~जय ब. घिमिरे~
लय : बहिनीको दया छ भने रोदीघर दाई नाच्यो नभने
तिमेरु सारै नै बेइमानी
पर्ख तिम्लाई लात्ताले नहानी
हे… दुई वर्षमा संविधान बनाउने बाचा
खाँदै हाम्रा नेताहरू सांसद भवन गाका
गोप्य सल्ला पैले गरे म्याद लम्ब्याउने
नभ्याएको बहानामा दारा ङिच्याउने
तिमेरु सारै नै बेइमानी
पर्ख तिम्लाई लात्ताले नहानी
हे… एक–एक बोकी चिर्पट छोड्नु हुन्न यिन्लाई अब त
हे… छ महिनामा भ्याउँछौं भन्दै अर्को म्याद थपे
गाँड कोराकोर बहानामा त्यसलाई पनि सके
तिमेरु सारै नै बेइमानी
पर्ख तिम्लाई लात्ताले नहानी
निर्लज्ज भै फेरि पनि अर्को म्याद पो थपे
यस भित्र नि बनाउँदैनन् बोले मैले सत्य
तिमेरु सारै नै बेइमानी
पर्ख तिम्लाई लात्ताले नहानी
हे… एवं रितले थप्दै थप्दै बर्सौं खान्छन् यिनले
देश डुबेर कङ्गाल हुन्छ विदेशीको ऋणले
तिमेरु सारै नै बेइमानी
पर्ख तिम्लाई लात्ताले नहानी
त्यसो भए उपाय चै के पो गर्न पर्ला
एक–एक वटा चिर्पट बोकी सिंह दरबार धर्ना
तिमेरु सारै नै बेइमानी
पर्ख तिम्लाई लात्ताले नहानी ।
संखुवासभा
२०७०/१/१४
(स्रोत : फित्कौली डट कम)