समीक्षा : नेपाली हास्यव्यङ्ग्य निबन्धः इतिहासदेखि वर्तमानसम्म

~प्रमोद प्रधान~

नेपाली साहित्यमा हास्यव्यङ्ग्य

नेपाली साहित्यका इतिहासकार एवं समालोचकहरूले नेपाली साहित्यमा हास्यकदम्बको अनुवादसँगै हास्यव्यङ्ग्य लेखन आरम्भ भएको बताउँदै आएका छन् । वि.सं. १८५५ मा शक्तिबल्लभ अर्यालद्वारा संस्कृतमा लिखित एवं उनैद्वारा नेपालीमा अनूदित हास्यकदम्ब नाटकसँगै भित्रिएको यो सिर्जनात्मक धारा क्रमिकरूपमा अघि बढेको पाइन्छ । हुन त यसअघि नै \”सुवानन्ददासको कवितामा र पृथ्वीनारायण शाहका दिव्योपदेशका गद्यमा ध्वन्यात्मकरूपले व्यङ्ग्य आविर्भाव भएको\” समालोचक राजेन्द्र सुवेदीको भनाइ रहेको छ । उनका अनुसार त्यसबेला व्यङ्ग्यको आविर्भाव भए पनि कलात्मकरूपले सचेततापर्ूवक गरिने गरेका व्यङ्ग्य सो अवधिको शिल्पमा पाइँदैन । -नेपाली हास्यव्यङ्ग्य निबन्ध, का� माडौैंँ ः साझा प्रकाशन, २०५१, दोस्रो संस्करण, पृ. ध) । समालोचक कृष्णचन्द्रसिंह प्रधानले कवि सुवानन्ददासको \’पृथ्वीनारायण\’ शर्ीष्ाक कवितामा रहेको \”नाम रहया गजानी धरम त रे तरा भरले ते\” जस्ता पङ्क्तिबाट नेपाली साहित्यमा हास्यव्यङ्ग्य गर्ने प्रचलन सुरु भएको बताएका छन् । \’नेपाली साहित्यमा हास्यव्यङ्ग्य ः प्राप्ति र पर्यवेक्षण\’, समालोचना, मधर्ुपर्क, हास्यव्यङ्ग्य अङ्क २०५४, पृ. छ) । नुवाकोट, ककनी कब्जा गर्ने कार्यमा समान योगदान दिएका गजानी र कवि सुवानन्ददासमध्ये सुवानन्द पछि परी सम्पर्ूण्ा श्रेय गजानीले पाएको प्रसङ्गलाई लिएर सुवानन्दले आफ्नो मनको भावना यो पङ्क्तिमार्फत प्रस्तुत गरेको पाइन्छ । साथै शक्तिबल्लभ अर्याल, राधाबल्लभ अर्याल, गुमानी पन्तलगायतका कविहरूले तत्कालीन युद्धका बेला युद्धको सेरोफेरोमा रहेर लेखेका कविताहरूमा पनि व्यङ्ग्यात्मक प्रस्तुति भेटिन्छन् । त्यस्ता कविताले राष्ट्रपे्रमका साथै विजय उन्माद, आपसी व्यक्तित्वको टकराव र अङ्गे्रजप्रतिको हेय भावनालाई प्रस्तुत गरेका छन् । \’तनहूँ भकुण्डो\’, \’साँढयाको कवित्त\’, \’धन्य गोर्खाली राजा\’जस्ता कवितालाई यसका उदाहरणका रूपमा लिन सकिन्छ । यी कविताहरू हास्यव्यङ्ग्यतर्फका सचेत प्रयास भने होइनन् तर अङ्गे्रजसँगको युद्धको समाप्तिपछि भएको सुगौली सन्धिले हाम्रो स्वाभिमानमा � ूलो धक्का दियो र वीरकालीन उन्मादबाट स्रष्टाहरू भक्तिभावतिर उन्मुख हुन थाले । यिनै परिवेशमा नेपाली साहित्यमा आदिकवि भानुभक्त आचार्यको अवतरण भएको देखिन्छ । नेपाली भाषामा मौलिक हास्यव्यङ्ग्य रचनाको सिर्जना गर्ने श्रेय भने आदिकविलाई नै जान्छ । उनका \’बिन्ती डिट्� ा बिचारीसित…\’, \’रोज् रोज् दर्शन पाउँछू चरणको..\’, \’गजाधर सोतीकी घरबूढी अलच्छिनकी रहिछिन्\’ जस्ता लघुकविताहरूले हास्यव्यङ्ग्यको मौलिक स्वरूप निर्धारण मात्र गरेन, नेपाली भाषामा सुरुमै उत्कृष्ट हास्यव्यङ्ग्य रचना गर्न सकिन्छ भन्ने तथ्यलाई प्रमाणित गरेर देखायो । भानुभक्त आचार्यका कविताले तत्कालीन सामाजिक, प्रशासनिक र पारिवारिक विकृतिहरूलाई तीव्र प्रहार गरेका छन् । \”हास्यको मूल स्रोतको उ� ान विकृतिबाट र व्यङ्ग्यको मूल स्रोतको उ� ान विसङ्गतिबाट हुन्छ । यस सर्न्दर्भमा नेपाली समाजमा विकसित विकृति र विसङ्गतिको स्वरूपलाई देख्ने प्रथम सचेत द्रष्टा भानुभक्त आचार्य देखिएका छन् । सामाजिक जीवनमा देखिने विकृतिलाई र विसङ्गतिलाई, आपै+mले भोगेका विषम परिस्थितिलाई सचेततापर्ूवक साहित्यिक परिधान र आवरण दिने काम भानुभक्तले नै गरे । यसरी जीवनका पारिवारिक, सामाजिक, प्रशासनिक विसङ्गतिलाई भानुभक्तले साधारणीकरण गरेको स्थिति हामीले देख्न पाएका छौंँ । यसरी हर्ेदा नेपाली साहित्यमा हास्यव्यङ्ग्यको प्रारम्भिक उ� ान भानुभक्तको लेखनसँगै भएको हो भन्ने तथ्य स्पष्ट रूपमा देख्न सकिन्छ । भानुभक्तको सामाजिक व्यङ्ग्यलेखन अत्यन्त तीव्र छ ।\” -\’नेपाली हास्यव्यङ्ग्य ः पृष्� भूमि र विकास\’, भूमिका, नेपाली हास्यव्यङ्ग्य निबन्ध, का� माडौंँ ः साझा प्रकाशन, २०५१, दोस्रो संस्करण, पृ. न) । वरिष्� समालोचक कृष्णचन्द्रसिंह प्रधानका अनुसार पनि भानुभक्त आचार्यले \”विनोदी शैली, शालीन, स्वच्छ र परिहासयुक्त व्यङ्ग्यको प्रयोग गरेर सुरुमै हास्यव्यङ्ग्यलाई प्रतिष्� ा प्रदान गरे ।\” यस्तै ज्ञानदिलदास -१८७८-१९४०) का भजन र गीतहरू उदयलहरीमा सङ्गृहीत छन् र तिनमा ब्राहृमणवादप्रति तीव्र व्यङ्ग्य भेटिन्छन् । उनका रचनामा धार्मिक अन्धविश्वास र रुढिवाद, सामाजिक विसङ्गतिलाई विषय बनाएको पाइन्छ । यसपछि माध्यमिककालमा रचिएका शृङ्गारिक कविताहरूमा फाटफुटरूपमा हास्यव्यङ्ग्यका झिल्काहरू भेटिन्छन् । मोतीराम भट्ट, लक्ष्मीदत्त पन्त, कृष्णप्रसाद रेग्मी, रेवतीप्रसाद उपाध्यााय, गोपीनाथ लोहनी, शिखरनाथ सुवेदी, पहलमानसिंह स्वाँरआदिका रचनालाई यसका उदाहरणका रूपमा लिन सकिन्छ । यसै अवधिमा प्रकाशित सङ्गीत चन्द्रोदय, गफाष्टक श्लोकसङ्ग्रह, शृङ्गार्रदर्पण, कविता कल्पद्रुम, शिखरनाथ भाष्य, सूक्तिसिन्धु, विवाहलीलाजस्ता कृतिमा फुटकर हास्यव्यङ्ग्यात्मक कविताहरू रहेका छन् । यसताक शम्भुप्रसाद ढुङ्गेल, लेखनाथ पौडेल, सोमनाथ सिग्द्याललगायतका साहित्यकारहरूले पनि हास्यव्यङ्ग्यात्मक रचनाको लेखनमा दृष्टि दिएको पाइन्छ । सोमनाथ सिग्द्यालको हास्यपर्ूण्ा अपर्ूण्ा प्रहसन दिगम्बर विवाह वि.सं. १९६३ मा सुन्दरीमा प्रकाशित भएको समीक्षक नरनाथ लुइँटेलले उल्लेख गरेका छन् । यसरी हास्यव्यङ्ग्य शैली कविता विधामा मात्र सीमित भइरहेको तत्कालीन स्थितिमा सिग्द्यालको प्रयासलाई महìवपूण्ा मान्नुपर्छ ।

नेपाली निबन्धमा हास्यव्यङ्ग्य

यस प्रकार नेपाली निबन्धमा हास्यव्यङ्ग्य शैलीको प्रवेशअघि कविता, कथा र प्रहसनमा हास्यव्यङ्ग्यको प्रयोग हुँदैआएको देखिन्छ । नेपाली निबन्धमा हास्यव्यङ्ग्यको प्रयोग यी विधाहरूभन्दा पछि भएको हो । नेपाली हास्यव्यङ्ग्य निबन्धको विकासलाई निम्न कालखण्डमा विभाजन गरी अध्ययन गर्न सकिन्छ-

१. प्रारम्भिक वा पहिलो चरण -वि.सं. १९९० भन्दाअघि)

२. विकासशील वा दोस्रो चरण

(वि.सं. १९९१ – वि.सं. २०१६ सम्म)

३. आधुनिक वा तेस्रो चरण (वि.सं. २०१७ – हालसम्म)

प्रारम्भिक वा पहिलो चरण

शारदा पत्रिकाको प्रकाशन प्रारम्भ हुनुअघि नै नेपाली निबन्धमा हास्यव्यङ्ग्य शैली भित्रिसकेको देखिन्छ । तत्कालीन निबन्धहरूमा सामाजिक बेथिति र विसङ्गत्रि्रति व्यङ्ग्य गर्ने प्रवृत्ति सुरु भएको पाइन्छ । वास्तवमा यो प्रवृत्ति नै हास्यव्यङ्ग्य निबन्धतर्फको प्रारम्भिक प्रयास हो । यस चरणमा हास्यव्यङ्ग्य निबन्धले स्पष्ट आकार लिन नसकेको भए पनि स्रष्टाहरूमा हास्यव्यङ्ग्यतर्फ अभिरुचि बढेको त्यसबेलाका पत्रपत्रिकामा प्रकाशित रचनाहरूले पुष्टि गर्छन् । यस चरणमा हास्यव्यङ्ग्य निबन्धकारका रूपमा देखिएका केही महìवपर्ूण्ा व्यक्तित्व र तिनका रचनाको चर्चा तल गरिन्छ । पहिलो चरणका प्रमुख हास्यव्यङ्ग्य निबन्धकारहरू वेदनिधि शर्मा (?)

विशेषतः देहरादुनबाट प्रकाशित गोर्खा संसार पत्रिकामा वि.सं. १९९० भन्दाअघि नै केही लेखकका लेख-रचनाहरूमा हास्यव्यङ्ग्यका आशलाग्दा झिल्काहरू देखिन्छन् । भारत, राँचीका वेदनिधि शर्माको जातीय रोगको अचूक औषधि -१९८३) यस दृष्टिले अत्यन्त उल्लेखनीय रचना हो । \”समाजका अव्यवस्था र असङ्गत तìवमाथि तीव्र प्रहार भएको प्रस्तुत निबन्ध निजात्मक अभिव्यक्तिको पर््रदर्शन गर्न, विकृति र विसङ्गतिको उछित्तो पार्न र्समर्थ भएर उभिएको छ ।\” -राजेन्द्र सुवेदी, \’हास्यव्यङ्ग्यको जगत्मा अशिष्टताको प्रधानता\’, समालोचना, गरिमा, पूर्ण्ााङ्क २५, २०४१) । शर्माको प्रस्तुत निबन्धमा हास्य र व्यङ्ग्य दुवैको प्रयोग भएको देखिन्छ ।

विद्यावती (?) देहरादुन, नाहानकी लेखिका विद्यावतीका गोर्खा संसार पत्रिकामा प्रकाशित भएका निबन्धहरूको पनि चर्चा गर्न यहाँ आवश्यक छ । देहरादुनेली भाषिकाको प्रयोग भएको विद्यावतीका \’तरूणी औ तरूण कुन्न छन्न\’ र \’उन्नतिका आवश्यक अङ्ग\’ शर्ीष्ाकका निबन्ध हास्यव्यङ्ग्यको प्रयोगका दृष्टिले नेपाली साहित्यका महìवपर्ूण्ा प्रारम्भकालीन रचना हुन् । वि.सं. १९८६ सालमा प्रकाशित यी रचनाहरूमा हास्यव्यङ्ग्यगत स्तरीयता भएको समालोचक राजेन्द्र सुवेदीले उल्लेख गरेका छन् । -\’हास्यव्यङ्ग्यको जगत्मा अशिष्टताको प्रधानता\’, समालोचना, गरिमा, पूर्ण्ााङ्क २५, २०४१, पृ.७५) । यस चरणमा विशद् अध्ययन र अनुसन्धान गरिएमा गोरखापत्र, सुन्दरी, माधवी, चन्द्र, चन्द्रिका र जन्मभूमिजस्ता पत्रिकाहरूमा पनि हास्यव्यङ्ग्यात्मक गद्यरचनाहरू प्राप्त हुने सम्भावना देखिन्छ । यो चरण हास्यव्यङ्ग्य निबन्धलेखनको प्रारम्भिक चरण हो ।

विकासशील वा दोस्रो चरण

नेपाली साहित्यमा शारदा पत्रिकाको प्रकाशन वास्तवमै एक युगान्तकारी कदम थियो । साहित्यका विभिन्न विधामा जस्तै हास्यव्यङ्ग्य निबन्धका क्षेत्रमा पनि यस पत्रिकाले महìवपर्ूण्ा योगदान गरेको देखिन्छ । यस चरणमा बोधविक्रम अधिकारी, पे्रमराज शर्मा, सिल्वाल पण्डित, हरिनाथ खनाल, हृदयचन्द्रसिंह प्रधान, लक्ष्मीप्रसाद देवकोटा, गणेशमान सिंह, नारायणप्रसाद भट्टर्राई, केशवराज पिंडालीलगायतका लेखकहरूले आफ्ना गद्यरचनाहरूमा हास्य र व्यङ्ग्यको प्रयोग गरी नेपाली निबन्धलाई एक विशिष्ट स्वरूप प्रदान गर्ने कार्यमा सघाउ पुर्‍याएका थिए । शारदा पत्रिकाले \’हाँसी दिल्लगी\’ शर्ीष्ाकको स्तम्भको व्यवस्था गरी हास्यव्यङ्ग्यको विकास र विस्तारमा विशेष ध्यान दिएको पाइन्छ ।

दोस्रो चरणका प्रमुख हास्यव्यङ्ग्य निबन्धकार एवं कृति

नेपाली हास्यव्यङ्ग्य निबन्धको यस चरणको महìवपर्ूण्ा प्राप्ति भने हास्यव्यङ्ग्यको सचेत प्रयोग र प्रायः सबै निबन्धकारहरूमा व्यङ्ग्यधर्मिता देखिन थाल्नु नै हो । समाजमा विद्यमान विकृति र विसङ्गत्रि्रति लेखकहरूमा देखिएको सचेतताका कारण त्यस्ता विकृति र मानवका कमी-कमजोरी एवं गलत प्रवृत्तिलाई व्यङ्ग्य गर्ने परम्पराको सुरुवात यस चरणको महìवपर्ूण्ा उपलब्धि मान्नर्ुपर्छ । वास्तवमा यस चरणमा मात्रै नेपाली हास्यव्यङ्ग्यले गद्यमा स्पष्ट आकार र स्वरूप लिएको हो । दोस्रो चरणका प्रमुख हास्यव्यङ्ग्य निबन्धकारका बारेमा तल चर्चा गरिएको छ ।

वासुदेव शर्मा लुइँटेल (१९७४-२०६३) 

\”पुगिसरी आउनेहरू पेट मिचीमिची हाँस्तछन् । भोका, नाङ्गा, मरन्च्याँसे र खोपडी खोक्रिएकाहरू चाहिँ मुसुक्क हाँसेका पनि देखिँदैनन् । हास्नु हँसाउनु हरेक मान्छेको अधिकार हो भने त्यस किसिमका साहित्यिक कृतिहरू तयार पारिदिनु लेखकहरूको कर्तब्य हो ।\” भन्ने विचार राख्ने वासुदेव शर्मा लुइँटेल नेपाली हास्यव्यङ्ग्य लेखनका क्षेत्रमा बिर्सिन नसकिने एक महìवपर्ूण्ा र्सजकको नाम हो । हास्यव्यङ्ग्यको विकास एवं पर््रवर्द्धनमै आफ्नो सम्पर्ूण्ा जीवन र्समर्पण गर्ने उनी नेपाली हास्यव्यङ्ग्यको प्रारम्भिक अवस्थादेखि नै लागिपरेका व्यक्तित्व हुन् । \’भूतको भिनाजु\’ उनको प्रसिद्ध उपनाम हो । यसबाहेक \’बाउँटे बाजे\’, \’धुपौरे काका\’, \’म\’, \’कवि\’, \’ताहाचलको स्याल\’, \’टपरीनाथ\’, \’माउसुली\’, \’भूतपर्ूव जुँगेदाइ\’, \’झाक्री झंपाट\’, \’डेढ अक्कली\’, \’ढाडे बिरालो\’, \’अढाइ अक्कली\’, \’एकतारे सिताराम\’, \’लम्फु\’, \’खत्री कान्छा र कुमारी शोभा\’, \’जम्बु मन्त्री\’लगायतका थुपै्र उपनामबाट पनि चिनिने उनको \’भूत छैन\’ हास्यव्यङ्ग्य निबन्धसङ्ग्रह २००६ सालमै प्रकाशित भएको छ । हाँस्न चाँहदाचाँहदै पनि हाँस्न नपाउने गरिब, भोका र पीडितहरूका लागि हास्यरचनाहरू तयार गरिदिनु पर्ने विचारले उनको तल्लोतहका जनताप्रतिको जिम्मेवारीबोध प्रकट भएको देखिन्छ । सम्भवतः त्यही जिम्मेवारी पूरा गर्ने क्रममा उनले हास्यव्यङ्ग्य लेखनका अतिरिक्त प्रकाशन र प्रोत्साहनका कार्यहरू पनि सक्रियता र र्समर्पणका साथ गरेका हुन् । उनले स्थापना गरेको कौवा प्रकाशन र रू. एक लाख एघार हजारको \’वासुदेव लुइँटेल पुरस्कार\’लाई यसको उदाहरणका रूपमा लिन सकिन्छ । यसरी नेपाली हास्यव्यङ्ग्यको विकास एवं पर््रवर्द्धनमा उनको योगदान अविस्मरणीय रहेको छ । उनले यस क्षेत्रमा प्रवेश गरेको समय २००७ साल अगाडिको एकतन्त्रीय जहाँनिया शासनकाल हो । त्यसबेला हास्यव्यङ्ग्य लेखनका लागि चाहिने मुक्त एवं स्वतन्त्र वातावरणको अभाव भए पनि उनले जुन निर्भीकता र साहसका साथ यस क्षेत्रमा कलम चलाए, त्यसको ऐतिहासिक महìव छ । उनले आफ्ना हास्यव्यङ्ग्य निबन्धहरूका माध्यमबाट नेपाली समाजमा व्याप्त अन्धविश्वास, अन्धपरम्परा, रुढिमान्यता र विकृतिजन्य व्यवहारलाई क� ोर प्रहार गरेका छन् । उनी समाजमा विभिन्न वर्गका कुचरित्रलाई निबन्धबाट उछित्तो काढ्न ढिलो गर्दैनन् । उनले २००७ सालपछिका समयमा पनि यस क्षेत्रमा विभिन्न पत्रपत्रिकाका माध्यमबाट योगदान पुर्‍याएको देखिन्छ । यस्ता हास्यव्यङ्ग्य निबन्धहरूका सङ्ग्रह विभिन्न नामबाट प्रकाशित भएका देखिन्छन् । तीमध्ये चि� ीचपेटा -२०२२), …बाट -२०४३), …बाटको बाँकी -२०४६), काकाका कुरा -२०४६), व्यक्तिगत चि� ी -२०५२), सोहरसाहर -२०५६) र पुछपाछ -२०६१) आदि प्रमुख छन् । यी सङ्ग्रहका शर्ीष्ाकबाट पनि उनको हास्यव्यङ्ग्यप्रिय व्यक्तित्वको झलक पाइन्छ । सात सालपछि छापिएका उनका रचनाहरू भने तत्कालीन समयका राजनीतिकलगायतका विकृतिहरूतिर बढी केन्द्रित देखिन्छन् । समाज र राष्ट्रप्रतिको जिम्मेवारी बहन गर्दै उनी आफ्ना हास्यव्यङ्ग्य निबन्धबाट समाजलाई मार्गनिर्देश गर्न चाहन्छन् र त्यसैको प्रतिविम्ब उनका रचनामा पाइन्छन् । साथै उनका कतिपय निबन्धमा विभिन्न साहित्यकारहरूसँगको संस्मरणलाई पनि व्यङ्ग्यात्मकरूपमा प्रस्तुत गरिएका छन् ।

लीलाध्वज थापा (१९८२-२०४१) 

नेपाली साहित्यमा उपन्यासकारका रूपमा परिचित लीलाध्वज थापा हास्यव्यङ्ग्य निबन्धक्षेत्रका प्रारम्भकालीन स्रष्टा हुन् । वि.सं. २००८ मा प्रकाशित उनको एक मात्र हास्यव्यङ्ग्य निबन्ध दाह्रीले उनलाई नेपाली साहित्यमा निबन्धकारका रूपमा समेत उभ्याएको छ । यसपछि उनको निबन्धहरू प्रकाशित भएका देखिन्नन् । करिब चालीस पृष्� को दाह्री कृतिमा सोही शर्ीष्ाकको एउटा मात्र निबन्ध रहेको छ । सम्भवतः यो नेपाली साहित्यकै सबैभन्दा लामो निबन्ध हो । दाह्री निबन्धका बारेमा नेपाली साहित्यकारहरूबीच धेरै चर्चा-परिचर्चा भएको पाइन्छ । यो निबन्ध उनले नेपाली नाट्यसम्राट बालकृष्ण समलाई व्यङ्ग्य गरी लेखेको बताइन्छ । यसमा कति सत्यता छ, यो भने निक्र्योल गर्न बाँकी नै छ । तथापि निबन्धमा अभिव्यक्त भाव र भाषा अनि पुस्तकको आवरणमा छापिएको दाह्रीवाल पुरुषको चित्रले पनि माथिको शङ्कालाई सत्य मान्ने आधार भने प्रदान गर्दछ । बालकृष्ण सम एक कलाकारसमेत भएका हुनाले लीलाध्वज थापाले आफ्नो निबन्धमा दाह्रीको रौंबाट तेलचित्र बनाउन प्रयोग हुने कुची बनाउन सकिने भनेर उनैलाई सङ्केत गरेको भन्ने समालोचक रामलाल अधिकारीको भनाइ रहेको छ ।

अच्छा र्राई रसिक’ (१९८५-२००९) 

यौवनावस्थाको प्रारम्भिक चरणमै मृत्युसँग मितेरी गाँस्न बाध्य अच्छा र्राई \’रसिक\’ दार्जीलिङको सामाजिक, सांस्कृतिक एवं राजनीतिक क्षेत्रमा राम्रोसँग भिजेका एक महìवपर्ूण्ा रचनाशिल्पीे हुन् । नेपाली साहित्यमा हास्यव्यङ्ग्य निबन्धकारका रूपमा उनको स्थान सुरक्षित रहेको छ । चौबीस वर्षउमेर पाएका उनले उपन्यास, कविता, कथा र निबन्धका माध्यमबाट दिएको योगदान हर्ेदा वास्तवमै उनको मृत्यु नेपाली साहित्यका लागि � ूलो क्षति मान्नर्ुपर्छ । उनको हास्यव्यङ्ग्य निबन्धको सङ्ग्रह सप्तकोसी २०११ सालमै वरिष्� समालोचक रामकृष्ण शर्माको सम्पादनमा छापिएको देखिन्छ । पछि समालोचक रामलाल अधिकारीको सम्पादनमा उनका केही कविता, कथा र निबन्धको सङ्ग्रह सन् १९८२ मा श्याम बर््रदर्स, दार्जीलिङबाट रसिक रचनावली शर्ीष्ाकमा प्रकाशित भएको छ । सप्तकोसीमा भएका सबै निबन्ध रसिक रचनावलीमा पुनःप्रकाशित गरिएको छ । अच्छा र्राई \’रसिक\’का निबन्धहरू मूलतः हाँस्य र व्यङ्ग्यको दोसाँधबाट मार्ग पहिल्याउँदै पा� कका मन र मस्तिष्कमा मर्मान्तक प्रहार गर्छन् । उनी आर्थिक दृष्टिले कमजोर वर्गका भएकाले जीवनसङ्ग्राममा कलिलै उमेरदेखि होमिन परेका तथ्य उनका रचनामा प्रतिविम्बित भएका छन् । त्यसैले गर्दा उनले दार्जीलिङको यथार्थलाई अत्यन्त नजिकबाट हर्ेर्ने, अनि अध्ययन र चिन्तन गर्ने सुअवसर प्राप्त गरे । यो सूक्ष्म दृष्टिचेत नै उनको रचनासिर्जनाका लागि पर्ूवाधारका रूपमा रहेको पाइन्छ । साथै राजनीतिक एवं सामाजिक चेतनाबाट समेत उत्पे्ररित हुनाले उनका रचनाहरूमा त्यसको चर्चा-परिचर्चा र निबन्धन हुनु अस्वाभाविक लाग्दैन । उनको सप्तकोसी हास्यव्यङ्ग्य निबन्धसङ्ग्रहमा सङ्कलित सात रचनाहरूमध्ये \’कान्छी\’, \’औँ� ी\’ कथा हुन् भने बाँकी निबन्ध र प्रबन्ध हुन् । ती निबन्ध-प्रबन्ध रसिक रचनावलीमा पुनःमुद्रित गरिएका छन् । रसिक रचनावलीमा रहेका सत्र निबन्ध-प्रबन्धमध्ये \’मपाईं\’, \’अनुहार\’, \’भुँडी\’, \’पतलुंग\’, \’कुन पहिला अण्डा कि कुखुरा -\’, \’जबाब\’, \’चिहानभित्र\’ निजात्मक निबन्ध हुन् । यी निबन्धहरूमा उनले हाँस्य र व्यङ्ग्य दुवैलाई सन्तुलित ढङ्गले प्रस्तुत गरेको पाइन्छ । परम्पराप्रति व्रि्रोहको स्वर उराल्ने अच्छा र्राई रसिकका निबन्धमा तार्किकता पनि उत्तिकै छ । जातिगत सामाजिक रुढि र कूरीत्रि्रति व्यङ्ग्य गर्दै त्यसको निराकरणका लागि पुर्‍याइएको रचनात्मक दृष्टिचेत, वर्गीय चेतना, जीवनको सशक्त एवं यथार्थ चित्रण उनका निजात्मक निबन्धका महìवपर्ूण्ा विशेषताका रूपमा देखिन्छ । व्यङ्ग्यका दृष्टिले \’वसुधैव कुटुम्बकम\’्, \’के त्यो फेरि ब्यूँझेला -\’, \’र्स्वर्गमा\’ उनका उत्कृष्ट निबन्ध हुन् । अन्य निबन्ध-प्रबन्धमध्ये \’छैटौं अधिवेशन\’ भ्रमण संस्मरण हो भने \’लेख अ..व..व\’ भाषाविषयक लेख हो । सङ्ग्रहमा रहेका प्रबन्धात्मक रचनाका शर्ीष्ाक भने \’नारी समस्याको हल\’, \’हिन्दी सिनेमा र हामी\’, \’समालोचना\’, \’गोर्खालीको लघुतम इतिहास\’ र \’बहिनीको पत्रको आलोचना\’ रहेका छन् । यी रचनाहरूमा समसामयिक स्थितिबारे उनका विचारहरू राम्ररी प्रकट भएको पाइन्छ ।

दोस्रो चरणका अन्य हास्यव्यङ्ग्य निबन्धकारहरू 

शारदामा त्यसबेला प्रकाशित रचनाहरूमा बोधविक्रम अधिकारीको \’कविता मातासँग मेरो गन्थन\’ -१९९२), पे्रमराज शर्माको \’पण्डितजीको चि� ी\’ -१९९२) र सिल्वाल पण्डितको \’वेदान्तविवादको मिसिल\’ -१९९२) जस्ता रचनाहरूले हास्यव्यङ्ग्य निबन्धका क्षेत्रमा महìवपर्ूण्ा योगदान गरेका छन् । वरिष्� समालोचक डार्.इश्वर बरालका अनुसार \”…बोधविक्रम अधिकारीको विनोदी स्वभाव भएकाले उनका निबन्धमा माथि-माथि बडो सारल्य देखिन्छ तर भित्र-भित्र लाक्षणिकता अधिका । यस चरणमा हरिनाथ खनालका शारदामा प्रकाशित केही निबन्धमा पनि हास्यरसको प्रयोग भएको छ । उनका सम्पे्रषणशैली � टयौली किसिमको भएको डा.बरालको भनाइ पाइन्छ । नेपाली निबन्धका महìवपर्ूण्ा दर्ुइ व्यक्तित्व लक्ष्मीप्रसाद देवकोटा र हृदयचन्द्रसिंह प्रधानले पनि यस चरणमा आफ्ना केही निबन्धमा व्यङ्ग्य-बाणको प्रयोग गरेका छन् । देवकोटाको \’कविराजको च्याङ्गे्र खच्चर\’ -२००२) र हृदयचन्द्रसिंह प्रधानको \’जुँगा\’लाई यसको उदाहरणका रूपमा लिन सकिन्छ । यस चरणमा राजनीतिक व्यङ्ग्य पनि लेखिन थालेको तथ्य नारायणप्रसाद भट्टर्राईको \’हावाबाजी\’ -युगवाणी, २००४) र गणेशमान सिंहको \’श्री ३ मोहनप्रभुको स्वर्गारोहण\’ -नेपाल पुकार, २००७) ले स्पष्ट गर्छ । कथाकार गुरुप्रसाद मैनालीले \’सबभन्दा बलियो\’ शर्ीष्ाकको प्रहसनात्मक निबन्ध लेखेर यर्सतर्फ रुचि देखाए पनि निरन्तरता भने देखिएन । उनको सो प्रहसनात्मक निबन्ध भारती -२००९) मा छापिएको थियो । उनको धेरै पछि वि.सं.२०२५ सालको प्रहरी पत्रिकामा \’साँढे समस्या\’ शर्ीष्ाकको व्यङ्ग्यात्मक निबन्ध प्रकाशित भएको पाइन्छ । केशवराज पिंडाली पनि आफ्ना सशक्त हास्यव्यङ्ग्य रचनाहरूमार्फत यसै चरणमा देखा पर्छन् । दार्जीलिङतिर भने गोर्खा पत्रिकामार्फत तिलक र्राई र पे्रम थापाजस्ता निबन्धकारहरू हास्यव्यङ्ग्य शैलीका साथ सिर्जनकर्ममा सक्रिय भए । पे्रम थापाका प्रकाशित उल्लेखनीय हास्यव्यङ्ग्य निबन्धहरू \’नाइटो\’ -पूणिर्मा, १९५र्८र् इं.), \’गुरु\’ -बाबु±आमा, गोर्खा, ६ः४९) र \’दाह्रीजुँघा\’ -गोर्खा, ९ः४) रहेेका छन् । यस चरणमा निबन्धकार लक्ष्मीप्रसाद देवकोटा, हृदयचन्द्रसिंह प्रधान, पर्ूण्ाप्रसाद ब्राहृमण, श्यामदास वैष्णवलगायतका निबन्धहरूमा तीव्र व्यङ्ग्य पाइन्छन् ।

आधुनिक वा तेस्रो चरण 

नेपाली हास्यव्यङ्ग्य निबन्धको क्षेत्रमा आधुनिकतालाई प्रवेश गराउने र त्यसलाई मलजल दिएर आजको स्थितिसम्म पुर्‍याउनेमा केशवराज पिंँडालीको महìवपर्ूण्ा योगदान देखिन्छ । शारदालगायतका पत्रपत्रिकामा फुटकर रूपमा प्रकाशित हुँदैआएका आफ्ना पर्ूववर्ती निबन्धकारहरूले हास्यव्यङ्ग्यको प्रयोग गरेभन्दा भिन्दै शैलीमा उनले हास्यव्यङ्ग्य निबन्धको रचना गरे । विशेषतः २००७ सालको क्रान्तिले उघारेको स्व्ातन्त्रताको दैलोले नेपाली समाज उन्मुक्त हुनु स्वाभाविक थियो । त्यही स्वतन्त्रताको उपभोग गर्दै र तत्कालीन विभिन्न क्षेत्रका विकृति-विसङ्गतिलाई परिष्कार गर्नुपर्ने चेतनाबाट अभिपे्ररित हुँदै यस क्षेत्रमा कतिपय लेखकहरू सक्रिय र समर्पित भए । त्यसमध्ये पिंडाली पनि एक थिए । हुन त उनका फुटकर हास्यव्यङ्ग्यात्मक निबन्धहरू शारदामै प्रकाशित भएका देखिन्छन् । तर वि.सं. २०१७ सालमा खै खै हास्यव्यङ्ग्य निबन्धकृति प्रकाशित भएपछि यस क्षेत्रले एक विशिष्ट स्वरूप लिएको तथ्यलाई स्वीकार्नुपर्छ । नेपाली हास्यव्यङ्ग्य साहित्य विशेषतः कविता विधामा फस्टाउँदै गरेको स्थिति रहेकोमा यस चरणमा आएपछि निबन्धतिर प्रभावशाली ढङ्गमा विकास र विस्तार हुँदैगएको देखिन्छ । हुनत २०१७ सालको राजनीतिक परिवर्तनले लेखकीय स्वतन्त्रतालाई बाधा पुर्‍याए पनि लेखकहरूले आफ्ना अभिव्यक्ति र विचारहरूलाई शब्दका माध्यमले पोख्ने कामलाई भने छाडेनन् । यसै क्रममा नेपाली हास्यव्यङ्ग्य निबन्ध पनि यस समयमा अत्यन्त उर्वर र प्रभावपर्ूण्ा रूपमा विकसित हुँदै गएको देखिन्छ । यस चरणमा नेपाली हास्यव्यङ्ग्य निबन्धका क्षेत्रमा धेरै उत्कृष्ट एवं महìवपर्ूण्ा कृतिहरू प्रकाशित भए । वास्तवमा नेपाली हास्यव्यङ्ग्य निबन्धका फाँटमा मात्र होइन, समग्र हास्यव्यङ्ग्यकै विकासमा यो अवधिलाई अत्यन्त उल्लेखनीय मान्नर्ुपर्छ । वि.सं. २०१७ सालपछिको यस अवधिलाई नेपाली हास्यव्यङ्ग्य निबन्धको आधुनिक कालका रूपमा चर्चा गर्न सकिन्छ । सीमित लेखक र सामान्य हास्यव्यङ्ग्यलेखनको स्थितिबाट यस अवधिको प्रारम्भसँगै नेपाली हास्यव्यङ्ग्य निबन्धले एउटा फराकिलो मार्ग पहिल्याउनुका साथै विषयगत र शैलीगत विविधतासहित अघि बढ्ने अवसर पाएको देखिन्छ । यसै चरणमा हास्यव्यङ्ग्यसँग सम्बन्धित कार्यक्रम र गोष्� ीहरूको आयोजना, पत्रपत्रिकाहरूमा हास्यव्यङ्ग्य स्तम्भहरूको व्यवस्था, हास्यव्यङ्ग्य कृतिहरू प्रकाशन गर्ने कौवा प्रकाशनको स्थापना, गाईजात्राको उपलक्ष्यमा पत्रपत्रिकाहरूले गाईजात्रा विशेषाङ्क निकाल्ने प्रचलनको सुरुवात र तत्कालीन नेपाल राजकीय प्रज्ञा-प्रतिष्� ानबाट गाईजात्रा महोत्सवको आयोजना गर्ने परम्पराको थालनीजस्ता कार्यले प्रत्यक्ष-अप्रत्यक्षरूपमा नेपाली हास्यव्यङ्ग्य निबन्धलेखनलाई प्रभाव पारेको स्वीकार्नुपर्छ । लेखक एवं पा� कहरूको हास्यव्यङ्ग्यप्रतिको बढ्दो अभिरुचिको फलस्वरूप यस चरणमा हास्यव्यङ्ग्यप्रधान पत्रपत्रिकाहरू पनि प्रकाशन हुन थालेको पाइन्छ ।

तेस्रो चरणका प्रमुख हास्यव्यङ्ग्य निबन्धकार

केशवराज पिँडाली (१९७१-२०५५) 

वि.सं. १९९३ को शारदा पत्रिकामा \’गुण्� े र चरी\’ शर्ीष्ाकको कथाबाट नेपाली साहित्यमा प्रवेश गरेका केशवराज पिँडालीको व्यक्तित्व हास्यव्यङ्ग्य निबन्धका क्षेत्रमा नै बढी मुखरित भएको छ । उनका हास्यव्यङ्ग्य निबन्धसङ्ग्रहका रूपमा प्रकाशित कृतिहरू हुन्-खै खै -२०१६), फेरि उल्टै मिल्यो -२०३२), व्यङ्ग्यै व्यङ्ग्य -२०४६) र प्रसन्न हुनुहोस् -२०५२) । पिँंडालीका हास्यव्यङ्ग्य निबन्धसङ्ग्रहका रूपमा प्रकाशित खै खै र फेरि उल्टै मिल्योका केही रचनाहरू निबन्धभन्दा कथा विधाका नजिक देखिन्छन् । चाहे कथा होस् चाहे निबन्ध होस्, उनका रचनामा हास्यव्यङ्ग्य पाइन्छन् र यो उनको मूल प्रवृत्ति हो । खै खैमा सङ्गृहीत बीस रचनामध्ये \’आखिरी दृश्य\’, \’मृत्युपछिको जीवन\’, \’परदेशी\’, \’पत्नी\’, \’दौरासुरुवाल\’ र \’नलेखेको कथा\’लाई निबन्धको कोटीमा राख्न नसकिने विचार समालोचकद्वय रामलाल अधिकारी र राजेन्द्र सुवेदीको पाइन्छ । यीबाहेक \’खै खै\’, \’शूरवीरहरूको नर्क यात्रा\’, \’कला चिन्ने को -\’, \’मुटु छेड काव्य\’, \’यो हो चन्द्रज्योति\’, \’टुँडिखेलको आत्मकथा\’, \’बाघबजारको बाटो\’, \’सालिक बोल्यो\’, \’न बज्छ बाँसुरी नै\’, \’आधुनिक पत्नी\’, \’सवाल छ खाजाको\’, \’प्रभुजी ! कवि बनाइदिनोस्\’, \’प्रजातन्त्र खोज सङ्घ\’, \’यस्तो पनि हुन्छ\’ निबन्धहरूका माध्यमबाट पिँडालीले सामाजिक विकृति र विषमताहरूलाई, विविधखाले व्यक्तिका चरित्र र प्रवृत्तिहरूलाई र विकासनिर्माणका नाममा देखिएका बेथितिहरूलाई पनि उदाङ्गो बनाइदिएका छन् । उनको बहुचर्चित हास्यव्यङ्ग्य निबन्धमा \’खै खै\’, \’यो हो चन्द्रज्योति\’, \’प्रभुजी ! मलाई कवि बनाइदिनोस्\’, \’शूरवीरहरूको नर्क यात्रा\’ आदिलाई लिन सकिन्छ । \’खै खै\’ शर्ीष्ाकको निबन्धले व्यक्तिको चरित्र र प्रवृत्तिमाथि कटाक्ष गरेको पाइन्छ भने \’यो हो चन्द्रज्योति\’मा विकासनिर्माण नाममा भएका कार्यहरूप्रति औंँला � ड् याइएको छ । \’प्रभुजी ! कवि बनाइदिनोस्\’मा उनले रेडियो नेपालभित्रका विकृति र विसङ्गतिहरूको प्रस्तुतिसँगै त्यहाँभित्रका पक्षपातपर्ूण्ा व्यवहार, अदूरदर्शी नीति र स्वार्थी प्रवृत्तिको भण्डाफोर गरेका छन् । उनका निबन्धमा केवल राजनीतिक व्यङ्ग्यमात्र छैनन्, सामान्य र र्सवसाधारणको जीवनसँग नजिक विषयहरूमा पनि उनले हास्यव्यङ्ग्य निबन्धको रचना गरेको देखिन्छ । पिंँडालीको दोस्रो निबन्धसङ्ग्रह फेरि उल्टै मिल्योमा रहेका सत्र रचनामध्ये केहीलाई निबन्ध नभनेर कथा भन्न सुहाउँछ । उनको सबैभन्दा पछिल्लो सङ्ग्रह प्रसन्न हुनुहोस्मा रहेका चालीस निबन्धमा पनि पिँडालीको सिर्जनशीलता उत्तिकै प्रखर देखिन्छ । वास्तवमा केशवराज पिँडाली नेपाली हास्यव्यङ्ग्य निबन्धलाई आधुनिक स्वरूपमा ढाल्ने प्रथम व्यक्ति हुन् । उनको आगमनअघि नेपाली हास्यव्यङ्ग्य निबन्ध सामान्य विषयमा लेखिने गरेको र त्यसले साहित्यिक मूल्य र मान्यता नपाएको देखिन्छ । उनको आगमनसँगै नेपाली हास्यव्यङ्ग्यमा कथ्यको महìवपर्ूण्ा उपस्थिति, शैलीगत वैचित्र्यता, हाँस्य र व्यङ्ग्यको सन्तुलनसँगै व्यङ्ग्यका सूक्ष्मविभेदहरूको प्रयोग हुन थाल्नुलाई महìवपर्ूण्ा मान्नर्ुपर्छ । साथसाथै उनका निबन्धहरूले बाहिर जत्तिसुकै हँसाए पनि तिनमा निहीत मार्मिक व्यङ्ग्यले भित्रभित्रै पा� कलाई तीव्र रूपमा प्रभाव पारिरहेको हुन्छ । उनी अघिका हास्यव्यङ्ग्य निबन्धकारमा यस प्रकारको विशेषता देखिँदैन । उनका निबन्धमा प्रयुक्त व्यङ्ग्य सूक्ष्म र शालीन हुन्छन् ।

भैरव अर्याल (१९९३-२०३३) 

भैरव अर्याल नेपाली हास्यव्यङ्ग्य निबन्धक्षेत्रका अद्वितीय प्रतिभा हुन् । उनले बीस-एक्काइस वर्षो � िटौले उमेरमा साहित्य र पत्रकारितामा प्रवेश गरेका थिए । हालखबर पत्रिकामा २०१३-१४ सालतिर प्रकाशित \’खोलापारिको पुरेतबाजे\’ उनको पहिलो प्रकाशित हास्यव्यङ्ग्य निबन्ध हो । त्यसपछि उनले कहिल्यै पछाडि फर्केर हेरेनन् र जीवनपर्यन्त हास्यव्यङ्ग्य क्षेत्रमा साधनारत रहे । उनको प्रकाशित हास्यव्यङ्ग्य निबन्धकृतिमा काउकुती -२०१९), जयभुँडी -२०२२), गलबन्दी -२०२६), इतिश्री -२०२८) र दस औतार -२०३३) रहेका छन् । उनको पत्रपत्रिकातिर छरिएका हास्यव्यङ्ग्य निबन्धहरूको सङ्ग्रह विष्णु प्रभातको सम्पादनमा टेढो ऐना शर्ीष्ाकमा २०६३ सालमा छापिएको छ । उनले \’अलवरभैया\’, \’भारवि\’, \’विष्णु शर्मा\’, \’बकमफुस शर्मा\’ आदि उपनामबाट पनि हाँस्यनिबन्धहरू लेखेको पाइन्छ । दस औतार र टेढो ऐनाबाहेक उनका अन्य चार हास्यव्यङ्ग्य निबन्धसङ्ग्रहमा गरी निबन्धसङ्ख्या बयालीस रहेको छ । पहिलो कृति काउकुतीमा रहेका \’चरिचुच्चे च\’, \’लबस्तराको ओखती\’, \’जयभोलि\’, \’हाँसोको जातथर\’, \’नयाँ भाखा र नयाँ कवित्व\’, \’टी पार्टर्ीी \’नाम फेर्ने धुनमा\’, \’बाबुसाहेबको लभ\’, \’अन्तर्रर्ााट्रय भ्यागुता सम्मेलन\’, \’कन्याकेटी खोज्दा\’ र \’मिस्टर एन मुनि नेपालमा\’ शर्ीष्ाकका निबन्धहरूले मानिसका चारित्रिक कमजोरी, � ूलाबडा भनाउँदाहरूको भित्री चरित्र र भोलि-भोलि भनेर काम नगरिदिने कारिन्दे प्रवृत्तिलाई हास्यात्मक ढङ्गले प्रस्तुत गर्दै व्यङ्ग्य गरेको छ । स्वधर्मी साहित्यकारहरूको प्रवृत्तिलाई उनले \’टी पार्टर्ीीा नङ्ग्याएका छन् भने भाषामा देखिएको बहुरूपी प्रवृत्तिलाई \’नयाँ भाखा र नयाँ कवित्व\’ले झाको झारेको छ । काउकुती अर्यालको हास्यव्यङ्ग्य निबन्धयात्राको प्रारम्भिक चरणको कृति भए पनि यस सङ्ग्रहमै उनी हुने बिरुवाको चिल्लापात देखिएका छन् । जयभुँडीमा आइपुग्दा उनको व्यङ्ग्यशिल्प अझ सशक्त र अग्रगामी दिशातर्फ अग्रसर देखिन्छ । यस सङ्ग्रहमा पुस्तककै शर्ीष्ाक रहेको \’जयभुँडी\’का अतिरिक्त \’मपाईं\’, \’चन्द्रलोक कसको -\’, \’लाहुरेको यात्रासंस्मरण\’, \’पख्नोस्\’, \’नेता नम्बर एक सय एक\’, \’ब्रहृमाजीको प्रयोगशालाबाट\’, \’पशु, पशुपति र मान्छे\’, \’महापुरुषको सङ्गत\’ र \’अमरावती कान्तिपुरी नगरी\’ दस निबन्धमा नै पर्ूववर्ती निबन्धझैँ विभिन्न चरित्रलाई व्यङ्ग्य गर्दै हँसाउने प्रचेष्टा गरिएका छन् । \’लाहुरेको यात्रासंस्मरण\’मा धन कमाउने उद्देश्यले लाहुरे बन्न गएको व्यक्ति सबै गुमाएर र्फकनु परेको स्थितिको चित्रण गरिएको छ भने \’नेता नम्बर एक सय एक\’मा २०१७ सालअगाडिका नेताहरूको चरित्र उद्घाटन गर्दै उनीहरूको दल परिवर्तन गर्ने प्रवृत्तिलाई कडा व्यङ्ग्य गरिएको छ । \’पशु, पशुपति र मान्छे\’ उनको अर्को महìवपर्ूण्ा हास्यव्यङ्ग्य निबन्ध हो, जसमा उनले मानिस मानवीय मूल्य, मान्यता र मानवीय चरित्रबाट क्रमशः उँधो झरिरहेको वास्तविकतालाई निबन्धन गरेका छन् । \’चन्द्रलोक कसको -\’, \’ब्रहृमाजीको प्रयोगशालाबाट\’ र \’अमरावती कान्तिपुरी नगरी\’मा भने उनले आफ्नो कल्पनाशक्तिको अनुपम उदाहरण प्रस्तुत गर्दै भविष्यमा सिर्जना हुनसक्ने समस्यातर्फ सबैको ध्यानाकर्षा गर्ने प्रयास गरेको देखिन्छ । यस सङ्ग्रहमा अनुप्रासमय शैलीको राम्रो प्रयोग भएको छ । भैरव अर्यालको हास्यव्यङ्ग्य निबन्धयात्राको महìवपर्ूण्ा कृति गलबन्दीमा रहेका दस रचनाहरू सबै उत्तिकै महìवपर्ूण्ा र चोटिला छन् । उनी यस सङ्ग्रहमा आइपुग्दा सूक्ष्मभन्दा पनि सूक्ष्मतम कुरालाई निबन्धको विषय बनाएर त्यसैको वरिपरि आफ्ना सिर्जनासीपलाई केन्द्रित गरिरहेका पाइन्छन् । राष्ट्रिय सर्न्दर्भहरू मात्र होइन, अन्तर्रर्ााट्रय सर्न्दर्भहरू पनि उनका निबन्धका विषय क्षेत्रभित्र पर्न थालेको आभास अघिल्लो सङ्ग्रह जयभुँडीको \’चन्द्रलोक कसको -\’ ले नै दिन थालेकोमा यस सङ्ग्रहमा \’पच्चीसौंँ शताब्दीका अङ्गप्रत्यङ्गमा\’ आइपुग्दा उनको दृष्टि अझ तीखो र विस्तार भएको देखिन्छ । यस सङ्ग्रहमा रहेका \’उडाउनुसित एकछिन उड्दा\’, \’चुरोट केही झिलीमिली संस्मरण\’, \’गलबन्दी\’ र \’मान्छे मोडल १९६७\’ उत्कृष्ट निबन्ध हुन् र यिनले उनको प्रवाहपर्ूण्ा अनुभूति र सौर्न्दर्यपर्ूण्ा भाषिक शिल्प दुवैलाई अत्यन्त सुन्दर ढङ्गले प्रस्तुत गरेका छन् । मानिसको कृत्रिम बिर्सने बानीलाई \’ए ज्या भुसुक्कै\’मा तीखो प्रहार गरिएको छ भने \’सातसूत्रीय साहित्यदर्पण\’मा लेखकका विकृतिजन्य व्यवहार र प्रवृत्तिलाई व्यङ्ग्य गरिएको छ । एघार हास्यव्यङ्ग्य सङ्गृहीत उनको जीवनकालमा प्रकाशित अन्तिम निबन्धकृति इतिश्रीलाई उनको हास्यव्यङ्ग्य निबन्धयात्राको शिखरकृति मान्न सकिन्छ । देश, समाज, गाउँ र घरघरमा बढिरहेका विकृतिबाट वाक्कदिक्क भएका लेखक \’विकृति प्रतियोगिताको आयोजक समिति\’ लेखेर आफ्नो असन्तोष र पीडा अभिव्यक्त गर्छन् । समय र समाज क्रमशः शिखरोन्मुख हुनुपर्नेमा हामी भने ओह्रालो लागिरहेको वास्तविकतालाई उनले आफ्ना सबैजसो निबन्धमार्फत मुखरित गरेका छन् । यसलाई उनले लेखकीय दायित्वको रूपमा स्वीकारेको पाइन्छ । भैरव अर्यालको निधनपछि प्रकाशित दस औतारमा भने विभिन्न साहित्यिक व्यक्तिìवलाई व्यङ्ग्यात्मक दृष्टिले समीक्षण गर्ने प्रयास गरिएको भेटिन्छ । यस कृतिमा उनले रचनाको मूल्य निर्धारण गरेर उपयोगी र महìवपर्ूण्ा भए त्यसको कदर गर्नुपर्ने अन्यथा त्यस्ता रचनाको कुनै उपयोगिता नहुने तथ्यलाई स्पष्ट शब्दमा निर्भीकताका साथ राखेका छन् । नेपाली हास्यव्यङ्ग्य निबन्धफाँटका अद्वितीय प्रतिभा भैरव अर्यालका निबन्धहरूले विषय रोज्ने चातर्ुय, विषयलाई प्रस्तुत गर्ने विशिष्टता, निजात्मक अनुभूतिसँगैका विचार र समाजमा विद्यमान विकृति-विसङ्गतिलाई हर्ेर्ने उनको दृष्टिकोणलाई एकसाथ अभिव्यक्त गरेका छन् । व्यक्तिभन्दा प्रवृत्तिलाई व्यङ्ग्य गर्ने उनको शिष्ट निबन्धशैली अनुपम रहेको छ । व्यङ्ग्य र आक्रोश व्यक्त गर्न कडा भाषाको आवश्यकता पर्दैन, शिष्ट र सरल शब्दहरूको प्रयोगद्वारा नै गर्न सकिन्छ भन्ने तथ्यको उदाहरण पनि हो उनका हास्यव्यङ्ग्यात्मक निबन्धहरू ।

श्रीधर खनाल (१९८८) 

नेपाली हास्यव्यङ्ग्य निबन्धका क्षेत्रमा २०१७ सालतिरै देखापर्ने श्रीधर खनाल नेपाली साहित्यमा हास्यव्यङ्ग्य निबन्धकारका रूपमा चिनिन्छन् र प्रतिष्� ित छन् । उनको नमरी संसार देखिन्न र अरू दस निबन्ध २०२० सालमै छापिएको देखिन्छ । यो सङ्ग्रहको नाम दोस्रो संस्करणपछि नमरी संसार देखिन्न मात्रै राखिएको छ । उनले \’श्रीसमानान्तर\’, \’बमभोला\’, \’गिद्धचक्षु\’ र \’शुद्धचक्षु\’ आदि उपनामबाट पनि हास्यव्यङ्ग्य रचना गर्ने गरेका छन् । सानो विषयबाट सुरु भएको उनको निबन्ध क्रमशः मानव र समाजको गहन अध्ययन गर्दै अघि बढ्छन् र तिनका अन्तरकुन्तरमा पसेर व्यङ्ग्यका माध्यमबाट सचेत गराउँछन् । उनका निबन्धहरू प्रायः विवरणात्मक भए पनि संस्मरण, कथांश र अनुभूतिहरूको सम्मिश्रणबाट एउटा बेग्लै मि� ास दिने प्रयास ती निबन्धमा भएको देखिन्छ । श्रीधर खनालले बालमुकुन्ददेव पाण्डेसँग मिलेर उल्लीबिल्ली -२०३१) व्यङ्ग्य निबन्धसङ्ग्रह पनि लेखेका छन् ।

विष्णु नवीन (१९९५-२०४०) 

विष्णु नवीनले विभिन्न विधामा कलम चलाए पनि उनको व्यक्तित्व र क्षमता हास्यव्यङ्ग्य निबन्धका क्षेत्रमा बढी मुखरित भएको छ । उनी एकातिर समाजमा विद्यमान विकृति र विसङ्गतिबाट आक्रोशित देखिन्थे भने अर्कातिर आफूले वैयक्तिकरूपमा भोग्नुपरेका अपमानजनक स्थिति-परिस्थिति एवं पारिवारिक रूपमा भोग्नुपरेको आर्थिक समस्याबाट पनि आक्रान्त थिए । यिनै सर्न्दर्भ र परिपे्रक्ष्यमा उनको हास्यव्यङ्ग्य निबन्धकारको व्यक्तित्वको निर्माण भएको देखिन्छ । उनका हास्यव्यङ्ग्य निबन्धका दर्ुइ कृति श्रीमतीसित एक दिन -२०२२) र छातीमा नआँटेका कुरा -२०२९) मा पनि यिनै सर्न्दर्भ र परिपे्रक्ष्यमा लेखिएका विभिन्न निबन्धहरू सङ्गृहीत छन् । उनका निबन्धहरूले सामाजिक सर्न्दर्भहरूलाई विशेष गरी आफ्नो विषय बनाएको भए पनि तिनमा तत्कालीन समाजको चित्रणबाहेक पनि धेरै कुरा पाउन सकिन्छ । वास्तवमा उनको निबन्धको विषयवस्तु भत्किँदै गएको सामाजिक संरचनाभित्रको चरित्रहीन र स्वार्थी मानिस नै हुन् । मानवीय दुष्प्रवृत्तिहरूलाई आफ्ना निबन्धमार्फत कडा व्यङ्ग्य गर्ने क्षमता उनमा देखिन्छ । उनका निबन्धहरूलाई हास्यव्यङ्ग्य निबन्धको कोटीमा राखे पनि तिनमा हास्यभन्दा व्यङ्ग्यचेत प्रखर पाइन्छ तर लेखकजीवनको उत्तर्रार्द्धतिरका उनका धेरै रचनामा भने यौनविकृतिका खुला चित्रण छन् ।

रामकुमार पाँडे (२००३) 

वि.सं. २०१८ मा \’म अग्लो भएँ\’ शर्ीष्ाकको निबन्ध छापेर हास्यव्यङ्ग्यको क्षेत्रमा उत्रिएका रामकुमार पाँडे आफ्ना हास्यव्यङ्ग्य निबन्धलाई \’पाँडेपुराण\’ भन्न रुचाउँछन् । पुराणको सङ्ख्या अ� ार भएजस्तै उनका हास्यव्यङ्ग्य निबन्धसङ्ग्रहको सङ्ख्या पनि करिब-करिब अ� ार पुगेको देखिन्छ । यसबाट पनि उनको यस क्षेत्रप्रतिको लगाव र रुचि प्रकट हुन्छ । उनका करिब ५० वटा उपनाम रहेको उनी स्वयंले स्वीकारेका छन् । नेपाली हास्यव्यङ्ग्य निबन्धका क्षेत्रमा र्सवाधिक पुस्तक लेख्ने श्रेय पनि उनलाई नै छ । अहिलेसम्म प्रकाशित उनका हास्यव्यङ्ग्य निबन्धसङ्ग्रहहरू यस प्रकार छन्-ख्यालख्याल -२०२३), सञ्चै छ – -२०२५), खप्पर ! -२०२६), मोज गर्नोस् ! -२०२७), बाह्रमज्जा -२०३०), बाबुको बिहे -२०३३), सीङ न पुच्छर -२०३६), रसरङ्ग -२०४२), ताल बेताल -२०४९), १०१ हास्यव्यङ्ग्य -२०५०), २८ पुराण -२०५५), व्यङ्ग्यको बम -२०५२), छेडपेच -२०५२), छिल्लगी -२०५२), � ट्टारमाइलो -२०५२), रङ्गव्यङ्ग्य -२०५२), गधा मोल्ने काम -२०५२), रामरमिता -२०५२) । उनका रचनाहरूमा शाब्दिक अनुप्रासका साथै उखान-टुक्काहरूको मी� ो प्रयोग एकातिर पाइन्छ भने र्सवसाधारणले बुझ्ने रसिलो र चखिलो भाषाको प्रयोग भएको देखिन्छ । हास्यव्यङ्ग्य लेखन, यसको पर््रवर्द्धन र नवोदितहरूलाई प्रोत्साहन गर्नेलगायतका कामहरूमा महìवपर्ूण्ा योगदान दिँदै आएका उनी हास्यव्यङ्ग्य समाज नेपाल -हासने) का अध्यक्ष पनि हुन् । प्रत्येक वर्षकुकुर तिहारका दिन उनले आफ्नो घरमा आलु पार्टर्ीीे आयोजना गर्ने गरेको प्रसङ्ग पनि यहाँनेर सम्झनु उपयुक्त हुन्छ ।

बालमुकुन्ददेव पाण्डे (१९९३-२०५९) 

बालमुकुन्ददेव पाण्डेले आफ्नो सक्रिय साहित्यिक जीवनको पर्ूवार्द्धमा हास्यव्यङ्ग्य निबन्धका क्षेत्रमा कलम चलाएर आफूलाई अभिव्यक्त गरेको पाइन्छ । हास्यव्यङ्ग्य निबन्धका क्षेत्रमा उनी \’घटोत्कच शर्मा\’का नामले पनि चिनिन्छन् । यस्तै \’फाँइफुट्टीराज\’, \’देव\’, \’वीरोचन\’ आदि नामबाट उनले सिर्जना गरेका रचनाहरूको सङ्ख्या पनि प्रशस्त देखिन्छ । उनको हालसम्म प्रकाशित एकल हास्यव्यङ्ग्य निबन्धसङ्ग्रह दमाहा हो र यो २०२४ सालमा प्रकाशित भएको थियो । यसमा चौबीस निबन्ध छन् । उनका हास्यव्यङ्ग्य निबन्धहरूमा नेपाली जनजीवनका कमी एवं कमजोरीहरूलाई नै विषय बनाइएका छन् र तिनको निराकरणका लागि सचेत गराइएको छ । मानवीय कमजोरीहरूको चित्रण र चर्चाद्वारा उनले मानिसलाई सच्चरित्र, नैतिकतावान् र इमानदार बन्न पनि उत्पे्ररित गरेका छन् । साथै नेपाली राजनीतिमा देखिएको सत्ताउन्माद, संस्कृतिमा देखापरेका पाश्चात्य प्रभाव र साहित्यमा देखिएका भद्रगोलप्रवृत्ति पनि उनका निबन्धका विषय बनेका छन् । यसरी विषयगतरूपमा उनका निबन्धहरू समाज र मानव-विकृतिविरुद्ध आक्रमण गर्छन् भने शैलीगतरूपमा आत्मपरक तरिकाले स्मित-हास्यको प्रयोगद्वारा पा� कलाई बाँधिराख्न चाहन्छन् । व्यङ्ग्य त उनको मूलस्वर नै रहेको छ । उनी चलनचल्तीका सामान्य भाषाको प्रयोग गरेर आफ्ना निबन्धमा हास्य र व्यङ्ग्यका लागि वातावरण सिर्जना गर्छन् । दमाहामा भएको \’आलो चक बन्नुहोस् ! नाम फिँजाउनुहोस्\’ले आलोचनामा नाममा भित्रिएका विकृतिलाई कडा व्यङ्ग्य गरेको छ । \’का� माडौंमा जोगिनुपर्ने वस्तु\’ -रूपरेखा, २०२७), \’मेरा लागि नजाने गाउँको बाटो-डाढो\’ -डाढो, व्यङ्ग्य निबन्धसङ्ग्रह, २०३१) उनका अन्य उत्कृष्ट हास्यव्यङ्ग्य निबन्ध हुन् । उनले अर्का हास्यव्यङ्ग्य निबन्धकार श्रीधर खनालसँग मिलेर उल्लीबिल्ली शर्ीष्ाकको हास्यव्यङ्ग्य निबन्धकृति २०३१ सालमा प्रकाशित गरेका छन् ।

श्याम गोतामे (१९९६-२०५५) 

श्याम गोतामे आफैलाई व्यङ्ग्य गर्न पनि पछि नपर्ने महìवपर्ूण्ा हास्यव्यङ्ग्य निबन्धकार हुन् । हास्यव्यङ्ग्य लेख्नका लागि यथार्थपरक दृष्टिकोण र निर्भीकता आवश्यक पर्ने विचार राख्ने उनको मपाईं -२०२६), जदौ -२०२७), कायेनवाचा -२०३४) र श्याम गोतामेका प्रतिनिधि हास्यव्यङ्ग्य -२०४६) शर्ीष्ाकका गरी चार हास्यव्यङ्ग्य निबन्धसङ्ग्रह प्रकाशित छन् । निबन्धकार श्याम गोतामे आफ्नो प्रारम्भिक लेखनदेखि नै सामाजिक विडम्बना र व्रि्रूपतालाई विषय बनाएर अघि बढेको पाइन्छ । आधुनिकताका नाममा नेपाली समाजमा भित्रिएका विकृतिहरूलाई प्रहार गर्ने कार्य उनले आफ्नो प्ाहिलो निबन्धसङ्ग्रह मपार्इंदेखि सुरु गरेका हुन् । उनको तीनवटै हास्यव्यङ्ग्य निबन्धसङ्ग्रहका उत्कृष्ट रचनाहरू सङ्गृहीत श्याम गोतामेका प्रतिनिधि हास्यव्यङ्ग्यमा रहेका बाइस निबन्धहरूले विषयवस्तुको चयनमा तीक्ष्णता, विषयवस्तुलाई प्रस्तुत गर्ने मनोरम शिल्प, सहज र सरल भाषा एवं प्रखर आलोचनात्मक दृष्टिचेतलाई प्रकट गर्छन् । सङ्ग्रहका निबन्धहरूमध्ये मपाईंबाट \’मेरो नाउँ खोई -\’, \’मपाईं\’, \’महान् हास्यव्यङ्ग्यकारसँग अन्तर्वार्ता\’ र \’भुँडी-सेवा नियमावली\’ र कायेनवाचाबाट \’प्रुफरिडर\’, \’डा.द्रव्यपिशाच\’, \’तिहारको उपलक्ष्यमा दाजुलाई बहिनीको निम्ता\’, \’मेरा पाहुनाहरू\’, \’लेखन उद्योग र धनोपार्जन\’, \’लेखक र बूटपालिस\’ र \’लेख कसरी तयार गर्ने -\’ लिइएका छन् । यीबाहेक \’चर्चो पानीको/चियो घूसको\’, \’खजाञ्जी बाजेको सम्झना\’, \’छोलेभटुरेको विमोचन\’, \’विज्ञापनको विज्ञापन\’, \’घाँस\’, \’साहित्यमा वणिक् वृत्ति\’, \’सेलाएको साहित्य\’, \’बहिदारको छनोट\’, \’माड्साप\’, \’शुद्ध किन लेख्ने -\’ र \’बन्दको बन्दोवस्त\’ भने र्सवप्रथम यसै सङ्ग्रहमा परेका हुन् । व्ास्तुतः हास्यव्यङ्ग्य निबन्धकार गोतामेको मूल प्रवृत्ति व्यक्तिआक्षेपका माध्यमबाट रचना सिर्जना गर्नु नभई चरित्र र प्रवृत्तिमाथि प्रहार गर्दै सुधारका लागि बाटो देखाउनु रहेको छ । उनी आफ्ना निबन्धमा जबर्जस्ती हास्यभाव सिर्जना गर्न रुचाउँदैनन् भने व्यङ्ग्य गर्ने क्रममा शिष्टता र मर्यादाको पनि उल्लङ्घन गर्दैनन् । उनी आफ्ना निबन्धमा कथ्यको माध्यमबाट पा� कलाई हँसाउछन् भने त्यसलाई प्रस्तुत गर्ने शैलीले व्यङ्ग्य गर्छन् तर तुलनात्मक रूपमा हर्ेदा उनका निबन्धमा हास्यभन्दा व्यङ्ग्यभाव प्रबल देखिन्छ ।

र्सूयबहादुर पिवा (१९८४-२०६३)

पाँच दशकभन्दा बढी समयदेखि लेखनमा संलग्न र्सर्ूयबहादुर पिवाका हास्यव्यङ्ग्य निबन्धका चार कृति प्रकाशित छन् । मास्टरसाहेब -२०३५), घुयेँत्रो -२०५५), झटारो -२०५५) र जिउँदो मान्छेको फेला -२०६१) – यी कृतिमार्फत उनले नेपाली जीवनका विविध क्षेत्रमा विद्यमान अनेकानेक कमी-कमजोरी एवं विसङ्गत पक्षलाई सम्बन्धित क्षेत्रसम्म पुर्‍याउने प्रचेष्टा गरेका छन् । जीवनभर शिक्षण गरेकाले हुनसक्छ उनले आफ्नो पहिलो हास्यव्यङ्ग्य निबन्धसङ्ग्रहको नाम नै मास्टरसाहेब राखे । प्रारम्भकालीन रचनाहरूको सो सङ्ग्रहमा रहेका निबन्धहरूमध्ये \’भनसुन कम्पनी\’, \’प्रतिशत\’, \’मेनट्रीफार्मिङ\’ तुलनात्मक रूपमा राम्रा छन् । त्यसपछि धेरै लामो समयसम्म उनको कृति प्रकाशित हुनसकेन तर पहिलो सङ्ग्रह छापिएको बीस वर्षछि २०५५ सालमै उनको दोस्रो र तेस्रो हास्यव्यङ्ग्य निबन्धसङ्ग्रह करिब एक महिनाको अन्तरमा प्रकाशित भएको देखिन्छ । घुयेँत्रोमा उन्नाइस र झटारोमा पच्चीस निबन्ध रहेका छन् । निबन्धकार पिवाका विशेषता के देखिन्छ भने उनी आफ्ना निबन्धहरूमा आफू र आफ्नो परिवारका सदस्यहरूलाई समेत पात्रका रूपमा उभ्याउन हिच्किचाउँदैनन् । घुयेँत्रोमा एउटा निबन्धको शर्ीष्ाक नै \’र्सर्ूयबहादुर पिवा\’ रहेको छ । वास्तवमा अरूलाई पात्र बनाउनु सजिलो छ तर आफू र आफ्नो परिवारलाई नै पात्र बनाएर लेख्न सजिलो छैन । उनका हास्यव्यङ्ग्य निबन्धहरूमा कडा भाषा र आक्रोशपर्ूण्ा शैलीभन्दा विषयलाई कथात्मक एवं संवादात्मक ढङ्गमा प्रस्तुत गर्ने कलाको प्रयोग भएको पाइन्छ । लोग्ने-स्वास्नी र घर-परिवारका विषय उनका निबन्धमा त्यत्तिकै सशक्तरूपमा आएको छ जति राष्ट्रिय र सामाजिक विषय आएका छन् । उनको सबैभन्दा पछिल्लो हास्यव्यङ्ग्य निबन्धसङ्ग्रह जिउँदो मान्छेको फेलामा भने उनले विगत १५/१६ वर्षो अवधिमा देखिएका विकृतिजन्य व्यवहारलगायतका विविधखाले विषयलाई आफ्नो निबन्धको विषय बनाएका छन् ।

लोकेन्द्रबहादुर चन्द (१९९६)

लोकेन्द्रबहादुर चन्दकोे साहित्यिक व्यक्तित्वको मूल पाटो हास्यव्यङ्ग्य निबन्ध रहेको छ । उनको पहिलो हास्यव्यङ्ग्य निबन्ध \’चश्मा\’ २०३३ सालको मधर्ुपर्कमा प्रकाशित भएको थियो । बाह्रौँं खेलाडी -२०३५) चन्दको एकमात्र प्रकाशित हास्यव्यङ्ग्य निबन्धसङ्ग्रह हो । विशेष गरी घटनाहरूको शृङ्खलाबद्ध प्रस्तुतिसँगै पे्रमको सुरुआत, विकास र चरमोत्कर्षाई उनले यी तीन निबन्धमा व्यङ्ग्यात्मक शैलीमा संयोजन गरेका छन् । समसामयिक सर्न्दर्भहरू पनि निबन्धसँगै प्रस्तुत गर्ने उनको शैली रहेको छ । उनका निबन्धमा पश्चिमेली भाषिकाको प्रभाव देखिनुलाई स्वाभाविक मान्नर्ुपर्छ ।

हरिबन्दी (२००१)

वि.सं. ०२४/२५ देखि हास्यव्यङ्ग्य निबन्धका क्षेत्रमा देखिएका हरि बन्दीले हाम्रा राष्ट्रिय, सामाजिक एवं वैयक्तिक जीवनमा देखिएका विसङ्गतिका अनेक पाटालाई निबन्धीकरण गरेको पाइन्छ । यस्तै रचनाहरू सङ्गृहीत उनको आफ्नो-आफ्नो महाभारत -२०३५) र उल्टोपट्ट ि-२०४५) गरी दर्ुइ हास्यव्यङ्ग्य निबन्धकृति प्रकाशित पनि छन् ।

मोहनराज शर्मा (१९९७)

मोहनराज शर्मा कथा, नाटक र समालोचनाका क्षेत्रका प्रखर व्यक्तित्व त हुँदैहुन्, तथापि हास्यव्यङ्ग्य निबन्ध क्षेत्रमा पनि उनको कलम राम्ररी चलेको पाइन्छ । उनका हास्यव्यङ्ग्य निबन्धहरू \’मोराश\’ नामबाट छापिएका देखिन्छन् । इन्टरभ्यू स्पेसलिस्ट मि. झप्पु सिंह डबल एम.ए. -२०३८) र पुछारको पातो -२०४०) उनका प्रकाशित हास्यव्यङ्ग्य निबन्धसङ्ग्रह हुन् ।

विश्व शाक्य (२००६)

विश्व शाक्य हास्यव्यङ्ग्य निबन्ध रचनाका क्षेत्रमा सफल छन् भन्ने तथ्य उनका कृष्ण उवाच -२०३८), कस्तो गधा रहेछ -२०५०) र श्रीपशुमहापुराण -२०५७) कृतिबाट पुष्टि हुन्छन् । कुनै व्यक्ति, समाज, राजनीतिक दल, सङ्घ-संस्था उनको आक्रमणको केन्द्रविन्दु होइनन्, उनी त प्रवृत्तिको चिरफार गर्छन् र जताजतै बढिरहेका विकृतिलाई प्रहार गर्छन् । उनको यही सीप र शैलीले उनलाई सफल निबन्धकारको रूपमा प्रतिष्� ा प्रदान गरेको हो ।

नरेन्द्रराज पौडेल (२००६)

नरेन्द्रराज पौडेलका घरभित्रको गाईजात्रा -२०४१), बिहेको निम्ता -२०४४) र मङ्की स्टेट याने वानरराज्य -२०५१) जस्ता हास्यव्यङ्ग्य निबन्धकृतिले उनलाई हास्यव्यङ्ग्य निबन्धकारका रूपमा चिनाएका छन् । उनका हास्यव्यङ्ग्य निबन्धहरू हाम्रा राष्ट्रिय जीवनमा देखिएका विविधखाले समस्या र सङ्कटहरू, समाजमा देखिएका अर्घर्ेेाइँ र विडम्बनाहरू तथा व्यक्तिहरूका चारित्रिक क्षुद्रता र कमजोरीहरूका वरिपरि केन्द्रित देखिन्छन् ।

मुकुन्द आचार्य (२००१)

मुकुन्द आचार्य प्राध्यापन, लेखन र पत्रकारिता तीन क्षेत्रमा सक्रिय रहेका साहित्यिक व्यक्तित्व हुन् । लेखनमा पनि हास्यव्यङ्ग्य उनको रुचिको क्षेत्र हो र नेताको रूपलाई चुरोटको धूप -२०४२) र प� ्� ो बन्ने रहरमा -२०४६) दर्ुइ हास्यव्यङ्ग्य निबन्धसङ्ग्रहमार्फत उनले समसामयिक विषमता र विरोधाभासहरूको चिरफार गर्ने प्रयास गरेको पाइन्छ ।

चोलेश्वर शर्मा (२००२)

नेपाली हास्यव्यङ्ग्य निबन्धका क्षेत्रमा सक्रिय चोलेश्वर शर्माको हास्यव्यङ्ग्य निबन्धको एक मात्र कृति म त अप्रिल फूल भएँछु वि.सं. २०४२ मा छापिएको छ, जसमा बीस निबन्ध छन् । उनका निबन्धका विषयवस्तु हाम्रा सामाजिक, सांस्कृतिक र राजनीतिक विसङ्गतिका विविध पाटाहरू हुन् । उनीे समाजमा देखिएका विविध विडम्बना र विकृतिबाट प्राप्त विषयवस्तुलाई शिष्ट भाषामा निबन्धीकरण गर्दै त्यसको धतुरो झार्न अग्रसर देखिन्छन् । मानवीय जीवनका दर्ुबलता, पश्चिमी सभ्यता र संस्कृतिको अन्धानुकरणबाट उत्पन्न समस्या, अतिभौतिकताका कारण देखिएका दुष्परिणामहरू, बढ्दो सामाजिक पाखण्डपन, राजनीतिक एवं प्रशासनिक अराजकतालगायतका विषयमा उनी सचेत देखिन्छन् र तिनलाई आफ्ना निबन्धका विषयवस्तु बनाएर त्यसैको केन्द्रीयतामा रचनाको सृष्टि गर्छन् ।

विमल निभा (२००९)

नेपाली साहित्यमा सशक्त व्यङ्ग्य निबन्धकारका रूपमा आफ्नो उपस्थिति देखाउन सफल विमल निभाको चौथो कालम -२०४६) र छेउको बधशाला -२०६१) गरी दर्ुइ व्यङ्ग्य निबन्धसङ्ग्रह प्रकाशित भएका छन् । निभाका निबन्धहरू राजनीतिक विषयहरूमा बढी केन्द्रित देखिन्छ । विशेषतः समाज र राष्ट्रका विभिन्न क्षेत्रमा देखिएका विकृतिहरूबाट नै उनी निबन्धलेखनमा लागि उत्पे्ररित हुन्छन् । बौद्धिकताको पर््रदर्शनभन्दा तार्किकताको प्राधान्यता, सामान्य विषयको प्रभावपर्ूण्ा प्रस्तुति, समकालीन जीवन र चरित्रको त्रासद चित्रण एवं मौलिक अभिव्यक्तिसीप उनको निबन्धका विशेषता हुन् ।

खगेन्द्र सङ्ग्रौला (२००३)

खगेन्द्र सङ्ग्रौलाका जनआन्दोलनका र्छराहरू -२०४७), सङ्कटकालमा कुन्साङ काका -२०५९) र घोडार्,र् इश्वर र मेरा बा -२०६०) लगायतका व्यङ्ग्य निबन्धसङ्ग्रह प्रकाशित भएका छन् । उनको पहिलो निबन्धसङ्ग्रह जनआन्दोलनका र्छराहरूमा २०४६ सालको जनआन्दोलनताकाका राजनीतिक घटनाचक्रसँग सम्बन्धित समसामयिक लेखरचनाहरू सङ्गृहीत छन् । विशेषतः यी लेखरचनाहरूमा उनी तत्कालीन राजनीतिक व्यवस्थाका विरुद्ध क्रान्तिकारी स्वर उरालिरहेका भेटिन्छन् । राजनीतिक यथास्थितिवादका विरुद्ध लेखनका माध्यमबाट कलमयुद्धका पक्षधर उनी सबै विकृतिहरूको जड राजनीतिक व्यवस्थालाई मान्छन् । यी रचनाहरूलाई तत्कालीन समयको स्वरका रूपमा लिन सकिन्छ । साहित्यिक मूल्यवत्ताका दृष्टिकोणले भने उनको घोडार्,र् इश्वर र मेरा बा निबन्धसङ्ग्रह महìवपर्ूण्ा रहेको छ ।

रुद्र खरेल (२००४)

रुद्र खरेल प्रबल व्यङ्ग्यचेत भएका निबन्धकारका रूपमा चिनिन्छन् । तपाईंको नाम के हो -, -२०४८), तोरीलाहुरे चोकमा एक छिन -२०५२), बिर्सिस्यो कि – -२०५७), आषाढस्य प्रथम दिवसे -२०५९) र तेस्रो आँखा -२०६१) पाँच व्यङ्ग्य निबन्धसङ्ग्रहमा समाविष्ट एकासि निबन्धले उनलाई यथार्थ र प्रगतिवादी चेत भएका चोटिलो व्यङ्ग्य निबन्धकार भएको प्रमाणित गर्छ । निबन्धकार रुद्र खरेलका सबै निबन्ध हाम्रा सामाजिक-राजनीतिक परिदृश्यका विविध पाटा र मानवीय कमजोरर्ीतर्फ केन्द्रित छन् । आफ्ना अनुभव र पर्यवेक्षणका माध्यमले उनले समसामयिक स्थित्रि्रति तीब्र व्यङ्ग्य गर्दै समाज र राष्ट्रलाई एउटा उचित बाटोमा हिँड्नपर्ने निर्देश गरेको देखिन्छ । निबन्धलेखनमा उनी आफ्ना पर्ूवस्मृतिहरूको प्रयोग गर्दै समकालीन व्रि्रूप र विकृतिलाई चित्रण गर्छन् । समाजमा उभिएका भ्रमका पर्खालहरू भत्काउँदै उनी आफ्नै सांस्कृतिक चेतनालेयुक्त आदर्श र सुसंस्कृत समाजको स्थापनामा निबन्धमार्फत जोड दिन्छन् ।

प्रकाश पे्रमी (२००६-२०५०) 

प्रकाशमान श्रेष्� अर्थात् प्रकाश पे्रमीले लामो आयु भोग्न नपाए पनि जति बाँचे नेपाली हास्यव्यङ्ग्य निबन्धका क्षेत्रमा सक्रिय भएर बाँचे । उनका पत्रपत्रिकामा छापिएका थुपै्र फुटकर निबन्धमध्येबाट छानिएका आ� वटाको सङ्ग्रह पर जा तन्त्र वि.सं. २०५० मा छापिएको छ । यी सबै निबन्ध २०४१ सालदेखि २०४९ सालको अवधिभित्र भाँडभैलो र झयाइँकुटी पत्रिकामा प्रकाशित भएका हुन् । उनको पहिलो हास्यव्यङ्ग्य रचना भने \’खजान्ची मन्त्रीलाई विन्तीपत्र\’ २०४१ सालको भाँडभैलो पत्रिकामा प्रकाशित भएको थियो ।

विष्णु प्रभात (२००९)

विष्णु प्रभातले गर्द्यतर्फ थुपै्र पुस्तक लेखे पनि मूलतः हास्यव्यङ्ग्य निबन्धकारकै रूपमा यिनलाई दर्ज्यानी प्राप्त भएको छ । यस्तो दर्ज्यानी प्राप्त हुनमा खर्ुसानी पुराण -२०५१), खुच्चिङ -२०५३), खुलैखुलाका कुरा -२०५६), खुलदुली -२०५८), खुसखुस कम्पनी -२०५९) र खुराक -२०५९) गरी आधा दर्जनको सङ्ख्यामा रहेका हास्यव्यङ्ग्य निबन्धकृतिहरूले उनलाई सहयोग गरेका छन् । हास्यव्यङ्ग्य निबन्धका छवटै कृतिको नाम उनले \’ख\’ वर्ण्र्ााट जुराएका छन् । यसो हुनुमा संयोग मात्र छ या ज्योतिषशास्त्रअनुसार गरिएको हो, त्यसको स्पष्टीकरण भने उनले दिएका छैनन् । \’आशावादी\’, \’यज्ञप्रसाद\’जस्ता उपनामबाट पनि उनका यस्ता निबन्ध छापिएका छन् ।

नरनाथ लुइँटेल (२०१६)

भोजपुरका नरनाथ लुइँटेल परिस्थितिले आफैलाई व्यङ्ग्य गर्न थालेपछि हास्यव्यङ्ग्य निबन्धलेखनमा सक्रिय भएका हुन् । वि.सं. २०३६ मा \’निर्दलीय प्रभुका २३ अवतार वर्ण्र्ाा निबन्ध छापेर यस क्षेत्रमा होमिएका उनले छेपन -२०५१), सिङ न पुच्छर -२०५३), चम्चा चिन्तन -२०५५) र बाँदरको हातमा नरिवल -२०६०) चार निबन्धसङ्ग्रह प्रकाशित गरेपछि आफ्नो छवि बनाउन सफल भएका छन् । उनले \’जुँगेकाजी\’, \’सर्ुदर्शन\’ र \’रामप्रसाद शर्मा\’का नामबाट हास्यव्यङ्ग्य निबन्ध रचना गरेको पाइन्छ ।

उत्तमकृष्ण मजगैयाँ (२००९)

नेपाली हास्यव्यङ्ग्य निबन्धका क्षेत्रमा २०३५ सालदेखि सक्रिय दाङ जिल्लाको डाँडागाउँ छिल्लीका उत्तमकृष्ण मजगैयाँले अहिलेसम्म चार हास्यव्यङ्ग्य निबन्धकृति प्रकाशित गरी आफ्नो सिर्जनात्मक सक्रियताको पुष्टि गरेका छन् । गोरखापत्रमा २०३५ सालमा छापिएको \’डाक्टरीको चक्करमा\’ उनको पहिलो हास्यव्यङ्ग्य निबन्ध हो । धरोधर्म हजुर -२०५४), गृहलक्ष्मी भित्र्याएपछि -२०५४) र सुनको फूल पार्ने पोथी -२०५४) उनका प्रकाशित हास्यव्यङ्ग्य निबन्धकृति हुन् ।

भाउपन्थी (२००१)

भाउपन्थी नेपाली आख्यानेतर गद्यमा पनि विशेष गरेर हास्यव्यङ्ग्य निबन्धविधालाई आफ्नो सिर्जना क्षेत्रको रूपमा स्वीकारेर अघि बढेको देखिन्छ । पत्रपत्रिकामा धेरै अघिदेखि हास्यव्यङ्ग्य निबन्ध लेख्न थाले पनि उनको चोर ! चोर !! शर्ीष्ाक हास्यव्यङ्ग्यात्मक निबन्ध २०५५ सालमा मात्र प्रकाशित भएको छ ।

मुन पौडेल (२०१२)

मुन पौडेलका पत्रपत्रिकामा प्रशस्त हास्यव्यङ्ग्य निबन्ध छापिए पनि सङ्ग्रहका रूपमा भने सफलताका तीन मन्त्र -२०५५) र बुद्धिजीवी र पुच्छर -२०५८) दर्ुइ सङ्ग्रह प्रकाशित छन् ।

चटयाङ मास्टर (२०१०)

कृष्णमुरारी गौतम नेपाली साहित्यमा चटयाङ मास्टरका नामबाट परिचित र प्रतिष्� ित व्यक्तित्व हुन् । उनको चटयाङगीता शर्ीष्ाकमा छापिएका कृतिहरूले समसामयिक स्थित्रि्रति तीक्ष्ण व्यङ्ग्य गरेका छन् । वि.सं. २०५८ मा छापिएको चटयाङगीता -भाग २) चाहिँ उनको हास्यव्यङ्ग्यात्मक निबन्धहरूको महìवपर्ूण्ा सङ्कलन हो, जसमा छत्तीस रचनाका माध्यमबाट उनले हाम्रा राजनीतिक, आर्थिक, सामाजिक, प्रशासनिक, शैक्षिक क्षेत्रमा विद्यमान विकृति, व्रि्रूपता, विषमता र विसङ्गतिलाई चोटिलो प्रहार गरेर सुधारका लागि सन्देश दिएको देखिन्छ ।

नरमेन्द्र लामा (२०१०)

नरमेन्द्र लामाको हास्यव्यङ्ग्य निबन्धलेखनका क्षेत्रमा २०३७ सालदेखि प्रवेश भएको देखिए पनि कृति भने दर्ुइ दशकपछि मात्र छापिएको देखिन्छ । उनको सांसदको पाडो २०५८ सालमा र कुखुरीको दूध २०६० सालमा प्रकाशित भएका छन् । प्रकाशनका हिसाबले सांसदको पाडो पहिलो कृति भए तापनि लेखनका हिसाबले कुखुरीका दूधमा रहेका निबन्धहरू पुराना हुन् । कुखुरीको दूधमा २०३७ देखि २०४७ सालसम्मका चौबीस र सांसदको पाडोमा २०४८ देखि २०५६ सालसम्मका पच्चीस हास्यव्यङ्ग्य निबन्धलाई समावेश गरिएको छ ।

मनोज गजुरेल (२०३०) 

हास्यकलाकारका रूपमा मात्र नभई हास्यव्यङ्ग्यलेखकका रूपमा समेत आफ्नो पहिचान बनाउन सफल मनोज गजुरेलका लुखास्त -२०५८) र हनुम्यान -२०५९) दर्ुइ हास्यव्यङ्ग्यात्मक निबन्धकृति प्रकाशित भएका छन् । समाज र समयका व्रि्रूप र विषमतालाई आफ्ना निबन्धमार्फत अभिव्यक्ति दिने गजुरेलले यो सक्रियता महìवपर्ूण्ा देखिन्छ ।

लक्ष्मण गाम्नागे (२०२१)

लक्ष्मण गाम्नागे \’जम्बुमन्त्री\’, \’साँल्दाइ\’, \’खोइबिर्के\’, \’चरीमुखे\’, \’चारआँखे\’, \’लक्ष्मीशर्मा\’ जस्ता उपनामबाट विगत दर्ुइ दशकदेखि निरन्तर हास्यव्यङ्ग्यका क्षेत्रमा सक्रिय देखिन्छन् । पत्रपत्रिकामा उनका प्रशस्त फुटकर हास्यव्यङ्ग्यात्मक निबन्ध प्रकाशित भए पनि कृतिको रूपमा भने २०६१ सालमा ला� ीचार्ज शर्ीष्ाकको सङ्ग्रह प्रकाशित भएको छ, जसमा तेत्तीस निबन्ध सङ्गृहीत छन् ।

विवश पोखरेल (२०१५)

विवश पोखरेल कविता र कथाका अतिरिक्त हास्यव्यङ्ग्य निबन्धलेखनमा समेत अग्रसर देखिएका छन् । विभिन्न दैनिक पत्रपत्रिकामा छापिएका उनका दर्ुइ दर्जनभन्दा बढी व्यङ्ग्य निबन्ध साँढेको दाइँ -२०६२) शर्ीष्ाक पुस्तकाकार कृतिका रूपमा निस्किएको छ । सङ्ग्रहमा रहेका निबन्धहरूले उनको निबन्धको विषयवस्तु असीमित रहेको मात्रै सङ्केत गर्दैनन्, अपितु निबन्धका लागि उनका दृष्टि विस्तारसम्म पुगेको छ भन्ने तथ्यलाई पनि प्रमाणित गर्छन् । यी उल्लेखित नामहरूदेखि बाहेक हास्यव्यङ्ग्यका क्षेत्रमा लागेका अन्य धेरै नामहरू छन् तर यी नामलाई प्रतिनिधिका रूपमा लिइएको हो ।

नेपाली हास्यव्यङ्ग्य निबन्धः इतिहासदेखि वर्तमानसम्म

चिनियाँ साहित्यमा हास्यव्यङ्ग्य 

टेलिभिजनको हास्यशृङ्खला हेरेर रुनु कि हाँस्नु ?

थारू भाषा-संस्कृतिमा हास्यव्यङ्ग्यको स्थिति

मलाई आशीर्वाद नदिनुहोला

सुनौलो बोली

नवजुँगेहरूको नयाँ चाला

स्टार हस्पिटल र मधौरु

नयाँ कार जोड्ने रहर

महादेवले घोक्र्याइदिए

र्सपको खुट्टा

क� ै, तीन हजारको भोज !

यस्ता पनि सांसद !

मङ्गलेको महानगर महात्म्य

सौर्न्दर्य पुराण

स्वच्छ छविको कवि

दुर्र्व्यसनी

मोबाइल महात्म्य

अभिनयको अभिनन्दन

आनीबानी

जय पैसा !

रद्दी कविता पढ्दै

गजल

गजल

म्वाइँ

भेषमा

केटा हो कि केटी ?

पाँच सुइरो

आफैलाई पहिले व्यङ्ग्य गर

हनुमान गाथा

आखिर म पनि त नेता हुँ !

केही मुक्तक

तिमीसँग के छ ?

वार्ता गरौँ

विमोचन

दुइ लघुकथा

जनताको ?

सूत्र कथाहरू

राष्ट्रिय रुने कविगोष्� ी

साहित्यका नवरत्न

म कसरी अमेरिकी बन्नेछु ?

एक पराजित नेताको अन्तर्वार्ता

प्रसङ्गवश : हास्यव्यङ्ग्यको प्रस्तुति र प्रकाशन

विचारमञ्च : हास्यव्यङ्ग्यमा कार्टुनकला र दृष्टान्तचित्रको महत्व

विश्वसाहित्य : व्यङ्ग्य चेतनाका महान् शिल्पी

[2007-06-10]

This entry was posted in समीक्षा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.