गजल : तिमी कहाँ थियौ ?

~सीता थारू ‘निश्छल’~sita-nischal

जिन्दगीमा हाले चिठ्ठा, तिमी कहाँ थियौ ?
तिम्रै लागि माँगे भिक्षा, तिमी कहाँ थियौ ?

हातमा लिएर बरमाला र सिंदूर–थाली
घरि–घरि थापें टीका, तिमी कहाँ थियौ ?

सजाइएको थियो, हृदयमा त्यो ताज–महल
त्यसैमा नै लागे किरा, तिमी कहाँ थियौ ?

हे ! भगवान शिवशंकर पुकारे बार–बार
पठायो यमराजले भिसा, तिमी कहाँ थियौ ?

हो साँस हुँदासम्म त आश भने जस्तै
राम–राम ! भन्यो सीता, तिमी कहाँ थियौ ?

(स्रोत : परगोह्नी गजल संग्रह)

This entry was posted in गजल and tagged . Bookmark the permalink.

प्रतिकृया छोड्नुहोस्

  • प्रतिकृया छोड्नुहोस् (0)
  • फेस्बुकबाट प्रतिकृया छोड्नुहोस्

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.