर सुनाउनबाट बन्चित गरिन्छ । सोच्न सक्दैनस भनेर लक्ष्यबाट बन्चित गरिन्छ । अपांगताले क्षमतालाई कहिलै बन्चित गर्न सक्दैन । यहाँ परिवार र समाजको बोझ ठानिन्छ । मेरो क्षेमतालाई कुन्ठित पारिन्छ । के म आफ्नो अपांगतासँग रमाएर बाँच्न पाउँदिन यहाँ ? किन यहाँ बाँच्नै बेकार छ भनेर हिनताबोध गराइन्छ । म साथ दिउँला भन्ने नै कोही छैन । पीर नगर भन्ने कोही छैन । कहाँ हरायो मान्छेमा मानवता ? कहाँ हरायो मान्छेमा विवेक कहाँ हरायो मान्छेमा सकरात्मक सोच ?

म एक अपांग मान्छे यी सद्धे भनाउदा मान्छेहरूमामु कराउछ चिच्याउँछ र अन्तमा गजलमा पुकार्छ ।

ओ रात कृपया मलाई त्यही अधेरीमा मिलाऊ
कति हुँ म अपमानित त्यही गोधुलिमा मिलाऊ

किन बस्नु म तड्पिएर भेदभावमा पिल्सिएर
आफैसँग समेटीकन त्यही गोधुलिमा मिलाऊ

जीवन मेरो घायल भो जिउदो एउट लाश भो
कति अरुकै बोझ बनुँ त्यही गोधुलिमा मिलाऊ

कति बाँचु म आशु पिइ दुखको सन्नटा सहेर
तसर्थ हे रात चुँडेर त्यही गोधुलिमा मिलाऊ

रातको रातभन्दा पनि दिनको रातै घोर भयो
निष्ठुरी बस्तीबाट तानी त्यही गोधुलिमा मिलाऊ

ए निष्पठ रात, तिमीले छोडेको अँध्यारो कात्रोमा मलाई लपेटी देऊ । एक्लो भएर बाँच्न कति पीडा हुन्छ । एक मुठी सास धान्न कति गहारो भो मलाई । हे भगवान, तिम्रो अधिराज्य कहाँ छ ? समयलाई डोरयाउने जिन्दगीको दृष्टि कहाँ छ चहर्याउने आँतलाई मलम लगाउने मानवीय प्रेम कहाँ छ ? के यो संसार सुन्य छ खाली छ ? निरस छ । म कहाँ जाऊँ यो अँध्यारो संसारमा ? म जता जाऊँ उही चेतनाको अध्यारोले ढाकेको छ । चेतनाहीन मानवताले गाँजेको छ । मानवीय दृष्टिकोण पनि अँध्यारो । मेरा ईस्वर आऊ, लैजाऊ मलाई उठाएर आँधीले सुकेका पात उठाए झै गरी उठाएर फल…जीवनको सौन्दर्य हो । त किन मान्छेले मेरो कुरुपता भनेर हिस्सी उडाउछन हँ ? अष्टबक्र पनि त अपांग थिए तर पुजनीय र श्रद्धेय मुनि थिए समाजमा । गणेश भगवान पनि त अपांग थिए तर उनलाई देवताहरूमा सबैभन्दा पहिले पूजा गरिन्छ । यहाँ अपांग भएपछि सबैभन्दा पछि पारिन्छ किन ? के अहिलेको आधुनिक युग आफैमा खत्तम छ ? बेकार छ ?

ऊ बसेको ठाउँबाट जुरुक्क उठेर हिंड्छ र अलि पर देउरालीबाट पानी झरिरहेको भेटाउँछ । त्यही गएर मुख बाउँदै पानी घुटुघुटु पिउँछ । गहभरि पीडाबोधका आँशु र अनुहारमा उत्साह बीहिन जीवनको परिभाषालाई गजलमा बदल्दै गाउन थाल्छ ।

हात नभए नि बाँच्न पाउने माटो चाहियो
खुटा नभएर नि हिन्न सक्ने बाटो चाहियो

कि मलाई मान्छे नभन यसै त्यसै मरिदिन्छु
नत्र भने पेट भर्ने स्वादिलो आटो चाहियो

बन्धनमा थुनिएँ म आफैंभित्र कैदी बनी
त्यो सुनौलो लक्ष्य भेट्ने एक दोबाटो चाहियो

यो जीवन डोरयाउने यी सपना पुर्याउने
परिवर्तनको लागि उज्यालो पाटो चाहियो

यसै घसटिएको छु यसै उछटिएको छु
सबैले बाँच्न पाउने नियम टाँठो चाहियो

ऊ गाउँदा गाउँदै हिडेर धेरै पर पुगिसकेको छ । बिस्तारै बिस्तारै अज्ञातबाटोतिर लम्किरहेको छ । शायद उज्यालो नभेटेर होला, अँझै उसलाई त्यही निर्दयी रातले लखेटिरहेको छ । त्यो सुनौलो बिहानी पर्खिदा पर्खिदै ऊ हिन्ने त्यो गोरेटोमा सुन्यताले गाँजिरहेको छ ।

This entry was posted in मनोवाद / स्वगत and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.