~रेखा पन्त~
कैले काली कैले सानी भनि सताउँछ
ए!प्यारी दिलकी खानी भनि सताउँछ
उर्वर्शी र तिलोत्तमा परिहरुमा
देख्दा नजर नजानी भनि सताउँछ
मार्ग दर्शन बन्यौ मेरो दृस्टि पथको
दुइ आँखाको नानी भनि सताउँछ
इशाराले छाती भित्र लगाई निशाना
तिमि बस्ने राजधानी भनि सताउँछ
चन्द्रमाको उपमा दिई मेरै मुहारको
सुकुमारी रुपकी रानी भनि सताउँछ
सार्थक हुन्छ मानव भै जन्मिएकोमा
तिम्रो साथको जिन्दगानी भनि सताउछ
-रेखा पन्त, गोरखा
हाल:ईजरायल
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )