लोक कथा : भ्रष्टाचार

एकादेशमा एउटा राजा रहेनछन  राजालाई कथा सुनाउनेमनोरञ्जन गराउने एउटा मण्डलीरहेछ  त्यस मण्डलीले राजालाई गाँजाको लत बसालिदिएछ 

जुनसुकै बेला पनि गाँजाले लठ्ठिएकोदेखेपछि रानीले वैद्य बोलाएर गाँजा छुटाउने उपाय गर्न भनिछन्  

वैद्यले– ‘विहानदिउँसो  बेलुकाएक एक माना गाइको धारोष्ण दूध खुलाउनु’ भनेछन्  ©साहित्य सङ्ग्रहालय डट कम

रानीले तुरुन्तै एकजनालाई खटाइछन् त्यसले समयमा दूध खुवाए– नखुवाएको निगरानी गर्न अर्को एकजनालाई लगाइछन्  सुरुकादुईचार दिन  भनेबमोजिम दूध खुवाएछ 

 तर पछि दुईजना मिलेर एक एक माना आफूहरूलेखाने  राजालाई एक माना मात्रै खुवाउन थालेछन्  त्यो चाल पाएर रानीले ती दुईमाथि निगरानीराख्न अर्को एकजना खटाइछन् 

 दुई चार दिनपछि तिनैजना मिलेर एक एक माना दूध आफूहरूलेखाने  गाँजाले लठ्ठिएका राजालाई ओठ  जुँघामा दूधको गाज मात्र दलिदिने गरेछन्  रानीले हेर्दामुखभरि गाज हुन्छ  नखाएको कसरी भन्ने ?

This entry was posted in लोककथा / दन्त्यकथा and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.