व्यङ्ग्य : भूतपूर्व मन्त्री र बहालवाला मन्त्रीको टेलिफोन वार्ता

~राम लोहनी~ram-lohani

भूपू मन्त्री — हेलो! हरिजी हो?

बहालवाला — हजुर हजुर! यहाँ “कोपर्नु” भो?

भूपू — कोपरेको थिइँन नि। समातेको मात्रै हो।

बहालवाला — को बोल्नुभएको भनेको।

भूपू — म? म, हरि!

बहालवाला — ए, हरि! को हरि बोल्नुभो फेरि?

भूपू — म भूपू।

बहालवाला — प्रष्ट भन्नुस् न को भूपू? यहाँ धेरै भूपू छन्। कानुनअनुसारको सुविधाभोगी भूपू, गैरकानुनी सुविधाभोगी भूपू …

भूपू — म भूपू मन्त्री। तपाईँभन्दा पहिला त्यो कुर्सीमा मै त थिएँ नि।

बहालवाला — हाहाहहाहा! ए, ए! कान्डवाला?

भूपू — तपाईँले चाहिँ के बाँकी राख्‍नुभयो र!

बहालवाला — म त त्यहाँ पुगेपछि त्यस्तै हुन्छ कि भनेर गमलैमा काम चलाइदेको नि। हुँदाखाँदाको जागिरबाट हात धुने कुरा त भएन नि!

भूपू ‍‍– भनेपछि तपाईँ पनि …

बहालवाला — मेरो बारेमा सुन्नुभाकै रहेनछ! त्यसै भएर मलाई हेडक्वाटरबाटै सतर्क गराइएको थियो हिलो खेल्न नजानलाई।

भूपू — मेरा नेता तपाईँका जस्ता दूरदर्शी परेनन्। आफू बिनसित्ती फसियो।

बहालवाला — के गर्नु! हिलो देखेपछि खेल्न मन लाग्‍ने। झन् हिलोमा कमल फूलेको देख्‍नै हुँदैन।

भूपू ‍‍‍– हैन, तपाईँ हामीजस्ता लाई यस्तो हिलो खेल्‍ने मन्त्रालय दिएर किन फसाउन खोज्छन् हँ हरिजी!

बहालवाला — त्यै त हरिजी! तर म चाहिँ बचेँ। मन्त्रीले धान रोप्‍ने चलन छ भने सचिवहरूले पनि। अब के गरुम् भनेर हेडक्वाटरमा सोधेको। हेडक्वाटरबाट उपाय प्राप्त भयो।

भूपू — मन्त्रालयका मान्छे जेमा पनि ताली बजाउँदा रहेछन्। पोहोर मैले “समाउँदा” पनि ताली बजाका थे। अहिले गमलामा रोप्दा पनि ताली बजाकै छन्।

बहालवाला — हाहाहहा। ठिक भन्नुभो हरिजी!

भूपू — यसो भेटेर दु:खसुखको कुरा गरुम्ला हरिजि! अहिलेलाइ राखुम् है?

बहालवाला — हस् हरिजी!

भूपू — नमस्ते हरिजी!

बहालवाला — सुन्नोस् त हरिजी …

(फोन राखेको आवाज आउँछ)

(स्रोत : Kantipath.com)

This entry was posted in हास्य - व्यङ्ग्य and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.