~राधा कार्की~
तिम्रो
अजश्र सम्मानको
ओतले
मेरो हृदयाकाशको खुसी
लतपत नभए पनि
म भित्रका दुर्घटित सपनाहरू
क्रमशः उकालो चढ्नेछन्
सौभ्य संसारतिर
चेतनायुक्त भावुकतातिर
तिमी
यथार्थमा
ममा वशीभूत भएर आएका छौ
तिम्रो अनुपस्थितिमा
म कति बिचलित छैन
बरु कन्चन ! तिम्रो अभावको स्पर्शले
मेरो अक्षुण्ण वेदनालाई पखालेकीे छु
धोएकी छु विकृत माथिङ्गललाई
तिम्रो निम्ति म केही होइन
मैले म नै सम्झने वाध्यता
तिमी स्वीकार या अस्विकार गर
(मानवताको नाता)
तिमी एक हिस्सा यस सृष्टिको सिर्जना
म जस्तै हुनुपर्छ भन्ने छैन
सम्झौता गर
या त विरोध गर
तर, टुक्राउने प्रयास नगर ।
इलाम-२