नेपाली प्यारोडी गीत : यहाँ अख्तियारको चिन्ता

~गणेश घिमिरे ‘मार्मिक’~

लय : यहाँ देशको छ चिन्ता, तिमी माया माया

यहाँ अख्तियारको चिन्ता तिमी पैसा पैसा भन्छ्यौ
साँच्चै नि मूर्ख हौ कि जानेर मूर्ख बन्छ्यौ ।

तिम्रै लिपिस्टिक किन्न गाह्रो छ याँ मलाई
तिमी ठूलो महलकी रानी बनाऊ भन्छ्यौ
साँच्चै नबुझ्ने हौ कि बुझेर नै सताउँछ्यौ
यहाँ अख्तियारको चिन्ता……

भोलिका निम्ति एउटा जागीर् जोगाउँदै छु म
जागीर नै नरहे तिमी कहाँ रमाउँछ्यौ
साँच्चै नबुझ्ने हौ कि बुझेर बुझ पचाउँछ्यौ ।
यहाँ अख्तियारको चिन्ता….

काठमाडौं

(स्रोत : फित्कौली डट कम)

This entry was posted in नेपाली प्यारोडी गीत and tagged , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.