व्यङ्ग्य कविता : अनि मैले दाह्री पालेँ

~अर्जुन पराजुली~

म किसान हुँ
पाल्ने मेरो पेशा हो
राँगो पालेँ
सुन्दरी प्रतियोगिता आयोजना गर्न गयो
भैंसी पालेँ
सुन्दरी प्रतियोगितामा भाग लिन गयो
नेता पालेँ
आफूलाई चिरञ्जीवी बनाउँदै ल्यायो
पुलिस पालेँ
भ्रष्टाचार एउटै बाँकी राखेन, सबै भ्यायो
सरकार पालेँ
गर्नुपर्ने काम एउटै गरेन
नगर्नु पर्ने काम सबै गर्‍यो
सुरक्षाकर्मी पालेँ
सुरक्षा नगरुञ्जेल जिउँदै थियो मान्छे
उसले सुरक्षा गर्न थाल्ने बित्तिकै मर्‍यो
पाल्ने कुनै जन्तु नपाएपछि
एउटा नयाँ कदम चालेँ
अनि मैले दाह्री पालेँ !

This entry was posted in कविता, हास्य - व्यङ्ग्य and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.