तेजिन्द्र रानाका तीन मुक्तकहरु

~तेजिन्द्र राना मगर~tejindra-rana

१
दिनरातको त्यो गुजारा कटाउनु पर्छ हेर
सानो घरमा सबै जना अटाउनु पर्छ हेर
मिठो-मसिनोको त के कुरा गर्नु र प्रिय
हालेको खानालाई पनि घटाउनु पर्छ हेर

२
भयो अब मायाले सताउँदिन सानु
माया गर्छु भनेर हताउँदिन सानु
बोलाउदा खेरी झर्को मान्छौ भने
मनका सबै कुरा बताउँदिन सानु

३
तिमीलाई देख्दा सधै खुसि हुने मान्छे म
तिम्रै सम्झनामा आकाश छुने मान्छे म
धेरै टाढा जान्छु अब भन्दाखेरी तिमीले
तिम्रो सामु आँशु लुकाई रुने मान्छे म

( मिति : २०७२-०३-०७ )

(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )

This entry was posted in मुक्तक and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.